A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessione9thku6bdteuporuhue2g7tip7lgcu2t): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

यौन शोषणमा परेकी १५ वर्षीया किशोरीको पीडा

कपिलवस्तुकी प्रिया श्रेष्ठ (१५) (नाम परिवर्तन)ले ६ कक्षासम्म पढेकी छन्। घरको आर्थिक अवस्थाका कारण पढाईलाई निरन्तरता दिन नपाएकी प्रिया पढाई छाडेपछि आमालाई घरायसी काममा सहयोग गर्न थालिन्। घरमा आमा, बुबा र दुई बहिनी छन्। जन्म दिने बुबाको सवारी दुर्घटनामा मृत्यु भएपछि आमाले अर्को विवाह गरिन्। अहिले बुबा मिस्त्रीको काम गर्छन्। एउटी बहिनी सानै छन्, अर्की कक्षा ५ मा पढ्छिन्। उनको सामान्य जीविका चलेकै थियो। तर, एक दिन आफैं गरेको गल्तीका कारण प्रियाले नर्कको जीवनमा पुग्नु पर्‍यो। यो गल्तीप्रति अहिले पछुतो गर्छिन्, उनी। एक दिको कुरा हो। उनले आमासँग घुम्न जान अनुमति मगिन्। तर आमाले उनलाई दिइनन्। एकछिनको रिसले उनी घरबाटै भागिन्। हो, त्यही दिन उनले ठूलो गल्ती गरिन्। घरबाट भागेर रूपन्देहीको हर्रैयास्थित फुपूको घरमा पुगिन्। फुपू पनि बेरोजगार नै थिइन्। दुवैजना बसेर मात्रै खान समस्या थियो। उनीहरूले सल्लाहमै बुटवलको एक होटमा काम गर्न पुगे। बुटवल(११ कालिकानगरमा रहेको ‘न्यू राप्ती मेनु होटल एण्ड रेष्टुरेण्ट’ मा काम पाए। उनीहरूको काम थियो, झाडु(पोछा लगाउने। होटलका सञ्चालक दम्पत्ति टेकबहादुर कुँवर र मीनाकुमारी बस्नेत। एक हप्तासम्म त सञ्चालकले राम्रै व्यवहार गरे। तर, जब एक हप्तापछि फुपू आफ्नो प्रेमीसँग विवाह गरेर गइन्। त्यसपछि प्रियाले नरकको जीवन व्यथित गर्नुपर्‍यो। एक दिन उनी होटलमा झाडुपोछा लगाउँदै थिइन्। साहुनीले एक्कासी ‘माथि जा’ भन्न्। त्योबेला त उनी अक्क न बक्क भइन्। साहुनीको कचकचले उनी माथिल्लो तलमा गइन्। एकैछिन् पछि ६० वर्षभन्दा माथिको जस्तो देखिने एक वृद्ध आए। रजश्वलाको समय पनि नभएकी उनले ती वृद्धालाई आग्रह गरिन्। तर, यौन तृष्णाले मातिएका उनले के मान्थे र १ कलिलै उमेरमा हजुरबुबा उमेरका वृद्धले उनको अस्मिता लुटी छाडे। ‘मैले त मानेको थिइन’, नरकको जीवन सुरुवात गरेको दिन सम्झँदै उनी भन्छिन्, ‘तर सानहुनीले थर्काएपछि बस्नै पर्ने भयो।’६० वर्षका ती वृद्धले आफ्नो अस्मिता लुटेपछिको पीडा उनका लागि सह्यै थिएन। ‘रोएँ, कराएँ तर कसैले सुनेन्’, उनले भनिन्, ‘न त्यो बुढाले नै छाड्यो।’त्यसपछि त यौन तृष्णाले मातिएका कयौंको यौन तृष्णा मेट्ने साध्य नै बन्नुपर्‍यो। नेपाली र भारतीय कति ग्रहकको सिकार बन्नुपर्‍यो त्यो उनको गन्तिमै छैन। ‘बस्न जा भन्दा डर लाग्थ्यो। मन थरथरी काम्थ्यो। तर पनि साहुनीको त्रासले ग्राहकसँग सुत्नु बाध्यता थियो’, उनले आफ्नो पीडा सुनाइन्।उनी त्यहाँ बन्धक झै बसिन्। होटलको गेटबाट बारिह आउन पनि दिइँदैन थियो। बाहिरका मान्छेसँग खासै कुरा पनि हुन्थेन, उनको। ‘साहुनीले बन्धक झै राखेकी थिई, गेट बाहिर खुट्टा टेक्न दिँदैन थिए’ उनी भन्छिन्, ‘घर जान नपाउँदा छतबाट अन्य घर हेरेर मन बुझाउने गर्थेँ।’साँझ(बिहानको दुई छाक खाना पनि राम्ररी पाउँदिन थिइन् उनले। ‘कहिले काहीँ खानामा मासु दिन्थे। तर, एक चोक्टा आधा गराएर’, उनले भनिन्। देशमै उनको पीडा भारतका कोठीमा बेचिएकी महिलाको भन्दा कम थिएन्।‘नगर्नुस न, भन्दै दयाको भीख माग्थेँ तर कसैले सुन्दैन थिए’, उनले भनिन्, ‘असैह्य पीडा हुन्थ्यो। तर रुनुको विकल्प थिएन।’उनका अनुसार त्यहाँ रहेका अरूको पनि अवस्था उस्तै थियो। ‘साहुनीले ग्राहकसँग बाहिर अन्य ठूलो र चर्चित होटलमा पठाउन्थिन्’, उनले भनिन्, ‘तर साथमा ग्राहक हुँदा भाग्न मेसो नै मिल्दैन थियो।’ उनीसहित अन्य केहीले भाग्ने प्रयास पनि नगरेका हैनन्। एक दिन त्यहाँबाट भागे पनि होटल सञ्चालकले फेरि समातेर त्यही पुर्याउथे। सञ्चारको नाममा एउटा मोबाइल दिइएको थियो। त्यसमा पनि सिमकार्ड थिएन। वाईफाईबाट फेसबुक भने चलाउँथिन्। त्यहीँबाट मामसँग कुरा हुन्थ्यो। तर परिवारले थाहा पाउने डरले मामासँग उनले आफ्नो पीडा पोख्न सकिनन्। मामामार्फत् आमाले छोरी होटलमा काम गर्ने गरेको थाहा पाइन्। आमा उनलाई लिन होटलमा पुगिन्। ‘मैले आमालाई सबै कुरा भनेँ। उहाँले मलाई निकाल्न खोज्नुभयो’, उनले भनिन्, ‘सुरुमा त दिएका थिएनन्। पछि दिए।’त्यो चार महिनाको बन्धक जिन्दगीबाट पार पाएपछि उनलाई स्वर्गमा पुगे जस्तै लाग्यो रे१‘जुन दिन होटलको गेट बाहिर खुट्टा टेकेको थिएँ। त्यो दिन स्वर्गमा पुगे जस्तै भएको थियो’, उनले भनिन्।उनले त्यस दिन चार महिनाको तलबवापत होटलबाट ४ हजार ५ सय रुपैयाँ मात्रै पाइन्। प्रिया यहीँ बसेमा पुनः त्यही दलदलमा फस्न सक्ने चिन्ताले आमाले उनलाई भारतको पञ्जाबमा बस्दै आएकी दिदीको घर पठाउने निधो गरिन्। न्याय विना दुःखको भारी बोकेर भारत जान लागेकी प्रिया कपिलवस्तुको कृष्णनगर सीमानाकामा आफन्त नेपाल नामक संस्थाको आखाँमा परिन्।प्रियासँग सोधखोज गर्दै जादाँ उनले संस्थाका कर्मचारीलाई सबै कुरा बताइन्। त्यसपश्चात उनलाई उद्धार गरेर रूपन्देही ल्याइयो। घटनाबारे रूपन्देही प्रहरीलाई जानकारी गराइयो।‘घटनाको जानकारी प्राप्त भएलगत्तै हामीले तत्काल ‘एक्सन’ लियौँ’, रूपन्देहीका एसपी हृदय थापाले भने, ‘कुँवर दम्पत्तिलाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाएका छौँ।’ अनुसन्धानका क्रममा होटल संचालक दम्पत्तिले प्रियालाई जबरजस्ती अन्य पुरुषसँग बसालेर यौन शोषण गराए बापतको रकमसमेत आफैँले लिने गरेको खुलेको प्रहरीले जनाएको छ। दम्पत्तिलाई मानव बेचखिबन मुद्दा दायर गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

२०७६ जेठ ३० गते ६:२६ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: