समाचारमा बालबालिका

चार वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ

ईमेजखबरमा प्रकाशित,९ माघ, सप्तरी ।

इलाका  प्रहरी कार्यालय कल्याणपुरले चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ ।  खडक नगरपालिका–५ का २५ वर्षीय रामभगत चौधरीलाई सो आरोपमा बुधबार पक्राउ गरिएको हो ।

Read More

धोविखोला किनारमा शिशुको शव भेटियो

अनलाइनखबरमा प्रकाशित,९ माघ, काठमाडौं ।

चाबहिलको धोविखोला किनारमा नवजात शिशुको शव भेटिएको छ । आन्दाजी ६/७ महिनाको शिशुको शव खोला किनारमा भेटिएको हो । काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसार शिशुको शव कपडाले बेरेको अवस्थामा भेटिएको छ ।

Read More

बाल्टिनमा डुबेर बालिकाको मृत्यु

नागरिक न्युजमा प्रकाशित,९ माघ, सर्लाही ।

जिल्लाको कविलासी नगरपालिकामा बाल्टिनमा डुबेर १२ महिनाकी एक बालिकाको मृत्यु भएको छ। नगरपालिका–८ अगर्वा बस्ने सरोजकुमार यादवको छोरी नन्दनी यादव खेल्ने क्रममा बुधबार बाल्टिनमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक विक्रम साहले जानकारी दिए।

Read More

मौलवीमाथि यौन दुर्व्यवहारको आरोप

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,९ माघ, विराटनगर ।

विराटनगर महानगरपालिका–८ अशोक चोकमा रहेको धार्मिक विद्यालयका प्रधानाध्यापक ९मौलवी० माथि आफैँले पढाउने दुई बालिकालाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । मदरसा रजाए मुस्तफा आधारभूत विद्यालयकाका मोलवी ४० वर्षीय अमिरुद्धिन मियाँमाथि १३ र १४ वर्षका छात्रालाई दुर्व्यवहार गरेको आरोप लागेको हो ।

Read More

लुकीछिपी बालविवाह अझै

कान्तिपुरमा प्रकाशित,९ माघ, नेपालगन्ज ।

स्थानीय तहले नियमनमा चासो नदेखाउँदा अझै पनि ग्रामीण क्षेत्रमा लुकीछिपी बालविवाह भइरहेका छन् । बालविवाहको जानकारी पाएमा त्यसलाई रोक्न संघसंस्था क्रियाशील छन् । जिल्लामा बालविवाहविरुद्ध एक दर्जन संस्था सक्रिय छन्।

Read More

सिकारुले हाँकेको जिपको ठक्करबाट बालकको मृत्यु

नयाँ पत्रिकामा प्रकाशित,९ माघ, नवलपरासी ।

नवलपरासी पूर्वको हुप्सेकोट ५ मा सिकारुले हाँकेको जिपको ठक्करबाट एक बालकको मृत्यु भएको छ । हुप्सेकोट गाउँपालिकाको ग।१ज ३८९ नम्बरकोे जिपको ठक्करबाट स्थानीय मीना गाहाका पाँच वर्षीय छोरा दीपु गाहाको मृत्यु भएको प्रहरीले जनाएको छ।

Read More

छात्रवृत्ति लिन सामुदायिकमा पढ्नैपर्ने

कान्तिपुमा प्रकाशित,८ माघ, काठमाडौँ ।

छात्रवृत्तिमा उच्च शिक्षा अध्ययन गर्न कम्तीमा कक्षा ६ देखि १० सम्म सामुदायिक विद्यालयमा अध्ययन गर्नुपर्ने कानुनी व्यवस्था गरिने भएको छ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकमा संशोधन गरी यस्तो प्रावधान थप गरेको हो।

Read More

पढाइसँगै खेतीपाती

कान्तिपुरमा प्रकाशित,८ माघ, डडेलधुरा ।

हातमा कुटो र कोदालो । काँधमा पुस्तकको झोला । अनि शरीरमा चिटिक्क परेको विद्यालय पोसाक । देख्नेमध्ये धेरैजसो अलमलिन सक्छन्, विद्यार्थी हो कि कृषक भनेर । डडेलधुरा सदरमुकामदेखि १२ किलोमिटर दूरीमा रहेको बालकल्याण माविका विद्यार्थीको हुलिया हो यो ।

Read More

भारतबाट दुई नेपाली किशोरीको उद्धार, मानव तस्कर पक्राउ

रातोपाटीमा प्रकाशित,८ माघ, काठमाडौं ।

भारत हुँदै खाडी मुलुकतर्फ जाने योजनामा रहेका दुई नेपाली किशोरीलाई भारतीय सुरक्षाकर्मीको सहयोगमा उद्धार गरिएको छ । नेपालगञ्ज हुँदै भारत प्रवेश गरेका उनीहरुलाई भारतको सीमा सुरक्षा बल (एसएसबी) को ४२ औं बाहिनीले नियन्त्रणमा लिएको हो ।

Read More

१२ वर्षकै उमेरमा ड्रगको कुलत, म्याग्दीमा लागू औषधका डिलर समातिए

नयाँ पत्रिकामा प्रकाशित,७ माघ, म्याग्दी ।

म्यादीमा लागू औषधको कारोबार गर्ने दुई मुख्य कारोबारी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यायलले सोमबार म्याग्दीको बेनी नगरपालिका–७ बस्ने मनोज खत्री र आशिष खत्रीलाई पक्राउ गरेको हो।

Read More

खोपबिना हुर्किन्छन् बालबालिका

कान्तिपुरमा प्रकाशित,७ माघ,सिन्धुपाल्चोक ।

जुगल हिमालको काख , मुटु कपाउने सिरेटो । बल्ल लागेको पातलो झुल्के घाम । जुगल गाउँपालिका ३ स्थित अन्तिम गाउँ दिपुकी ३० वर्षीया डोल्मा शेर्पा छोरी लाक्पाडोमालाई तेल लगाउँदै थिइन् । चार वर्ष टेकिसकेकी लाक्पा डोमाको कलिलो शरीर केही बिरामीजस्तो देखिन्थ्यो।

Read More

डुबेर दुई बालिकाको मृत्यु

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,७ माघ,अर्घाखाँची ।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाको शान्ति बगैंचामा रहेको पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ। बगैंचाभित्र खेल्दाखेल्दै पोखरीमा डुबेर सिकिस्त भएका दुवै जनाको उपचारका क्रममा जिल्ला अस्पताल अर्घाखाँचीमा मृत्यु भएको जिल्ला अस्पतालबाट अशोक चौहानले जानकारी दिए।

Read More

लेटाङमा दुई बालिकामाथि यौन दुर्व्यवहार

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,७ माघ, विराटनगर ।

मोरङको लेटाङ नगरपालिका-९ जाँतेमा ११ वर्षीया बालिका बलात्कृत भएकी छन्। खसीको मासु लिएर आउँदै गरेका बेला लेटाङ-८ घर भएकी बालिकाको बलात्कार भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाले बताए। प्रहरीले बलात्कार आरोपमा ४६ वर्षीया भद्रबहादुर कार्कीलाई पक्राउ गरेको छ।

Read More

हायसले ठक्कर दिँदा बालकको मृत्यु

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,७ माघ, सप्तरी ।

तीब्र गतिको हायस गाडीले ठक्कर दिँदा मंगलबार अपरान्ह सप्तरीमा एक बालकको मृत्यु भएको छ। काठमाडौंबाट झापातर्फ जाँदै गरेको बा।३ ख ७९७७ नम्बरको हायसले पूर्व–पश्चिम राजमार्गस्थित शम्भुनाथ नगरपालिका–१ खोक्सर प्रवाहामा ठक्कर दिँदा सोही ठाउँका रामकुमार चौधरीका ८ वर्षीय छोरा प्रशान्त चौधरीको मृत्यु भएको स्थानीय राजु जायसवालले बताए।

Read More

चिसो भुइँमा विद्यार्थी

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,६ माघ, महोत्तरी ।

आङमा न्यानो लुगा छैन। थरथर काप्ने जाडो बढ्दो छ। नांगो खुट्टाले स्कुल टेक्नु छ। स्कुल पुग्दा चिसै कार्पेटमा बसेर पढ्नु पर्छ, ७ वर्षीया बालिका सरितीया कुमारी मुखियालाई। डेक्स बेन्च पर्याप्त छैन। गरिबीले सरितीया परिवारले न्यानो लुगा जोहो गर्न सकेको छैन।

Read More

ट्याक्टर दुर्घटनामा एक बालकको मृत्यु, तीन जना घाइते

नयाँ पत्रिकामा प्रकाशित,६ माघ, जुम्ला ।

जुम्लाको पातारासी गाउँपालिका–६ वातामा भे १ त ७३८५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका ७ वर्षीय सुदिप बुढा रहेका छन्।

Read More

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा १२ वर्ष कैद

ईमेजखबरमा प्रकाशित,६ माघ, तनहुँ ।

जिल्ला अदालत तनहुँले जबर्जस्ती करणी मुद्दाका एक अभियुक्तलाई  १२ वर्ष  छ महिना कैद फैसला गरेकोे छ । जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलकोे इजलासले सो मुद्दामा पक्राउ परेका गोरखा पालुङटार नगरपालिका–५ का कृष्णकुमार विकलाई आइतबार सो  कैद फैसला सुनाएको हो।

Read More

बिहेवारी, बीस वर्षपारि नारामा सीमित

नागरिक न्युजमा प्रकाशित,६ माघ, नेपालगञ्ज ।

युवा/युवती र अभिभावकको जनजिब्रोमा ‘बिहेवारी, बीस वर्षपारि’ भनाइ झुण्डिएको भए पनि व्यावहारिक परिपालनमा चुनौती देखिएको छ। बाँके जिल्लाका केही सचेत युवा र किशोरी बाल क्लबमार्फत जनेतनामूलक कार्यक्रममा लागिपरेका छन्। विशेष गरी मुस्लिम तथा मधेशी समुदायमा बालविवाह रोक्न नसकिएको बाल अधिकारकर्मी साहिल अन्सार बताउँछन्।

Read More

शिशु मृत फेला

ईमेजखबरमा प्रकाशित,६ माघ, झापा ।

झापाको मेचीनगर नगरपालिका–६ स्थित बर्मेली टोलीमा सोमबार बिहान सालनालसहितको शिशु मृत फेला परेको छ । बर्मेलीटोलस्थित सडक किनारमा भर्खरै जन्मिएको शिशुलाई मारेर कसैले फ्याँकेको हुन सक्ने प्रहरीले जनाएको छ।

Read More

भागी विवाहले हराउँदै बालिका

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,५ माघ, नेपालगन्ज ।

पछिल्लो ६ महिनामा बाँकेमा १ सय ५९ महिला हराएका छन्। जिल्ला प्रहरीमा परेका उजुरीअनुसार हराउनेमध्ये ५२ बालिका र १ सय ७ जना महिला छन्। ‘हराएको उजुरी पर्नेमा अधिकांश भागेर बिहे गर्नेहरू छन्।

Read More