कम उमेरमा विवाह :भविष्य उज्वल होइन अन्धकार
रातोपाटीमा प्रकाशित,१२ असोज, मोरङ ।
बीसपारि अनि मात्र बिहेवारी’ अवधारणालाई आत्मसाथ गर्न सकेमात्र हाम्रो समाज असल समाज बन्न सक्छ भन्ने यथार्थतालाई यहाँका महिलाले अब बुझ्न थालेका छन्।
Read MoreSeverity: Warning
Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionrrqj93pvprk9349dl0nnfo7lrr051gja): failed to open stream: Disk quota exceeded
Filename: drivers/Session_files_driver.php
Line Number: 172
Backtrace:
File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct
File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once
रातोपाटीमा प्रकाशित,१२ असोज, मोरङ ।
बीसपारि अनि मात्र बिहेवारी’ अवधारणालाई आत्मसाथ गर्न सकेमात्र हाम्रो समाज असल समाज बन्न सक्छ भन्ने यथार्थतालाई यहाँका महिलाले अब बुझ्न थालेका छन्।
Read Moreअन्नपूर्ण पोस्ट्मा प्रकाशित,११ असोज, बैतडी ।
भीरबाट लडेर बैतडीमा एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा पाटन नगरपालिका–८ धारीका १४ वर्षे सुनिल महरा रहेका बैतडीका प्रहरी प्रमुख नायव उपरिक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए।
Read Moreकान्तिपुरमा प्रकाशित,१० असोज, नेपालगन्ज ।
बोल्दा काँपिरहिन् । आत्तिएर वाक्य पूरा हुँदैनथ्यो । घरी एउटा, फेरि अर्को कुरा गर्थिन् । बाँकेको खजुराकी १५ वर्षीया किशोरी पहिले हक्की स्वभावकी थिइन् । पढाइ राम्रो थियो । चार दिदीबहिनीमा उनी माइली हुन् । मजदुरी गरे मात्र परिवारको गुजारा चल्छ । परिवारलाई सघाउने जिम्मेवारी थियो।
Read Moreकान्तिपुरमा प्रकाशित,९ असोज, बागलुङ ।
बालबालिका जन्मेको १५ महिनाभित्र सबै प्रकारका खोप लगाउनुपर्छ । छुटेका खोप पनि २१ महिनाभित्र पूरा गरिसक्नुपर्छ । सबै वडामा सबै प्रकारका खोप लगाएको भन्दै बागलुङलाई २०७५ असार २५ मा पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको थियो । तर, ढोरपाटन नगरपालिका–२ अर्नाकोट गाउँमा २ वर्षको एक बालकले एउटा पनि खोप नलगाएको भेटिएको छ।
Read Moreअन्नपूर्ण पोस्ट्मा प्रकाशित,९ असोज, सुर्खेत ।
कर्णालीमा ५२ प्रतिशत विवाह उमेर नपुग्दै हुने गर्छ। आधा नागरिक गरिबीले थिचिएको कर्णाली प्रदेश बालविवाहका कारण थप आक्रान्त बन्दै गएको छ। कलिलैमा गरिने बिहेका कारण धेरै परिवार टुक्रिएका छन्। सम्बन्धविच्छेद र बहुविवाह गर्ने क्रम बढेको छ।
Read Moreकान्तिपुरमा प्रकाशित,८ असोज,काठमाडौँ ।
सरकारले प्रारम्भिक बाल विकास रणनीति तयार गर्ने भएको छ । राष्ट्रिय योजना आयोगकी सदस्य उषा झाको संयोजकत्वमा बाल विकास रणनीति निर्माण समिति गठन गरिएको आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले जानकारी दिए।समितिले तीन महिनाभित्र रणनीति तयार पार्नेछ।
Read Moreअन्नपूर्ण पोस्ट्मा प्रकाशित,७ असोज, सप्तरी।
सप्तरीका ४१ वर्षीय हुलासप्रसाद साहले १४ वर्षीया बालिका कञ्चनसँग विवाह गरे। दुलाहा पक्षले दाइजो नलिने र दुवै पक्षको खर्च बेहोर्ने भएपछि बालिकाका अभिभावक विवाह गर्न तयार भए। कमजोर आर्थिक अवस्थाका कारण परिवारले २७ वर्र्ष जेठासँग छोरीको विवाह गरिदिए।
Read More
रातोपाटीमा प्रकाशित,७ असोज, काठमाडौं।
काठमाडौँको गोकर्णेश्वरमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ । गोकर्णेश्वर नगरपालिका–३ सुन्ताखानमा आज बिहान बा ३ ख ३७०८ नम्बरको ट्रकको ठक्करबाट भारत घर भई गोकर्णेश्वर बस्ने राजु अहमदका दुई वर्षीय छोरा अरमानको मृत्यु भएको हो।
Read Moreकान्तिपुरमा प्रकाशित,६ असोज, धनगढी ।
कैलालीको गौरीगंगा नगरपालिका—५ का रामबहादुर कलेलले गएराति तीन वर्षीया छोरीको हत्या गरी आत्महत्या गरेका छन् । नजिकै रहेको आफ्ना दाइको घरमा राति सुत्न गएका २५ वर्षीय कलेलले पहिले तीन वर्षीया छोरी अनुष्कालाई विष सेवन गराएर हत्या गरी आफूले पनि विष सेवन गरी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले जानकारी दिए।
Read Moreथाहा खबरमा प्रकाशित,७ असोज, म्याग्दी।
बेनी नगरपालिका–२ बगरफाँटस्थित कोटखोलामा आएको बाढीले बेपत्ता बनाएका दुई बालिकाको अवस्था तीन दिनदेखि बेपत्ता छन्। कोटखोलामा शनिवार राति साढे १० बजे आएको बाढीले १० वर्षीया प्रविना परियार र ८ वर्षीया अनुश्का परियार बेपत्ता भएका हुन् । उनीहरुको खोजी कार्य भइरहे पनि नभेटिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।
Read Moreनयाँ पत्रिकामा प्रकाशित,६ असोज, काठमाडौं।
सरकारले आधारभूत शिक्षा (कक्षा १ देखि ८ सम्म) लाई अनिवार्य र निःशुल्क घोषणा गरेको छ । तर, यो तहमा अध्ययन गर्ने उमेरका तीन लाख चार हजार चार सय ७६ बालबालिका विद्यालयबाहिर रहेको शिक्षा विकास तथा मानवस्रोत विकास केन्द्रले तयार पारेको प्रतिवेदनले जनाएको छ।
Read Moreनागरिक न्युजमा प्रकाशित,६ असोज, रोल्पा।
रोल्पा अस्पताललगायत जिल्लाका अन्य १२ स्वास्थ्य संस्थामा औषधिको प्रयोग गरी ९ हप्तासम्मको गर्भपतन गराउन निःशुल्क सुविधा छ। त्यसो त अस्पतालसहित अन्य दुई प्राथमिक स्वास्थ्य केन्द्रमा १२ हप्तासम्मको क्लिनिकल अर्थात् उपकरणको प्रयोगद्वारा गरिने गर्भपतनको पनि निःशुल्क सुविधा छ। तर विविध कारणले यहाँका किशोरी असुरक्षित गर्भपतन गराइरहेका छन्। उनीहरू थाहा हुँदाहुँदै पनि गर्भनिरोधबारे वास्ता गर्दैनन्।
Read Moreकान्तिपुरमा प्रकाशित,६ असोज, नेपालगन्ज ।
बालविवाह न्यूनीकरण तथा बालिका शिक्षामा सहयोग पुर्याउन बाँकेको डुडुवा गाउँपालिकाले ‘कन्या मुद्दती शिक्षा कार्यक्रम’ सुरु गरेको छ ।छोरीलाई जसरी पनि विद्यालय पुर्याउन र बिहेवारी २० वर्षपछि मात्र गराउने उद्देश्यले चालु वर्षको बजेटमै पारेर यस्तो कार्यक्रम ल्याइएको हो।
Read Moreअन्नपूर्ण पोस्ट्मा प्रकाशित,६ असोज, सिन्धुली।
बलात्कार प्रयास असफल भएपछि सिन्धुलीमा एक बालिकाको हत्या गरिएको छ । बलात्कार प्रयास भएपछि प्रतिवाद गर्दा मरिण गाउँपालिका १ आहालेकी १३ वर्षीया बालिका छलिमाया मोक्तानको हत्या गरिएको हो।
Read Moreनयाँ पत्रिकामा प्रकाशित,६ असोज, सिरहा।
सिरहाको गोलबजार नगरपालिका-९ गोविन्दपुरमा आइतबार दिउँसो बाख्रा चराउन गएका दुई बालिकाहरू बाँधमा डुबेर मृत्यु भएको छ । गोविन्दपुर गाउँ नजिकै दक्षिणतिर पर्ने जोभा जंगलको सार्वजनिक बाँधमा डुबेर १० वर्षीय प्रतीक्षा थापा र १२ वर्षीय रानी खातुनको मृत्यु भएको प्रहरीले जनाएको छ।
Read Moreकान्तिपुरमा प्रकाशित,६ असोज, काभ्रे ।
जिल्लाका ४ हजार बालबालिकाको दृष्टि परीक्षण गर्न बालबालिका नै परिचालन हुने भएका छन् । वीपी नेत्र प्रतिष्ठानले जिल्लाका ६ नगरपालिका र बेथानचोक गाउँपालिकाको २० विद्यालयका ती बालबालिकाको दृष्टि परीक्षण गर्न ८४ विद्यार्थीलाई तालिम दिएर परिचाल गर्न लागेको परियोजना प्रमुख राजन श्रेष्ठले जानकारी दिए।
Read Moreनागरिक न्युजमा प्रकाशित,६ असोज, रामेछाप ।
उत्तरी रामेछापको लिखुतामाकोसी गाउँपालिका–४ की २० वर्षीया किशोरीले २० वर्ष नपुग्दै बिहे गरिन् । कक्षा ७ मा पढ्दापढ्दै स्कुल छोडेकी उनले विवाह गरेको ४ वर्ष पुग्यो । उनको ३ वर्षको छोरा छ।
Read Moreकान्तिपुरमा प्रकाशित,५ असोज, लमजुङ ।
क्व्होलासोंथर गाउँपालिका–१ मैसेक्राकी उषा लामा बाग्लुपानीस्थित जनज्योति मावि कक्षा ९ मा पढ्छिन् । करिब १ घण्टाको बाटो उनी किताब नबोकी स्कुल पुग्छिन् । बेंसीसहर नगरपालिका–९ बिम्दागाउँका इन्द्रमान विक पनि किताबबिनै स्कुल पुग्छन् । उनी १० कक्षाका विद्यार्थी हुन् । उनीहरूले किताब नभएर नबोकेका होइनन् । ‘घरका लागि घरमै किताब छ । स्कुलका लागि स्कुलमै किताब छ,’ इन्द्रमानले भने।
Read Moreकान्तिपुरमा प्रकाशित,५ असोज, काठमाडौँ ।
२०७५ साउनमा बालयौन दुराचारमा दुई फ्रान्सेली नागरिक पक्राउ परे । स्वदेश फर्किन लागेका ४२ वर्षीय क्रिस्टोफे ग्योलक्स र ३८ वर्षीय मिचेल चुपाउलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले गौशालाबाट पक्राउ गरेको थियो।
Read Moreकान्तिपुरमा प्रकाशित,५ असोज, म्याग्दी ।
भीषण वर्षापछि बेनी नगरपालिका–२, बगरफाँटस्थित कोटखोलामा आएको बाढीले दुई बालिका बगाएको छ । उनीहरुको अवस्था अज्ञात छ । शनिबार राति ११ बजे कोटखोला खहरेमा आएको बाढीले बगाउँदा ७ वर्षीया अनुस्का र १० वर्षीया प्रविना परियारलाई बगाएको हो।
Read MoreSeverity: Warning
Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)
Filename: Unknown
Line Number: 0
Backtrace: