समाचारमा बालबालिका

कर्णालीमा बढ्दै बलात्कार र यौन दुर्व्यवहार

नागरिक न्युजमा प्रकाशित,९ बैशाख, सुर्खेत।

एक साताअघि जुम्ला चन्दननाथ नगरपालिका–४ का श्याम भारती चार वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परे। गाउँको एक विद्यालयभित्र प(याएर यौन दुव्र्यवहार गर्दै गरेको अवस्थामा छिमेकीले देखेपछि घटना बाहिर आयो।

 

Read More

डडेल्धुरा साक्षर जिल्ला घोषित

अनलाइनखबरमा प्रकाशित,९ बैशाख, डडेल्धुरा।

दुई नगरपालिका र पाँच गाउँपालिका गरी सात स्थानीय तह रहेको डडेल्धुरालाई साक्षर जिल्ला घोषणा गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले आइतबार डडेलधुरालाई साक्षरता जिल्ला घोषणा गरेका हुन्।

Read More

बोर्डिङ छाडेर सरकारीमा

कान्तिपुरमा प्रकाशित,९ बैशाख, काठमाडौँ ।

बौद्ध महांकालस्थित जनकल्याण माविमा विद्यार्थी बोर्डिङ छाडेर भर्ना हुन आएका छन् । प्रधानाध्यापक कुमारीकमला राईका अनुसार वैशाख पहिलो साता पहिलो प्रवेश परीक्षा लिएर १ सय १८ विद्यार्थी नयाँ भर्ना भइसकेका छन्।

Read More

विवाहले पढाइमा बाधा

कान्तिपुरमा प्रकाशित,९ बैशाख, मुगु।

मुगमकामारोङ गाउँपालिका ६, रिउसकी २२ वर्षीया साङ्मु लामाको १८ वर्षमा विवाह भयो । कक्षा १० मा पढदापढदै विवाहबन्धनमा बाधिएकी उनको पति घर गएपछि पढाइमा पूर्णबिराम लाग्यो।

Read More

सर्लाहीमा ट्र्याक्टरले किचेर नाबालिकाको मृत्यु

रातोपाटीमा प्रकाशित,९ बैशाख, सर्लाही।

ट्र्याक्टरले किचेर आज सर्लाहीमा एक चार वर्षीया नाबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा कौडेना गाउँपालिका–६ सक्रौलका राधे रायका चार वर्षीया छोरी पूजाकुमारी राय रहेको छ । ज१त ३९५८ नंको ट्र्याक्टरले किचेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

Read More

सामूहिक बलात्कार आरोपमा ६ जना पक्राउ

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,९ बैशाख, कैलाली।

कैलालीको मध्यवर्ती क्षेत्र घोडाघोडी नगरपालिका–४ मा १६ वर्षीया एक किशोरीमाथि सामूहिक बलात्कार आरोपमा ६ जना पक्राउ परेका छन् ।प्रहरीका अनुसर घटनामा संलग्न ६ जना शनिबार पक्राउ परेका हुन्।

Read More

हिरासतमै बालक मृत्यु प्रकरण: डीएसपीलाई निलम्बन गर्न अधिकारीकर्मीको माग

थाहा खबरमा प्रकाशित,९ बैशाख, झापा ।

हिरासतमै किशोर शौचालयमा झुण्डिएको अवस्थामा फेला परेको घटनामा इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवास खड्कालाई हटाएर अनुसन्धान गर्न झापाका अधिकारीकर्मीले प्रमुख जिल्ला अधिकारीसँग माग गरेका छन्।

 

Read More

आज र भोलि देशभर भिटामिन ए कार्यक्रम सञ्चालन हुँदै

उज्यालो अनलाइनमा प्रकाशित,६ बैशाख, काठमाडौं।

दोश्रो चरणको राष्ट्रिय भिटामिन ए कार्यक्रम शुक्रबार र शनिबार सञ्चालन हुँदैछ । अभियान अन्तर्गत शुक्रबार र शनिबार ७७ वटै जिल्लाका ६ महिनादेखि ५ पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने छ।

Read More

छोराछोरी नपढाउनेलाई सेवासुविधा रोकिने

कान्तिपुरमा प्रकाशित,६ बैशाख, हेटौंडा ।

छोराछोरी स्कुल भर्ना नगर्ने अभिभावकलाई राक्सिराङ गाउँपालिकाले सेवासुविधाबाट वञ्चित गर्ने भएको छ । गाउँपालिकाको गाउँ शिक्षा समिति बैठकले यस्तो निर्णय गरेको हो।

Read More

बलात्कारको कसुरमा छ वर्ष कैद

नागरिक न्युजमा प्रकाशित,६ बैशाख, नुवाकोट ।

बलात्कारको घटनामा संलग्न भएको कसुर ठहर गर्दै नुवाकोट जिल्ला अदालतले आरोपित युवालाई छ वर्षको कैद सजायको फैसला गरेको छ। जिल्ला न्यायाधीश ऋषिकेश वाग्लेको इजलासले रसुवा उत्तरगाया गापा–३ ठूलोगाउँका २६ वर्षीय हर्क गुरुङलाई छ वर्ष कैद सजाय तोकेको हो।

Read More

बालबालिका कि गुम्बाले लान्छन्, कि चर्चले

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,५ बैशाख, गोरखा।

गोरखाको चुमनुब्री गाउँपालिका पुग्नुभयो भने तपाईंलाई सोध्न मन लाग्छ— के यहाँ बालबालिका छैनन् ? प्रश्न खस्न नपाउँदै यहाँका बासिन्दा भनिदिन्छन् - छन्, तर सहरमा। अथवा गुम्बामा। अथवा चर्चमा।

Read More

मामाघर आएर घर फर्कने क्रममा १४ वर्षीया बालिका बलात्कृत

नागरिक न्युजमा प्रकाशित,५ बैशाख, गुल्मी ।

गुल्मीमा एक १४ वर्षीया बालिका बलात्कृत भएकी छिन। छत्रकोट गाउपालिका ६ कि नाम परिवर्तन रमितलाई पाल्पा तानसेन नगरपालिका ५ का ४५ बर्षीय हनुमान भनिने समीर मियाले बवलात्कार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ।

Read More

विद्यालयमा मोबाइल प्रतिबन्ध

नागरिक न्युजमा प्रकाशित,५ बैशाख, सोलु ।

शैक्षिक गुणस्तर खस्किँदो विषयमा बहस भइरहेका बेला थुलुङ दुधकोसी गाउँपालिकाले शैक्षिक सुधारका लागि विद्यालय समयभित्र शिक्षक र विद्यार्थीलाई मोबाइल प्रयोग गर्न प्रतिबन्ध लगाएको छ।

Read More

सरकारी विद्यालयमा थेगिनसक्नु चाप

कान्तिपुरमा प्रकाशित,५ बैशाख, काठमाडौँ ।

वैशाख लागेसँगै सबै विद्यालयलाई नयाँ शैक्षिक सत्रको चटारो छ । निजीले चैतबाटै भर्ना खोलेका छन्, सामुदायिकमा भर्ना अभियान जारी छ । सरकारले विद्यार्थी भर्नासँगै सामुदायिक विद्यालय सुधार तथा रूपान्तरणको अभियान भनेको छ।

Read More

बसबाट खसेर बालकको मृत्यु

नागरिक न्युजमा प्रकाशित,४ बैशाख, सुनसरी।

सुनसरीको कोशी गाउँपालिका–८ भण्टाबारी क्षेत्रमा बसबाट खसेर मङ्गलबार एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय युसुफ मियाँका १० वर्षीय छोरा नुर सलाम रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले जानकारी दिए।

Read More

बाँकेमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दो

नागरिक न्युजमा प्रकाशित,४ बैशाख, बाँके।

बाँकेमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दै गएको पाइएको छ। कुपोषित बालबालिकाको उपचारका लागि बाँकेमा स्थापना गरिएका १३ वटा बहिरङ्ग उपचार केन्द्रमा ४१८ कुपोषित बालबालिका भर्ना भएका छन्।

Read More

अप्राकृतिक मैथुन र जवरजस्ती करणी आरोपमा पक्राउ

रातोपाटीमा प्रकाशित,३ बैशाख सिरहा ।

धनगढी नगरपालिकाका १० वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा सुखिपुर नगरपालिका ८ वस्ने २६ वर्षीय जो जो भन्ने कृष्ण मण्डल र सोही नगरपालिका ४ बस्ने २५ वर्षीय संजय श्रेष्ठ छन्।

Read More

समाज बालिका बलात्कार प्रयास गर्ने पक्राउ

थाहा खबरमा प्रकाशित,३ बैशाख, झापा।

६ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा झापाको बिर्तामोडमा एक जना पक्राउ परेका छन्। बिर्तामोड नगरपालिका ५ बस्ने ४० वर्षीय प्रकाश तोलाङ्गी पक्राउ परेको कार्यालय झापाका प्रहरी नायब उपरीक्षक (डीएसपी) महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

Read More

सरकारीलाई विद्यार्थी टिकाउने चिन्ता

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,३ बैशाख, काठमाडौं।

डेढ दशकदेखि सञ्चालन हुँदै आएको राष्ट्रिय विद्यार्थी भर्ना अभियान सरकारले यस वर्ष पनि सञ्चालन गर्‍यो। तर भर्ना भएका विद्यार्थीलाई स्कुलमा टिकाइराख्ने वातावरण नबन्दा सबै नागरिकलाई शिक्षा दिने सरकारको लक्ष्य अपूर्ण भएको छ।

Read More

विद्यार्थी भर्ना अभियान सुरु हुँदै

उज्यालो अनलाइनमा प्रकाशित,२ बैशाख, काठमाण्डौ।

सोमबारदेखि विद्यार्थी भर्ना अभियान सुरु हुँदैछ । हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिका विद्यालय पुर्‍याऔँ’ भन्ने नाराका साथ शिक्षा मन्त्रालयले भर्ना अभियान सुरु गर्न लागेको हो।

Read More