छोराबुहारी विदेशमा रहेको मौकामा ४ वर्षे नातिनीलाई जबरजस्ती करणी
रातोपाटीमा प्रकाशित,११ असार, ललितपुर ।
रक्सीको नसामा नातिनीलाई जबरजस्ती करणी गरेको आरोपमा सातदोबाटो प्रहरीले ५१ वर्षे हजुरबालाई ललितपुरको टिकाथलीबाट पक्राउ गरेको छ।
Read Moreरातोपाटीमा प्रकाशित,११ असार, ललितपुर ।
रक्सीको नसामा नातिनीलाई जबरजस्ती करणी गरेको आरोपमा सातदोबाटो प्रहरीले ५१ वर्षे हजुरबालाई ललितपुरको टिकाथलीबाट पक्राउ गरेको छ।
Read Moreकान्तिपुरमा प्रकाशित,११ असार, काठमाडौं।
नेत्रविक्रम चन्द समूहको बन्दले मंगलबार देशभर करिब ८० लाख विद्यार्थीको पढाइ प्रभावित भएको छ । नयाँ शैक्षिक सत्र सुरु भएयता चन्द समूहले तीन पटक नेपाल बन्द र एकपल्ट शैक्षिक हडताल गरिसकेको छ । त्यसले विश्वविद्यालयका साथै सामुदायिक र निजी विद्यालयका विद्यार्थीको पढाइ बिथोलिएको छ।
Read Moreअन्नपूर्ण पोस्ट्मा प्रकाशित,११ असार, राजविराज।
बलात्कारको घटनामा संलग्न भएको कसूर ठहर गर्दै सप्तरी जिल्ला अदालतले आरोपित एक युवकलाई मंगलबार ६ वर्षको कैद सजाय सुनाएको छ । जिल्ला न्यायाधीश नन्दकिशोरप्रसाद यादवको इजलासले सप्तरीको बोदे बर्साइन नगरपालिका–७ मानराजाका १८ वर्षीय घुरनकुमार यादवलाई ६ वर्ष कैद सजाय तोकेको हो।
Read Moreनागरिक न्युजमा प्रकाशित,११ असार, ओखलढुंगा।
छात्राहरूलाई महिनावारीको समयमा प्रयोग गर्ने सेनेटरी प्याड विद्यालयमै व्यवस्था गरिएको छ। महिनावारीको समयमा विद्यालय नआउने छात्राहरूलाई मध्यनजर गर्दै सुनकोशी गाउँपालिका मूलखर्कस्थित चौतारा माध्यमिक विद्यालयका छात्रालाई विद्यालयमै सेनेटरी प्याडको व्यवस्था गरिएको हो।
Read Moreकान्तिपुरमा प्रकाशित,१० असार, गोरखा।
गोरखा नगरपालिका–११ को सेन्ट जोसेफ बोर्डिङ स्कुलमा एक बालकलाई यातना दिएको दाबी गर्दै प्रहरीमा उजुरी दर्ता भएको छ । किताब नल्याएको भन्दै कक्षा ५ का १० वर्षीय श्रीयन्स श्रेष्ठलाई विज्ञान शिक्षिका मनीषा मगरले सोमबार कुटपिट गरेको पीडित पक्षको आरोप छ।
Read Moreअन्नपूर्ण पोस्ट्मा प्रकाशित,१० असार, दाङ।
दाङमा चट्याङ लागेर तीन बालकको मृत्यु भएको छ। राप्ती गाउँपालिका ४ स्थित मौरीघाट मावि छेउमा रहेको जामुनाको रुखमा चढेका बेला चट्याङले तीनजनाको ज्यान लिएको हो।
Read Moreकान्तिपुरमा प्रकाशित,१० असार, चितवन।
दुई छोरी मात्रै जन्माएर स्थायी बन्ध्याकरण गर्ने दम्पतीलाई माडी नगरपालिकाले विशेष सुविधा दिने भएको छ । दुवै छोरीलाई नगरपालिकाले माडीभित्रै १२ कक्षासम्म निःशुल्क पढाउने छ।
Read Moreकान्तिपुरमा प्रकाशित,१० असार , सिरहा ।
बिहेका कार्डमा वरवधु, तिनका अभिभावक र दर्शनाभिलाषीका नामसँगै समारोह हुने मिति उल्लेख हुन्छन् । तराइमा धेरैले कार्डमा डाक्टर र इन्जिनियरजस्ता वरवधुका पेसा पनि उल्लेख गर्दा नौलो मानिँदैन । सिरहामा विवाहको निम्तो कार्डमा वरवधुका जन्ममिति पनि लेख्न सुरु भएको छ।
Read Moreरातोपाटीमा प्रकाशित,९ असार, सिरहा ।
बालिका बलात्कारको आरोपमा सिरहा प्रहरीले एक किशोरलाई नियन्त्रणमा लिएको छ । कर्जन्हा नगरपालिका १ बन्दिपुरको जंगलमा घास काट्न गएकी १४ वर्षीय बालिकामाथि बलात्कार गरेकोे आरोपमा स्थानीय श्यामकुमार महरालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
Read Moreनागरिक न्युजमा प्रकाशित,९ असार, ललितपुर।
ललितपुरको माल्टास्थित कालीदेवी माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत ११ वर्षीय समिर लुुङ्वाले सुसाइट नोट लेखेर आत्महत्या गरेका छन्। असार ७ गते राती ९ बजेतिर घरभित्रै उनी झुन्डिएको अवस्थामा उनको शव फेला परेको थियो। बेलुकीको खाना खाइसकेर आमा र दिदी पल्लो घरमा टिभी हेर्न गएको र बुबा पनि माथिल्लो गाउँमा गएको बेला बालकले हत्या गरेको पारिवारिक स्रोतले जनाएको छ।
Read Moreकान्तिपुरमा प्रकाशित,९ असार, सल्यान।
कालीमाटी गाउँपालिका ७, आम्बासमा रहेको मनकामना आधारभूत विद्यालय शिक्षकविहीन अवस्थामा छ । १ देखि ३ कक्षासम्म सञ्चालित विद्यालयमा २ शिक्षकको दरबन्दी रहे पनि शिक्षक नहुँदा कार्यालय सहयोगी र बालविकास केन्द्रकी सहयोगी कार्यकर्ताको भरमा विद्यालय चलिरहेको छ।
Read Moreरातोपाटीमा प्रकाशित,८ असार, कैलाली ।
धनगढी बस्ने १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनगढी उपमहानगरपालिका-१५ उर्मागाउँ बस्नेहरु २५ वर्षीय फट्टुलाल चौधरी, २३ वर्षीय बिजय चौधरी र सोही उपमहानगरपालिका-७ मनेहरा बस्ने २५ वर्षीय झगरु चौधरी रहेका छन्।
Read Moreअन्नपूर्ण पोस्ट्मा प्रकाशित,८ असार, पाल्पा।
कोही ओछ्यानबाट उठ्नै सक्दैनन्। कसैको आँखा त कसैको कानमा समस्या छ। कसैको मानसिक अवस्था ठिक छैन। कोही बोल्न सक्दैनन्। कसैको कम्मरमुनिको भाग चल्दैन।
Read Moreअन्नपूर्ण पोस्ट्मा प्रकाशित,८ असार, बुटवल।
बालगायक अशोक दर्जीको गीत, ‘आमा जस्तो ठूलो कोही छैन संसारमा’ भन्ने गीत खुबै चर्चामा छ। तर रुपन्देहीको देवदहमा भने तीनै आमाबाट दुई बालबालिका प्रताडित बनेका छन्। आमा गुमाएपछि आएकी सौतेनी सानीआमाको कुटपिटले आठ वर्षीया सिर्जना सारु र १२ वर्षीया शुशिल सारु प्रताडित बनेका हुन्। छोराछोरीलाई पशु व्यवहार गर्ने आमा डिलमाया सारुलाई प्रहरीले पक्राउ गरेको छ।
Read Moreकान्तिपुरमा प्रकाशित,८ असार, कालिकोट।
बूढानीलकण्ठ स्कुलमा १० कक्षासम्म पढाउने आश्वासन पाएपछि पचालझरना–५ का ठोसे नेपालीले ७ वर्षीय छोरालाई १ लाख २५ हजार रुपैयाँ ऋण काढेर काठमाडौं पठाए । उनलाई लागेको थियो– धूलोमाटोसँग खेल्ने छोरो राजाका छोराछोरी पढ्ने स्कुलमा गएपछि भविष्य चम्किनेछ।
Read Moreउज्यालो अनलाइनमा प्रकाशित,८ असार, हुम्ला।
काठमाण्डौको सुकेधारामा रहेको ऐश्वर्य बालगृहमा राखिएका हुम्लाका २४ जना बालबालिकाको उद्धार गरी अभिभावकको जिम्मा लगाइएको छ।
Read Moreनागरिक न्युजमा प्रकाशित,७ असार, इटहरी ।
इटहरी ९ मा ससुराली घरमा आएका बेला बालिकालाईं जबरजस्ती गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीले सुनसरी बराहक्षेत्र वडा नं. ६ घर भएका देवेन्द्र गौतमलाई पक्राउ गरेको हो।
Read Moreअन्नपूर्ण पोस्ट्मा प्रकाशित,७ असार,कालिकोट ।
कालिकोट जिल्लाका ८ जना बालबालिकालाई बालगृहबाट उद्धार गरी अभिभावकको जिम्मा लगाइएको छ। नेपाल प्रहरी र केन्द्रीय बालकल्याण समितिले बालबालिकाको उद्धार गरेका हुन्। उद्धार गरिएका ८ जना बालबालिका मध्ये ४ जना पलाँता गाउँपालिकाका, १ जना पचालझरना गाउँपालिकाका र ३ जना तिलागुफा नगरपालिकाका रहेका छन्।
Read Moreअन्नपूर्ण पोस्ट्मा प्रकाशित,७ असार, पोेखरा ।
पोखराको मणिपाल शिक्षण अस्पतालकै परिसरमा कारको ठक्करबाट एक बालकको मृत्यु भएको छ । अस्पतालकै डा. विश्व तिमिल्सिनाले हाँकेको ग ३ च ४३६ नम्बरको कारले ठक्कर दिँदा पोखरा २८ माझठानाका ४ वर्षे संस्कार कँडेलको मृत्यु भएको हो । शनिबार बिहान साढे ८ बजे पार्किङस्थलमा डा. विश्व तिमिल्सिनाको कारले कँडेललाई किचेको थियो।
Read Moreकान्तिपुरमा प्रकाशित,६ असार, पर्सा।
सरकारले बालबालिकामा हुने कुपोषण रोक्न ठूलो लगानी गरेको छ तर सम्बद्ध व्यक्तिमा त्यो पुग्न नसक्दा लगानी प्रभावकारी बन्न सकेको छैन । वीरगन्ज महानगर २३ प्रसौनीकी डेढ वर्षीया बालिका कुपोषित भेटिनु त्यसैको उदाहरण हो । आमा गुमाएकी सुन्दरमाला दासमा चरम कुपोषण रहेको पाइएको छ।
Read More