A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session6r5312e1lvkc4c0vfm036mf3gr4eu896): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

भलले बगाएर बागलुङमा बालिकाको मृत्यु

अनलाइनखबरमा प्रकाशित,२ भदौ, बागलुङ ।

बागलुङको बडिगाड गाउँपालिकामा अविरल वर्षासँगै आएको भलले बगाउँदा आइतबार साँझ एक बालिकाको मृत्यु भएको छ ।बडिगाड गाउँपालिका–७, थाम्काकी बुद्धिबहादुर परियारकी आठ वर्षीया छोरी शर्मिला परियारको भलले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

Read More

मोबाइल चोरेको आरोपमा दुई घण्टासम्म निर्घात कुटपिट

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२ भदौ, विराटनगर।

मोरङको बूढीगंगा गाउँपालिका ४ पोठियाका १७ वर्षीय एक किशोरलाई गाउँकै युवाहरूले दुई घण्टासम्म नियन्त्रणमा लिएर निर्घात कुटपिट गरेको घटना र त्यसको भिडियो सार्वजनिक भएको छ।

Read More

असुरक्षित बालिका, प्रत्येक ३० घण्टामा बलात्कार

नागरिक न्युजमा प्रकाशित,१ भदौ, सुर्खेत।

सुर्खेतकी नौ वर्षीया बालिका विद्यालयबाट घर जाँदै गर्दा गत जेठ २३ गते बाटोमै बलात्कृत भइन्। घर पुर्‍याइदिने भन्दै गाउँकै एक युवकले उनलाई सामुदायिक वनमा पुर्‍याएर बलात्कार गरेका थिए। उनीजस्तै सुर्खेत गुर्भाकोट नगरपालिकाकी १० वर्षीया बालिका पनि बलात्कारको सिकार बन्नुपर्‍यो। ती बालिका हिँडडुल गर्न नसक्ने भएपछि गत साउन २ गते बालिका बलात्कृत भएको पत्ता लागेको थियो।

Read More

घाँस काट्न गएकी किशोरीको लडेर मृत्यु

रातोपाटीमा प्रकाशित,१ भदौ, नुवाकोट।

नुवाकोटको किस्पाङ गाउँपालिका–५ अर्चलेमा घाँस काट्न गएकी एक किशोरीको शनिबार भीरबाट लडेर मृत्यु भएको छ।

Read More

बलात्कारको आरोपमा २ जना पक्राउ

थाहा खबरमा प्रकाशित,१ भदौ, कञ्चनपुर ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ नौखरीकी १७ वर्षिय युवतीलाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ।

Read More

बाल विवाहविरुद्ध जागे बाँकेका किशोरी

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,३२ साउन, नेपालग‌ंज।

बाँकेका किशोरीहरु बाल विवाहविरुद्ध अभियानमा लागेका छन्। जिल्लाका आठ वटै स्थानीयमा गठित किशोरी क्लबले शुक्रबार आ–आफ्नो स्थानीय तहमा ज्ञापन पत्र बुझाउँदै स्थानीय तहलाई बाल विवाह मुक्त घोषणा गर्न माग गरेका छन्।

Read More

सप्तकोसीले बगाएर ११ वर्षीय बालकको मृत्यु

सेतोपाटीमा प्रकाशित,३१ साउन, सुनसरी।

सुनसरीको बराहक्षेत्र नगरपालिका-६ का ११ वर्षीय बालक मेदिम राईको सप्तकोसी नदीले बगाएर मृत्यु भएको छ। शुक्रबार दिउँसो पौने १ बजे मेदिमसहित ५ जना नदीमा पौडी खेल्न गएकोमा बालकलाई नदीले बगाएको थियो।

Read More

बालिका बेचबिखन आरोपमा बालमन्दिरकै निर्देशक पक्राउ

कान्तिपुरमा प्रकाशित,३० साउन, काठमाडौँ।

बालिका बेचबिखनमा सहयोगी भूमिका खेलेको आरोपमा प्रहरी परिसर काठमाडौंले बाल मन्दिरका निर्देशक बालकृष्ण डंगोललाई पक्राउ गरेको छ।

Read More

बालविवाह गर्नेलाई विद्यालयमा प्रतिबन्ध

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२९ साउन, सल्यान।

बालविवाह गर्नेलाई जिल्लाको एक स्कुलमा प्रतिबन्ध लगाइएको छ। कम उमेरमै बिवाह गर्ने बढेपछि बालविवाह गर्नेलाई निषेध गरिएको हो। शिद्दकुमाख गाउँपालिकामा रहेको निराजन मावि ढोरचौरले विद्यालयमा अध्ययनरत बालबालिकाले बालबिवाह गरेमा विद्यालयमा पढ्न नपाइने गरी रोक लगाएको हो।

Read More

बालिकाले बलात्कारीलाई खुकुरी हानेपछि खुल्यो कर्तुत

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२९ साउन, झापा।

झापाको बुद्धशान्ति गाउँपालिकामा बलात्कार गर्न खोज्ने युवकलाई बालिकाले खुकुरी प्रहार गरेकी छिन् । धनकुटाको पात्लेखोलाका सन्तोष गुरुङले १३ वर्षीया बालिकालाई बलात्कार गर्ने क्रममा बालिकाले खुकुरी प्रहार गरेकी हुन्।घटनापछि स्थानीय युवाले गुरुङलाई पक्राउ गरी प्रहरीलाई बुझाएका छन्।

Read More

११ वर्षीया बालिका बलात्कृत, काठमाडौं महानगरका कर्मचारी पक्राउ

नागरिक न्युजमा प्रकाशित,२७ साउन, काठमाडौं।

काठमाडौं महानगरपालिकाका एक जना स्थायी कर्मचारी ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका–१७ बस्ने महानगरपालिकाको कुचीकार प्रमुख ५२ वर्षीय बाबुराजा पुजारी पक्राउ परेका हुन्।

Read More

बालक मृत्यु प्रकरण : प्रहरीविरुद्ध आयोगमा उजुरी

कान्तिपुरमा प्रकाशित,२६ साउन, रुकुम पश्चिम।

सुरक्षाकर्मीकै कारण छोराको मृत्यु (हत्या) भएको भन्दै स्थानीय एक महिलाले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएकी छन्। आठबीसकोट नगरपालिका–९ की मीनाकुमारी दमाईंले १३ वर्षीय छोराको हत्या भएको भन्दै घटना छानबिनका लागि आयोगमा उजुरी दिएकी हुन्।

Read More

कलिला आमाका पीडा

कान्तिपुरमा प्रकाशित,२४ साउन, डोटी/बैतडी।

खस्रा गाला र दुब्लो ज्यान । २० वर्षीया रूपा कोली आँगनमा आफ्ना २ सन्तान खेलाउँदै थिइन् । डोटीको दिपायल सिलगढी नगरपालिका ७, उडितोलास्थित मुक्त हलिया बस्तीमा घर भएकी रूपा बालविवाहका कारण आफ्नो भविष्य बर्बाद भएको निष्कर्षमा पुगेकी छिन्।

Read More

प्रधानाध्यापकको कुटाइबाट विद्यार्थीको दाँत झर्‍यो

थाहा खबरमा प्रकाशित,२४ साउन, बाग्लुङ।

विद्यालयका प्रधानाध्यापकको पिटाइबाट एक छात्र घाइते भएका छन्। बाग्लुङ नगरपालिका–१४ नारायणस्थास्थित गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्ण गौतमको कुटपिटले कक्षा १० का विद्यार्थी १६ वर्षीय कुशल पौडेल घाइते भएका हुन्।

Read More

सर्पको टोकाइबाट दुई बालिकाको मृत्यु

थाहा खबरमा प्रकाशित,२४ साउन, दाङ ।

सर्पको टोकाईबाट दुई बालिकाको मृत्यु भएको छ।   दाङको राजपुर गाउँपालिका ७ भौवानाका निवासी शेरबहादुर सार्कीका दुई छोरीको सर्पको टोकाईबाट मृत्यु भएको हो। बिहीबार बिहान ४ बजेतिर घरमै सुतेको बेला सर्पले टोक्दा गम्भीर घाईते भएकी अन्दाजी ११ बर्षीय करिष्मा सार्की र ८ बर्षीय सुजु सार्कीको उपचारको क्रममा मृत्यु भएको हो।

Read More

करेन्ट लागेर बालकको मृत्यु

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२३ साउन, काभ्रे।

बनेपा नगरपालिका १ टुकुचा नालामा करेन्ट लागेर बालकको मृत्यु भएको छ।  बनेपा १ टुकुचाको स्थानीय रिमाल श्रेष्ठको ४१ महिनाको छेरा रिदेश श्रेष्ठको मृत्यु भएको हो।

Read More

कागज नपुगेको भन्दै ७ बालबालिका विमानस्थलमै रोकिए

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२३ साउन, डोल्पा।

डोल्पाको काइके गाउँपालिकाका ७ बालबालिका प्रहरीले बिमानस्थलबाट फर्काएको छ। काठमाडौंको जोरपाटीमा संचालित छुतसाङ गुम्बामा पढाउनका लागि लैजाँदै गर्दा ७ बालबालिका कानुनी प्रक्रिया नपुगेको भन्दै प्रहरीले फिर्ता गरेको हो।

Read More

छोराछोरी लिएर नारायणीमा हामफालेकी महिलाको उद्धार, दुई बच्चाको निधन

थाहा खबरमा प्रकाशित,२३ साउन, नवलपरासी।

नारायणी नदीमा हामफालेकी एक महिलाको उद्धार गरिएको छ। दुई बालबालिकाको भने मृत्यु भएको छ।  नवलपरासीपूर्व विनियी त्रिवेणी गाउँपालिका–७ ब्यारेज पुलस्थित छाताचोकबाट नारायणी नदीमा हामफाल्दा पाल्हिनन्दन गाउँपालिका–५ बस्ने सुधा विश्वकर्माका छोरा साढे दुई वर्षीय अभिनाथ विश्वकर्मा र डेढ महीनाकी छोरी निकिता विश्वकर्माको मृत्यु भएको छ।

Read More

पढ्दापढ्दै बालविवाह

कान्तिपुरमा प्रकाशित,२३ साउन, धनकुटा ।

पढ्दापढ्दै विवाह गरेका जोडीले गाउँ छाडे । महालक्ष्मी नगरपालिका ८ का १५ वर्षीया विनिता थापा र १६ वर्षका अनिल मगरले गत महिना प्रेमविवाह गरेका हुन् । दुवैजना स्थानीय जनता माध्यमिक विद्यालय निगालेमा १० कक्षामा अध्ययनरत छात्रछात्रा हुन् । विवाह गरेपछि दुवैको पढाइ अघि बढ्ने अवस्था रहेन।

Read More

बलात्कार आरोपमा प्रहरी जवान पक्राउ

नागरिक न्युजमा प्रकाशित,२३ साउन, ओखलढुंगा।

किशोरी बलात्कार गरेको आरोपमा ओखलढुंगामा एक प्रहरी जवान पक्राउ परेका छन्। प्रहरी चौकी श्रीचौरमा कार्यरत प्रहरी जवान प्रकाशकुमार यादव जबर्जस्ती करणी मुद्दामा पक्राउ परेका हुन्।

Read More

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: