A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionvaohfg6i8vpgtttt8ejvm1fphp1bm0e0): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

सल्लाको दियालो बालेर पढ्छिन् प्रधानमन्त्रीकी छोरी

थाहा खबरमा प्रकाशित,१ बैशाख, मुगु ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो वर्ष वैशाख १ गते रारामा विद्यालय भर्ना अभियानको सुरुवात गरेका थिए। विद्यालय भर्ना अभियानसँगै प्रधानमन्त्री ओलीले एक बालिकालाई छोरी भनेर सम्बोधन गरी काखमा च्यापेर भर्ना गराएका थिए। ठिल्लेका बुवा छैनन्। आमा, बाजेबजै र एक बहिनी छन्।

Read More

भारतबाट नेपाल ल्याएर बलात्कार

कान्तिपुरमा प्रकाशित,२९ चैत, महोत्तरी।

१४ वर्षीया भारतीय बालिकालाई ललाइफकाई नेपाल ल्याएर बलात्कार गरेको आरोपमा महोत्तरी प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

Read More

हावाहुन्डरी प्रभावित बालबालिकामा झाडापखालाको डर

कान्तिपुरमा प्रकाशित,२९ चैत, सिमरा।

हावाहुन्डरी (चक्रवात) को चपेटामा परेको बाराका प्रभावित बालबालिका असुरक्षित बन्दै गएका छन् । यी क्षेत्रका बालबालिका खुला स्थानमा बसेर खानासँगै उडेको धूलो खान बाध्य छन्।

Read More

बलात्कार आरोपमा बाबु पक्राउ

कान्तिपुरमा प्रकाशित,२८ चैत, चितवन।

छोरीलाई बलात्कार गरेको आरोप लागेका एकजनालाई चितवन प्रहरीले पक्राउ गरेको छ । पूर्वी चितवन खैरहनीकी एक युवतीले आफू बुवाबाटै पटक-पटक बलात्कृत भएको भन्दै सोमबार प्रहरीमा उजुरी दिएकी थिइन्।

Read More

खाल्डोमा डुबेर दुई बालिकाको ज्यान गयो

उज्यालो अनलाइनमा प्रकाशित, २७ चैत, सर्लाही।

पानी जमेको खाल्डोमा डुबेर मंगलबार राति सर्लाहीको हरिवन –४ मा दुईजना बालिकाको ज्यान गएको छ । गोल्ड इँटा उद्योगले माटो खन्दा बनेको खाल्डोमा डुबेर स्थानीय जुमेर सेखकी ६ वर्षीया छोरी समार खातुन र इन्तिहाज सेखकी ९ वर्षीया छोरी जस्मिन खातुनको ज्यान गएको हो।

Read More

सुत्केरी हुने ३० प्रतिशत आमा २० वर्षमुनिका

नागरिकमा प्रकाशित,२७ चैत, रुकुम पश्चिम।

रुकुम (पश्चिम)को सानीभेरी गाउँपालिका–१० की पार्वती खड्काको १४ वर्षको उमेरमा विवाह भयो। त्यो बेला उनलाई विवाह एक रमाइलो खेल हो जस्तो मात्रै लागेको थियो। तर विवाह भएको एक वर्षमै पहिलो सन्तान छोरी र ३० वर्ष नपुग्दै चार सन्तान भए। सुत्केरी अवस्थामा पोषिलो खाना र स्याहारसुसार नपाएका कारण पार्वतीको स्वास्थ्यमा समस्या सिर्जना भयो। ३५ वर्षको उमेरमै पाठेघर फाल्नुप(यो।

Read More

धार्मिक परम्पराले लियो बालकको ज्यान

उज्यालो अनलाइनमा प्रकाशित,२६ चैत, महोत्तरी।

लोहारपट्टि नगरपालिकामा सोमबार राति इस्लाम धर्मको परम्परा निभाउने क्रममा एक बालकको ज्यान गएको छ । ज्यान जानेमा लोहारपट्टि नगरपालिका–५ बस्ने आशिक शेषका दुई महिने छोरा फिरोज शेष रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताउनुभयो।

Read More

बलात्कारी बाबु पक्राउ

नागरिक न्युजमा प्रकाशित,२६ चैत, भक्तपुर।

बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। रामेछाप उमाकुण्ड गाउँपालिका–१ घर भई हाल चागुँनारायण नगरपालिका–२ दुवाकोट, भक्तपुर बस्ने वर्ष ३५ का एक व्यक्तिले वर्ष १५ की आफ्नै सौतेनी छोरीलाई विगत दुई वर्षदेखि डरत्रास देखाई बलात्कार गर्दै आएको उजुरीको आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ।

Read More

सर्लाहीको स्थानीयस्तरमा बालविवाह चुनौती, बालविवाह रोक्ने यस्तो काइदा

रातोपाटीमा प्रकाशित,२६ चैत, सर्लाही।

सर्लाहीको गोडैता नगरपालिका र चन्द्रनगर गाउँपालिकामा बाल विवाह रोक्ने अभियान सुरु भएको छ । स्थानीय तहले अभियान चलाएर नगरपालिकामा बाल विवाह रोक्न थालेपछि अभिभावकहरु आफ्नो बालबालिकाको भारत बिहार प्रान्तको सितामढीमा गई विभिन्न विवाह मण्डपमा विवाह गर्न थालेपछि गोडैता नगरपालिका प्रमुखलाई बाल विवाह अभियान सञ्चालन गर्न समस्या भएको जनाइएको छ।

Read More

ट्याक्टरले किचेर बालकको मृत्यु

कान्तिपुरमा प्रकाशित,२५ चैत, ताप्लेजुङ ।

ट्याक्टरले किचेर आठराइ त्रिवेणी गाउँपालिका २ फुलबारीमा एक बालकको ज्यान गएको छ । तमोर नदीबाट फुलबारीतर्फ बालुवा लिएर जाँदै गरेको ना४ त ५९२२ नम्बरको ट्याक्टरल किचेर स्थानीय १५ वर्षीय फिरोज श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयको सञ्चार शाखाले जनाएको छ।

Read More

प्रदेश १ का सरकारी विद्यालयमा नर्सिङ सेवा, पहिलो चरणमा खटिए १४ नर्स

अनलाइनखबरमा प्रकाशित,२५ चैत, बिराटनगर ।

प्रदेश नं. १ सरकारले सरकारी विद्यालयमा ‘विद्यालय नर्सिङ सेवा’ सञ्चालन गरेको छ । पहिलो चरणमा छनौट गरिएका १४ जिल्लाका १४ विद्यालयमा यो कार्यक्रम सञ्चालन गरिएको हो।

Read More

बालश्रम निवारणमा स्थानीय तह प्रतिबद्ध

नागरिक न्युजमा प्रकाशित,२४ चैत, चितवन।

बालश्रम निवारण गर्न नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयार पारेको ‘बालश्रम निवारणसम्बन्धी राष्ट्रिय गुरुयोजना २०७५/८५ कार्यान्वयन गर्न थालिएको छ।

Read More

सुध्रिँदै सहरका स्कुल

कान्तिपुरमा प्रकाशित,२५ चैत, लमजुङ।

कुनै बेला सामुदायिक स्कुलमा घण्टी बजेको १०र१५ मिनेटमा शिक्षक आउँथे । कालोपाटीमा सेतो चकले लेख्थे । एकजना विद्यार्थीको किताब लिन्थे। सरसर्ती पढाउँथे । घण्टी नबज्दै कक्षाकोठाबाट बाहिरिन्थे।

Read More

तनाव भुल्दै एसईईमा

कान्तिपुरमा प्रकाशित,२४ चैत, सिमरा।

बस्न घर छैन । खान अन्न छैन । हावाहुरीले मच्चाएको वितण्डा दिमागमा ताजै छ । जसोतसो सम्हालिँदै हावाहुरी प्रभावित क्षेत्रका विद्यार्थीले एसईई परीक्षा लेख्दै छन्।

Read More

मोरङमा चट्याङ लागेर १० वर्षीया बालिकाको मृत्यु

रातोपाटीमा प्रकाशित,२३ चैत, उर्लाबारी।

चट्याङ लागेर मोरङको बूढीगङ्गा गाउँपालिका–३ बाँसबारीमा आज एक बालिकाको मृत्यु भएको छ । खेतमा बाँधेको गाई घरतिर लिएर आउँदै गर्दा चट्याङ लागेर १० वर्षीया आराधना राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Read More

खेल्दै गरेका बालकको माटोको ढिस्कोले पुरिएर मृत्यु

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२१ चैत, झापा।

झापाको गौरादह नगरपालिका-१ मा माटोको ढिस्कोले पुरिएर एक बालकको मृत्यु भएको छ। निर्माणाधिन अवस्थामा रहेको नालीमा खेल्ने क्रममा माटोको ढिस्कोले पुरिएर सोही स्थानका सात वर्षीय  सुमन कर्मकारको मृत्यु भएको हो।

Read More

घर भत्काउने क्रममा दुई बालिकाको मृत्यु स् दुई घाइते

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२१ चैत, परासी।

घर भत्काउने क्रममा खसेको पर्खालले थिचेर पश्चिम नवलपरासीको सुनवलमा दुई बालिकाको बिहीबार मृत्यु भएको छ।  दुईजना घाइते छन्।  एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

Read More

सुनौलो हजार दिनका परिवारको घरमा झण्डा

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२१ चैत, बैतडी ।

जिल्लाको शिवनाथ गाउँपालिका-३ का अधिकांश घरको छाना तथा घर नजिकैको आगनमा झण्डा गाडिएका छन्। गाउँमा पुग्ने नयाँ मानिसले कसैको घरमा पहेलो तथा कसैको घरमा हरियो झण्डा गाडेको देख्न पाउँछन्।

Read More

हावाहुरीपछि पाँच महिने बालिकाको दर्दनाक कथा

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२१ चैत, बारा।

कीर्ति पटेल अन्योलमा छिन्।कसैलाई रोइरहेको देखे, रोइदिन्छिन्।कसैलाई हाँसिरहेको देखे, हाँसिदिन्छिन्।तर, उनलाई थाहा छैन, किन रुनुपर्छ भन्ने कुरा।प्रकृतिको भयानक उदण्डतासँग कीर्ति पनि जुधिन्। सायद, भविश्यमा उनलाई यो वितण्डा याद नहोला।  किनकी कीर्ति मात्र ५ महिनाकी भएकी छन्।

Read More

नुहाउने क्रममा करेन्ट लागेर दुई बालकको मृत्यु

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२० चैत, धनगढी।

धनगढी उप–महानगरपालिकामा करेन्ट लागेर दुई बालकको मुत्यु भएको छ। उपमहानगरको वडा नम्बर ३ मिलन चोकमा रहेको पर्शुराम बानियाको घरमा नुहाउने क्रममा बुधबार करेन्ट लागेर दुई बालकको ज्यान गएको हो।

Read More

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: