जिप दुर्घटनामा बालकको मृत्यु, ७ घाइते
कान्तिपुरमा प्रकाशित,३ मंसिर, पाल्पा ।
तानसेन–तम्घास सडक अन्तरगत रिब्दीकोट गाउँपालिका–३ सिरुखर्कमा सोमबार बिहान भएको जिप दुर्घटनामा एक वर्षीय बालक अंकित दर्जीको मृत्यु भएको छ।
Read MoreSeverity: Warning
Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session1viqi710me6vef4hijpkil64e1orjhpl): failed to open stream: Disk quota exceeded
Filename: drivers/Session_files_driver.php
Line Number: 172
Backtrace:
File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct
File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once
कान्तिपुरमा प्रकाशित,३ मंसिर, पाल्पा ।
तानसेन–तम्घास सडक अन्तरगत रिब्दीकोट गाउँपालिका–३ सिरुखर्कमा सोमबार बिहान भएको जिप दुर्घटनामा एक वर्षीय बालक अंकित दर्जीको मृत्यु भएको छ।
Read Moreनयाँ पत्रिकामा प्रकाशित,३ मंसिर, नवलपरासी ।
पाँच वर्षकी बालिका बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले एक जनालाई पक्राउ गरेको छ । कावासोती नगरपालिका-३ निवासी ५३ वर्षका मोक्तान काईला भन्ने सोमबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो।
Read Moreउज्यालो अनलाइनमा प्रकाशित,३ मंसिर,बर्दिया ।
पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बर्दियाको भुरिगाउँ नजिक बसको ठक्करबाट साइकलमा सवार एक बालिकाको घटनास्थलमै ज्यान गएको छ।
Read Moreकान्तिपुरमा प्रकाशित,३ मंसिर,सुर्खेत ।
सरकारले पूर्ण खोपयुक्त घोषणा गरेको जिल्लामै बालबालिका खोपबाट वञ्चित भएका छन् । बीसीजी र जापानिज इन्सेफ्लाइटिसविरुद्धको खोप अभाव हुँदा एक महिनादेखि बालबालिका खोपबाट वञ्चित भएका हुन्।
Read Moreनागरिक न्युजमा प्रकाशित,३ मंसिर,काठमाडौं ।
हातको कुहिनोमुनिको भनग नभएका १६ वर्षमुनिका बालबालिकालाई चलाउन मिल्ने ‘थ्रिडी प्रिन्टेड’ हात निःशुल्क वितरण गरिँदै आएको छ । ‘इनेबल नेपाल’ नामक संस्थाले कुहिनोमुनिको हात नभएका १६ वर्षमुनिका बालबालिकालाई चलाउन मिल्ने ‘थ्रिडी प्रिन्टेड’ हात निःशुल्क प्रदान गर्दै आएको संस्थाका महासचिव सुरेन्द्र श्रेष्ठले जानकारी दिए।
Read Moreकान्तिपुरमा प्रकाशित,२ मंसिर,सिरहा ।
शरीरभन्दा टाउको अस्वाभाविक रूपमा ठूलो भएपछि सिरहाको उत्तरवर्ती धनगढीमाई नगरपालिका १४ बिहीबारेकी १२ वर्षीया एक बालिका उपचार अभावमा जन्मेदेखि नै ओछ्यान सुत्न बाध्य छिन्।
Read Moreरातोपाटीमा प्रकाशित,२ मंसिर,चितवन ।
भरतपुर महानगरपालिका–६ ब्रम्हदेव चोकमा आज बिहान टिपरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय गीतानगरले दिएको जानकारीअनुसार मृत्यु हुनेमा भारत घर भई हाल भरतपुर महानगरपालिका–१५ लामिछाने चोकमा डेरा गरी बस्ने महमद आलमका अन्दाजी चार वर्षीय छोरा अहिल आलम रहेका छन्।
Read Moreथाहा खबरमा प्रकाशित,२ मंसिर,कपिलवस्तु ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको वाणगंगामा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा शीतगंगा नगरपालिका–१४ का १७ वर्षीया शोभा न्यौपाने रहेको प्रहरीले जनाएको छ।
Read Moreनागरिक न्युजमा प्रकाशित,२ मंसिर,धादिङ ।
महिनाबारी हुने समय आएपछि विद्यालय जाने कि नजाने, गए पनि कसरी दिन कटाउने भन्ने समस्याले गल्छी गाउँपालिका –८,गोगनपानीकी समिता तामाङलाई सताउने गथ्र्यो। विद्यालय गएपछि केही समस्या होला कि भन्ने चिन्ताले महिनाबारी भएका बेला उनी पढाइनै छाडिदिन्थिन्।
Read Moreनयाँ पत्रिकामा प्रकाशित,३० कार्तिक, इलाम ।
मुलुकी संहिताले २० वर्षभन्दा कम उमेरमा बिहे गर्न बन्देज लगाएको छ । १८ वर्षभन्दा कम उमेरमा त सहमतिमा पनि यौनसम्पर्क गर्न नपाइने कानुनी व्यवस्था छ।तर, १८ वर्षभन्दा कम उमेरमै गर्भपतन सेवा लिने किशोरीको संख्या उल्लेख्य भएको पाइएको छ।
Read Moreथाहा खबरमा प्रकाशित,३० कार्तिक, पाल्पा ।
सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको बेतिया घर भएका २२ वर्षीय कौशर मियाँ रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले बताए।
Read Moreनागरिक न्युजमा प्रकाशित,२९ कार्तिक,रुकुम ।
रुकुम (पश्चिम) मा एक किशोरी बलात्कृत भएकी छन्। बलात्कार गरेको आरोपमा प्रहरीले जिल्लाको त्रिवेणी गाउँपालिका–२ सिम्रुतुका २२ वर्षीय राजिप खड्कालाई पक्राउ समेत गरेको छ।
Read Moreउज्यालो अनलाइनमा प्रकाशित,२९ कार्तिक, दोलखा ।
घर नजिकै बाख्राका लागि बनाइएको खोर, खोरमा बाख्रा मात्रै बाँधिनु कुनै नौलो कुरो पनि भएन । बाख्रालाई दाम्लाले बाँधेर खोरमै राखिन्छ ।
Read Moreअनलाइनखबरमा प्रकाशित,२९ कार्तिक, दैलेख ।
दैलेखको दुल्लु नगरपालिका–८ दुवारीचाखामा अरिङ्गालको टोकाइबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय तीन वर्षीय मनिष नेपाली रहेको दुल्लु अस्पतालका वरिष्ठ अहेव खड्ग शाहीले जानकारी दिए।
Read Moreथाहा खबरमा प्रकाशित,२९ कार्तिक, उदयपुर ।
६ दिनअघि सामूहिक बलात्कारपछि हत्या गरिएकी १३ वर्षिय किशोरी एल्जिना खड्काका दुई अभियुक्तलाई प्रहरीले सार्वजानिक गरेको छ। एल्जिनाका आफ्नै साथीहरुले सामूहिक बलात्कारपछि हत्या गरेको पुष्टि गर्दै बिहीबार बिहान जिल्ला प्रहरी उदयपुरले पत्रकार सम्मेलन गरेर सार्वजानिक गरेको हो।
Read Moreकान्तिपुरमा प्रकाशित,२९ कार्तिक, कालिकोट ।
तिलागुफा नगरपालिका–१, नाग्म र वडा नं.३ फोइमहादेव बालमैत्री स्थानीय शासन अवलम्बन गरिएको गाउँ बनेको छ । नगरपालिकाका दुई वडाले बालमैत्री स्थानीय शासनका ३९ सूचक पूरा गरेपछि एक साताअघि बालमैत्री गाउँ घोषणा गरिएको हो।
Read Moreअन्नपूर्ण पोस्ट्मा प्रकाशित,२९ कार्तिक, दमौली ।
बाघको आक्रमणबाट तनहुँको भानु नगरपालिका-४, जोखानीकी एक बालिकाको ज्यान गएको छ।घरनजिकै खेल्दै गरेकी स्थानीय चार वर्षीया अस्मिता लम्सालको उपचारका लागि ल्याउने क्रममा रत्नहरि अस्पताल दमौलीमा ज्यान गएको डीएसपी श्यामु अर्यालले जानकारी दिए।
Read Moreअनलाइनखबरमा प्रकाशित,२८ कार्तिक, डोटी ।
डोटीको दिपायल सिलगढी नगरपालिका–४, पिपल्लामा एम्बुलेन्सले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । शैलेश्वरी अस्पतालको से १ च १९७८ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा आठ वर्षीय इशान कुँवरको मृत्यु भएको हो।
Read Moreकान्तिपुरमा प्रकाशित,२८ कार्तिक, कालिकोट ।
बालबालिकाविरुद्ध हुने सबैखाले हिंसा अन्त्यको माग गर्दै कालीकोटका बालबालिकाले १५ बुँदे कालीकोट घोषणापत्र जारी गरेका छन । छैंटौ जिल्ला बाल भेलाले बालअधिकारका लागि कालीकोट घोषणापत्र जारी गरेको हो।
Read Moreअन्नपूर्ण पोस्ट्मा प्रकाशित,२८ कार्तिक, कैलाली ।
कैलालीको टीकापुर नगरपालिका वडा नं.१ मा ट्याक्टरले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । टीकापुर पार्कबाट मंगलबार साँझ पिकनिक खाएर फर्किदै गरेको से १ त ८३३७ नम्बरको ट्याक्टरले ठक्कर दिँदा टीकापुरका १३ वर्षका युवराज खनालको मृत्यु भएको हो।
Read MoreSeverity: Warning
Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)
Filename: Unknown
Line Number: 0
Backtrace: