A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionsf8b98h44gg70c7rks22bo2vnrjs5apu): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

प्रेमपछि कलिलैमा विवाह

कान्तिपुरमा प्रकाशित,१६ साउन, नेपालगन्ज ।

नेपालगन्ज उपमहानगर २० मनिकापुरका १८ वर्षीय किशोर र १६ वर्षीया किशोरीबीच दुई वर्षअघि प्रेम बस्यो । विद्यालय पढदै गरेका उनीहरूले कानुनलाई चुनौती दिँदै विवाह गरे । स्थानीय बालक्लबमा आबद्ध किशोर–किशोरीले बालविवाहबारे प्रहरीलाई खबर गरे ।

Read More

हप्तैपिच्छे बलात्कार

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१७ साउन, महेन्द्रनगर ।

साउन ११ गते कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको अवस्थामा शव भेटियो । अघिल्लो दिन साथी रोशनी बमको घरमा गृहकार्य गरेर फर्किएकी उनको बलात्कारपछि हत्या कसले ग¥यो भन्ने अझै खुलेको छैन । 

Read More

निर्दयी बाबु जसले गरे १७ वर्षीय छोराको हत्या

अनलाइनखबरमा प्रकाशित,१६ साउन, काठमाडौं ।

बाबु–आमाका लागि आफ्ना सन्तान निकै नै प्रिय हुन्छन् । छोरा–छोरीका खुसीका लागि बाबु–आमा जस्तो सुकै दुःख–कष्ट झेल्न पनि तयार हुन्छन् । तर सबै बाबु–आमाको हकमा यो लागू नहुँदो रहेछ ।

Read More

बाख्रा चराउन गएका बालक महाकालीमा बेपत्ता

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१६ साउन, डडेल्धुरा ।

बाख्रा चराउन गएका ११ वर्षीय बालक पानी खान खोज्दा ढुंगाबाट चिप्लेर महाकाली नदीमा बेपत्ता भएका छन्। महाकाली नदीले बगाएर डडेल्धुरा पर्शुराम नगरपालिका-५ का प्रवेश सिंह बेपत्ता भएका इलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छ। 

Read More

मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

थाहा खबरमा प्रकाशित,१६ साउन,  चितवन ।

भरतपुर महानगरपालिका–६ चोकबजारमा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। भरतपुरबाट गीतानगरतर्फ जाँदै गरेको ना २३ प ६३७१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदल हिँडिरहेकी ३ वर्षीय सोमिका कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

Read More

होटेलमा बन्धक बनाएर दुई बालिकामाथि बलात्कार

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१६ साउन, जाजरकोट ।

एक १३ वर्षीया बालिकालाई जाजरकोट सदरमुकामको एक होटलमा दुई दिनसम्म बन्धक बनाएर बलत्कार गरेको खुलेको छ । बालिकामाथि बलात्कारको अभियोगमा एकजना युवक पक्राउ परेका छन् । 

Read More

छोराको हत्या गरी आमाद्वारा आत्महत्या

नागरिक न्युजमा प्रकाशित,१५ साउन, कैलाली ।

 कैलालीको बर्दगोरीया गाउँपालिका–२, कुम्भीयामा एक महिलाले नाबालक छोराको हत्या पछि आत्महत्या गरेकी छन्। प्रहरीका अनुसार २१ वर्षीया सीतादेवी डगौरा थारुले साढे चार वर्षका छोरा संकेतको हत्या गरेर आत्महत्या गरेकी हुन्।

Read More

पेट भरिँदैन खाजाले

कान्तिपुरमा प्रकाशित,१५ साउन, मुगु ।

सरकारले डेढ दशकदेखि दिवाखाजाको रकम प्रतिविद्यार्थी २० रुपैयाँ दिने गरेको छ । अहिले पनि खाजाको रकम त्यति नै छ । खाजाको रकम नबढाउँदा  बालबालिको पेट भरिन छाडेको छ ।

Read More

होस्टेलमा सुतेका आठ वर्षीय बालकको सर्पले डस्दा ज्यान गयो

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१५ साउन, महोत्तरी ।

बर्दिबास नगरपालिका–१४ स्थित सिद्धार्थ बोर्डिङ स्कुलको होस्टेलमा सर्पले टोक्दा एक बालकको ज्यान गएको छ  सोमबार राति सुतेकै ठाउँमा सर्पले डस्दा युकेजीमा अध्ययनरत कैलाली गोदावरी नगरपालिका–२ अत्तरीया घर भएका आठ वर्षीय दशरथ ऐरको ज्यान गएको हो । 

Read More

इँटा उद्योगमा बालश्रम अन्त्यको घोषणा

कान्तिपुरमा प्रकाशित,१४ साउन, काठमाडौँ ।

मुलुकभरका इँटा उद्योगमा बालश्रम अन्त्य भएको सार्वजनिक घोषणा गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा सोमबार यहाँ आयोजित कार्यक्रममा श्रममन्त्री गोकर्ण विष्ट र महासंघका अध्यक्ष महेन्द्रबहादुर चित्रकारले मुलुकभरका इँटा उद्योगमा बालश्रमको प्रयोग अन्त्य गर्नेसम्बन्धी प्रतिबद्धताको घोषणा गरे ।  

Read More

चट्याङ लागेर बालिकाको मृत्यु

नागरिक न्युजमा प्रकाशित,१४ साउन, रुपन्देही ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा चट्याङ लागेर आइतबार एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा तिलोत्तमा नगरपालिका–१० बेहोराकी १२ वर्षीया दीपिका ज्ञवाली रहेकी छन्।

Read More

जन्मिए लगत्तै छोरीको नाममा बैंक खाता, नगरपालिकाको अभियानले अभिभावक मख्ख

उज्यालो अनलाइनमा प्रकाशित,१४ साउन, सुर्खेत ।

वीरेन्द्रनगर १० खजुराकी खेमा गौतमले छोरी जन्मने बित्तिकै बैंकमा गएर खाता खोलिदिनुभयो ।  छोरीमाथि हुने विभेदलाई अन्त्य गर्न र छोरीहरुलाई आर्थिक तथा सामाजिक रुपमा सक्षम गराउन वीरेन्द्रनगर नगरपालिकाले छोरीमैत्री नगर बनाउने भनेर बैंक खाता खोल्ने निर्णय गरेको छ ।

Read More

फेरि बलात्कार पछि बालिकाको हत्या

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१४ साउन, काठमाडौं ।

कञ्चनपुरकी १३ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरिएको घटनाले राज्यको ध्यानाकर्षण गरिरहेकै बेला काभ्रेमा पनि यस्तै कहाली लाग्दो घटना सार्वजनिक भएको छ। 

Read More

केश मुन्डन गरी बालिकालाई यातना

नागरिक न्युजमा प्रकाशित,१३ साउन, इटहरी ।

बुधवार दिउँसो मोरङ केराबारी वडा नं. ८ की १६ वर्षीया बालिका इटहरी वडा नं. ४ मा बस्ने साथी भेट्न आइन्। धरान घर भएकी उनकी साथी अनिता राई इटहरीमा दिदीको कस्मेटिक पसलमा सहयोग गर्न बस्छिन् ।

Read More

चाउचाउ पकाउँदा जलेका बालकको मृत्यु

थाहा खबरमा प्रकाशित,१३ साउन, पर्वत ।

चाउचाउ पकाउने क्रममा आगलागी हुँदा जलेका पर्वतको एक बालकको उपचारको क्रममा मृत्यु भएको छ। जिल्लाको मोदी गाउँपालिका ६, तिलाहार स्थित डिमुवा घर भएका स्थानीय लोकेन्द्रजंग लामिछानेका ११ वर्षीय छोरा एन्जलजंग लामिछानेको शनिवार साँझ उपचारका क्रममा मृत्यु भएको हो।

Read More

दुई बालिका १४ दिनदेखि बेपत्ता

कान्तिपुरमा प्रकाशित,१३ साउन, खोटाङ ।

खोटाङका दुई बालिका १४ दिनदेखि बेपत्ता भएका छन् । खोटेहाङ गाउँपालिका–८ सिम्पानीकी १३ वर्षीया अनिता श्रेष्ठ र १५ वर्षीया सपना तामाङ गत असार ३२ गते रातिदेखि बेपत्ता भएका हुन् । 

Read More

पाँच वर्षीय बालिका बलात्कार प्रयास, ४५ वर्षीय पुरुप पक्राउ

नागरिक न्युजमा प्रकाशित,१३ साउन, सुर्खेत ।

पाँच वर्षीया बालिका बलात्कार प्रयास गरेको आरोपमा सुर्खेत पञ्चपुरी–२ का ४५ वर्षका यामलाल सापकोटालाई प्रहरीले पक्राउ गरेको छ। सापकोटाले शनिबार राति साढे १२ बजेतिर बालिकाको घरमा पसेर बलात्कार गर्ने प्रयास गरेको इलाका प्रहरी कार्यालय बावियाचौरका प्रमुख प्रहरी निरीक्षक सुशोभन श्रेष्ठले जानकारी दिए। 

Read More

पोलियो खोपका नाममा एफआइपिभी भ्याक्सिन सुरु

नयाँ पत्रिकामा प्रकाशित,१३ साउन, काठमाडौं ।

सरकारले पोलियो खोपका नाममा नयाँ भ्याक्सिन सुरु गर्ने भएको छ । विगतमा लगाउँदै आएको आइपिभी भ्याक्सिनको अभाव भएपछि सरकारले नयाँ भ्याक्सिन एफआइपिभी सुरु गर्ने भएको हो । 

Read More

१३ वर्षीया बालिकाको बलात्कारपछि हत्या

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,११ साउन, कञ्चनपुर ।

कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ। भीमदत्त नगरपालिका–१८ निम्बुखेडाकी १३ वर्षीया निर्मला पन्तको हत्या भएको हो।  बिहीबार उनको घर नजिकै उखुबारीमा बलात्कारपछि हत्या भएको बुझिएको छ। 

Read More

बालिका जोगाउनै मुस्किल

कान्तिपुरमा प्रकाशित,११ साउन, पर्सा ।

पटेर्वासुगौली गाउँपालिका–२ स्थित मकैबारीमा गत शुक्रबार सुस्तमनस्थितिकी १५ वर्षीया बालिकालाई ४५ वर्षीय केदारबहादुर कार्कीले चकलेट किन्न दिन्छु भनी जबरजस्ती करणी गरे । 

Read More

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: