समाचारमा बालबालिका

प्लाष्टिकको झोलामा शिशुको शव फेला

उज्यालो अनलाइनमा प्रकाशित,३० जेठ, काठमाण्डौ।

लाजिम्पाटमा अन्दाजी १० महिनाको शिशुको शव भेटिएको छ । सांग्रिला होटल अगाडि सडक किनारमा घाटी रेटेर हत्या गरेको अवस्थामा बुधबार राति शिशुको शव भेटिएको प्रहरीले जनाएको छ।

Read More

यौन शोषणमा परेकी १५ वर्षीया किशोरीको पीडा

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,३० जेठ, कपिलवस्तु।

कपिलवस्तुकी प्रिया श्रेष्ठ (१५) (नाम परिवर्तन)ले ६ कक्षासम्म पढेकी छन्। घरको आर्थिक अवस्थाका कारण पढाईलाई निरन्तरता दिन नपाएकी प्रिया पढाई छाडेपछि आमालाई घरायसी काममा सहयोग गर्न थालिन्। घरमा आमा, बुबा र दुई बहिनी छन्।

Read More

शौचालय गएकी बालिकामाथि सामूहिक बलात्कार

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,३० जेठ, राजविराज।

शौच गर्न रातको समयमा घरबाट बाहिर गएकी १६ वर्षीया एक बालिकालाई छिमेकमै रहेका युवाहरुले सामूहिक बलात्कार गरेका छन् । ट्याक्टरमा काम गर्ने दुई युवकले घरबाट ५ सय मिटर टाढा एकान्त बगैंचामा लगेर सामूहिक बलात्कार गरेको बताइएको छ।

Read More

१६ वर्षमै श्रीमान गुमाएकी रोशनलाई न्याय मिल्यो

उज्यालो अनलाइनमा प्रकाशित,२८ जेठ,काठमाण्डौ ।

‘यो पैसाले बुवाआमाले मेरो बिहे गरिदिने होलान्, तर मलाई बिहे गर्न मन छैन,’ रोशन खातुनले छेवैमा रहेका बुवाले नसुन्ने गरी भन्नुभयो, ‘पहिलो बिहेमा त दाइजो माग्छन्, झन अब दोस्रो बिहेमा यो सबै पैसा सकिन्छ, मलाई राम्रो पनि हुन्न।

Read More

आफ्नै छोरीलाई जर्बजस्तीकरणी गर्ने मन्त्रालयका उपसचिव पक्राउ

रातोपाटीमा प्रकाशित,२८ जेठ, ललितपुर।

प्रहरीले सोमबार १८ वर्षीया छोरीलाई जर्बजस्तीकरणी गर्न खोज्ने बाबुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव रामाश्रय यादव रहेका छन्।

Read More

यौन दुराचारको आरोपमा क्यानेडियन नागरिक जेल चलान

नागरिक न्युजमा प्रकाशित,२८ जेठ, काठमाडौं।

बाल यौन दुराचारको आरोपमा एक क्यानेडियन नागरिक पूर्पक्षका लागि जेल चालान भएका छन्। ६० वर्षीय क्यानेडियन नागरिक पिटर जोन डालल्गिस पूर्पक्षका लागि वैशाख २७ गते जेल चलान भएका हुन्।

Read More

२ वडा बालविवाह मुक्त

कान्तिपुरमा प्रकाशित,२७ जेठ, हेटौंडा।

मकवानपुरमा जिल्लालाई बालविवाहमुक्त घोषणा गर्ने अभियान छ । यसअन्तर्गत मनहरी गाउँपालिकाले ८ र ९ नम्बर वडालाई बालविवाहमुक्त घोषणा गरेको छ । ८ र ९ लाई यस्तो घोषणा गरेको छ । जिल्लाका १०२ वडामध्ये २ वटा वडालाई आइतवार एक कार्यक्रमको आयोजना गरेर बालविवाह मुक्त वडा घोषणा गरेको हो।

Read More

जबरजस्ती करणी आरोपमा युवा पक्राउ

नागरिक न्युजमा प्रकाशित,२७ जेठ, उदयपुर।

बालिकामाथि जबरजस्ती गरेको आरोपमा उदयपुरका एक युवा पक्राउ परेका छन्। १३ वर्षीया बालिकामाथि जबरजस्ती गरेको आरोपमा जिल्लाको चौदण्डीगढी नगरपालिका–४ का ३६ वर्षीय देवकुमार राई पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

Read More

बलात्कारको आरोपमा पोद्दार पक्राउ

नागरिक न्युजमा प्रकाशित, २७ जेठ, विराटनगर ।

प्रेम गर्ने झुटो आश्वासन दिएर बालिकामाथि बलात्कार गर्ने एक जनालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ। विराटनगर–१४ की १६ वर्षीया बालिकामाथि बलात्कार गरेको  आरोपमा २५ वर्षीय दिव्य पोद्दारलाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ।

Read More

विवाह गर्ने उमेर नपुग्दै गर्भपतन

कान्तिपुरमा प्रकाशित,२७ जेठ, स्याङजा।

कानुनतस् २० नपुगी विवाह गर्न पाइँदैन । जिल्लामा भने विवाह गर्ने उमेर नपुग्दै गर्भपतन हुने गरेको पाइएको छ । अविवाहितले पनि गर्भपतन गर्न थालेको यहाँ आयोजित एक कार्यक्रममा जनाइयो । अस्पतालमा सुरक्षित सेवा भए पनि निजी क्लिनिकमा गएर अवैध रूपमा गर्भपतन गराउने गरेको कार्यक्रमका सहभागीले बताए।

Read More

एक वर्षदेखि बाबुबाटै बलात्कृत

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२६ जेठ, विराटनगर।

विराटनगर महानगरपालिका-४ मा एक बालिका आफ्नै बाबुबाट निरन्तर बलात्कृत भएको खुलेको छ। १४ वर्षीया छोरीमाथि बलात्कार गरिरहेका बाबुले देखाएको डर, त्रास र धम्कीका कारण घटना अहिलेसम्म ‘गुपचुप’ रहेको खुलेको छ।

Read More

यार्सा टिप्न गएका विद्यार्थीको पाटनमा मृत्यु

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२६ जेठ, जाजरकोट।

पढाई खर्च जुटाउन यार्सा टिप्न डोल्पाको पाटन गएका एक विद्यार्थीको लेक लागेर मृत्यु भएको छ। नलगाड नगरपालिका–१२, तल्लुका १७ वर्षीय भीमबहादुर बस्नेत यार्सा टिप्ने क्रममा बिरामी भएपछि उपचारका लागि धो स्वास्थ्य चौकी ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो।

Read More

बजेटअनुसार भएन काम, बालबालिकाले पाएनन् दिवा खाजा

थाहा खबरमा प्रकाशित,२४ जेठ, काठमाडौं ।

जिल्ला शिक्षा कार्यालयले चलाएको दिवा खाजा कार्यक्रम टुंगोमा पुग्न सकेको छैन। शिक्षाका क्षेत्रमा राज्यको ठूलो लगानी भए पनि यसको उपयुक्तरूपमा उपयोग भएको छैन। काठमाडौं जिल्ला शिक्षा कार्यालयले २०७४ सालबाट काठमाडौंभित्रका २६ विद्यालयमा दिवा खाजाको व्यवस्थालाई लागू गरेको थियो। तर, अहिलेसम्म पनि ती विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि दिवा खाजाको व्यवस्था हुन सकेको छैन।

Read More

बूढीऔँलाले भात, चोरऔँलाले दाल

कान्तिपुरमा प्रकाशित,२४ जेठ, दाङ ।

सिठी बज्छ । ४ सय ५० जना लाम लाग्छन् । लामभन्दा अगाडि थालको चाङ छ । पालैपालो थालमा खाना थाप्छन् । त्यसपछि सबै जना खान थाल्छन् । केही थप्नुपर्दा कसैको आवाज सुनिँदैन । भीडबाट कसैले बूढीऔँला त कसैले चोरऔँला उठाउँछन्।

Read More

आत्मरक्षा सिक्दै किशोरी

कान्तिपुरमा प्रकाशित,२३ जेठ, सिन्धुपाल्चोक।

आत्मरक्षा कला जानिसकेकी भोटेकोसी गाउँपालिका मार्मिङगाउँकी डोल्मा लामा आफ्नो सुरक्षाप्रति सचेत छिन् । मार्मिङ आधारभूत विद्यालयको कक्षा ९ मा अध्ययनरत १४ वर्षीया डोल्माले ‘किक बक्सिङ र ब्लक प्रहार’ रोक्ने जानकारी लिएपछि उत्साहित छिन्।

Read More

छोरी बलात्कारीलाई १९ वर्ष जेल

कान्तिपुरमा प्रकाशित,२३ जेठ, हेटौंडा।

नाबालिका छोरीलाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले बावुलाई १९ वर्ष कैद गर्ने फैसला गरेको छ । ७५ हजार रुपैयाँ पीडितलाई क्षतिपूर्ति भराउने आदेश पनि गरेको छ।

Read More

यार्सा टिप्न विद्यालय बन्द

कान्तिपुरमा प्रकाशित,२३ जेठ, मुगु ।

यार्सा सिजन सुरु भएपछि मुगमकार्मारोङ गाउँपालिकाका सामुदायिक विद्यालय बन्द गरिएका छन् । अधिकांश विद्यार्थी यार्सा टिप्न पाटन गएपछि विद्यालय बन्द गरिएका हुन्।

Read More

विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ

नागरिक न्युजमा प्रकाशित,२३ जेठ, ललितपुर।

ललितपुरको फुर्के डाँडा प्राविका प्रधानाध्यापक राम नारायण यादवलाई प्रहरी पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त चापागाउँले कक्षा ३ मा अध्ययनरत ८ बर्षीय बालिकालाई यौन दुर्व्यवहार गरेका आरोपमा पक्राउ गरेको हो। ललितपुरको बाग्मती गाउँपालिकास्थित फुर्के डाँडा प्राविमा अध्ययनरत ती बालिकालाई प्रधानाध्यापक यादवले कक्षामा कोही नभएको मौका पारी यौन दुर्व्यवहार गरेको आरोप छ।

Read More

तीन महिना बन्धक बनाएर सामूहिक बलात्कार

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२२ जेठ, जनकपुरधाम ।

धनुषा बटेश्वरकी कक्षा ९ मा पढ्ने दलित किशोरी फागुन ११ गते साँझ बहिनीसँग खेतबाट घर फर्कंदै थिइन्। दिदीबहिनी आफ्नै सुरमा हिँडिरहेका थिए। अकस्मात् उनीहरूका अगाडि तीनजना चढेको मोटरसाइकल रोकियो। बहिनी डराएर घरतिर भाग्न सफल भइन्। ‘साँझ चौरीमा नशालु पदार्थ नाकमा सुँघाएर बेहोस बनायो। आँखामा कालोपट्टी बाँधी अपहरण गर्‍यो’, पीडित किशोरीले भनिन्, ‘हातखुट्टा डोरीले बाँधिदियो। एउटा सुई लगाइदियो। त्यसपछि के भयो थाहा छैन।

Read More

५ वर्षीया बालिका बलात्कार गर्ने बालकलाई १ वर्ष कैदको फैसला

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२१ जेठ, उदयपुर ।

५ वर्षीया बालिकालाई यौनदुव्र्यवहार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका उदयपुरका १२ वर्षीय बालकलाई जिल्ला अदालतले सोमबार १ वर्ष कैद फैसला सुनाएको छ।  जिल्ला न्यायाधिश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको एकल इजलासले बालकलाई १ वर्ष कैद र क्षतिपूर्तिवापत ५० हजार जरिवानाको फैसला सुनाएको हो।

Read More