समाचारमा बालबालिका

त्रासले उखुबारी छेउबाट हिँड्न छाडे छात्रा

नागरिक न्युजमा प्रकाशित,१६ मंसिर, कञ्चनपुर ।

कक्षा ९ मा पढ्ने लक्ष्मी बडू काठको जीर्ण पुल तरेपछि उखुबारीछेउ खोलाकिनारको पक्की सडक भएर विद्यालय जान्थिन्। उनी कहिलेकाहीं भाइलाई पनि नकुरेर निर्धक्कसँग एक्लै पनि यही बाटो भएर विद्यालय जानेआउने गर्थिन्।

Read More

सिक्का अड्किए बालकको मृत्यु

थाहा खबरमा प्रकाशित,१६ मंसिर, पर्सा ।

बच्चाले खेलाउँदै गरेको सिक्का पैसा अड्केर पर्सामा एक नाबालकको मृत्यु भएको छ। वीरगंज महानगरपालिका –३० सुगौली निवासी रविन्द्र राय यादवका २ वर्षीय छोरा शिवकुमार राय यादवको सिक्का अड्किएर शनिबार मृत्यु भएको हो।

Read More

प्रदेश २ मा कुपोषणको अवस्था भयाभह

थाहा खबरमा प्रकाशित,१५ मंसिर, जनकपुरधाम ।

प्रदेश २ मा कुपोषणको अवस्था भयावह रहेको पोषणका लागि नागरिक समाज संजाल नेपाल (सिसान) को एक तथ्यांकले देखाएको छ। सिसानले आयोजना गरेको संचारकर्मीसँगको अभिमुखीकरण कार्यक्रममा देशको ७ वटै प्रदेशभन्दा प्रदेश २ को भयाभह रहेको तथ्यांकले देखाएको हो।

Read More

बालविवाहले ज्यान जोखिममा

कान्तिपुरमा प्रकाशित,१५ मंसिर, सुर्खेत ।

दैलेखको आठबीस नगरपालिका ५, पीपलकोटमा २०७४ असार ५ मा बच्चा जन्माउन नसक्दा १५ वर्षीया कृष्णा कसेरा र उनको शिशुको ज्यान गयो । उनले १३ वर्षमै विवाह गरेकी थिइन्।

Read More

शिक्षिकाको कुटाईबाट ३ वर्षीया बालिका घाइते

उज्यालो अनलाइनमा प्रकाशित,१४ मंसिर, झापा ।

दमकमा रहेको एक निजी विद्यालयमा अध्ययनरत एक जना विद्यार्थी शिक्षिकाको कुटपिटबाट घाइते भएकी छिन् । ग्लोबल एजुकेसन एकेडेमीमा कक्षा नर्सरीमा अध्यनरत ३ वर्षीया आरुषी पन्थीलाई उनकै शिक्षिकाले नै निलडाम हुने गरी कुटपिट गरेको परिवारले जनाएको छ ।

Read More

स्कुल जाँदा गाग्री बोक्नुपर्ने बालबालिकाको बाध्यता हट्यो

थाहा खबरमा प्रकाशित,१४ मंसिर, पर्वत ।

पर्वतको महाशिला गाउँपालिका-१ होश्राङदी शुभद्रीखर्कका बालबालिकाहरू बिहान विद्यालय जाँदा विद्यालय पोसाकमा डोकोमा रित्तो गाग्री हाल्ने अनि त्यही डोकोमा झोला दैनिकी नै बनेको थियो। अपराह्‍न विद्यालयबाट घर फर्किँदा तिनै रित्ता गाग्रीमा पानी भर्ने अनि डोकोमा पानीले भरिएका गाग्री र झोला राखर घर फर्किने गरेका थिए।

Read More

११ वर्षीया बालिकालाई करणी गर्न खोज्नेक ७५ वर्षीय पक्राउ

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१३ मंसिर, धरान ।

बालिकालाई जबरजस्ती करणी गर्न खोजेको अभियोगमा धरान उपमहानगरपालिका-८ का ७५ वर्षीय वृद्ध प्रेमबहादुर भुजेल पक्राउ परेका छन्। बिहीबार छिमेकी ११ वर्षीय बालिकालाई जबरजस्ती गर्न खोजेपछि भुजेललाई इलाका प्रहरी कार्यालय धरानको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

Read More

आगोले डढेर बालिकाको मृत्यु

नागरिक न्युजमा प्रकाशित,१३ मंसिर, मोरङ ।

मोरङको बेलवारी नगरपालिका–७ बाहुनीमा आगोले डढेर तीन वर्षीय बालिकाको विहिबार मृत्यु भएको छ।बुधबार साँझ नवलकिशोर चौधरीको तीन वर्षीया छोरी निकिता चौधरी खेल्ने क्रममा घरमा बालेको कुपी बत्तीबाट आगो सल्किँदा गम्भीर घाइते भएकी थिइन्।

Read More

गोंगबुमा ८ वर्षीय बालकको अपहरणपछि हत्या, झोलामा शव भेटियो

अनलाइनखबरमा प्रकाशित,१३ मंसिर,काठमाडौं।

काठमाडौंको गोंगबुमा ८ वर्षीय बालकको अपहरणपछि हत्या भएको छ । दुई दिनअघि बेपत्ता भएका बालक प्रयास कुँवरको अपहरणपछि हत्या  भएको हो।

Read More

बलात्कार गर्ने युवक पक्राउ

नागरिक न्युजमा प्रकाशित,१३ मंसिर, पोखरा।

पोखराको माछापुछ्रे गाउँपालिका–८ ल्वाङघलेलमा किशोरीलाई बलात्कार गर्ने युवक पक्राउ परेका छन्। मङ्सिर ८ गते शनिबार किशोरी सुतिरहेको कोठामा पसेर स्थानीय बगरका २५ वर्षीय सुरज गुरुङले बलात्कार गरेको अनुसन्धानबाट खुलेको पछि उनलाई प्रहरीले पोखराको पृथ्वीनारायण क्यापसबाट पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए।

Read More

विद्यालयमा निस्शुल्क प्याड, विश्राम कक्ष र औषधि : महिनावारी हुँदा अब कक्षा छुट्दैन

उज्यालो अनलाइनमा प्रकाशित, १२ मंसिर, सल्यान।

सल्यानको कपुरकोटमा रहेको किमुचौर माविमा अध्ययनरत छात्रा सृजना सेर्पाईलीले आफ्नो विद्यालयमा विश्राम कक्ष स्थापना भएको भन्दै अब विद्यालयमा नियमित उपस्थित हुन समस्या नहुने बताएकी छिन्।

Read More

१५ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

रातोपाटीमा प्रकाशित,११ मंसिर, ताप्लेजुङ ।

पन्ध्र वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले फुङलिङ नगरपालिका–९ हाङदेवाका २० वर्षीय अमृत विकलाई पक्राउ गरेको छ ।

Read More

विषालु च्याउ खाँदा चार वर्षीया बालिकाको मृत्यु, चारजना घाइते

उज्यालो अनलाइनमा प्रकाशित,११ मंसिर, ओखलढुंगा ।

विषालु च्याउ खाँदा खिजीदेम्वा गाउँपालिका ८ का ग्यालु शेर्पाको ४ वर्षीया छोरी निमायाङ्जी शेर्पाको ज्यान गएको छ । घरमा सुकाएर राखेको च्याउ पोलेर खाँदा बिरामी परेकी बालिकाका सोमबार साँझ ज्यान गएको प्रहरीले जनाएको छ।

Read More

कालिगण्डकीमा हाम फालेर किशोरी बेपत्ता

थाहा खबरमा प्रकाशित,१० मंसिर, गुल्मी ।

गुल्मी र पर्वतको सिमाना कालिगण्डकी नदीमा हाम फालेर एक किशोरी बेपत्ता भएकी छन्। पर्वतको बिहादी गाउँपालिका ३ रानीपानीकी १७ वर्षीया मेनुका श्रेष्ठले नदीमा हाम फालेर बेपत्ता भएको कालिगण्डकी गाउँपालिका पुर्तिघाट प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक बिनोदकुमार थारुले जानकारी दिए।

 

Read More

गर्भपतनले ज्यानकै जोखिम

अनलाइनखबरमा प्रकाशित,१० मंसिर, अछाम ।

अनिच्छित गर्भधारण रोक्न परिवार नियोजनका अस्थायी साधनको प्रयोग नगर्दा अछाममा गर्भपतन गर्नेको संख्यामा वृद्धि भएको छ । परिवार नियोजनका साधनको सहज उपलब्धता भए पनि गर्भपतनलाई नै नियोजनको साधनका रूपमा लिन थालिएपछि महिलाको स्वास्थ्य पनि जोखिममा परिरहेको छ।

Read More

टिभी दृश्यको नक्कल गर्दा ९ वर्षीय बालकले गरे आत्महत्या

अन्नपूर्ण पोस्ट्मा प्रकाशित, १० मंसिर, झापा ।

टेलिभिजनमा देखाइने ‘स्टन्ट’ तथा अभिनय हेरेर त्यसैको नक्कल गर्न खोज्दा झापामा ९ वर्षीय बालकको ज्यान गएको छ । भद्रपुर नगरपालिका–९ मा बस्दै आएका हरिप्रसाद मिश्र र देवी मिश्रका ३ कक्षामा अध्ययनरत सचिनले झुन्डिएर आत्महत्या गरेका हुन्।

Read More

तराइ–पहाड जोड्दै नेपाल भाषा

नागरिक न्युजमा प्रकाशित,१० मंसिर, काठमाडौं ।

काठमाडौंको गणबहालमा रहेको नेपाल आदर्श माविका कक्षा ४ का विद्यार्थी र शिक्षक अचेल नेवारीमा वार्ता गर्छन्। बिहीबार दिउँसो स्कुलमा पुग्दा नेपाल भाषा शिक्षिका सरस्वती तुलाधार नेपाल भाषाको पुस्तक लिएर कक्षामा प्रवेश गर्दा पनि विद्यार्थीसँग नेवारीमै कुरा गरिन्।

Read More

तालमा डुबेका किशोरको खोजी जारी

कान्तिपुरमा प्रकाशित,१० मंसिर, दाङ ।

घोराही उपमहानगरपालिका–१७ गुलरियास्थित कृतिम तालमा आइतबार अपरान्ह डुबेका एक किशोर अझै फेला परेका छैनन् । नजिकै रहेको खेलकूद मैदानमा साथीहरुसँग क्रिकेट खेलेर घोराही उपमहानगरपालिकाले निर्माण गरेको कृतिम तालमा पौडी खेल्न गएका घोराही १५ का १८ वर्षीय लक्ष्मण डिसी आइतबार सवा ३ बजे डुबेका थिए।

Read More

बालिका बलात्कार आरोपमा एक पक्राउ

थाहा खबरमा प्रकाशित,१० मंसिर, संखुवासभा ।

चार वर्षीया नाबालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पाँचखपन नगरपालिका १ का २२ वर्षीय एक युवकलाई पक्राउ गरेको छ। आफ्नै भतिजी छोरीलाई जवरजस्ती करणी गरेको आरोपमा फरार रहेका युवक आइतबार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामजी कटुवालले जानकारी दिएका छन्।

Read More

बेंसी झर्योछ स्कुल

कान्तिपुरमा प्रकाशित,१० मंसिर, गोरखा ।

हिउँद लागेसँगै लेकमा जाडो बढ्यो । अब हिउँ पर्न थाल्छ । जाडोले कठ्याङ्ग्रिएर विद्यार्थी विद्यालय जानै सक्दैनन् । त्यसैले गोरखाको उत्तरी क्षेत्रका अधिकांश विद्यालयले हिउँदे बिदा दिन्छन्।

Read More