समाचारमा बालबालिका

बाल्टिनमा डुबेर बालकको मृत्यु

कान्तिपुरमा प्रकाशित,१९ भदौ, काठमाडौं ।

पानी भरिएको बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ । सिन्धुपाल्चोक बाह्रबिसे घर भई चाँगुनारायण–३ झौखेल बस्ने देवेन्द्र श्रेष्ठका छोरा २ वर्षीय प्रत्रुश श्रेष्ठको पानी भरिएको बाल्टिनमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

Read More

आफ्नै स्कुल बसले ठक्कर दिंदा चितवनमा बालिकाको मृत्यु

अनलाइनखबरमा प्रकाशित,१८ भदौ, चितवन ।

चितवनको पार्वतीपुरमा रहेको सनलाइट बोर्डिङ स्कुलको बसले आफ्नै विद्यार्थीलाई ठक्कर दिंदा ६ वर्षीया बालिकाको मृत्यु भएको छ ।

Read More

खोलामा डुबेर बालकको मृत्यु

थाहा खबरमा प्रकाशित,१८ भदौ, उदयपुर ।

उदयपुरको कटारी नगरपालिका- २ मा रहेको तावा खोलामा डुबेर स्थानीय विनोद कुँवरका डेढ वर्षीय छोरा ऋषि कुँवरको मृत्यु भएको छ। सोमबार दिउँसो घर नजिकै रहेको तावा खोलमा खेल्ने क्रममा डुबेपछि स्थानीयले उद्धार गरी उपचारका लागि कटारी अस्पतालतर्फ लैजाने क्रममा बाटैमा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ।

Read More

डुबेर दुई बालकको मृत्यु

कान्तिपुरमा प्रकाशित,१८ भदौ, मोरङ ।

मोरङको कानेपोखरी गाउँपालिकामा आइतबार खोलाले बगाएर र पोखरीको पानीमा डुबेर दुई बालकको मृत्यु भएको छ । कानेपोखरी गाउँपालिका–७ स्थित चिसाङ खोलाले बगाएर सोही ठाउँका श्याम दर्जीका छ वर्षीय छोरा रेशम दर्जीको मृत्यु भएको हो ।  

Read More

बालिका बलात्कारमा दोषी ६२ वर्षीय वृद्धलाई सात वर्ष जेल

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१८ भदौ, गाईघाट ।

जिल्ला अदालत उदयपुरले सुनसरीको बराह क्षेत्र-८ घर भई उदयपुरको बेलुका नगरपालिका-३ मा व्यापार गर्दै आएका ६२ वर्षीय सुढीलाल चौधरीलाई सात वर्ष जेल सजायको फैसला सुनाएको छ । 

Read More

यस्ता पनि शिक्षक: छात्राकै घरमा पसेर बलात्कार प्रयास

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१८ भदौ, उदयपुर ।

आफ्नै छात्रालाई यौन दुर्व्यवहार गरेको अभियोगमा एकजना शिक्षक प्रहरीको हिरासतमा पुगेका छन् । त्रियुगा नगरपालिका-३ बगाहास्थित राष्ट्रिय उच्चमाविका शिक्षक वीरेन्द्र बस्नेतलाई आफ्नै विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ । 

Read More

सल्यानमा पहिरोमा पुरिएका तीन बालबालिकाको मृत्यु

उज्यालो अनलाइनमा प्रकाशित,१८ भदौ, सल्यान ।

पहिरोमा पुरिएका तीन बालबालिकाको ज्यान गएको छ । सोमबार बिहान उद्दार टोलीले पुरिएको अवस्थामा उनीहरुको शव निकालेको हो ।

Read More

सामूहिक बलात्कारको आरोपमा ३ पक्राउ

कान्तिपुरमा प्रकाशित,१८ भदौ, दमक ।

१४ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । गेष्टहाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दमक नगरपालिका-१ का सुमन राई र समिर श्रेष्ठ तथा कमल गाउँपालिका-५ का किरण श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

Read More

कैलालीमा आफ्नै छोरीकी साथीमाथि बलात्कार

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१७ भदौ, धनगढी ।

कञ्चनपुरको महेन्द्रनगरमा निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाले मुलुकलाई नै स्तब्ध बनाएका बेला कैलालीमा एक पुरुषले आफ्नै छोरीकी साथीमाथि बलात्कार गरेको घटना सार्वजनिक भएको छ।

Read More

ढुंगाले लागेर किशोरीको मृत्यु

अनलाइनखबरमा प्रकाशित,१७ भदौ, अछाम ।

अछाममा ढुंगा लागेर आइतबार एक किशोरी मृत्यु भएको छ । चौरपाटी गाउँपालिका-४ पायलका १५ वर्षीया भगवती धामीको मृत्यु भएको स्थानीय धनबहादुर धामीले जानकारी दिए ।

Read More

पानी ट्यांकीमा खसेर बालकको मृत्यु

थाहा खबरमा प्रकाशित,१७ भदौ, बागलुङ ।

खेल्ने क्रममा घर भिक्रको पानी ट्यांकीमा खसेर आइतबार बागलुङमा एक बालकको मृत्यु भएको छ। बागलुङ नगरपालिका– ७ घर भई हाल बागलुङ नगरपालिका–२ मा डेरा गरी बस्दै आएका धनबहादुर कार्कीका साडे २ वर्षीय छोरा सम्पन्न कार्कीको मृत्यु भएको हो।

Read More

बलात्कारको जोखिममा बालिका बढी

नागरिक न्युजमा प्रकाशित,१७ भदौ, दाङ ।

दैलेखकी ८ वर्षीया रीना (नाम परिवर्तन) का सहोदर दाजु दाङमा टिपर चलाउँथे। उनले बहिनी रीनालाई पढाइका लागि भन्दै दाङमै ल्याउने इन्तजाम गरे । दाङमा राम्रो पढाइ हुने भन्दै दाजुले गरेको प्रस्ताव रीनाका लागि निकै चित्तबुझ्दो थियो।

Read More

विद्यालयमा दिवाखाजा

कान्तिपुरमा प्रकाशित,१७ भदौ, पर्वत ।

पैयुँ गाउँपालिकाले मातहतका सबै सामुदायिक विद्यालयमा दिवाखाजा कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसका लागि गाउँसभाले १२ लाख रुपैयाँ बजेट छुट्याएको छ ।

Read More

बाढिले काठेपुल बगाउँदा असारदेखि विद्यार्थी विद्यालय जानबाट बन्चित

नागरिक न्युजमा प्रकाशित,१६ भदौ, हुम्ला ।

हुम्लाको खापुनार्थ गाउँपालिका ३ मा रहेको कारङ्ग खोलामा पुल नहुँदा गएको असारबाट कारङ्गका १४ विद्यार्थी विद्यालय जानबाट बन्चित भएका छन। वर्षातका कारण कारङ्ग खोलामा निर्माण गरिएको काठको पुल बाढीले बगाएपछि असारबाट विद्यार्थीहरू विद्यालय जान सकेका छैनन्।

Read More

सर्पको टोकाइबाट बालिकाको मृत्यु

थाहा खबरमा प्रकाशित,१६ भदौ, सुर्खेत ।

सर्पको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ। शनिबार सुर्खेतको पञ्चपुरी नगरपालिका-४ मा सर्पको टोकाइबाट बालिका लक्ष्मी शाहीको मृत्यु भएको हो।

Read More

साढे छ वर्षकी बालिकामाथि जबरजस्ती करणी

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१६ भदौ, रोल्पा ।

रोल्पामा साढे ६ वर्षकी बालिकामाथि जबरजस्ती करणी भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ । रोल्पा नगरपालिका भित्रकै एक गाउँकी बालिकालाई नातेदार १५ वर्षीय किशोरले जबरजस्ती करणी गरेको अभिभावकले जाहेरीमा उल्लेख गरेका छन् ।

Read More

कञ्चनपुरमा अर्को घटना :१६ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार

नयाँ पत्रिकामा प्रकाशित,१५ भदौ, कञ्चनपुर ।

गत १० साउन कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्याको घटना सेलाउन नपाउँदै फेरि कञ्चनपुरमा एक अर्की किशोरीमाथि सामुहिक बलात्कार भएको छ । बेल्डाँडी गाउँपालिकाकी किशोरीमाथि बिहीबार राति सामुहिक बलात्कार भएको हो ।

Read More

आमाको पहलमा बालविवाह बदर

नयाँ पत्रिकामा प्रकाशित,१४ भदौ, जाजरकोट ।

आमाको  पहलमा छोरीले गरेको बालविवाह बदर भएको छ । जाजरकोट छेडागाड नगरपालिका वडा ९ की १६ वर्षीया राधिका रोकायाले १८ वर्षिय प्रेम बुढासँग भागि विवाह गरेकी थिइन् ।

Read More

पोखरीमा डुबेर बालकको मृत्यु

उज्यालो अनलाइनमा प्रकाशित,१४ भदौ, सर्लाही ।

सर्लाहीको बरहथवा –९ मुर्तियामा पोखरीमा डुबेर एक जनाको ज्यान गएको छ। बुधबार साँझ घर नजिकै रहेको पोखरीमा साथीसँग नुहाउन पसेका स्थानीय  हिरालाल यादवको १० वर्षिय छोरा सौरवकुमार यादवको ज्यान गएको प्रहरीले जानकारी दिएको छ।

Read More

सर्पले डस्दा बालिकाको मृत्यु

सेतोपाटीमा प्रकाशित,१४ भदौ, झापा ।

झापाको कचनकवलमा सर्पले डस्दा एक बालिकाको बिहीबार मृत्यु भएको छ। मृत्यु हुनेमा कचनकवल गाउँपालिका-२ निवासी तिलबहादुर भट्टराईको १४ वर्षीया छोरी पूजा भट्टराई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।

Read More