समाचारमा बालबालिका

हराएका बालक दिल्लीमा

कान्तिपुरमा प्रकाशित,६ भदौ, पर्सा ।

वीरगन्ज घर बताउने एक बालक भारतको राजधानी दिल्लीमा फेला परेका छन् । आफ्नो नाम भोलामहादेव पटेल बताउने करिब ७ वर्षीय बालक दिल्लीस्थित महिला बेचबिखनविरुद्ध कार्यरत संस्था केआई नेपालको शाखामा आइतबारदेखि आश्रित छन् ।

Read More

होस्टेलमा छात्रामाथि प्रधानाध्यापकको बाँसको डण्डा, तीन घाइते

थाहा खबरमा प्रकाशित,६ भदौ, तनहुँ ।

एक निजी विद्यालयका प्रधानाध्यापकले तीन जना विद्यार्थीलाई कुटपिट गरेका छन्। प्रधानाध्यापकको कुटाइबाट विद्यार्थीको शरीरका विभिन्न भागमा निलडाम भएका छन्।

Read More

करेन्ट लागेर एक किशोरीको ज्यान गयो

उज्यालो अनलाइनमा प्रकाशित,५ भदौ, डोटी ।

डोटीको केआईसिंह गाउँपालिका–५, रानागाउँमा ११ हजार भोल्टेजको हाइटेन्सन लाइनको करेन्ट लागेर लागेर एक किशोरीको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता लालबहादुर धामीका अनुसार करेन्ट लागेर ज्यान गुमाउनेमा त्यसै गाउँपालिकामा बस्ने १७ वर्षकी गंगाकुमारी धामी रहेकी छन् ।

Read More

छोरी बलात्कार आरोपमा पक्राउ

नागरिक न्युजमा प्रकाशित,५ भदौ, सुर्खेत ।

छोरी बलात्कार गर्ने बुवालाई प्रहरीले पक्राउ गरेको छ। १४ वर्षीया छोरी बलात्कार आरोपमा ३४ वर्षीय जंगबहादुर सुनारलाई प्रहरीले सोमबार वीरेन्द्रनगरबाट पक्राउ गरेको हो।

Read More

९ घण्टापछि अपहरित बालकको उद्धार

कान्तिपुरमा प्रकाशित,४ भदौ,  कैलाली ।

कैलालीको कैलारी गाउँपालिका–६ आदर्श माध्यमिक विद्यालयबाट अपहरणमा परेका ५ वर्षीय बालक खेमन चौधरीलाई अपहरण भएको ९ घण्टापछि प्रहरीले दाङको भालुवाङबाट सकुशल उद्धार गरेको छ ।

Read More

किशोरी मृत फेला

थाहा खबरमा प्रकाशित,४ भदौ, बैतडी ।

बेवारिसे अवस्थामा दार्चुलामा एक किशोरीको बेवारिसे शव फेला परेको छ। नौगाड गाउँपालिका ६ नौगाडखोलामा अन्दाजी १७ वर्षीया किशोरीको शव फेला परेको ईलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक दीर्घ बोगटीले जानकारी दिए।

Read More

चितवनमा दुई किशोरी सामुहिक बलात्कृत, ७ युवक पक्राउ

अनलाइनखबरमा प्रकाशित,४ भदौ, चितवन ।

चितवनमा दुई किशोरी सामुहिक बलात्कृत भएको घटना सार्वजनिक भएको छ । दुर्इ छुट्टाछु्ट्टै घटनाका आरोपी ७ जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Read More

फेरि भर्ना अभियान

कान्तिपुरमा प्रकाशित,४ भदौ, सर्लाही ।

जिल्लामा फेरि भर्ना अभियान सुरु गरिएको छ । धेरै संख्याका बालबालिका विद्यालयबाहिर रहेकाले दोस्रो चरणको विशेष अभियान थालिएको हो । रामवनमा शनिबार ६८ बालबालिकालाई विद्यालय भर्ना गरियो ।

Read More

विद्यालय नजानेलाई १० रुपैयाँ जरिवाना

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,४ भदौ, ओखलढुंगा ।

ओखलढुंगाको मानेभञ्ज्यांग गाउँपालिका-९ माधवपुरमा रहेको विद्याकालिकादेवी आधारभूत विद्यालयमा विद्यालय नआउने विद्यार्थीलाई जरिवना हुने व्यवस्था छ।

Read More

झापामा बालिकामाथि सामूहिक दुर्व्यवहार

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,३ भदौ, झापा ।

 झापाको मेचीनगर वडा नम्बर ७ दक्षिण सतिघट्टा मार्गको चिया बगानमा १४ वर्षिय बालिकामाथि दुर्व्यवहार भएको छ। स्थानीय विद्यालयमा कक्षा ८ मा अध्ययनरत बालिका कोचिङ कक्षाका लागि विद्यालय आउँदै गर्दा आइतबार बिहान ७ बजे बगानबीचको बाटोमा ३ जनाले दुर्व्यवहार गरेको विद्यालयका प्रधानाध्यापक सागर गुरुङले जानकारी दिए।

Read More

सुधारगृह सारिँदै नाबालिग

कान्तिपुरमा प्रकाशित,३ भदौ, लेखनाथ ।

नयाँ मुलुकी ऐनबमोजिम नाबालिग ठहर भएका २ सय ८७ बालबालिकालाई कारागारबाट सुधारगृह सारिने भएको छ । कारागार व्यवस्थापन विभागले देशभरिका कारागारमा कैद भुक्तान गरिरहेका १६ वर्षमाथि र १८ वर्षमुनिका बालबालिकालाई सुधारगृहमा सार्ने तयारी गरेको हो ।  

Read More

सुनवल नगरपालिका नेपालकै पहिलो बालमैत्री स्थानीय तह

कान्तिपुरमा प्रकाशित,३ भदौ, परासी ।

पश्चिम नवलपरासीको सुनवल नगरपालिका नेपालकै पहिलो बालमैत्री नगर घोषणा भएको छ । बालमैत्री स्थानीय शासनका सम्पुर्ण सूचक पार गरेर आइतबार एक कायक्रमकाबीच प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बालमैत्री स्थानीय तह घोषणा गरेका हुन् ।

Read More

चकलेट दिएर बालिका बलात्कार गरेको आरोपमा वृद्ध पक्राउ

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२ भदौ, परासी ।

चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पश्चिम नवलपरासीबाट एक ६५ वर्षीय वृद्ध पक्राउ परेका छन्।  इलाका प्रहरी कार्यालय बेलाटारीले बलात्कार आरोपमा प्रतापपुर गाउँपालिका-९ का ६५ वर्षीय दरोगा थारुलाई पक्राउ गरेको हो।

Read More

जुस पिउँदा विद्यार्थी बिरामी

कान्तिपुरमा प्रकाशित,२ भदौ, विराटनगर ।

भारतीय कम्पनीले उत्पादन गरेको ‘मिलो’ नामक जुस पिउँदा महानगर–२ स्थित बुढानीलकण्ठ बोर्डिङ स्कुलका १५ विद्यार्थी शुक्रबार बिरामी परेका छन् । विद्यार्थीमा बान्ता हुने, टाउको दुख्ने, पातलो दिसा लाग्ने र पेट दुख्ने लक्षण देखिएको चिकित्सकले बताएका छन् ।

Read More

आमाले फालेको पाँच दिनपछि उद्धार गरिएकी बालिकाको मृत्यु

कान्तिपुरमा प्रकाशित,३१ साउन, ताप्लेजुङ ।

आफ्नै आमाले शौचालयमा फालेकी १० महिने बालिका जमुना बिकको पाँच दिनपछि जिवितै उद्धार गरिए पनि बचाउन भने सकिएन । उपचारकालागि झापाको विर्तामोडस्थित मनमोहन अस्पताल पुर्‍याइए पछि चिकित्सकले मृत घोषणा गरेका हुन । 

Read More

कक्षामा कार्यक्रम, विद्यार्थी बरन्डामा

कान्तिपुरमा प्रकाशित,३१ साउन, सप्तरी ।

हनुमाननगर कंकालिनी नगरपालिकाको लिलजा ठाकुर राष्ट्रिय प्राथमिक विद्यालय कक्षा कोठाको हिसाबले सुविधा सम्पन्न छ । तर बुधबार दिउँसो कक्षा ३ मा अध्ययनरत विद्यार्थी विद्यालयको बरण्डामा भुइँमै बसेर पढिरहेका थिए ।

Read More

नालामा डुबेर एक बालकको मृत्यु

नयाँ पत्रिकामा प्रकाशित,३१ साउन, कञ्चनपुर ।

कञ्चनपुरमा नालामा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलौरी नगरपालिका– ६ बसईका १३ वर्षीय उमेश चन्द रहेका छन् । बुधबार दिउसो साथीसँग पौडी खेल्न गएका उमेश नालामा डुबेर वेपत्ता भएका थिए ।

Read More

लमजुङमा एक वर्षमा ६ जना बलात्कृत

नयाँ पत्रिकामा प्रकाशित,३१ साउन, लमजुङ ।

लमजुङमा एक वर्षमा बलत्कारका ६ वटा घटना भएका छन् । जिल्ला प्रहरी कार्यालय लमजुङको तथ्यांकअनुसार सबै बलत्कारका घटनामा १६ बर्ष मुनीका नाबालिका र किशोरी रहेका छन् ।

Read More

सामूहिक बलात्कार गर्नेमध्ये एक पक्राउ

थाहा खबरमा प्रकाशित,३१ साउन, उदयपुर ।

जिल्लाको त्रियुगा नगरपालिका–२ मोथ्याईकी १७ वर्षीया एक किशोरीलाई सोमबार राति सामूहिक बलात्कार गर्नेमध्ये एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। अन्यको खोजी कार्य भइरहेकोे जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Read More

खुकुरी हानेर छोरा र भाइको हत्या

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,३० साउन, रुकुम पश्चिम ।

रुकुम पश्चिमको मुसीकोट नगरपालिका १४ का एक व्यक्तिले आफ्नै छोरा र भाइको हत्या गरेका छन्। छिवाङ चौताराका ३६ वर्षिय शंकर बिष्टले ६ वर्षिय छोरा सुदर्शन बिष्ट र अपांग भाई २० वर्षिय गोकर्ण बिष्टको खुकुरी प्रहार गरी हत्या गरेका हुन्।

Read More