समाचारमा बालबालिका

यस्ता पनि बाबु

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२३ साउन, ताप्लेजुङ ।

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा आफ्नै बावुद्वारा छोरी बलात्कृत भएको समाचार सार्वजनिक भएको छ  । १७ वर्षीया किशोरीलाई पटक पटक बलात्कार गरेको भन्दै बाबुविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको हो ।

Read More

सर्पले टोकेपछि झारफुक गर्न लाग्दा १४ वर्षीया किशोरीको मृत्यु

उज्यालो अनलाइनमा प्रकाशित,२३ साउन, सुर्खेत ।

सुर्खेतमा एक किशोरीको सर्पले टोकेर ज्यान गएको छ । पञ्चपुरी नगरपालिका–१० तातापानी गल्फाकी  १४ वर्षीया हरिकला उपाध्यायको सर्पले टोक्दा मंगलबार बिहान ज्यान गएको हो ।

Read More

एक महिनामा बलात्कारका ५ उजुरी

कान्तिपुरमा प्रकाशित,२२ साउन, कञ्चनपुर ।

दुई साताअघि भएको १३ वर्षीया किशोरीको हत्या प्रकरण सेलाउन पाएको छैन । यही बीचमा थप दुई बालिकामाथि बलात्कारको प्रयासले स्थानीयलाई झन् त्रसित र चिन्तित बनाएको छ ।

Read More

नहरमा बगेका दिदीभाइ मृत भेटिए

कान्तिपुरमा प्रकाशित,२२ साउन, सुनसरी ।

सुनसरीको रामधुनी नगरपालिका झुम्कास्थित नहरमा बगेका दिदीभाइ मृत अवस्थामा फेला परेका छन् । भाँडा सफा गर्ने क्रममा चिप्लिएर खस्दा उनीहरु बेपत्ता भएका थिए।

Read More

शिशु हत्या गर्ने आमा पक्राउ

नागरिक न्युजमा प्रकाशित,२२ साउन, लमजुङ ।

नवजात शिशु हत्या गर्ने आमालाई सोमबार प्रहरीले पक्राउ गरेको छ। दुधपोखरी गाउँपालिका–२ विचौरकी विष्णुमाया परियारलाई प्रहरीले पक्राउ गरेको हो। गत शुक्रबार नवजात शिशुलाई जन्माएर हत्या गरेको सूचनाका आधारमा परियारलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक यादव ढकालले जानकारी दिए।

Read More

सर्पले डसेकी किशोरीको झारफुक गर्दागर्दै मृत्यु

अन्नपूर्ण पोस्ट्मा प्रकशित,२२ साउन, सुर्खेत ।

सुर्खेतको वीरेन्द्रनगरदेखि पश्चिम जामुकी एक किशोरीको सर्पले डस्दा मृत्यु भएको छ । पञ्चपुरी नगरपालिका-१० जामुकी १४ वर्षीया हरिकला उपाध्यायलाई सर्पले डस्दा मंगलबार बिहान मृत्यु भएको हो। 

Read More

२६ सय बालबालिका विद्यालय बाहिरै

कान्तिपुरमा प्रकाशित,२१ साउन, हेटौंडा ।

स्कुल जाने उमेरका करिब २ हजार ६ सय बालबालिका अहिले पनि विद्यालयको पहुँचमा आउन सकेका छैनन् । पढ्ने उमेरका बालबालिकालाई विद्यालयको भित्र्याउने उद्देश्यसाथ बर्सेनि भर्ना अभियानलगायत विभिन्न गतिविधि सञ्चालन गरे पनि उनीहरू स्कुलभन्दा बाहिर छन् ।

Read More

काँडाघारीबाट अपहरित बालकको शव भेटियो, अपहरणको आरोपमा दुई पक्राउ

कान्तिपुरमा प्रकाशित,२१ साउन, काठमाडौं ।

काठमाडौंको काँडाघारीबाट आइतबार साँझ अपहरण गरिएका ११ वर्षीय बालक निशान खड्काको शव भेटिएको छ । उनको अपहरणमा संलग्न भएको आरोपमा यसअघि २ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

Read More

बहिनी बलात्कार गर्ने दाइ प्रहरीको फन्दामा

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२१ साउन, धादिङ ।

आफ्नै बहिनी बलात्कारको आरोपमा सहोदर दाइलाई धादिङ प्रहरीले पक्राउ गरेको छ। दक्षिणी धादिङको गजुरी गाउँपालिका-२ की १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उनकै दाजुलाई प्रहरीले नियन्त्रणमा लिइ सोमबार मुद्धा दर्ता गराएको हो। 

Read More

स्कुल बसको ठक्करबाट बालकको मृत्यु

नागरिक न्युजमा प्रकाशित,२१ साउन, सुर्खेत ।

सुर्खेतको वीरेन्द्रनगर ११ गाग्रेताल बाटोमा स्कूल बसको ठक्करबाट घाइते भएका बालकको मृत्यु भएको छ। सोमबार बेलुका साढे पाँच बजेतिर सुप्रिम बोर्डिङ स्कूलको भे१क ४७३ नम्वरको बसले ११ वर्षीय प्रदीप अधिकारीलाई ठक्कर दिएको थियो। 

Read More

होमवर्क गर्दागर्दै पुरिए बालक, ठाँटीबजार शोकमा डुब्यो

कान्तिपुरमा प्रकाशित,२१ साउन, जाजरकोट ।

कुशे गाउँपालिका ५ की शर्मिला परियार र उनका तीन भाइ ठाँटीबजारस्थित जितबहादुर सुनारका घरमा डेरा गरी बस्थे । आइतबार बिहानै भाइहरूलाई ‘होमवर्क गरेर बस्नु’ भनी एक घण्टा परको रिसाङ गाउँस्थित आफन्तको घरतिर लागिन् ।

Read More

अर्की १३ वर्षीया बालिका बलात्कृत

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२० साउन, टिकापुर ।

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना सेलाउन नपाउँदै कैलालीको लम्कीचुहामा अर्की १३ वर्षीया बालिका बलात्कृत भएकी  छन् । लम्कीचुहा नगरपालिका–३ चिसापानीमा १३ वर्षीया बालिका छिमेकीबाट बलात्कृत भएकी हुन्। 

Read More

जाजरकोटमा पहिरोले दुई घर पु¥यो : बालिकाको शव फेला, ५ बेपत्ता

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२० साउन, जाजकोट ।

जाजरकोट सदरमुकाम खलंगामा आइतबार बिहान गएको पहिरोले दुई घर पुरेको छ। पहिरोमा पुरिएकी एक बालिकाको शव निकालिएको छ भने अरु ५ जना हराइरहेको स्थानीयवासीले बताएका छन्। पहिरो आइतबार बिहान ८ बजेतिर गएको हो।

Read More

बालविवाह रोक्न बालिका बिमा

कान्तिपुरमा प्रकाशित,२० साउन, बुटवल ।

कलिलैमा गरिने विवाह र छोरीमाथि हुने हिंसा रोक्न के गर्नुपर्ला रु धेरै ठाउँमा उत्तिकै उपायबारे बहस हुन्छन् । रूपन्देहीका केही स्थानीय तहले भने यसबाट छुटकाराका लागि बालिका बिमा सुरु गरेका छन् ।

Read More

विद्यालयमा मोवाइल र जंकफूड निषेध

नागरिक न्युजमा प्रकाशित,२० साउन, सुर्खेत ।

भेरीगंगा नगरपालिकाले कक्षा कोठामा मोवाइल र विद्यालयमा जंकफूड निषेध गरेको छ। तेस्रो नगर अधिवेशनले पारित गरेको नीति तथा कार्यक्रममा कार्यक्षेत्रभित्रका सबै विद्यालयका कक्षा कोठामा मोवाइल र विद्यालयमा जंकफूड निषेध गरिएको हो। 

Read More

शैक्षिक भ्रमणमा गएका तीन बिद्यार्थी तालमा डुबेर बेपत्ता

नागरिक न्युजमा प्रकाशित,१९ साउन, खोटाङ ।

सोलुखुम्बुमा शैक्षिक भ्रमणमा गएका तीन बिद्यार्थी गोक्यो तालमा डुबेर बेपत्ता भएका छन्। समुद्र सतहदेखि ५ हजार उचाईमा रहेको गोक्यो तालमा डुबेर खुम्बु पासाङल्हामु गाउँपालिका ४ खुम्जुङस्थित खुम्जुङ माबिमा कक्षा ९ मा अध्ययनरत १७ वर्षीय पेम्बादोर्जे शेर्पा, १६ वर्षीय पेम्बानुरु शेर्पा र खुम्बु पासाङल्हामु गाउँपालिका ५ नाम्चेका १६ वर्षीय सुनिल बराईली बेपत्ता भएका हुन्।

 

Read More

कुलतमा फस्दै किशोरकिशोरी

कान्तिपुरमा प्रकाशित,१८ साउन, नेपालगन्ज ।

नेपाल भारत सीमा जमुनाहा नाकामा लागूऔषध सेवनकर्ता र ओसारपसारमा संलग्न बालबालिका पक्राउ पर्न थालेका छन् । पक्राउ पर्ने अधिकांश २० वर्षमुनिका छन् ।

Read More

आमाकै सहयोगमा बलात्कारको प्रयास

थाहा खबरमा प्रकाशित,१७ साउन,  विराटनगर ।

विराटनगर- १५ की १४ वर्षीया बालिकालाई उनकै आमाको सहयोगमा बलात्कारको प्रयास भएको उजुरी प्रहरीमा परेको छ। आफ्नी १४ वर्षीया छोरीलाई श्रीमतीकै सहयोगमा विराटनगर-५ बस्ने ४० वर्षीय शम्भु पाण्डेले बलात्कारको प्रयास गरेको भन्दै बालिकाका बुबाले जिल्ला प्रहरी कार्यालय मोरङमा बिहीबार किटानी जाहेरी दिएका हुन्।

Read More

तेह्रथुममा १० वर्षीय बालिकालाई करणी गर्ने एक पक्राउ

नयाँ पत्रिकामा प्रकाशित,१७ साउन, तेह्रथुम ।

दश वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा आठराई गाउँपालिका–२, खाम्लालुङका ५४ वर्षीय चक्रबहादुर लिम्बुलाई प्रहरीले आइतबार पक्राउ गरेको छ ।

Read More

पक्राउ पर्दै छुट्दै गरेका बलात्कारका अभियुक्त आठ वर्षका लागि जेल गए

अन्नपूर्ण पोस्ट्मा प्रकाशित, १७ साउन, सप्तरी ।

 पक्राउ पर्दै छुट्दै गरेका बलात्कारका एक अभियुक्त अन्ततः आठ वर्षका लागि जेल पुगेका छन् । १२ वर्षीया बालिकालाई बलात्कार गरी फरार रहेका सप्तरीको बोदे बर्साइन ६ काचनका २५ वर्षीय धर्मेन्द्रकुमार दास बिहीबारदेखि आठ वर्षका लागि राजविराज कारागारमा थुनामा परेका हुन् । 

Read More