A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessioncu4ieupernfhmvbeet0nlotu5sg1ofmi): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

नाबालिका बलात्कारको आरोपमा युवक पक्राउ

उज्यालो अनलाइनमा प्रकाशित,२६ माघ, पाँचथर ।

९ बर्षीया नाबालिकालाई बलात्कार गरेको आरोपमा पाँचथरको तुम्बेवा गाउँपालिका–३ का एक युवक पक्राउ परेका छन् । बलात्कार आरोपमा १८ बर्षीय ‘भीम’ भनिने मनकुमार सम्बाहाम्फेलाई प्रहरीले पक्राउ गरेको हो ।

Read More

सिरकभित्र निसास्सिएर बालकको मृत्यु

न्युज २४ मा प्रकाशित,२६ माघ, उदयपुर ।

उदयपुरको कटारी नगरपालिका-६ स्थित बाकेटारमा विवाहको उत्सव चलिरहेको बेला विवाह घरको पलङमा सुताएको एक वर्षको बालकको सिरकभित्र निसास्सिएर मृत्यु भएको छ ।

Read More

४ वर्षपछि भेटिएका बालक बाबुआमा खोज्दै

थाहा खबरमा प्रकाशित,२५ माघ, कपिलवस्तु ।

४ वर्षअघि हराएका बालक सुनिल विक कपिलवस्तु जिल्लामा भेटिएका छन्। झापा जिल्ला सुरुङ्गास्थित तामाङ गाउँका १४ वर्षका विकले ४ वर्षअघि घर छाडेका थिए।

Read More

इन्टरनेटमार्फत बालिकाहरुसँगै बालकहरु पनि यौन दुर्व्यवहारमा

सेतोपाटीमा प्रकाशित,२५ माघ, काठमाडौं ।

नेपालमा इन्टरनेटमार्फत बालिकासँगै बालकहरु पनि यौन दुर्व्यवहारमा पर्ने गरेका छन्। नेपाल प्रहरीमा २०७४ साल असार १ गतेदेखि माघ दोस्रोसाता सम्ममा साइबर क्राइमका ११९७ वटा उजुरी परेका थिए ।

 

Read More

बालिका बलात्कारको उजुरी फिर्ता लिन धम्की

कान्तिपुरमा प्रकाशित,२५ माघ, भक्तपुर ।

बालिका बलात्कार गरेको आरोपमा महानगरीय प्रहरी वृत्त जगातीले ललितपुर महानगरपालिका–९ बुङमतीका १८ वर्षीय वसन्त तामाङलाई पक्राउ गरी आवश्यक कारबाही थालेको छ । भक्तपुर नगरपालिका–१० कमलविनायकस्थित साढे चार वर्षीया बालिका महिना दिनयता दुईपल्ट बलात्कृत भएकी थिइन् । 

Read More

जोन अझै आईसीयूमा

कान्तिपुरमा प्रकाशित,२४ माघ, ललितपुर ।

फूलचोकी जंगलमा हराएको सातौं दिनमा बुधबार फेला परेका जोन तामाङको उपचार अझै आईसीयूमा भइरहेको छ । विद्यार्थी तामाङको स्वास्थ्य अवस्था सुधारोन्मुख भएको चिकित्सकले जनाएका छन् । 

Read More

पखालाका कारण तीन महिनाकी बालिकाको मृत्यु

रातोपाटीमा प्रकाशित,२४ माघ, रुकुम ।

रुकुम पूर्वमा तीन महिनाकी एक बालिकाको पखालाका कारण मृत्यु भएको छ । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका–१० तकसेराका श्यामबहादुर विककी तीन महिनाकी छोरीको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय रुकुम पूर्वले जानकारी दिएका छन् । 

Read More

भक्तपुरमा दुईदिनमा पाँच बलात्कारका घटना

कान्तिपुरमा प्रकाशित,२४ माघ, भक्तपुर ।

दुई दिनयता जिल्लामा पाँच बलात्कारको घटना भएको छ । जसमध्ये चार बालिका र एक महिला बलात्कृत भएको घटना प्रहरीले सार्वजनिक गरेको हो ।

Read More

तीन वर्षीया बालिका बलात्कार गर्नेलाई १० वर्षको जेल सजाय

थाहा खबरमा प्रकाशित,२३ माघ, महोत्तरी ।

तीन वर्षीया बालिका बलात्कार गर्ने युवक कुमार भुजेललाई जिल्ला अदालत महोत्तरीले १० वर्षको कैदको सजाय तोकिएको छ। गौशाला नगरपालिका–२ का १८ वर्षीय कुमार भुजेललाई बालिका बलात्कार गरेको आरोपमा १० वर्ष कैद र ५० हजार जरिवानाको फैसला सुनाइएको छ।

Read More

पन्ध्र वर्षमा बिहे, १६ मा सम्बन्धबिच्छेद

नागरिक न्युजमा प्रकाशित,२३ माघ, रोल्पा ।

किशोरावस्थामा प्रेम विवाह गरेर करिब तीन महिनामात्र सँगैबसेका एक जोडीले आफूखुशी आइतबार जिल्ला अदालत रोल्पाबाट सम्बन्धबिच्छेद गरेका छन् ।

Read More

भक्तपुरमा एक महिला र दुई बालिका बलात्कृत

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२३ माघ, भक्तपुर ।

भक्तपुरमा एक महिला र दुई बालिका बलात्कृत भएका छन्। महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार फरक(फरक मितिमा एक महिला र दुई बालिका जबरजस्ती करणीको शिकार भएका हुन् ।

Read More

एसपी माझी पनि अनुसन्धान घेरामा

कान्तिपुरमा प्रकाशित,२२ माघ, इटहरी ।

बलात्कार घटनामा मिलापत्र गराएको अभियोगमा प्रहरीले गठन गरेको छानबिन समितिले जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी विद्यानन्द माझीलाई समेत छानबिनको घेरामा राखेको छ ।

Read More

झाडापखालाबाट १ को मृत्यु, गाउँपिच्छे बिरामी

कान्तिपुरमा प्रकाशित,२२ माघ, रुकुम ।

रुकुम पूर्व — पुथाउत्तरगंगा गाउँपालिकामा एक सातादेखि फैलिएको झाडापखालाले एक बालिकाको मृत्यु भएको छ । पुथाउत्तरगंगा–१० का श्याम विककी ३ महिने छोरी हसनाको मृत्यु भएको हो । 

Read More

तीनवटा श्रीमती भएका बाबुविरुद्ध छोरी बलात्कार गरेको किटानी जाहेरी

उज्यालो अनलाइनमा प्रकाशित,२२ माघ, तेह्रथुम ।

तेह्रथुमको लालीगुराँस नगरपालिका–३, मुसाङखेलमा एक व्यक्तिले १५ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा किटानी जाहेरी परेको छ । डर धम्की देखाउँदै पटक–पटक  करणी गरेको भन्दै आमा–छोरीले वुबाविरुद्ध इलाका प्रहरी कार्यालय बसन्तपुरमा उजुरी दिएका छन् ।

Read More

नवजात शिशुको हत्या गरेको आरोपमा पक्राउ

उज्यालो अनलाइनमा प्रकाशित,२२ माघ, दैलेख ।

आफैबाट जन्मेको नवजात शिशुको हत्या गरी जमिनमा गाडेको आरोपमा प्रहरीले एकजना किशोरीलाई पक्राउ गरेको छ । अछाम जिल्ला तुर्माखाँद गाउँपालिका–४, तुर्माखाँद गाउँकी १९ वर्षीया किशोरी जमुना रावललाई सोमबार प्हरीले पक्राउ गरेको हो ।

Read More

अस्पताल परिसरमा डेढ वर्षकी बालिका बेबारिसे भेटियो

अनलाइनखरबमा प्रकाशित,२१ माघ, वीरगञ्ज । 

नारायणी उपक्षेत्रीय अस्पताल परिसरमा वेवारिसे बच्चा फेला परेको छ । अस्पतालको प्रसुति गृह परिसरमा डेढ वर्षकी बालिका अलपत्र अवस्थामा भेटिएकी हुन् ।

Read More

आयोडिनयुक्त नुन नपाउँदा गाउँभरि अपांगता

कान्तिपुरमा प्रकाशित,२१ माघ, बागलुङ ।

निसीखोला ४ का पूर्णबहादुर घर्तीका २ छोरा र १ छोरी बौद्धिक र शारीरिक अपांग छन् । छोरा चित्रबहादुर र भूमिराज तथा छोरी तालमाया विद्यालय जान सक्दैनन् । उनीहरूलाई दिनभर हेरचाह गर्नुपर्छ । 

Read More

उखुघारीमा तीन महिने बालिका भेटिएपछि

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२१ माघ, बर्दिबास ।

उखुबारीमा फालिएकी तीन महिने बालिकालाई महोत्तरीको औरही नगरपालिका-१ बाट प्रहरीले उद्धार गरेको छ। उखुबारीमा साँझको समयमा रोइरहेकी बालिकालाई प्रहरीले उद्धार गरेको हो ।

Read More

एसएसपी नेतृत्वमा छानबिन समिति

कान्तिपुरमा प्रकाशित,२१ माघ, इटहरी ।

इटहरीमा भएको बालिका बलात्कार घटनाको छानबिन गर्न प्रहरीले कोसी अञ्चल प्रहरी प्रमुख हरिबहादुर पालको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति बनाएको छ । समितिका अन्य सदस्यमा प्रहरी गणका एसपी भीम ढकाल, अञ्चल प्रहरी कार्यालयका डीएसपी भीम दाहाल, प्रहरी नायब निरीक्षक लेखनाथ दाहाल र प्रहरी सहायक निरीक्षक सरस्वती राई छन् । 

Read More

कुवेत गएका कामदार बालबच्चासहित धमाधम फर्कंदै

कान्तिपुरमा प्रकाशित,२१ माघ, काठमाडौँ ।

सिन्धुपाल्चोककी सुष्मा तामाङ ९नाम परिवर्तन० आफूले जन्माएको ४ वर्षे छोरालाई आफूसँगै कुवेतबाट स्वदेश लैजान पाउने भएपछि बिहीबार निकै खुसी भइन् । उनी आफैंलाई त स्वदेश फिर्न समस्या थिएन । तर, साथमा छोरो पनि भएपछि फर्कन सकिरहेकी थिइनन् । 

Read More

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: