समाचारमा बालबालिका

भिरबाट लडेर बालकको मृत्यु

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१३ फागुन, ताप्लेजुङ ।

ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका–३ तिरिङ्गेमा एक बालकको लडेर मृत्यु भएको छ । वीरबहादुर इजमका १४ वर्षीय छोरा राजकुमार इजमको गाउँकै सयपत्री सामुदायिक वनमा लडेर मुत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

Read More

सँगैका साथी स्कुल जान्छन्, मचाहिँ विधुवी भएँ

नागरिक दैनिकमा प्रकाशित,१३ फागुन, बझाङ ।

कालो अक्षर नचिनेकै बेला ९ वर्षको उमेरमा छिमेकी गाउँका १२ वर्षीय केटासँग कल्पना बोहोराको मागी बिहा भयो। १४ वर्षको उमेरमा पहिलो सन्तानकी आमा बनेकी उनी अहिले १८ वर्षकी हुँदा तेस्रो सन्तानकी आमा बनेकी छिन् । 

 

Read More

आगलागीमा १० महिने बालिकाको मृत्यु

राजधानी दैनिकमा प्रकाशित,१२ फागुन, बाजुरा ।

सदरमुकाम बडिमालिका वडा नम्बर ८ थापावाडाको एक घरमा आगलागी हुँदा १० महिनाकी बालिकाको मृत्यु भएको छ । दिउँसो घरमा कोही नभएका बेला बडिमालिका नगरपालिका ८ का अके थापाको घरमा आगलागी भएको प्रहरीले बताएको छ ।

Read More

मिलापत्र प्रयास विफल

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१३ फागुन, बर्दिबास ।

बर्दिबास नगरपालिकामा बाल यौन दुराचारको घटना मिलाउने प्रयास विफल भएको छ। बर्दिबासका अच्छुत्म रिसालले ११ वर्षीय बालकमाथि यौनजन्य क्रियाकलाप गरेको आरोप लागेको छ। 

Read More

शौच गर्न गएकी युवतीले सलको पासो लगाएपछि

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१२ फागुन, सप्तरी ।

शनिबार सप्तरीमा एक युवतीले आत्महत्या गरेकी छिन्। शौच गएकी शम्भुनाथ नगरपालिका ४ की १७ वर्षीया युवतीले बाँसमा पासो आत्महत्या गरेकी हुन् ।

Read More

संरक्षण बिहिन बालबालिकाको उद्दार

नागरिक दैनिकमा प्रकाशित,१२ फागुन, रुकुम ।

रुकुमको त्रिवेणी गाउँपालिका वडा नम्बर १० पेउघाकी केशरी ओलीले २०७० मा गरिबीका कारण आत्महत्या गरिन्। चार सन्तानलाई जन्म दिएकी केशरीले आत्माहत्या गरेपछि आर्थिक अवस्था निकै कमजोर भएका उनका पति सोविराम ओली रोजगारीका लागि चार वर्ष अघि भारत गए। भारत गएपछि उनको अत्तो पत्तो भएन् । 

Read More

१८ वर्षे किशोरीको स्थायी बन्ध्याकरण : १३ मा बिहे, १४ मा पहिलो र १७ वर्षमा दोस्रो सन्तान

नयाँ पत्रिकामा प्रकाशित,११ फागुन, डोटी ।

कानुनले विवाहका लागि न्यूनतम उमेर २० वर्ष तोकेको छ । तर, डोटीकी एक किशोरीले १८ वर्षमै दुई सन्तान जन्माएर स्थायी बन्ध्याकरण पनि गरेकी छिन् । बोगटान गाउँपालिका–१ सिमचौरकी मनीषा बोहराले ६ फागुनमा बन्ध्याकरण गराएकी हुन् । जिल्ला अस्पतालले उनकै गाउँमा शिविर चलाएको थियो ।

Read More

रोकिएनन् हिमालपारी महिला तथा बालबालिका हिंसा

सेतोपाटीमा प्रकाशित,११ फागुन, मुस्ताङ ।

करीब १३ हजार जनसंख्या मात्र भएको हिमालपारी मुस्ताङमा घरेलु महिला तथा बालबालिका हिंसाका घटना दिन प्रतिदिन बढ्दै गएको महिला तथा बालबालिका कार्यालय मुस्ताङले जनाएको छ।

Read More

४ वर्षीया बालिका बलात्कृत

कान्तिपुरमा प्रकाशित,१० फागुन, कञ्चनपुर ।

पुनर्वास नगरपालिकाको (ख) गाउँमा ४ वर्षीया बालिका बलात्कृत भएकी छन् । प्रहरीले बलात्कार आरोपमा पुनर्वास नगरपालिका–८ (क) गाउँका ३६ वर्षीय भीमबहादुर श्रीमाललाई पक्राउ गरेको छ ।

Read More

बलात्कारको घटना मिलाउने दुईजना पक्राउ

नागरिक न्युजमा प्रकाशित,१० फागुन, पाँचथर ।

पाँचथरको तुम्बेवा गाउँपालिका–३ मा भएको बलात्कारको घटना गाउँमै मिलाएको भन्दै प्रहरीमा पुगेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही अघि बढाएको छ। 

Read More

बलात्कारीलाई जन्मकैदको सजाय

थाहा खबरमा प्रकाशित,१० फागुन, बैतडी ।

जिल्ला अदालत बैतडीले सामूहिक बलात्कार गरी हत्या गरेको कसुरमा जन्मकैदसहित आठ वर्ष थप अर्थात् २८ वर्ष कैद सजायको फैसला गरेको छ ।

 

Read More

हुर्किनै सक्दैनन् राउटेका शिशु, ६ महिनामा आठको मृत्यु

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१० फागुन, काठमाडौँ ।

जंगलमा घुमन्ते जीवन विताउने लोपउन्मुख राउटेको अस्तित्व संकटमा परेको छ । राउटेका बच्चाको बालमृत्युदर अत्यधिक भएका कारण अस्तित्व संकटमा परेको हो । पछिल्लो ६ महिनायता जन्मिएका राउटेका ८ नवजात शिशुको मृत्यु भएको छ ।

 

Read More

कसले फाल्यो भर्खरै जन्मेको शिशु पोखरीमा ?

उज्यालो अनलाइनमा प्रकाशित,९ फागुन, धनुषा ।

जनकपुरको पोखरीमा तैरिरहेको अवस्थामा एक नवजात शिशुको शव फेला परेको छ । बुधबार जनकपुर उपमहानगरपालिका –८ मा रहेको पागवती पोखरीमा नवजात शिशुको शव फेला परेको हो ।

 

Read More

अपहरित बालक मृत फेला

कान्तिपुरमा प्रकाशित,८ फागुन, कपिलवस्तु ।

पाँच दिनअघि बेपत्ता मायादेवी गाउँपालिका ४, पिपराका वडाध्यक्ष फत्ते मोहम्मदका ५ वर्षे छोरा मोहम्मद अयमान मुसलमान मृत फेला परेका छन् ।

Read More

हरेक वर्ष नेपालमा १३ हजार नवजात शिशुको ज्यान जाने

उज्यालो अनलाइनमा प्रकाशित,८ फागुन, काठमाडौं ।

नेपालमा हरेक वर्ष १३ हजार नवजात शिशुको ज्यान जाने गरेको एक अध्ययनले देखाएको छ । संयुक्त राष्ट्रसंघीय बाल कोष युनिसेफले आज सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार ज्यान गुमाउनेमध्ये ८० प्रतिशत नवजात शिशुको उपचार सम्भव भएको रोगहरुकै कारण ज्यान जाने गरेको छ । 

 

Read More

मिनिट्रकको ठक्करबाट १९ महिने बालकको मृत्यु

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,७ फागुन, भक्तपुर ।

भक्तपुरको चाँगुनारायण नगरपालिका –८ सुडालमा इँटाभट्टाको लागि माटो लोड गर्ने क्रममा ठक्करबाट घाइते भएका १९ महिने बालकको उपचारको क्रममा मृत्यु भएको छ ।

Read More

१३ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

अनलाइनखबरमा प्रकाशित,६ फागुन, काठमाडौं ।

प्रहरीले १३ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको कटारी घर भइ काठमाडौं बस्दै आएका २२ वर्षीय दिनेश गुरुङ छन् ।

Read More

दोलखामा बाल विवाह बढ्दो

कान्तिपुरमा प्रकाशित,६ फागुन, दोलखा ।

ग्रामिण भेगकी एक १४ बर्षीया बालिकालाई भूकम्पपछि भत्किएको घर बनाउने काम गर्न आएका बर्दियाका चौधरी थरका युवकले लिएर बेपत्ता भए । उक्त घटनालाई आमाबुबाले लुकाउन खोजपछि गैरकानुनी ठहरिने उक्त बाल विवाह सम्बन्धी अपराध सामान्य बन्यो ।

Read More

विद्यालयमा मोबाइल निषेध

राजधानी दैनिकमा प्रकाशित,६ फागुन, बर्दिया ।

बर्दियाको ठाकुरबाबा नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयका शिक्षक र विद्यार्थीलाई विद्यालयमा मोबाइल फोन प्रयोग निषेध गरिएको छ । अब विद्यार्थीहरूले विद्यालय परिसरमा मोबाइल फोन प्रयोग गर्न पाउने छैनन् । 

Read More

स्कुल नआएको भन्दै विद्यार्थीलाई निर्मम कुटपिट

नयाँ पत्रिकामा प्रकाशित,६ फागुन, गोरखा ।

गोरखाको मान्बुस्थित भवानी माध्यमिक विद्यालयमा अध्ययनरत एक विद्यार्थीलाई शिक्षकले मरणासन्न हुने गरी कुटेका छन् । विद्यालयमा अनुपस्थित भएको निहुँमा ७ कक्षा पढ्ने १४ वर्षीय सुपारे कार्की पिटिएका हुन् । पिटाइबाट उनको औँला सुन्निएको र रगत जम्ने अवस्थामा पुगेपछि अप्रेसन गरिएको छ ।

Read More