समाचारमा बालबालिका

बढ्यो बाल बिज्याइँ

कान्तिपुरमा प्रकाशित,१७ असार, दाङ ।

आपराधिक घटनामा बालबालिकाको संलग्नता बढेपछि न्यायिक निकायले चिन्ता व्यक्त गरेका छन् । केन्द्रीय बाल न्याय समन्वय समितिका संयोजक एवं सर्वोच्च अदालतका न्यायाधीश शारदाप्रसाद घिमिरेले परिवार जिम्मेवार नहुँदा बालबालिका जबर्जस्ती करणी (बिज्याइँ) मा संलग्न भइरहेको बताए ।

Read More

बलात्कारको आरोपमा २ पक्राउ

नागरिक न्युजमा प्रकाशित,१७ असार, भोजपुर ।

भोजपुरमा बलात्कारको अभियोगमा प्रहरीले २ जनालाई प्रक्राउ गरेको छ। पक्राउ पर्नेमा रामप्रसाद राई गाउँपालिका १ बस्ने नाम परिवर्तित १४ वर्षीय सनम रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। 

Read More

सात वर्षीया बालिका बलात्कार गरेको आरोपमा ६० वर्षीय वृद्ध पक्राउ

रातोपाटीमा प्रकाशित,१६ असार, ओखलढुंगा ।

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ओखलढुंगामा एक वृद्ध पक्राउ परेका छन् । बालिका बलात्कार गरेको आरोपमा लिखु गाउँपालिकाका ६० वर्षीय भक्त बहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

Read More

जग्गेमै रोकियो बालविवाह

नागरिक दैनिकमा प्रकाशित,१५ असार, उदयपुर ।

गैरकानुनी रूपमा गर्न लागिएको बालविवाह उदयपुरमा रोकिएको छ। जिल्लाको ताप्ली गाउँपालिका ५ रूपाटारस्थितमा बुधबार हुन लागेको बालविवाह स्थानीय बालअधिकारकर्मीको प्रयासमा रोकिएको हो।

Read More

११ वर्षिया बालिका बलात्कृत, आरोपी पक्राउ

रातोपाटीमा प्रकाशित,१४ असार ,गुल्मी ।

गुल्मीको हस्तीचौरमा तीन दिनअघि ११ वर्षिया बालिका बलात्कृत भएकी छन् । बलात्कारको अभियोगमा स्थानीय एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।

Read More

१७ दिनमा १२ बालविवाह रोकिए

कान्तिपुरमा प्रकाशित,१४ असार, रुकुम पश्चिम ।

चौरजहारी नगरपालिकाका विभिन्न ठाउँमा गरी १७ दिनमा १२ वटा बाल विवाह रोकिएका छन् । बाल क्लव, वडा बाल सञ्जाल, वडा बाल संरक्षण समिति, नगर बाल सञ्जाल, नगर बाल अधिकार संरक्षण तथा सम्बद्र्धन समिति र प्रहरीको सक्रियतामा बाल विवाह रोकिएको हो ।

Read More

एक वर्षीया बालिकाको पानीमा डुबेर मृत्यु

रातोपाटीमा प्रकाशित,१४ असार, महोत्तरी ।

महोत्तरीको जलेश्वरमा पानीमा  डुबेर बुधबार साँझ एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा जलेश्वर नगरपालिका –१२ थरुवाही घर भएका चन्द्रकिशोर महतोकी एक वर्षीया छोरी काजलकुमारी महतोको रहेकी छिन् । 

Read More

छोरी हत्याको आरोपमा आमा पक्राउ

नयाँ पत्रिकामा प्रकाशित,१४ असार, चितवन ।

१४ वर्षीया छोरी ममता परियारको हत्या आरोपमा चितवान कालिका नगरपालिकाबाट प्रहरीले ममताकी आमा ३५ वर्षीया शोभा परियारलाई गिरफ्तार गरेको छ ।

Read More

ओखलढुंगाको एकै गाउँमा ४७ बालविवाह

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१३ असार, ओखलढुंगा ।

ओखलढुंगाको चम्पादेवी गाउँपालिका-१ र २ मा ४७ प्रतिशत २० वर्ष मुनिका बालबालिकाको बालविवाह हुने गरेको छ। सावक पलापु गाविसको मगर समुदायमा उमेरै नपुगी बालबालिकाको विवाह हुने गरेको तथ्यांक छ। 

Read More

डुंगा खियाउँदै किशोरहरू

कान्तिपुरमा प्रकाशित,१३ असार, कास्की ।

घर खर्च जुटाउन र अभिभावकलाई सघाउन सातामा दुई दिन डुंगा चलाउने किशोरहरूको संख्या फेवातालमा बढ्दै छ । विद्यालयमा अध्ययन गर्ने किशोरहरू शुक्रबार र शनिबार डुंगा खियाउनमा व्यस्त हुन थालेका हुन् ।

Read More

बोलेरोको ठक्करबाट बालिकाको मृत्यु

थाहा खबरमा प्रकाशित,१३ असार, पाल्पा ।

पाल्पामा बोलेरो जीपको ठक्करबाट बुधबार एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा रैनादेवी छहरा गाउँपालिका–४ की १४ वर्षीया विपना बगाले रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले बताए।

 

Read More

सर्पको टोकाइबाट बालकको मृत्यु

थाहा खरबमा प्रकाशित,१३ असार,  नवलपरासी ।

नवलपरासी जिल्ला प्रतापपुर गाउँपालिकाको बेलाटारीमा सर्पको टोकाइबाट एक बालकको मृत्यु भएको छ। जिल्लाको रामग्राम नगरपालिका-४ जीतपुरका सुरेन्द्रकुमार कुर्मीका छोरा अन्दाजी तीन वर्षीय दोअंश कुर्मीलाई बिहान पौने ६ बजेतिर गोमन सर्पले टोक्दा उपचार गर्न लैजाने क्रममा उनको मृत्यु भएको हो।

Read More

पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१२ असार, झापा ।

झापाको शिवसताक्षी नगरपालिकामा पैनीमा डुबेर एक बालकको ज्यान गएको छ। शिवसताक्षी नगरपालिका ७ सिंहहाङगे स्थित पैनीमा डुबेर नगरपालिका-२ का डम्बर बहादुर विश्वकर्माका छोरा गणेश विश्वकर्माको मृत्यु भएको प्रहरीले जनाएको छ। 

Read More

खोलामा भाँडा धुन गएकी १३ वर्षीया बालिका बलात्कृत

रातोपाटीमा प्रकाशित,११ असार, महोत्तरी ।

महोत्तरी जिल्लाको औरही नगरपालिका–२ फुलबरिया गाउँकी एक बालिका घर नजिकै रहेको खोलामा भाँडा धुन गएका बेला बलात्कृत भएकी छिन् । 

Read More

प्रधानाध्यापकको कुटाइबाट विद्यार्थी घाइते

नागरिक न्युजमा प्रकाशित,११ असार, इनरुवा ।

सुनसरी कोशी गाउँपालिका–७ हरिपुरका १७ वर्षीय गौतम पाठक आफ्नै विद्यालयका प्रधानाध्यापकको कुटाइबाट घाइते भएका छन्। साथीसाथीबीच भनाभनको विषयलाई लिएर आइतबार मध्याह्न सुनसरी सदरमुकाम इनरुवा नगरपालिका–४ स्थित रहेको प्रिसियस एकेडेमीका प्रधानाध्यापक ओमप्रकाश यादवसहितका शिक्षकले रबरको पाइपले आफ्नै विद्यालयका कक्षा १० मा अध्ययनरत विद्यार्थी पाठकलाई निर्घात कुटपिट गरेको पीडित पाठकले बताएका छन् ।

Read More

महोत्तरी जिल्लामा सात हजार भन्दा बढी बालबालिका कुपोषणको शिकार

रातोपाटीमा प्रकाशित,११ असार, महोत्तरी ।

महोत्तरी जिल्लामा छ महिनादेखि ५९ महिनासम्मका सात हजार बढी बालबालिका कुपोषणको शिकार भएका छन् । जिल्ला अस्पताल महोत्तरीका चिकित्सक गिरेन्द्र झाले जिल्लाको दुई हजार २०० बालबालिकामा कडा कुपोषण र पाँच हजार दुई बालबालिकामा मध्यमखालका कुपोषण फेला परेको बताए। 

Read More

एसईई नतिजा : १.६–२.० ल्याउने धेरै

कान्तिपुरमा प्रकाशित,१० असार, काठमाडौँ ।

परीक्षा नियन्त्रण कार्यालयले २०७४ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा शनिबार साँझ प्रकाशित गरेको छ । कार्यालयका अनुसार नियमिततर्फ परीक्षामा सहभागी भएका ४ लाख ५१ हजार ५ सय ३२ मध्ये ३.६ देखि ४ ग्रेड प्वाइन्ट (जीपीए) १४ हजार २ सय ३४ जनाले प्राप्त गरेका छन् ।

Read More

एसईई नतिजा झन् खस्कियो

कान्तिपुरमा प्रकाशित,१० असार,काठमाडौं ।

अनिवार्य गणितबाहेकका सबै विषयमा प्रयोगात्मक नम्बरको व्यवस्था गरिँदा पनि एसईईको नतिजा गतवर्षको भन्दा ६.४६ प्रतिशतले खस्किएको छ । गतवर्ष १.६५ देखि ४ जीपीए ल्याउने विद्यार्थी ८२.३८ प्रतिशत रहेकोमा यसवर्ष ७५.९२ प्रतिशतमा झरेको हो ।

 

Read More

नुहाइरहेकी बालिकाको करेन्ट लागेर मृत्यु

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१० असार ,राजविराज ।

पानी तान्ने मोटर जोडेको ट्युववेलमा नुहाउने क्रममा करेन्ट लागि एक बालिकले आइतबार ज्यान गुमाएकी छन्। भारत विहार मधुबनी जिल्लाको लौकही घर भई सप्तरीको बोदे बर्साइन नगरपालिका-२ नेंगडास्थित मामाघरमा बस्दै आएकी १५ वर्षीया नसिमा खातुनको करेण्ट लागेर मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ।

Read More

एकै दिन तीन बालविवाह रद्द

रातोपाटीमा प्रकाशित,९ असार, रुकुम ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा आज तीनवटा विवाह एकै दिन रद्द भएका छन् । विवाहको तयारी भइरहेका बेला बाल सञ्जाल समिति र बाल संरक्षण समितिको पहलमा प्रहरीले विवाह रद्द गराएको हो । 

 

Read More