A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session016me4td817al5cfimd5fubge0vpln1v): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

छात्राहरुले सपथ खाँदै भने, ‘महिनावारीका कुरा गर्न लजाउँदैनौ’

अन्नपूर्ण पोस्ट्मा प्रकाशित, १८ पुस, गुल्मी ।

गुल्मीका विभिन्न विद्यालयमा अध्ययनरत छात्राहरुले अवदेखि महिनावारीका कुरा गर्न लाज नमान्ने सपथ खाएका छन्। मासिक रुपमा हुने महिनावारीलाई सहज रुपमा लिइने समेत उनीहरुले प्रतिवद्धता जनाएका छन्। सेवा सञ्चार गुल्मीद्धारा एक सातासम्म संचालित ‘सुरक्षित महिनावारी स्वास्थ्य सम्वन्धी अभिुमखीकरण कार्यक्रम’का अवसरमा छात्राहरुले यस्तो प्रतिवद्धता जनाएका हुन्। जिल्लाका १९ वटा विद्यालयमा उक्त कार्यक्रम गरिएको छ। महिनावारी भएको बेला छात्राहरुको पठनपाठन प्रभावित नहोस् भन्ने उद्देश्यले महिनावारी स्वास्थ्य सम्वन्धी कार्यक्रम गरिएको थियो।

Read More

ट्र्याक्टरको ठक्करबाट पन्ध्र महिने बालकको मृत्यु

रातोपाटीमा प्रकाशित, १८ पुस, कपिलवस्तु ।

 महाराजगञ्ज नगरपालिका– ५ इटरोलमा ट्र्याक्टरको ठक्करबाट आज बिहान ८ बजे पन्ध्र महिने बालकको ज्यान गएको छ ।  इरटोल निवासी दीपराज अहिरका छोरा नवराजको मृत्यु भएको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ । 

Read More

चिसो बढेपछि पाँच दिनका लागि बाराका विद्यालय बन्द

थाहा खबरमा प्रकाशित, १७ पुस, बारा ।

चिसो बढेपछि जिल्ला शिक्षा समन्वय समिति बाराले पाँच दिन शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ। कलैयामा भएको जिल्ला समन्वय समितिको बैठकले आज सोमबारदेखि २१ पुस शुक्रबार पाँच दिनसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो। 

 

Read More

बाल विवाहले खोसिँदै घरबार

कान्तिपुरमा प्रकाशित, १७ पुस, रुपन्देही ।

रुपन्देहीको कम्हरियाकी पुजा चाईको बिहे भएको ९ वर्ष पुग्यो । बिहे हुदाकी १२ वर्षीया बालिका अहिले २१ वर्षे जवान भइन् । सुरुमा दूलाहाको पढाइ र दुलहीको बालापन पूरा गर्न माइत छोडिएकी पूजाको घर जाने दिन भने जुरेन ।

 

Read More

बालबच्चा विद्यालय नपठाउने अभिभावक गाउँपालिकाको सेवाबाट बञ्चित

उज्यालो अनलाइनमा प्रकाशित, १७ पुस, खोटाङ ।

खोटाङको दिप्रुङ गाउँपालिकाले बालबालिकालाई विद्यालय नपठाउने अभिभावकलाई सेवा सुविधाबाट बञ्चित गराउने भएको छ । उमेर पुगे पनि विद्यालय बाहिर रहेका बालबालिकालाई अनिवार्य विद्यालयमा ल्याउने वातावरण निर्माणका लागि गाउँपालिकाले विद्यालय नपठाउने अभिभावकलाई सेवासुविधाबाट बञ्चित गर्ने शिक्षा नियमावली जारी गरेको हो ।

Read More

बेन्च-डेस्क नपाएर विद्यार्थीको बिजोग

नागरिक न्युजमा प्रकाशित, १७ पुस, सप्तरी ।

सप्तरीको दक्षिणी पश्चिमी ग्रामीण भेगका प्रायःजसो आधारभूत विद्यालयमा बेन्च, डेस्कलगायत आवश्यक फर्निचर नहुँदा कठ्यांग्रिँदो चिसोमा पनि बालबालिका भुइँमा बोरा ओछ्याएर बस्न बाध्य छन् ।

Read More

मालिकको घरबाट दुई कम्लहरीको उद्धार

थाहा खबरमा प्रकाशित, १७ पुस, बाँके ।

बैजनाथ गाउँपालिका–४, बानियाभारमा कम्लहरी राखिएको दुई बालिकाको उद्धार गरिएको छ। पढ्ने र घरायसी काममा सघाउने शर्तमा राखिएका ११ र १२ वर्षका दुई कम्लहरीको सोमबार उद्धार गरिएको हो। 

 

Read More

रुपन्देहीका पाँच विद्यालयमा सैन्य तालिम

राजधानी दैनिकमा प्रकाशित, १७ पुस, रूपन्देही ।

रूपन्देहीका पाँचवटा सामुदायिक विद्यालयका विद्यार्थीलाई नेपाली सेनाले सैन्य (राष्ट्रिय सेवा दल) तालिम प्रदान गरेको छ । बुटवलको कालिका माध्यमिक विद्यालय, कान्ति माध्यमिक विद्यालय, तिलोत्तमाको दुर्गादत्त माध्यमिक विद्यालय, जनजागृति माध्यमिक विद्यालय र सिद्धार्थनगरको भैरहवा नमुना माध्यमिक विद्यालयका विद्यार्थीलाई नेपाली सेनाले सैन्य तालिम प्रदान गरेको हो ।

Read More

लागुऔषधसहित एक युवक पक्राउ

उज्यालो अनलाइनमा प्रकाशित, १७ पुस, नवलपरासी ।

जिल्ला प्रहरी कार्यालय नवलपुरले लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चोरमारा चालिस किलो भन्ने स्थानबाट बसमा लागुऔषध लुकाएर ल्याउँदै गरेका दोलखाको देउराली बस्ने १७ वर्षका सुनिल लामालाई प्रहरीले पक्राउ गरेको हो । 

Read More

एक महिनाभित्र आधा दर्जन चोरीका घटनामा संलग्न १६ वर्षीय युवक पक्राउ

थाहा खबरमा प्रकाशित, १६ पुस, बाग्लुङ ।

प्रहरीले करिब एक महिनादेखि बाग्लुङ बजारको आधा दर्जन स्थानमा भएका चोरीको घटनामा संलग्न एक युवालाई चोरीका सामानसहित पक्राउ गरेको छ । बाग्लुङ नगरपालिका वडा नम्बर- २ लालिगुराँस चोकमा डेरा गरी बस्ने जैमिनी नगरपालिका- १ का १६ वर्षीय टेकबहादुर किसानलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

Read More

गोलबजार खुला दिशामुक्त घोषणा गर्दा नगरका सबै विद्यालय ठप्प

अन्नपूर्ण पोस्ट्मा प्रकाशित, १७ पुस, सिरहा ।

एक भड्किलो समारोहबीच आइतबार सिरहाको गोलबजार नगरपालिका खुल्ला दिशामुक्त क्षेत्र घोषणा भएको छ। एकै दिन ३, ४, ५, ६ र १० गरी पाँच वडासहित गोलबजार नगरलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको हो।

Read More

साँढेको आक्रमणबाट १३ वर्षीया बालिकाको मृत्यु

रातोपाटीमा प्रकाशित, १६ पुस,कपिलवस्तु ।

महाराजगञ्ज नगरपालिकामा साँढेको अक्रमणबाट वडा नं ३ का द्वारिका गुप्ताकी १३ वर्षीया छोरी जानकीको मृत्यु भएको छ ।  साँढेको आक्रमणबाट महाराजगञ्ज चमरसठमा दुई महिला घाइते भएका छन् भने बगाहियाका सुसु भनिनेको ढाड भाँच्चिएकामा भारतको लखनौमा उपचार भइरहेको रामबलि यादवले बताए ।

Read More

ट्रकको ठक्करबाट बालकको मृत्यु

न्युज २४ मा प्रकाशित, १५ पुस, सर्लाही ।

सर्लाहीमा स्कुलबाट ट्युसन पढेर फर्कदैं गरेको बालकलाई ट्रकले ठक्कर दिंदा बालकको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लखन्देही पुलमा  ट्रकले ठक्कर दिएको थियो ।

Read More

किन हराउँछन् महिला र बालबालिका ?

