A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiong4ipn5675kf39n9o8fqdqpqcjr0acl42): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

कुुपोषित बालबालिका लागि उपचार केन्द्र

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१ असार, कावासोती ।

कडा कुुपोषण भएका बालबालिकाका लागि पूर्वी र पश्चिम नवलपरासीमा उपचार केन्द्र सञ्चालन गरिएको छ । कुुपोषण मध्ये सबैभन्दा जोखिममा रहेका ख्याउटेपनका बालबालिकाका लागि केन्द्र सञ्चालन गरिएको हो । 

Read More

गर्मीले विद्यार्थी बेहोस हुन थालेपछि बिहानी सत्रमा पढाइ

थाहा खबरमा प्रकाशित,३० जेठ, गोरखा ।

जिल्लाको गोरखा नगरपालिका १० स्थित रत्नराज्य माध्यामिक विद्यालयमा बुधबारदेखि विहानी सत्रमा पठनपाठन सुरु गरिएको छ। अत्यधिक गर्मीका कारण विद्यार्थीहरू कक्षा कोठामै बेहोस हुनथालेपछि विद्यालयले विहानी सत्रमा पठनपाठन सुरु गरेको हो।

 

Read More

धारिलो हतियार प्रहारबाट बालकको हत्या, दम्पती घाइते

उज्यालो अनलाइनमा प्रकाशित,३० जेठ, कास्की ।

पोखरा लेखनाथ महानगरपालिका १५ कालिका मार्गमा एक जनाको हत्या भएको छ । अरु २ जना घाइते भएका छन् । कालिका मार्गका ४० वर्षका रामजी घलेका ११ वर्षका छोरा ज्ञापनको हत्या भएको हो ।

 

Read More

अत्यधिक गर्मीका कारण विद्यालय बन्द

नागरिक न्युजमा प्रकाशित,२९ जेठ, पर्सा ।

एक सातायता बढेको अत्यधिक गर्मीका कारण पर्साका चार स्थानीय तहमा रहेका विद्यालय मंगलबारदेखि बन्द गरिएको छ। वीरगञ्ज महानगरपालिका, पोखरिया नगरपालिका तथा सखुवा प्रसौनी र ठोरी गाउँपालिकामा रहेका सामुदायिक तथा संस्थागत विद्यालय स्थानीय तहको निर्देशनमा बन्द गरिएको हो। 

Read More

पोखरीमा डुब्दा बालकको मृत्यु

थाहा खबरमा प्रकाशित,२९ जेठ, राजविराज ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका–६ स्थित पोखरीमा डुबेर सोमबार साँझ एक बालकको मृत्यु भएको छ। स्थानीय कैलाश साहका छोरा ११ वर्षीय छिमेकीको घर नजिकको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ।

Read More

बलात्कार गरेको कसुरमा ५ वर्ष कैंद

नागरिक न्युजमा प्रकाशित,२९ जेठ, खोटाङ ।

बालिका बलात्कार गरेको कसुरमा खोटाङमा एक पुरुषलाई ५ वर्ष कैंद फैसला सुनाइएको छ। १२ वर्षीय बालिकालाई बलात्कार गरेको कसुरमा हलेसी तुवाचुङ नगरपालिका–७ महादेबस्थानका ५६ वर्षीय इबे बिश्वकर्मालाई जिल्ला अदालतले कैंद फैसला सुनाएको हो।

Read More

अपहरित बालकको गोली हानी हत्या

कान्तिपुरमा प्रकाशित,२८ जेठ, रौतहट ।

कटहरिया नगरपालिकाका–१२ वर्षीय बालकको अपहरण पछि हत्या भएको छ । अपहरणकारीले उनलाई गोली हानी हत्या गरी बाग्मती नदी किनारमा फालेका थिए । 

 

Read More

कक्षा कोठामा नपढाउने शिक्षकको रेकर्ड राख्दै बिद्यार्थी

रातोपाटीमा प्रकाशित,२८ जेठ, पर्वत ।

पर्वत कुस्मा नगरपालिका–१२ स्थित जनता सुदर्शन माविका कक्षा ६ मा अध्ययनरत् विद्यार्थीलाई कक्षा कोठामा सबैभन्दा राम्रो पढाउने र सबैभन्दा कम पढाउने शिक्षक को होला रु भनेर प्रश्न गर्दा सबैले एकै स्वरमा ती शिक्षकको नाम बताइदिए । 

Read More

चार जोडीको विवाह रोकियो

उज्यालो अनलाइनमा प्रकाशित,२८ जेठ, रुकुम ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा आइतबार चार जोडीको विवाह रोकिएको छ । जिल्लामा रहेको बाल सञ्जालले उमेर नपुगि गर्न लागिएका चारवटै जोडीको विवाह रोकेको हो ।

Read More

जंगलमा बालकको शव, घटना रहस्यमय

नागरिक न्युजमा प्रकाशित,२८ जेठ, कोहलपुर ।

बाँकेको राप्तीसोनारी–८, खल्लगाउँस्थित जंगलमा एक बालकको शव फेला परेको छ । सोही गाउँका १० वर्षीय आयुष केसीको शव घन्टेश्वरी सामुदायिक वनमा भेटिएको हो।

Read More

पाँच वर्ष नपुग्दै बिहे, थाहा हुँदैन कस्ता छन् श्रीमान् श्रीमती

थाहा खबरमा प्रकाशित,२८ जेठ, रौतहट ।

चन्द्रपुर नगरपालिका–८ का ६ वर्षीय अनिल मलिकको विवाह भइसकेको छ तर उनको श्रीमती कस्ती छिन भन्ने उनलाइ याद नै छैन। ‘मेरो बिहे भइसकेको छ तर श्रीमती माइतमा छिन्। 

Read More

बलात्कारका दुई आरोपी पक्राउ

नागरिक न्युजमा प्रकाशित,२८ जेठ, महोत्तरी ।

महोत्तरी जिल्लाको छुट्टाछुट्टै दुई स्थानमा बालिका र किशोरी बलात्कार गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कुबेर कडायतका अनुसार जलेश्वर नगरपालिका–६ धबौलीस्थित आँप बगैँचामा खेलिरहेकी एक छ वर्षीया नाबालिकालाई बलात्कार गरेको आरोपमा स्थानीय १७ वर्षीय मो हसमत अंसारीलाई पक्राउ गरिएको हो।

Read More

बालबालिकामा कडा कुपोषण

कान्तिपुरमा प्रकाशित,२८ जेठ, नवलपरासी ।

पूर्व र पश्चिम नवलपरासीका ४ सय २४ बालबालिकामा कडा खालको कुपोषण देखिएको छ । नियमित पौष्टिक आहारको कमीले विपन्न समुदायका बालबालिकामा यस्तो कुपोषण पाइएको हो । दुवै जिल्लाका ३२ हजार बालबालिकामा गरिएको परीक्षणका क्रममा यो नतिजा सार्वजनिक भएको थियो ।

Read More

गर्मीका कारण सिरहामा पाँच विद्यार्थी बेहोस

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२७ जेठ, लहान ।

पछिल्लो केही दिनयता बढेको अत्यधिक गर्मीका कारण आइतबार सदरमुकाम सिरहास्थित चन्द्र माविमा अध्ययनरत पाँचजना विद्यार्थी बेहोस भएका छन्। 

Read More

छुरी प्रहार गरी छोराको हत्या

थाहा खबरमा प्रकाशित,२७ जेठ, भक्तपुर ।

कमलविनायकमा आफ्नै बुबाले छुरी प्रहार गरी छोराको हत्या गरेका छन्। चाँगुनारायण–५ खरिपाटी घर भई हाल भक्तपुर नगरपालिका–१० कमलविनायक बस्ने ३५ वर्षीया पलमान गिरीले विरामी भई सुतिरहेका अवस्थामा १२ वषीय छोरा प्रतिक गिरीलाई छुरी प्रहार गरी हत्या गरेका हुन्।

Read More

पानीमा डुबेर किशोरीको मृत्यु

नागरिक न्युजमा प्रकाशित,२७ जेठ, महोत्तरी ।

महोत्तरी जिल्लामा जताततै बालुवाढुङ्गा निकाल्न खनिएका खाल्डामा बर्षेनि मानवीय क्षति हुने गरेको छ । पछिल्लोपटक शनिबार बर्दिवास नगरपालिका–१० खयरमारामा एक १६ वर्षीया किशोरीको त्यस्तै खाल्डाको पानीमा डुबेर मृत्यु भएको छ । 

 

Read More

बालिका करणी गर्ने दुई जना पक्राउ

नयाँ पत्रिकामा प्रकाशित,२७ जेठ, भोजपुर ।

भोजपुरमा १३ वर्षीया बालिका करणी गरेको आरोपमा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ । बालिकामाथि करणी गरेको आरोपमा षडानन्द नगरपालिका १२, देउरालीका ३० वर्षीय भवानी कट्टेललाई प्रहरी चौकी देउरालीले नियन्त्रणमा लिएको हो ।

Read More

विद्यालयमा चट्याङ पर्दा २ बालकको मृत्यु

कान्तिपुरमा प्रकाशित,२७ जेठ, सुर्खेत ।

चट्याङ लागेर चिङ्गाड गाउँपालिकामा स्कुले २ बालकको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् । आइतबार दिउँसो करिब ११ बजे प्रावि धारापानीमा चट्याङ परेको थियो ।

Read More

धुलोमै बसेर पढ्न बाध्य छन् जाजरकोटका विद्यार्थी

थाहा खबरमा प्रकाशित,२६ जेठ, जाजरकोट ।

दुर्गादेवी आधारभूत विद्यालय कुशे गाउँपालिकाको सदरमुकाम भार्माको विद्यालय हो। कार्यालय भवन, मोटरबाटो, खानेपानी, विद्युत्, हवाइजहाज ग्राउन्ड (एरर्पोट) जस्ता पूर्वाधार विकासले गाउँपालिका सदरमुकाम भार्माको परिचयलाई बदल्न खोजिएको छ, तर परिचय बदलिएको सदरमुकाम भार्मामा रहेको दुर्गादेवी आधारभुत विद्यालयको अवस्था भने उस्तै छ।

Read More

बाबुको सिको गर्दै तीन वर्षीया बालिकाले रक्सी पिएपछि

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२६ जेठ, दमौली ।

हामीले खाने खराब चीज छोराछोरीकै अगाडि त प्रयोग गरिरहनुभएको छैन रु यदि त्यसो हो भने ख्याल गर्नुस् तपाईंको खराब बानीको साना अबोध बालबालिकाले नक्कल गर्न सक्छन् । यस्तै नक्कलका कारण तनहुँमा एक बालिका जीवनमरणको दोषँधमा छिन् । अभिभावक भने खराब कामका कारण पछुतो मानिरहेका छन् ।

Read More

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: