समाचारमा बालबालिका

बालविवाह रोक्दै गौमुल

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१३ जेठ, बाजुरा ।

गौमुल–६ की १५ वर्षीया ललिता रोकाया र ५ का १७ वर्षीय कृष्ण रोकाया तीन दिन पहिले घरबाट भागेर हिँडे। दुवैले विवाह गर्न चाहेको परिवारले थाहा पाए। उनीहरुलाई प्रहरीले पक्राउ गर्‍यो। यो एक उदाहरण मात्रै हो। उमेर नपुग्दै जिल्लामा बिहे गर्ने चलन बढ्दो छ।

Read More

दीपायलमा बालविवाह बढ्दो : एउटै वडामा १६३ जना कलिलो उमेरमै बने आमा

अनलाइनखबरमा प्रकाशित,७ जेठ, दीपायल।

२४ वर्षीया मन्नी कोली दिपायल सिलगढी नगरपालिका-७, उडीतोलामा बस्छिन् । उमेरले उनी २४ मात्रै भएपनि उनका तीन सन्तान छन् । जेठी छोरीको उमेर पाँच नाघेको छ।

Read More

पर्वतका विद्यालय प्रविधिमैत्री भएपछि घोकन्ते शिक्षा प्रणालीको अन्त्य

थाहा खबरमा प्रकाशित,७ जेठ, पर्वत।

जिल्लाको महाशिला गाउँपालिकाले गाउँपालिकाभित्रका विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियान सुरु गरेको छ। वर्तमान शैक्षिक प्रणाली प्रविधिबाट सञ्चालन भइरहँदा पनि विद्यालयमा भने परम्परागत घोकन्ते शिक्षा प्रणाली नै कायम रहेकोले यसको अन्त्यका लागि यो अभियान सुरु गरिएको गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उचैले जानकारी दिए।

Read More

बालविवाह रोकिएन

कान्तिपुरमा प्रकाशित,६ जेठ, टीकापुर ।

कतिपय किशोरकिशोरीले मोबाइल, फेसबुकमार्फत प्रेम प्रस्ताव राख्ने र विवाह गर्ने बढेको सरोकारवालाले बताएका छन् । स्वास्थ्य संस्थामा किशोरी अवस्थामै आमा बनेर आउने तथ्यांकले बालविवाह बढेको सजिलै अनुमान गर्न सकिने टीकापुर नगरपालिकाको स्वास्थ्य प्रवर्द्धन शाखाका प्रमुख बलबहादुर रावलले बताए।

Read More

बालिकामाथि यौन शोषण

कान्तिपुरमा प्रकाशित,६ जेठ, नेपालगन्ज।

हजुरआमाको उपचारका लागि १३ वर्षीय एक बालिका माघमा सुर्खेतबाट नेपालगन्ज आइन् । मजदुरी गर्ने उनका अभिभावक नेपालगन्जमा दिनभरि काममा व्यस्त हुन्थे । बालिका नेपालगन्ज-१० स्थ्िात छिमेकी सुष्मा रैदासको घरमा आवतजावत गर्न थालिन्।

Read More

फुटबल खेल्न गएका किशोर दुई दिनदेखि बेपत्ता

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,५ जेठ, सिन्धुली ।

सिन्धुलीको कमलामाई नगरपालिका-१० (साविक कनपा १७) गौरनटोल भिमानका १७ वर्षीय किशोर दुई दिनदेखि बेपत्ता छन्। शनिबार बिहान ६ बजे घरनजिकै फुटबल खेल्न भनी घरबाट निस्केका सनिस देवकोटा अहिलेसम्म सम्पर्कमा नआएको उनकी आमा सोविता देवकोटाकाले जानकारी दिइन्।

Read More

बलात्कार र हिंसापछि पनि तड्पिनुपर्छ पीडित

रातोपाटीमा प्रकाशित, ५ जेठ, इलाम ।

सन्दकपुर गाउँपालिकास्थित माईपोखरीकी १७ वर्षीया युवती एक वर्ष अघि आफ्नै छिमेकी समुन राईबाट बलात्कृत भइन् । बिहान घरबाट हिँडेकी ती युवतीलाई सुमनले जङ्गलमा पुर्‍याएर बलात्कार गरे । सुमनले आफूसँग यौन सम्पर्क राख्न आग्रह गरे, युवती नमानेपछि ‘मारिदिने’ धम्की दिए।

Read More

३ बालबालिकामा डेंगु संक्रमण

कान्तिपुरमा प्रकाशित,२ जेठ, सुनसरी।

डेंगु रोगले एकै वडाका तीन जना बालबालिका संक्रमित भएको फेला परेका छन् । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख रामबाबु यादवका अनुसार ७, १० र १४ वर्षका ती बालबालिकाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

Read More

बलात्कार आरोपमा पक्राउ

नागरिक न्युजमा प्रकाशित,२ जेठ, मकवानपुर ।

बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा एकजनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ। १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हेटौंडा उपमहानगरपालिका–५ पिप्लेका ४५ वर्षीय हीरालाल चौंलागाई पक्राउ परेका छन्।

Read More

विद्यालयबाट घर फर्किँदै गरेकी ६ वर्षीया बालिका बलात्कृत

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२ जेठ, बिर्तामोड।

झापाको हल्दिवारी गाउँपालिकामा ६ वर्षीया बालिका बलात्कृत भएकी छिन्। हल्दिबारी- ३ का अन्दाजी १६ वर्षीय किशोरले छिमेकी बालिकालाई बलात्कार गरी फरार भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

Read More

विद्यालयमा एटिएमबाट प्याड

कान्तिपुरमा प्रकाशित,२ जेठ, डडेलधुरा।

गाउँपालिका प्रमुखले एटिएम जस्तै कार्ड मेसिनमा राखेपछि सेनेटरी प्याड फुत्त निस्क्यो । विद्यालयका सबै छात्राहरूले ताली बजाएर खुसी व्यक्त गरे । मर्यादित छुई वर्ष (छाउपडी) विरुद्ध अभियान सञ्चालन गरिरहेको डडेलधुराको भागेश्वर गाउँपालिकाले सबै विद्यालयमा एटिएम शौचालय निर्माण गर्ने अभियान सुरु गरेको हो।

Read More

१३ वर्षीया बालिका बलात्कृत

कान्तिपुरमा प्रकाशित,१ जेठ, दोलखा ।

छिमेकीको घरमा भइरहेको पूजामा हिँडेकी १३ वर्षीया बालिका बलात्कृत भएकी छिन् । बलात्कार आरोपमा भीमेश्वर नगरपालिका-४३ वर्षीय रामबहादुर तामाङ पक्राउ परेका छन् । बालिकालाई पूजा घर जान नदिइ जबरजस्ती करणी गरेको आरोप उनीमाथि लगाइएको छ।

Read More

उपराष्ट्रपतिलाई स्वागत गर्न बालबालिका ४० डिग्रीमा १ घण्टा पैदल

कान्तिपुरमा प्रकाशित,१ जेठ, रौतहट।

कटहरियामा आयोजित जानकी जयन्ती समारोहमा सोमबार विद्यार्थीहरू पानी खोज्दै भौंतारिरहेका थिए । करिब ४० डिग्री सेन्टिग्रेडको गर्मीमा हिँडेर आइपुगेका उनीहरू कार्यक्रमस्थलमा खानेपानीको व्यवस्था नहुँदा आकुलब्याकुल देखिन्थे।

Read More

च्याउ खाँदा बालकको मृत्यु

कान्तिपुरमा प्रकाशित,१ जेठ, लमजुङ ।

 च्याउ खाएर बिरामी पर्दा क्व्होलासोंथर गाउँपालिका ९, गिलुङ लौबारीका १० बर्षीय साजन क्षेत्रीको मृत्यु भएको छ । स्थानीयका अनुसार आमा तारा क्षेत्री र बुवा रामबहादुर क्षेत्री उपचारका लागि पोखरा गएको बेला छोरा साजन छिमेकी सुलबहादुर क्षेत्रीको घरमा बस्न लगाइएको थियो।

Read More

घरको तेस्रो तलाबाट खसेर किशोरीको मृत्यु

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,३१ बैशाख, इटहरी।

घरको तीन तला माथिबाट खसेर इटहरीमा एकजना किशोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा इटहरी-६ स्थित संगीत चौककी १७ वर्षीया पूजा शर्मा रहेकी छिन्।

Read More

दश वर्षीया बालिकालाई बलात्कार गरेको आरोप ३२ वर्षीय पुरुष पक्राउ

रातोपाटीमा प्रकाशित,३१ बैशाख, भक्तपुर।

सिन्धुपाल्चोक चौतारा गाउँपालिका–९ घरभई हाल मध्यपुरथिमि नगरपालिका–७ मा परिवारसँगै बस्दै आएकी १० वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले सोलुखुम्बुको सोताङ्ग गाउँपालिका–४ घर भई हाल मध्यपुरथिमि–९ बोडे बस्ने ३२ वर्षीय प्रेम राईलाई पक्राउ गरेको छ।

Read More

बालविवाह र दाइजोविरुद्ध प्रहरी

कान्तिपुरमा प्रकाशित,३१ बैशाख, रौतहट ।

बालविवाह र दाइजो प्रथाविरुद्ध जिल्ला प्रहरीले जिल्लामा समुदाय प्रहरी साझेदारी कार्यक्रम गरेको छ । प्रहरीले भव्यताका साथ सचेतना मुलक साझेदारी कार्यक्रम गरेको हो।

Read More

१ किलो गाँजासहित बालक पक्राउ

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,३० बैशाख, विराटनगर ।

विराटनगर महानगरपालिका–४ बरगाछीबाट लागुऔषध गाँजासहित सोमबार दिउँसो एक बालक पक्राउ परेका छन् । धनकुटाको शहीदभूमि गाउँपालिकास्थित खोकु घर भएका १५ वर्षीय विमान राई पक्राउ परेको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बताए।

Read More

४६ वर्षीय पुरुषद्धारा ११ वर्षीया बालिका बलात्कार

रातोपाटीमा प्रकाशित,३० बैशाख, बुटवल।

दाङको प्रहरीले केहि दिनअघि ११ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ४६ वर्षीय एक पुृरुषलाई पक्राउ गरि सरकारी वकिलको कार्यालयमा पेस गरेको छ । घोराही उपमहानगरपालिका–१५, स्र्वद्धारी टोल बस्ने ४६ वर्षीय ऋषिराज आचार्यलाई  ११ वर्षीया बालिका ‘ध’ नाम परिवर्तनलाई जबरजस्ती करणी गरेको आरोपमा  जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको हो।

Read More

७१ वर्षीय वृद्ध पुर्पक्षको लागि कारागार चलान

कान्तिपुरमा प्रकाशित,३० बैशाख, स्याङ्जा।

जबरजस्तीकरणीको आरोपमा पक्राउ परेको ७१ वर्षीय वृद्ध पुर्पक्षका लागि जिल्ला कारागार चलान भएका छन् । ०७५ असोज २६ गते १७ वर्षीया बालिकालाई बलात्कार गरेको अरोपमा प्रहरीले विरुवा गाउँपालिकाका एक वृद्धलाई पक्राउ गरेको थियो।

Read More