समाचारमा बालबालिका

बलात्कार घटना दबाउन पञ्चायती

नागरिक न्युजमा प्रकाशित,१५ असार, पर्सा।

स्थानीय ११ वर्षीया बालिकालाई बलात्कार गरी फरार रहेको अभियोगमा पर्सा प्रहरीले वीरगन्ज महानगरपालिका–२७, उदयपुर–घुर्मीका २० वर्षीय राकेश यादवलाई खोजी गरिरहेको छ।

Read More

अवैध रुपमा बनाइएको खाल्डोमा डुबेर बालक वेपत्ता

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१४ असार, सर्लाही।

सर्लाहीको ईश्वरपुर नगरपालिका–१३ श्रीनगर स्थित बाँके खोलामा अवैध रुपमा ढुङ्गा गिट्टी निकाल्ने क्रममा बनेको गहिरो खाल्डोमा परेका एक बालक वेपत्ता छन्।

Read More

१०६ जनाको जीपीए ४

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१३ असार, काठमाडौं।

ज्ञानोदय मावि बाफलका धीरेन्द्र भट्टले एसईईमा जीपीए ४ ल्याएका छन् । ८२९००९२ सिम्बर नम्बर रहेका भट्टले उत्कृष्ट नतिजा आएकोमा खुसी व्यक्त गरे । उनले विज्ञान पढेर इन्जिनियर बन्ने लक्ष्य राखेका छन् । उनका बाबु प्रहरी सेवामा छन् । भट्टले नियमित २र३ घण्टा पढेमा राम्रो नतिजा आउने बताए । उनले भने, ‘स्कुलबाट आएर २/३ घण्टा पढ्थें।

Read More

कुपोषण घट्दै

कान्तिपुरमा प्रकाशित,१३ असार, अछाम।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो समयमा पोषणको अवस्था सुध्रिएको छ । यहाँ सञ्चालित विभिन्न कार्यक्रम तथा अभियानले कारण पोषणको अवस्था विगतको तुलनामा सुधारिएको हो।

Read More

दुई वर्षीय बालक मृत भेटिए

नागरिक न्युजमा प्रकाशित,१३ असार, संखुवासभा।

मकालु गाउँपालिका–२ बुङगिङका चिङगु शेर्पाका दुई वर्षीय छोरा पेम्बा नुर्वु शेर्पा खोलामा मृत भेटिएका छन्। छोरा पेम्बालाई चार वर्षीया छोरीसँगै घरमा छाडेर शेर्पा दम्पती बुधबार दिउँसो च्याक्सेडाँडा बजार जानुभएको थियो। राति फर्कदा घरमा छोराछोरी नदेखेपछि खोजतलास गर्दा घरनजिकैको बेतला खोला  किनारामा छोरी जिउँदै फेला परेकी थिइन् भने छोरा बिहीबार मृत भेटिएका थिए।

Read More

विद्यार्थी कुट्ने शिक्षकलाई मुद्दा

कान्तिपुरमा प्रकाशित,१३ असार, रोल्पा ।

विद्यार्थी कुटपिट आरोपमा पक्राउ परेकी रुन्टीगढी गाउँपालिका–८ स्थित भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनविरुद्ध अदालतमा मुद्दा दायर गरिएको छ । उनलाई बालबालिकाविरुद्धको कसुरमा मुद्दा दर्ता गरिएको छ।

Read More

शिक्षकको कुटाइबाट तीन छात्रा घाइते

थाहा खबरमा प्रकाशित,१३ असार, धनकुटा।

छथरजोरपाटी गाउँपालिकास्थित सेतोगुराँस सेकेन्डरी बोर्डिङ स्कुलका शिक्षकको कुटाइबाट तीन जना छात्रा घाइते भएका छन्। शिक्षक यशुन ओझाले पाइपले कुटपिट गर्दा कक्षा दशका विद्यार्थी चन्द्रकला मगर, विभूति सुब्बा र अस्मिता मगर घाइते भएका हुन्। कक्षा कोठामा प्रश्न सोध्ने क्रममा उत्तर नदिएपछि छात्रालाई शरीरका विभिन्न भागमा कुटपिट गरिएको पीडितले बताए।

Read More

सामुदायिकबाट उत्कृष्ट

कान्तिपुरमा प्रकाशित,१३ असार, बुटवल।

बुटवलको कालिका मानव ज्ञान माविकी छात्रा सविना सुवेदीले ४ जीपीए ल्याएकी छन् । राम्रो अक्षरमा सिर्जनात्मक रूपले लेख्ने बानीका कारण अन्य साथीलाई उछिन्न सफल भएको विद्यालयका प्रधानाध्यापक घनश्याम पाठकले बताए।

Read More

१५ हजार सात सयले दिएनन् एसईई :कुन प्रदेशमा कतिले छाडे परीक्षा ?

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१२ असार, भक्तपुर।

१५ हजार ७२८ जना विद्यार्थीले एसईई परीक्षा नदिएरै विद्यालय छाडेको पाइएको छ। देशभरबाट जम्मा ४ लाख ७५ हजार ३ जना विद्यार्थीले फारम भरेपनि एसईई परीक्षामा ४ लाख ५९ हजार २७५ जनामात्र सहभागी भएको राष्ट्रिय परीक्षा बोर्डको तथ्यांकमा उल्लेख छ।

Read More

७ वर्षीया बालिकाको ३ दिन पछि उद्धार

कान्तिपुरमा प्रकाशित,११ असार भैरहवा।

तीन दिनसम्म हराइरहेकी सात वर्षीया बालिकालाई प्रहरीले बुधबार बिहान सकुशल उद्धार गरेको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका-१२ की ७ वर्षीया सावित्री थापा नामकी बालिकालाई प्रहरीले आज बिहान बुटवलको नेपालगञ्ज रोडस्थित होटेल दर्पणको कोठा नम्बर १०३ बाट उद्धार गरेको हो।

Read More

अछाममा ट्याक्टर दुर्घटना हुँदा तीन विद्यार्थीको मृत्यु, चार घाइते

नयाँ पत्रिकामा प्रकाशित,११ असार, अछाम।

अछामको चौरपाटी गाउँपालिकाको सोकटमा ट्याक्टर दुर्घटना हुँदा तीन जना विद्यार्थीको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य चार जना विद्यार्थी घाइते भएका छन् ।उनीहरु सबै दशपल्ले माविमा अध्ययनरत विद्यार्थी हुन्।

Read More

छोराबुहारी विदेशमा रहेको मौकामा ४ वर्षे नातिनीलाई जबरजस्ती करणी

रातोपाटीमा प्रकाशित,११ असार, ललितपुर ।

रक्सीको नसामा नातिनीलाई जबरजस्ती करणी गरेको आरोपमा सातदोबाटो प्रहरीले ५१ वर्षे हजुरबालाई ललितपुरको टिकाथलीबाट पक्राउ गरेको छ।

Read More

बन्दले ८० लाख विद्यार्थीको पढाइ प्रभावित

कान्तिपुरमा प्रकाशित,११ असार, काठमाडौं।

नेत्रविक्रम चन्द समूहको बन्दले मंगलबार देशभर करिब ८० लाख विद्यार्थीको पढाइ प्रभावित भएको छ । नयाँ शैक्षिक सत्र सुरु भएयता चन्द समूहले तीन पटक नेपाल बन्द र एकपल्ट शैक्षिक हडताल गरिसकेको छ । त्यसले विश्वविद्यालयका साथै सामुदायिक र निजी विद्यालयका विद्यार्थीको पढाइ बिथोलिएको छ।

Read More

बलात्कार कसुरमा ६ वर्ष कैद

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,११ असार, राजविराज।

बलात्कारको घटनामा संलग्न भएको कसूर ठहर गर्दै सप्तरी जिल्ला अदालतले आरोपित एक युवकलाई मंगलबार ६ वर्षको कैद सजाय सुनाएको छ । जिल्ला न्यायाधीश नन्दकिशोरप्रसाद यादवको इजलासले सप्तरीको बोदे बर्साइन नगरपालिका–७ मानराजाका १८ वर्षीय घुरनकुमार यादवलाई ६ वर्ष कैद सजाय तोकेको हो।

Read More

विद्यालयमै प्याडको व्यवस्था

नागरिक न्युजमा प्रकाशित,११ असार, ओखलढुंगा।

छात्राहरूलाई महिनावारीको समयमा प्रयोग गर्ने सेनेटरी प्याड विद्यालयमै व्यवस्था गरिएको छ। महिनावारीको समयमा विद्यालय नआउने छात्राहरूलाई मध्यनजर गर्दै सुनकोशी गाउँपालिका मूलखर्कस्थित चौतारा माध्यमिक विद्यालयका छात्रालाई विद्यालयमै सेनेटरी प्याडको व्यवस्था गरिएको हो।

Read More

कक्षामै यातना

कान्तिपुरमा प्रकाशित,१० असार, गोरखा।

गोरखा नगरपालिका–११ को सेन्ट जोसेफ बोर्डिङ स्कुलमा एक बालकलाई यातना दिएको दाबी गर्दै प्रहरीमा उजुरी दर्ता भएको छ । किताब नल्याएको भन्दै कक्षा ५ का १० वर्षीय श्रीयन्स श्रेष्ठलाई विज्ञान शिक्षिका मनीषा मगरले सोमबार कुटपिट गरेको पीडित पक्षको आरोप छ।

Read More

चट्याङ लागेर तीनजना बालकको मृत्यु

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१० असार, दाङ।

दाङमा चट्याङ लागेर तीन बालकको मृत्यु भएको छ। राप्ती गाउँपालिका ४ स्थित मौरीघाट मावि छेउमा रहेको जामुनाको रुखमा चढेका बेला चट्याङले तीनजनाको ज्यान लिएको हो।

Read More

दुई छोरी भए १२ सम्म निःशुल्क शिक्षा

कान्तिपुरमा प्रकाशित,१० असार, चितवन।

दुई छोरी मात्रै जन्माएर स्थायी बन्ध्याकरण गर्ने दम्पतीलाई माडी नगरपालिकाले विशेष सुविधा दिने भएको छ । दुवै छोरीलाई नगरपालिकाले माडीभित्रै १२ कक्षासम्म निःशुल्क पढाउने छ।

Read More

बिहेको निम्तोमै जन्ममिति

कान्तिपुरमा प्रकाशित,१० असार , सिरहा ।

बिहेका कार्डमा वरवधु, तिनका अभिभावक र दर्शनाभिलाषीका नामसँगै समारोह हुने मिति उल्लेख हुन्छन् । तराइमा धेरैले कार्डमा डाक्टर र इन्जिनियरजस्ता वरवधुका पेसा पनि उल्लेख गर्दा नौलो मानिँदैन । सिरहामा विवाहको निम्तो कार्डमा वरवधुका जन्ममिति पनि लेख्न सुरु भएको छ।

Read More

बालिका बलात्कार गरेको आरोपमा एक युवक प्रहरी नियन्त्रणमा

रातोपाटीमा प्रकाशित,९ असार, सिरहा ।

बालिका बलात्कारको आरोपमा सिरहा प्रहरीले एक किशोरलाई नियन्त्रणमा लिएको छ । कर्जन्हा नगरपालिका १ बन्दिपुरको जंगलमा घास काट्न गएकी १४ वर्षीय बालिकामाथि बलात्कार गरेकोे आरोपमा स्थानीय श्यामकुमार महरालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

Read More