नागरिक न्युजमा प्रकाशित, १४ पुस, काठमाडौं ।

मेरी बूढी छोरासहित हराई, अब के गर्ने होला’, निजगढ बाराका बलरामकुमार चौधरी माइती नेपाल पुगेर दुःखेसो पोख्दै थिए । चौधरीकी पत्नी शर्मिला दुई वर्षको छोरासहित हराएकी हुन् । तीन वर्षअघि विवाह गरेका चौधरीले पत्नी पत्तै नदिई आफू नभएको मौकामा छोरासहित घर छोडेर गएको बताए ।

 

Read More

बाबुबाट बलात्कृत छोरीको बेदनाः आमा पोइल गइन्, बाबुकी श्रीमती भएर बस्नुपर्ने कस्तो कर्म

अनलाइनखबरमा प्रकाशित, १४ पुस,काभ्रे ।

म अभागी ! आमा पोइल गइन्, बाउ (वुबा) की श्रीमती भएर बस्नुपर्ने कस्तो कर्म !’ इलाका प्रहरी कार्यालय बनेपामा भेटिएकी युवतीले भक्कानिँदै भनिन् ।कर्म त केनिफा (नाम परिवर्तन) को ‘खोटो’ थिएन तर, वुबाको गिद्धे नजर छोरीमाथि नै लागेपछि कसको पो के लाग्दोरहेछ र १ उनी भर्खर १७ वर्षकी भइन् । झण्डै दुईवर्षदेखि बाबुबाट बलात्कृत हुँदै आएकी उनी अहिले न्यायका लागि प्रहरी कहाँ आएकी हुन् ।

 

Read More

विद्यालयमै दाँत माझ्छन् विद्यार्थी

कान्तिपुरमा प्रकाशित, १४ पुस, कपिलवस्तु ।

ढोकामै साबुन, बाल्टीभरि पानी र त्यसमाथि मग झुन्डयाइएको छ । भित्र कपडामा लहरै खोपाखोपा बनाई ब्रस राखिएको छ । त्यसमाथि काइँयो छन् । सानो ढकियामा नेल कटर छ। हेर्दै सरसफाइप्रति निक्कै सचेतना अपनाइएको अनुभव गर्न सकिन्छ। 

Read More

जवरजस्ती करणी गर्ने एक पक्राउ

अन्नपूर्ण पोस्ट्मा प्रकाशित, १३ पुस, नुवाकोट ।

नुवाकोटको त्रिशूलीमा स्कुले छात्रालाई जवरजस्ती करणी गर्ने एक युवक पक्राउ परेका छन्। विदुर नगरपालिका वडा नं। १ त्रिशूली पूरानो बजारमा स्थानीय एक स्कुले बालिकालाई जवरजस्ती करणी गर्ने युवकलाई पक्राउ गरी कारवाहीको लागि मुद्धा दायर गरिएको प्रहरीले जनाएको छ।

Read More

महोत्तरीका सामुदायिक विद्यालयमा एकहप्ते जाडो बिदा

उज्यालो अनलाइनमा प्रकाशित, १३ पुस, महोत्तरी ।

पुसको पहिलो हप्तायता अत्याधिक चिसो बढेपछि बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राखेर महोत्तरीका सामुदायिक विद्यालयमा एकहप्ते जाडो बिदा दिइएको छ । 

 

 

Read More

चक्लेट दिन्छु भन्दै घरमा बोलाएर जर्बजस्तीकरणी गर्ने एक व्यक्तिलाई १० वर्ष कैद

न्युज २४ मा प्रकाशित, १२ पुस, सिन्धुपाल्चोक ।

सिन्धुपाल्चोकमा आफ्नै भतिजीलाई जर्बजस्तीकरणी गर्ने एक व्यक्तिलाई  जिल्ला अदालतले १० वर्ष कैद सजायँको फैसला गरेको छ । गत असार ३ गते पाँच वर्षीया बालिकालाई चक्लेट दिन्छु भन्दै घरमा बोलाएर चौतारा साँगाचोकगढी नगरपालिका ११ का विदुर गिरीले जर्बजस्तीकरणी गरेका थिए ।

Read More

नेपाली विद्यार्थी पारि, वारिका विद्यालय खाली

नागरिक न्युजमा प्रकाशित, १२ पुस , सिरहा ।

ठाढी (सिरहा) - सीमावारि नै सरकारी विद्यालय प्रशस्त छन् । गाउँमै कक्षा ८ सम्मको पढाइ हुने आधारभूत विद्यालय पनि ठाढीमै छ। तर, पढ्ने उमेरका बालबालिका लाम लागेर पारि (भारतीय बजार लौकाहा) का विद्यालयमा जान्छन्।

Read More

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: