A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session8smeio7v2nen51coi1pceat4nfpvam2n): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

साता दिनदेखि कोहलपुरबाट हराएका चार बालकको उद्धार

सेतोापाटीमा प्रकाशित,२८ कात्तिक, नेपालगञ्ज।

एक सातादेखि घरबाट हराएका चारजना बालकको बाँकेको इलाका प्रहरी कार्यालय कोहलपुरले बुधबार उद्धार गरेको छ। गत कात्तिक २० गतेदेखि कोहलपुर नगरपालिकाबाट हराएका १२ वर्षीय प्रकाश बिक, ११ वर्षीय दीपक तिरुवा, १३ वर्षीय श्याम बिक र बिक्की विकलाई फेला पारी आजै घरपरिवारलाई बुझाएको कोहलपुर प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए।

Read More

१५ वर्षीया बालिकालाई युवती बनाउन सुई र औषधि प्रयोग

हिमाल खबरपत्रिकामा प्रकाशित,२७ कात्तिक, नुवाकोट।

मानव बेचबिखन अनुसन्धान ब्यूरोले २७ कात्तिकमा उक्त घटनाबारे विवरण सार्वजनिक गर्दै नेपाली बालिकाहरुलाई भारतका विभिन्न स्थानमा लगेर बिक्री गर्ने क्रममा सुई र अन्य औषधिहरु प्रयोग गरेर युवती बनाउने गरिएको खुल्न आएको हो।

Read More

परीक्षामा फेल भएको भन्दै शिक्षकले कुट्दा १४ वर्षीया छात्रा घाइते

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२७ कात्तिक, विराटनगर ।

विराटनगरमा एक निजी स्कुलका शिक्षकले सोही विद्यालयमा अध्ययनरत १४ वर्षीया छात्रामाथि निर्घात कुटपिट गरेका छन् ।  विराटनगर महानगरपालिका ४ राजवंशी चोकमा रहेमा अर्पण स्कुल शिक्षक निमेष बस्नेतले कक्षा ८ मा अध्ययनरत बूढीगंगा गाउँपालिका २ टंकीसिनवारी घर भएकी रोश्नी भण्डारीलाई पाइपले कुटपिट गरेका हुन्।

Read More

मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

थाहा खबरमा प्रकाशित,२७ कात्तिक, सर्लाही ।

सर्लाहीको बागमतिानगरपालिका–९ निर्माणचोकमा मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ।  निर्माणचोक हुँदै सोल्टी बजार जाने क्रममा बा ३५ प ५५१२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा मंगलवार दिउँसो बागमति नगरपालिका–९ शंकरपुरका चैनकुमार रायका ८ वर्षीय छोरा शुसिल राय गम्भिर घाइते भई उपचारको लागि विरगञ्ज हेल्थ केयर विरगञ्जमा उपाचारकोे क्रममा मंगलवार राति उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

Read More

कपाल मुण्डन गरी विद्यार्थीलाई सजाय

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२६ कात्तिक, ललितपुर।

गोदावरी नगरपालिका डुकुछाप-८ मा सञ्चालित श्री गणेश माध्यमिक विद्यालयले ‘बालमैत्री’ लागू भएको ६ महिना नबित्दै १२ जना विद्यार्थीको जथाभावी मुण्डन गरिदिएको छ। विद्यार्थीलाई कपाल काटेर आउन पटक-पटक अनुरोध गर्दा पनि बेवास्ता गरी ड्रेससमेत नलगाएको विद्यालयको आरोप छ।

Read More

घरकै खाजा, कति मज्जा

नागरिक न्युजमा प्रकाशित,२६ कात्तिक, दोलखा।

बिहान गेट खुलेलगत्तै विद्यार्थी विद्यालय प्रवेश गर्न सुरु गर्छन्। तामाकोसी सदनका १० कक्षामा पढ्ने एक हुल विद्यार्थी गेटमा बसेर हाताभित्र प्रवेश गर्नेहरूको झोलामा ल्याइएको खाजा निरीक्षण गर्दै छन्। ‘जंक फुड’ हुनेहरूको सामान गेटमै जफत हुन्छ र घरमा पकाइएको ताजा खानेकुराले मात्र विद्यालयमा प्रवेश पाउँछ।

Read More

बालिका बलात्कारको आरोपमा एकजना पक्राउ

कान्तिपुरमा प्रकाशित,२६ कात्तिक, मकवानपुर ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले बालिका बलात्कार गरेको आरोपमा मंगलबार एकजनालाई पक्राउ गरेको छ । १४ वर्षीया बालिकालाई जवरजस्ती करणी गरको अभियोगमा कैलाश गाउँपालिकाबाट प्रहरीले एकजना पक्राउ गरेको हो।

Read More

स्कुल जानु छ खाली खुट्टा

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२६ कात्तिक, बाँके ।

२१ कात्तिक २ बजे। बेतहनी-होलिया सडक खण्डमा एक हुल विद्यार्थी भेटिए। उनीहरूले टिसर्ट र हाफ पाइन्ट लगाएका थिए। टिसर्ट च्यातिएको थियो। हाफपाइन्ट ठाउँठाउँमा सिलाएको स्पष्टै देखिन्थ्यो। लामबाहुले लगाउने निकै कम थिए। तीनदेखि पाँच वर्ष उमेर नकटेका उनीहरू सबै हतारमै देखिन्थे।

Read More

चार बालक ७ दिनदेखि बेपत्ता

कान्तिुरमा प्रकाशित,२४ कात्तिक, नेपालगन्ज ।

नेपालगन्ज–२० मनिकापुर थपुवाका चार बालक सात दिनदेखि बेपत्ता छन् । मनिकापुर थपुवाका १५ वर्षीय दिनेश बुढा क्षेत्री, दिनेश बुढा, १३ वर्षीय रमेश अधिकारी र १२ वर्षीय महेश बुढा बेपत्ता भएको प्रहरीले जनाएको छ।

Read More

बलात्कृत बालिकाको गर्भपतन, मन्त्रीले भेटिन पीडित

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२५ कात्तिक, काठमाडौं ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा अछामकी १२ वर्षीया बालिका भेट्न थापाथलीस्थित प्रसूतिगृह पुगेकी छन्। अविवाहित बालिका पाँच महिनाकी गर्भवती थिइन्। बौद्धिक अपांगसमेत रहेकी बालिकाको शुक्रबार गर्भपतन गरिएको छ।

Read More

विद्यार्थीलाई जबर्जस्ती जुलुसमा

कान्तिपुरमा प्रकाशित,२५ कात्तिक, काठमाडौं।

नेत्रविक्रम चन्द समूहको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले काठमाडौंका केही सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई जबर्जस्ती प्रदर्शनमा सहभागी गराएको छ । भारतले अतिक्रमण गरेको भूमि कालापानीलगायत फिर्ताका लागि दबाब दिन भन्दै क्रान्तिकारीले आइतबार प्रदर्शन गरेको थियो।

Read More

३ सय विद्यार्थीका लागि २ शिक्षक

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२४ कात्तिक, जनकपुरधाम ।

अति विपन्न र दलित परिवारका ३ सय बढी बालबालिका अध्ययनरत महोत्तरीको मधवा विद्यालय मात्र २ शिक्षकको भरमा सञ्चालित छ। मनरा सिसवा नगरपालिका १० मधवा गाउँमा सञ्चालित हनुमानदत्त विश्वनाथ जनता सरकारी प्राथमिक विद्यालय नेपालकै पुरानो शैक्षिक संस्था मध्येको एक हो।

Read More

एउटै कोठामा पाँचवटा कक्षा

कान्तिपुरमा प्रकाशित,२४ कात्तिक, सल्यान।

एउटा कोठामा कतिवटा कक्षा हुन्छन् रु पूर्वाधारको अवस्थाअनुसार उत्तर फरक फरक आउन सक्छ । छत्रेश्वरी गाउँपालिकाको भोटेचौरस्थित त्रिभुवन जनमाविमा एउटै कोठामा १ देखि ५ सम्मका कक्षा सञ्चालनमा छ । यहाँ १७ वर्षदेखि रहेको सुस्तश्रवण स्रोत कक्षालाई यसरी चलाउने गरिएको हो।

Read More

विवाह गर्न नागरिकता अनिवार्य

कान्तिपुरमा प्रकाशित,२३ कात्तिक, रुकुम पश्चिम ।

जिल्लामा विवाहका लागि जन्म दर्ता र नागरिकताको प्रमाणपत्र चाहिने व्यवस्था गरिएको छ । विवाह गर्ने बर बधुको जन्मदर्ता र नागरिकताको प्रमाण पत्रको भएपछि मात्रै वैबाहिक कार्यक्रम अघि बढाइने निर्णय गरिएको हो।

Read More

नवजात शिशुको हत्या आशंकामा महिला पक्राउ

अनलाइनखबरमा प्रकाशित,२२ कात्तिक, हेटौंडा ।

नवजात शिशुको हत्या गरेकोे आशंकामा प्रहरीले एक महिलालाई हेटौंडाबाट नियन्त्रणमा लिएको छ । हेटौंडा उपमहानगरपालिका-१६ हटिया खमारेमा नवजात शिशुको शव फेला परेको जानकारी स्थानीयले दिएपछि घटना स्थल पुगेको प्रहरीको टोलीले अन्दाजी २३ वर्षीया महिलालाई नियन्त्रणमा लिएको मकवानपुरका प्रहरी उपरीक्षक मुकेश सिंहले बताए । मृत भेटिएका शिशु २ दिनको हुन सक्ने उनले बताए।

Read More

प्रसूतिगृह भर्ना भइन् १२ वर्षीया गर्भवती

कान्तिपुरमा प्रकाशित,२१ कात्तिक, काठमाडौँ ।

१२ वर्षकी कलिली बालिका । बोल्न सक्दिनन् । पेटमा ५ महिनाको बच्चा चलिरहेको छ । बढेको पेट र बदलिँदो स्वास्थ्य अवस्थाबारे उनी भने अनभिज्ञ छिन् । थापाथलीस्थित प्रसूति गृहको चौथो तलाको २०७ नम्बर बेडमा उनी भर्ना भएको चार दिन भयो । सोधेको उत्तर दिन नसक्ने उनी कसैलाई देखे फिस्स हाँस्छिन् मात्र।

Read More

बालविवाह रोक्न पुरोहितलाई कानूनी प्रशिक्षण

रातोपाटीमा प्रकाशित,२१ कात्तिक, सुर्खेत।

प्रहरीले बालविवाह न्यूनीकरण गर्ने उद्देश्यले कर्णालीका १० वटै जिल्लामा पुरोहितलाई कानूनी प्रशिक्षण दिएको छ । प्रदेश प्रहरी कार्यालयको निर्देशनमा जिल्लास्थित प्रहरीले बुधबार एकैसाथ विभिन्न धर्मगुरुलाई प्रशिक्षण दिएको हो।

Read More

अभिभावक र विद्यार्थी संगसंगै स्कुलमा

नागरिक न्युजमा प्रकाशित,२० कात्तिक, जुम्ला ।

जुम्लाको सिँजा गाउँपालिकाको एक विद्यालयमा विद्यार्थी र अभिभावक संगसंगै स्कुलमा पुग्छन्। भाँडगाउँ स्थित देउती आधारभूत विद्यालयमा विद्यार्थी र अभिभावक एकसाथ विद्यालयमा आउन थालेपछि शिक्षक दंग पर्छन्। स्कुलमा त विद्यार्थी आउने हो तर अभिभावक किन आइराख्छन् भन्ने चासो शिक्षकमा भइरहन्छ। अभिभावक शिक्षकले विद्यार्थीको भविष्य माथि खेलवाड गर्न सक्ने भन्दै स्कुलमा जाने गरेको बताउँछन्।

Read More

बालक छुटाउन प्रहरीले अपहरणकारीलाई गोली हान्यो

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२० कात्तिक, पर्सा ।

वीरगन्जमा प्रहरीले अपहरणमा परेका एक बालकको सकुशल उद्धार गरेको छ । वीरगन्ज महानगरपालिका २५ सिर्सिया घर भइ हाल काभ्रेको बनेपामा बस्दै आएका अमजद खानका १४ वर्षीय छोरा कात्तिक १० गते बनेपबाट वीरगन्ज घर आउने क्रममा अपहरणमा परेका थिए।

Read More

घरको आँगनमा पकाएर राखेको खोलेमा परेर दुई वर्षको बालकको मृत्यु

रातोपाटीमा प्रकाशित,८ कात्तिक, इलाम ।

माईजोगमाई–५ सोयाङका एक बालकको घरको आँगनमा पकाएर राखिएको खोलेमा परेर ज्यान गएको छ । सोयाङका प्रेमबहादुर राउतका दुई वर्ष तीन महीनाका छोरा मडित राउतको खोलेमा डुबेर ज्यान गएको हो।

Read More

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: