समाचारमा बालबालिका

एसिड प्रहारबाट घाइते छात्रालाई थप उपचारको लागि काठमाडौं लगियो

नागरिक न्युजमा प्रकाशित,२० भदौ, वीरगन्ज ।

वीरगज महानगरपालिका रेशमकोठीस्थित त्रिभुवन उच्च माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत  छात्रा १५ वर्षीया मुस्कान खातुनमाथि शुक्रबार बिहानै एसिड प्रहार भएको छ। वीरगन्ज, छपकैया २  निवासी १५ वर्षीया खातुनमाथिद दुई युवाहरुले मेनरोडदेखि गणेशमान चौकतिर जाने बाटोमा एसिड प्रहार गरेको प्रहरीले जनाएको छ।

Read More

तस्करको जालोमा विपन्न बालबालिका

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२० भदौ, सुर्खेत ।

कर्णालीमा बालबालिका हराउने क्रम रोेकिएको छैन । विपन्नताले यहाँका धेरै बालबालिका मानव तस्करको जालोमा फस्ने गरेका हुन् । तस्करले रोजगारीमा लगाइदिने र पढाइदिने लोभ देखाएर बालबालिका लैजाने गरेको प्रहरीले जनाएको छ।

Read More

बालबालिकाका लागि दुर्घटना बीमा

नागरिक न्युजमा प्रकाशित,२० भदौ, पाल्पा ।

रम्भा गाउँपालिकाले दुर्घटनापछिकोे सम्भाव्य जोखिम कम गर्न बालबालिकाको दुर्घटना बीमा कार्यक्रम ल्याएको छ। विद्यायल क्षेत्रमा र विद्यालय आवतजावतका क्रममा बालबालिका दुर्घटना हुने क्रम बढ्दो छ। पहाडी भेगका विद्यालयमा बालबालिका पैदलयात्रा गरी अध्ययन गर्न जानुपर्ने बाध्यताका कारण दुर्घटना बढ्दो क्रममा रहेको हो।

Read More

मानव बेचबिखनविरुद्ध विद्यार्थी पढाउँदै प्रहरी

नागरिक न्युजमा प्रकाशित,२० भदौ, जाजरकोट ।

जाजरकोट प्रहरीले जिल्लाका सबै सामुदायिक विद्यालयमा मानव बेचबिखनविरुद्ध सचेतना प्रशिक्षण सञ्चालन गरेको छ। मावि तहका विद्यार्थीलाई लक्षित गरेर मानव बेचबिखन विरुद्ध सचेतनामूलक कक्षा चलाएको जाजरकोट प्रहरी प्रमुख श्यामबहादुर खत्रीले बताए। विद्यार्थीलाई केन्द्रित गर्दै विद्यालयमा दुव्र्यसन विरुद्ध सचेतना प्रशिक्षण कार्यक्रमलाई प्राथमिकता दिएको उनको भनाइ छ।

Read More

विद्यालय क्षेत्रमा दिनहुँ प्रदर्शन

कान्तिपुरमा प्रकाशित,२० भदौ, सर्लाही।

विद्यालयलाई शान्ति क्षेत्र कायम गरिनुपर्छ । कुनै कारणले विद्यालय बन्द गराइएमा ५० हजारसम्म जरिवाना पनि तोकिएको छ । तर, याहाँको एक विद्यालय विगत १० दिनदेखि बन्द छ । विद्यालयकै विषयलाई लिएर दिनहुँ प्रदर्शन जारी छ।

Read More

सुनसरीका दुई विद्यालयमा बम विस्फोट

नयाँ पत्रिकामा प्रकाशित,२० भदौ, सुनसरी ।

सुनसरीको दुई विद्यालयमा शुक्रबार मध्य राति बम विस्फोट भएको छ । राति साढे १२ बजे धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाता भित्र दिल्ली पब्लिक स्कुल र इटहरीको सुष्मा गोदावरी कलेजको गेटमा बम विष्फोट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

