A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session63sfcr8q862ij5q59aismj25gnsoh01i): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

चिसोले बालबालिकामा हाइपोथर्मिया समस्या

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,३ माघ, विराटनगर ।

अत्यधिक चिसोका कारण धेरैजसो बालबालिकामा हाइपोथर्मिया ९शीतांग० को समस्या देखापर्न थालेको छ। विराटनगरका सरकारी तथा निजी स्वास्थ्य संस्थामा यस्तो समस्या भएका बालबालिकालाई उपचारका लागि ल्याउने क्रम बढेपछि चिकित्सक बताउँछन् ।

Read More

चिसोले विद्यालय बन्द

कान्तिपुरमा प्रकाशित,३ माघ, मुगु ।

अत्यधिक चिसो बढेपछि उच्च लेकाली बस्तीका २६ विद्यालयको पठनपाठन बन्द गरिएको छ । डोल्फू, मुगु, मह, माग्री, रिउस, चितै, खमालेलगायतका विद्यालयमा डेढ महिनाका लागि जाडो बिदा दिइएको हो ।

Read More

अर्नाको आक्रमणबाट बालिकाको मृत्यु

रातोपाटीमा प्रकाशित,२ माघ, इनरुवा ।

अर्नाको आक्रमणबाट सुनसरीको कोशी गाउँपालिका–४ जुद्धगञ्जका मजेबुल मियाँकी १३ वर्षीया छोरी सजनम खातुनको आज मृत्यु भएको छ । घरबाट कोशी कटानतर्फ जाँदै गरेको अवस्थामा कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्किएको अर्नाले आक्रमण गर्दा उनको मृत्यु भएको स्थानीयवासी जुद्धिन मन्सुरीले जानकारी दिए । 

Read More

विद्यालयको बिजोग

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२ माघ, ताप्लेजुङ ।

न झ्याल, ढोका न त कोठा छेक्ने बार नै छ । वरिपरि बारिएका बाँसका भाटा मक्किएर भत्किन लागेका छन् । हिउँदमा सिरेटो र धुलोको सकस सहनुपर्छ । वर्षायाममा झरी, हिलो र लेदो सिधै कोठाभित्र पस्छ । त्यसमाथि गाईवस्तुको दिसापिसाबको दुर्गन्ध खपिनसक्नु छ ।

Read More

यौन दुराचार गर्ने पक्राउ

कान्तिपुरमा प्रकाशित,१ माघ, काठमाडौँ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बाल यौन दुराचारको अभियोगमा ६३ वर्षीय जर्मन नागरिक योगेन भन्ने हान्स जर्गन गुस्ताभ धामलाई पक्राउ गरेको छ । भोटेबहालमा फ्ल्याट भाडामा लिएर बस्ने योगेन विभिन्न बालगृहमा आश्रित बालबालिकालाई निस्शुल्क खानपानको व्यवस्थामा संग्लन भएर नजिकको सम्बन्ध बनाइरहेका थिए ।

Read More

माघदेखि विद्यार्थीलाई अब पिठोको सट्टा पोषणयुक्त चामल

कान्तिपुरमा प्रकाशित,३० पुस, काठमाडौँ ।

शिक्षा मन्त्रालयले माघको पहिलो सातादेखि विद्यार्थीलाई पिठोको सट्टा पोषणयुक्त चामल खुवाउने भएको छ ।  दुर्गम समुदायका बालबालिकाको शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यले सुचारु शिक्षाका लागि खाद्य कार्यक्रमले नयाँ स्वरुपमा दिवा खाजा कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

Read More

थलिए बादी बालबालिका

कान्तिपुरमा प्रकाशित,२९ पुस, बझाङ ।

केही दिनयता जाडो निकै बढेको छ । बिहान र साँझको समयमा त झन् घरबाहिर निस्कनै नसकिने अवस्था छ । घरभित्र बस्नका लागि पनि कि त न्यानो लुगा चाहिन्छ कि त आगोको सहारा लिनुपर्छ । पुसको ठिहिर्‍याउने जाडोमा पनि लुगाको जोरजाम गर्न नसक्दा बझाङका बादी समुदायका बालबालिकाहरू भने नांगो शरीर जाडोको सामना गरिरहेका छन् ।

Read More

बालविवाह न्यूनीकरण गर्न पाँच वर्षे रणनीतिक योजना

नागरिक न्युजमा प्रकाशित,२९ पुस, बैतडी ।

बैतडीमा बालविवाह न्यूनीकरणका लागि पाँच वर्षे रणनीतिक योजना तयार पारिएको छ । आगामी पाँच वर्षभित्र बालविवाहमुक्त जिल्ला घोषणा गर्नका लागि अपनाउनुपर्ने कार्ययोजनासहित रणनीतिक योजना तयार पारिएको हो। संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको सहयोगमा नेपाल रेडक्रस सोसाइटी र परामर्शदाता संस्था ओआरडीएसले सो रणनीतिक योजना तयार पारेको हो। 

Read More

नदीमा बालक बेपत्ता

उज्यालो अनलाइनमा प्रकाशित,२८ पुस, खोटाङ ।

खोटाङको हलेसी चुवाचुङ नगरपालिका–१, बाहुनीडाँडाका वडाअध्यक्ष रुद्र राईको छोरा दूधकोसीमा डुबेर बेपत्ता भएका छन् । साथीसँग माछा मार्न गएका १४ वर्षीय छोरा किरण राई बिहीबार दिउसोबाट बेपत्ता भएका हुन् ।

 

Read More

पानी खान जाँदा बित्छ एक घण्टी

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२८ पुस, बैतडी ।

जिल्लाको पाटन नगरपालिका १ गुत्थडीस्थित सरस्वती आधारभूत विद्यालयमा खानेपानी व्यवस्था नहुँदा विद्यार्थीलाई पानी खान निकै समस्या भएको छ। विद्यालयको दोस्रो घण्टीपछि विद्यार्थी बाहिर निस्कन्छन् र खानेपानीको खोजीमा यत्रतत्र भौंतारिने गर्छन् ।

Read More

बर्सेनि पोलिन्छन् चेपाङ बालबालिका

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२८ पुस, चितवन ।

चितवनको इच्छाकामना गाउँपालिका १, थाप्राङका श्याम चेपाङले छोरीको नाम खुइलीमाया राखे । आगोले पोलेर कपाल खुइलेका कारण १० वर्षीया ती बालिकालाई गाउँमा सबैले ‘खुइली’ नै भन्छन् । दुई वर्षको हुँदा उनलाई आगोले पोलेको हो ।

Read More

बसको ठक्करले बालकको मृत्यु

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२८ पुस, दाङ ।

दाङको लमही नगरपालिका–५ चौलाहीमा स्कूल बसको ठक्करबाट शुक्रबार एक वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय रामजान अदलीका छोरा अब्दुल अनसारीको रहेको लमही वडा प्रहरी कार्यालयका प्रहरी नीरिक्षक सुरज खड्काले बताए ।

 

Read More

भर्नाअघि नै विद्यालय अनुभव

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२८ पुस, दाङ ।

सामुदायिक विद्यालयमा कक्षा १ मा भर्ना हुने ७० प्रतिसत बालबालिका पहिले नै विद्यालयको अनुभव गरि भर्ना हुन जाने गरेको पाइएको छ। विद्यालयमा रहेका वालविकास कक्षाको अनुभव सँगालेरमात्रै जिल्लाका सामुदायिक विद्यालयमा कक्षा १ मा भर्नाका लागि आउने बालबलिका बढी भएको एक तथ्यांकले देखाएको छ। 

 

Read More

भारत लगिँदै गरेका २० बालकको उद्धार गरी परिवारको जिम्मा

थाहा खबरमा प्रकाशित,२७ पुस, जुम्ला ।

भारततर्फ लगिँदै गरेको अवस्थामा मंगलबार प्रहरीले तिला गाउँपालिकाको कुडारी बजारबाट उद्धार गरेका २० जना बालकलाई अभिभावकको जिम्मा लगाइएको छ। प्रहरीले बुधबार अभिभावकहरुलाई जिल्ला प्रहरी कार्यालयमा बोलाएर बालकहरु जिम्मा लगाएको हो।

Read More

शीतलहरका कारण बारामा मृत्यु हुनेको संख्या चार पुग्यो

थाहा खबरमा प्रकाशित,२७ पुस, बारा ।

शीतलहरका कारण बारामा जाडोले कठ्यांग्रिएर ज्यान गुमाउनेको संख्या चार पुगेको छ। बाराको सिम्रौनगढ नगरपालिकामा दुई जना र बारागढी गाँउपालिकामा र प्रसौनीमा एकरएक जनाको मृत्यु भएको छ ।

 

Read More

जाडोको जोहोका लागि पत्कर संकलनमा जुटे मुसहर समुदायका बालबालिका

थाहा खबरमा प्रकाशित,२६ पुस, उदयपुर ।

अति विपन्न मुसहर समुदायका बालबालिका जाडोको जोहोका लागि पत्कर संकलनमा जुटेका छन्। केही दिनयता भित्री मधेसमा पर्ने उदयपुरमा पनि अत्यधिक चिसो र शीतलहर बढेपछि आगो ताप्न तथा सुत्नका लागि पत्कर संकलनमा जुटेका हुन् । 

Read More

निसासिएर दुई बालिकाको मृत्यु

नागरिक न्युजमा प्रकाशित,२६ पुस, इटहरी ।

इटहरी उपमहानगरपालिका–६ स्थित नेपाः भवन नजिकै विष्णुकुमार लिम्बूको घरमा डेरा बस्दै आएका एक दम्पतीका दुई बच्चा निसासिएर गएराति मृत्यु भएको छ । 

Read More

लामा पढाउन भन्दै भारततर्फ लगिएका २० बालकको जुम्लामा उद्धार

थाहा खबरमा प्रकाशित,२६ पुस, जुम्ला ।

भारत लैजान लागेको आशंकामा प्रहरीले जुम्लाको तिला गाउँपालिका कुडारीबाट २० जना बालकलाई उद्धार गरेको छ। 

Read More

अत्यधिक चिसोका कारण सप्तरीमा थप दुई बालबालिको मृत्यु, जनजीवन कष्टकर बन्दै

न्युज २४ मा प्रकाशित,२५ पुस, सप्तरी ।

शीतलहरको कारण एक्कासि बढेको चिसोले पछिल्लो एक सातायता सप्तरीको जनजीवन निकै कष्टकर बन्न पुगेको छ । शीतलहर र अत्यधिक चिसोको कारण सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ मा सोमबार बेलुका स्थानीय बासिन्दा गुल्डेन मण्डलकी ६ महिनाकी छोरी पार्वतीको ज्यान गएको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ ।

Read More

फेसबुक चलाउँदा

कान्तिपुरमा प्रकाशित,२५ पुस, धादिङ ।

कक्षाकोठामा फेसबुक चलाएको भन्दै शिक्षिकाले एक छात्रालाई निर्घात कुटपिट गरी अभिभावकको जिम्मा लगाएकी छन् । धादिङबेंसीस्थित बालमन्दिर माध्यमिक विद्यालयमा ८ कक्षा अध्ययनरत दुर्गा सुनारलाई शिक्षिकाले कुटेर ‘अब स्कुल नपठाउनु’ भन्दै अभिभावकको जिम्मा लगाएकी हुन् । 

 

Read More

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: