समाचारमा बालबालिका

किशोरीमाथि जबरजस्ती गर्ने स्वास्थ्यकर्मी पक्राउ

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१ जेठ, भोजपुर ।

किशोरीमाथि जबरजस्ती गरेको आरोपमा प्रहरीले एक स्वास्थ्यकर्मीलाई पक्राउ गरेको छ । भोजपुर नगरपालिका १२ टक्सार कोटडाँडास्थित आर्युवेदिक औषधालयका स्वास्थ्यकर्मी शंकर साह १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका हुन् । 

Read More

निर्घात कुटिएका बालकले भने : मार्ने उद्देश्यले मलाई कुटियो (बयानसहित)

उज्यालो अनलाइनमा प्रकाशित,१ जेठ, चितवन ।

चितवनमा रहेको सैनिक महाविद्यालयमा एक बालक निर्घात रुपमा कुटिएका छन् । साथीले पिसाब फेर्न बोलाएर उनलाई निर्घात कुटेका हुन् । छात्राबासमा बस्दै आएका भरतपुर महानगरपालिका वडा नम्बर १० निवासी सिर्जना पौडेल लामिछानेका १४ वर्षीय छोरा श्रीनव लामिछानेलाई गएको शनिबार उनकै साथीले निर्घात कुटपिट गरेका हुन् । 

Read More

रोकिएन विद्यार्थीको ठेउला

नागरिक न्युजमा प्रकाशित,१ जेठ, काठमाडौं ।

 डेढ महिनादेखि फैलिएको चिकनपक्स (ठेउला) को संक्रमण अझै पनि नरोकिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ। अस्पतालको अनुसार चैतको दोस्रो सातादेखि नै बालबालिका तथा किशोर–किशोरी उमेर समूहमा यो रोग फैलिन सुरु भएको थियो। 

Read More

विद्यालय शिक्षाका लागि नयाँ पाठ्यक्रम आउँदै

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१ जेठ, काठमाडौं ।

विद्यालय तहको शिक्षा विद्यार्थी केन्द्रित बनाउन शिक्षा मन्त्रालयले १२ कक्षासम्म अध्यापन हुने सबै विषयमा प्रयोगात्मक कार्य (प्राक्टिकल) को व्यवस्था गर्न लागेको छ। शिक्षा ऐनमा संशोधन गरी १२ कक्षासम्म विद्यालय शिक्षामा समायोजन गरेसँगै पाठ्यक्रम विकास केन्द्रले बनाउन लागेको नयाँ पाठ्यक्रमको प्रारूपमा यस्तो व्यवस्था गरिएको हो।

Read More

सामूहिक बलत्कार गर्नेलाई १३ वर्ष कैद सजाय

उज्यालो अनलाइनमा प्रकाशित,१ जेठ, नवलपरासी ।

१२ वर्षीय बालिकालाई सामूहिक करणी गरेको आरोप पक्राउ परेका कावासोतीका तीन युवालाई नवलपुर जिल्ला अदालतले १३ वर्षको कैद फैसला गरेको छ ।

Read More

केटीले नै मन्जुर नगरेपछि रोकियो बालविवाह

रातोपाटीमा प्रकाशित,३१ वैशाख, महोत्तरी ।

महोत्तरी प्रहरीले आइतबार एक बालविवाह रोकेको छ ।  जलेश्वर नगरपालिका–१ स्थित महादेव मन्दिरमा हुन लागेको विवाह केटीले नै विवाह मन्जुर नगरेपछि प्रहरीको सहयोगमा सो विवाह रोकिएको हो । 

Read More

विद्यालय बन्द गरेर जन्तीलाई बास

उज्यालो अनलाइनमा प्रकाशित,३१ वैशाख, सिरहा ।

सिरहाको गोलबजार नगरपालिका–८, चोहर्वा भाइजीटोलमा रहेको जनता आधारभूत विद्यालयमा पढाइ नै प्रभावित हुने गरी जन्ती राखेकोे छ । लालमोहन मण्डलको छोरीको विवाहमा लहनबाट आएका जन्ती (बरियाँती) लाई विद्यालयमा बासको व्यवस्था मिलाएको हो ।

Read More

सर्प दंशबाट बालिकाको मृत्यु

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,३१ वैशाख, दाङ ।

दाङको तुलसीपुरमा सर्पले टोक्दा एक  बालिकाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका - २ की  १८ महिनाकी एञ्जल केसीको सर्प दंशबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

 

Read More

किशोरीलार्इ बन्धक बनाई सामूहिक बलात्कार

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,३० वैशाख, सिन्धुली ।

सिन्धुलीकी एक सुस्त मनस्थिति भएकी बालिकालाई बन्धक बनाई सामूहिक बलात्कार भएको पीडितका आफन्तले आरोप लगाएका छन् ।जिल्लाको हरिहरपुरगढी गाउँपालिका ८ जमुने क्यानेश्वरकी १६ वर्षीया बालिकामाथि सर्लाही हरिऔन नगरपालिका १० नयाँरोडस्थित शिद्धबाबा होटलमा बन्धक बनाई सामूहिक बलात्कार गरिएको पीडितका बुबा थिरबहादुर थिङले बताए ।

Read More

छोरीलाई जबर्जस्ती करणी गर्ने बाबुविरुद्ध मुद्दा दर्ता

थाहा खबरमा प्रकाशित,३० वैशाख, गोरखा ।

६५ वर्षका एक बाबुले १४ वर्षकी छोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा बाबुविरुद्ध आइतबार मुद्दा दर्ता भएको छ। गोरखा नगरपालिका- १३ का ६५ वर्षीय एक वृद्धले जबर्जस्ती करणी गरेको भेटेपछि गत शुक्रबार गाउँलेले प्रहरीलाई खबर गरेका थिए।

 

Read More

बझाङमा खहरे खोलाले बगाउँदा ५ जनाको मृत्यु

उज्यालो अनलाइनमा प्रकाशित,२३ वैशाख, बझाङ ।

 थलारा गाँउपालिका –४ मा खहरे खोलाले बगाउँदा ५ जनाको ज्यान गएको छ । ज्यान जानेमा स्थानीय २७ वर्षीय हर्क विक उनकी श्रीमती २६ वर्षीया डल्ली विक, १२ वर्षीय मनिसा विक र ३ वर्षीय सक्षम विक र ३५ वर्षीया कलसी विक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

Read More

मापसे गरेर मोटरसाइकल चलाउँद बाउ-छोराको मृत्यु

रातोपाटीमा प्रकाशित,२३ वैशाख, चितवन ।

भरतपुर महानगरपालिका–१४ वीरेन्द्र टोलमा गए राति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ना१४प ८८२ नंको मोटरसाइकल अनियन्त्रित भई राति १२ः१५ बजेतिर दुर्घटना भएको हो । 

 

Read More

टिप्परको ठक्करबाट बालिकाको मृत्यु

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२२ वैशाख, पाल्पा ।

पाल्पामा टिप्परले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ ।  तानसेन नगरपालिका अप्पु भिलेजमा शुक्रबार बेलुका लु २ प २४४० नम्वर टिप्परले  लु १४ प ८७५९ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार  तानसेन नगरपालिका वडा नंं १२ जाँदै गरेकी सिद्धार्थ नगरपालिका–१ भैरहवाकी  ५ वर्षीया आनसिक दर्लामीको  घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

 

Read More

बसमा बम प्रहार : दुई बालबालिका घाइते

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२२ वैशाख, इटहरी ।

इटहरीमा गुडिरहेको बसमाथि बम प्रहार गरिएको छ । बम प्रहारबाट बसभित्रका यात्रा गरिरहेका २  बालबालिका घाइते भएका छन् ।  बम प्रहारबाट  धरानकी पुनम गौतमका ३ वर्षीय छोरा योजन गौतम र ८ वर्षीया छोरी हेलेन गौतमलाई छर्रा लागेको छ ।

 

Read More

विद्यालयको बसको ठक्करबाट बालिकाको मृत्यु

रातोपाटीमा प्रकाशित,२१ वैशाख, मोरङ ।

मोरङको रङ्गेली नगरपालिका–२ मा बिहीबार साँझ विद्यालयको बसको ठक्करबाट एक बालिकाको घटनास्थलमै मृत्यु भएको छ । 

Read More

दुई बालकलाई भारत लैजान खोज्ने एकजना पक्राउ

थाहा खबरमा प्रकाशित,२० वैशाख, कञ्चनपुर ।

दुई बालकलाई फकाएर भारत लैजाँदै गरेका ललितपुर वागमती गाँउपालिका ११ का ४८ वर्षीय शिव शर्मा पक्राउ परेका छन्। शर्मालाई प्रहरीले कञ्चनपुरको गड्डाचौकी नाकाबाट बुधवार पक्राउ गरेको हो।

 

Read More

घरको छतमा बालिका बलात्कार गरेका तामाङ प्रहरी फन्दामा

रातोपाटीमा प्रकाशित,१९ वैशाख, झापा ।

बालिकालाई बलात्कार गरेको अभियोगमा झापाको गौरादह नगरपालिकाबाट प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरादह नगरपालिका–४ का ३८ वर्षीय चुडादेव तामाङ रहेको इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । 

 

Read More

जाजरकोटको एक विद्यालय, जहाँ पोशाक आफै किनेर विद्यार्थी पढाइन्छ

थाहा खबरमा प्रकाशित,१९ वैशाख, जाजरकोट ।

यहाँको त्रिपुरासुन्दरी नगरपालिका–१० डोल्पा स्थित कान्जिरोवा आधारभूत विद्यालयका विद्यार्थीहरुको पोशाक नभएर विद्यालय नआउने समस्या हल भएकोछ। विद्यालयका शिक्षकहरु आफैले रकम उठाएर गरीब विद्यार्थीहरुका लागि पोशाक किनेर उपलव्ध गराउँदा यहाँका गरीब वालवालिका विद्यालयमा रमाइ–रमाइ आउन थालेका छन्।

Read More

प्रेमीले गरे गर्भवती प्रेमिकाको हत्या

थाहा खबरमा प्रकाशित,१९ वैशाख, अछाम ।

अछाममा एक प्रेमीले गर्भवती प्रेमिकाको हत्या गरेका छन्। जिल्लाको पञ्चदेवल नगरपालिका– ९ भानाकोटका तिलक बटालाले प्रेमिका १६ वर्षीया उर्मिला टमट्टाको हत्या गरेका हुन् ।

Read More

बालक संलग्न बलात्कारका घटना बढ्दै

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१९ वैशाख ,परासी ।

पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाका चारजना बालकमाथि एक बालिकालाई सामूहिक बलात्कार गरेको अभियोगमा मुद्दा दायर भयो। गत चैत २३ गते छिमेकी आठ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका चारैजनालाई जिल्ला अदालतले थुनछेकको आदेश दिएको छ। 

Read More