Read More

३ हजारको मोबाइल चोर्दा १७ दिन हिरासत

कान्तिपुरमा प्रकाशित,१९ भदौ, बुटवल।

मुलुकी अपराध (संहिता) ऐनले बाल कसुरलाई कानुनी विवादमा परेका वा बाल बिज्याइँ गरेका भनेर परिभाषित गरेको छ । त्यस्ता बालबालिकालाई हतकडी लगाउन पाइँदैन । बालिगसरह हिरासतमा राख्न बन्देज छ । सट्टामा बाल निगरानी कक्षमा राख्नुपर्छ ।

Read More

उच्च अदालत जनकपुरले जिल्ला अदालतको फैसला उल्टायो

नयाँ पत्रिकामा प्रकाशित,१९ भदौ, महोत्तरी।

बालक अपहरण तथा हत्यामा संलग्न पाँच जना मध्ये जिल्ला अदालतले १५ बैशाख २०७४ मा तीन जनालाई सजाय तथा दुई जनालाई सफाई दिएको थियो । जिल्ला अदालतको फैसला उल्टाउदै उच्च अदालत जनकपुरले १८ भदौ बुधबार सवै आरोपीलाई दोषी ठहर गरेको छ।

Read More

बालविवाहमा संलग्‍नलाई दुई महिना कैद र दुई हजार जरिवाना

अन्नपूर्ण पोस्ट्मा प्रकाशित, १९ भदौ, सल्यान ।

बालविवाह गर्ने र बाल विवाहमा संलग्न रहेको भन्दै जिल्ला अदालतले तीनजनालाई जनाही दुई महिना कैद र दुई हजार जरिवानाको फैसला सुनाएको छ ।

Read More

विद्यार्थी पढाउँदै प्रहरी

थाहा खबरमा प्रकाशित,१९ भदौ, जाजरकोट।

जाजरकोट प्रहरीले जिल्लाका सबै सामुदायिक विद्यालयमा लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना प्रशिक्षण सञ्चालन गरेको छ। मावि तहमा विद्यार्थीलाई लक्षित गरेर सचेतनामूलक कक्षा चलाएको जाजरकोट प्रहरी प्रमुख श्यामबहादुर खत्रीले बताए।

Read More

विद्यालय पढ्न १३ बालिकाको जंगलमै वास

नयाँ पत्रिकामा प्रकाशित,१९ भदौ, झाँगाझोली ।

सुनकोसी नदीमा पुल र डुंगा नहुँदा रामेछाप खाँडादेवी गाउँपालिका–१ कोथवेका सीमान्तकृत माझी समुदायका १३ बालिका पढ्नका लागि जंगलमै बस्न बाध्य छन् । गाउँमा प्राविसम्मको मात्रै विद्यालय भएकाले थप अध्ययनका लागि सुनकोसीपारि सिन्धुली जार्नैपर्ने भएकाले बालिकाहरू जंगलछेउमा कटेरो बनाएर बस्ने गरेका छन् ।

Read More

सर्पले डसेर बालिकाको मृत्यु

थाहा खबरमा प्रकाशित,१९ भदौ, दाङ ।

दाङमा विषालु सर्पले डस्दा एक बालिकाको मृत्यु गएको छ।  घोराही उपमहानगरपालिका १ सिमलताराकी ७ वर्षीया गोमा वलीलाई  गराइच सर्पले डस्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

Read More

उमेर नपुगि भागी विवाह गर्दा मुद्दा

नयाँ पत्रिकामा प्रकाशित,१८ भदौ, अछाम।

प्रेम सम्बन्ध भएपछि १६ वर्षीया किशोरीलाई भगाएका तुर्माखाँद गाउँपालिका ८ पुनेपाटाका २० वर्षीय गोपाल बिकलाई प्रहरीले अपहरण तथा जवरजस्ती करणी मुद्दा चलाएको छ।

Read More

गुल्मीमा ११ वर्षीय बालक घरभित्रै झुन्डिएको अवस्थामा मृत फेला

थाहा खबरमा प्रकाशित,१८ भदौ, गुल्मी ।

गुल्मीमा ११ वर्षीय बालकले घरभित्रै झुन्डिएको अवस्थामा मृत फेला परेका छन्। जिल्लाको चन्द्रकोट गाउँपालिका-८ पिपलपाटाका ११ वर्षीय विपीन रजाली आफ्नै घरभित्र बुधबार साँझ झुण्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

Read More

घर भत्किँदा बालकको मृत्यु

कान्तिपुरमा प्रकाशित,१८ भदौ, रामेछाप।

घर भत्किँदा रामेछापको लिखु तामाकोशी गाउँपालिका–१ दुरागाउँमा एक बालकको मृत्यु भएको छ । स्थानीय मनोज थापाको घर भत्किँदा उनका ११ वर्षीय छोरा मनिष थापाको च्यापिएर मृत्यु भएको हो।

Read More

बालविवाह गरे विद्यालयमा प्रतिबन्ध

कान्तिपुरमा प्रकाशित,१८ भदौ, सल्यान ।

शिद्धकुमाख गाउँपालिकाको ढोडचौरस्थित नीराजन माध्यमिक विद्यालय बालविवाहमुक्त बनेको छ । घोषणासँगै विवाह गरेका विद्यार्थीलाई पठनपाठनमा प्रतिबन्ध लगाइएको हो।

Read More

स्याङ्जामा जिप दुर्घटना एक बालिकाको मृत्यु, २३ घाइते

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१८ भदौ, स्याङ्जा।

स्याङ्जाको गल्याङमा बुधबार जिप दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ भने अन्य २३ जना घाइते भएका छन्। पाल्पाको हुँगीबाट आउँदै गरेको लु १ ज ३८४१ नम्बरको जिप गल्याङको दिमिक भन्ने स्थानमा दुर्घटना हुँदा जीपमा सवार अन्दाजी ३ वर्षीय बालिकाको मृत्यु भएको हो भने अन्य २३ जना घाइते भएका छन।

Read More

किशोरी बने बाल अभियन्ता

कान्तिपुरमा प्रकाशित,१७ भदौ, कालिकोट ।

सान्नीत्रिवेणी २, रकु की पूजा बीसी गाउँमा कसैको उमेर नपुगी विवाह हुन लागेको सूचना पाउनेबित्तिकै बाल क्लबमा आबद्ध साथीहरू लिएर पीडितको घर पुग्छिन् । उमेर नपुगी विवाह गर्ने पक्षलाई सम्झाएर उनले धेरै विवाह रोकिसकेकी छिन्।

Read More

बुवाआमाले गाली गरेको भन्दै वीरगञ्जमा किशोरद्वारा झुण्डिएर आत्महत्या

अनलाइनखबरमा प्रकाशित,१७ भदौ, पर्सा ।

पर्सामा एक किशोरले झुण्डिएर आत्महत्या गरेका छन् । वीरगञ्ज महानगरपालिका-२० अपौनीका १४ वर्षीय गोविन्दप्रसाद चौरसियाले सोमबार आफ्नै घरको बाँसको बलोमा झुण्डिएर आत्महत्या गरेका हुन्।

Read More

जाजरकोटमा पहिरोले घर पुरिँदा आमासहित २ छोरीको मृत्यु

कान्तिपुरमा प्रकाशित,१५ भदौ, जाजरकोट ।

भेरी नगरपालिका २ तिमिले गाउँमा पहिरोले घर पुरिँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । आइतबार बिहान स्थानीय दलबहादुर ओलीको घर पुरिँदा उनकी श्रीमती ३२ वर्षीया पार्वती ओली, छोरीहरु ९ वर्षीया मोतिकला र ३ वर्षीया धनसरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

Read More