समाचारमा बालबालिका

छुट्टाछुट्टै दुर्घटनामा दुई बालबालिकाको मृत्यु

अन्न्पूर्ण पोस्ट्मा प्रकाशित,६ जेठ, नुवाकोट ।

नुवाकोटका दुई छुट्टाछुट्टै स्थानमा दुई बालबालिकाको ज्यान गएको छ । तादी खोलामा डुबेर एक बालक र कुमरीमा लडेर एक बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

Read More

कोरोनाबाट आमा गुमाएका नाबालकको पूर्वमन्त्री बस्नेतले लिए भरणपोषण र उच्च शिक्षाको जिम्मा

ईमेज खबरमा प्रकाशित,५ जेठ, काठमाडौं ।

पूर्व सूचना तथा सञ्चारमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले कोरोनाबाट आमा गुमाएका बच्चालाई ५० हजार सहयोग गर्ने भएका  छन् । पूर्वमन्त्री बस्नेतले बच्चालाई आवश्यक पर्ने पौष्टिक आहारका लागि ५० हजार रकम सहयोग गर्ने भएका हुन् ।

Read More

बलात्कार आरोपमा पक्राउ

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,४ जेठ, कपिलवस्तु ।

किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय गणेशपुरले कृष्णनगर नगरपालिका औरहवा बस्ने २४ वर्षीय राम तिरथ यादवलाई पक्राउ गरेको जनाएको छ।

Read More

७ वर्षीया छोरीको हत्या गरी आत्महत्याको नाटक

रातोेपाटीमा प्रकाशित,८ बैशाख, पर्सा ।

छोरीको हत्या गरी आत्महत्या भनि बनावटी घटना बनाउने कार्यमा संलग्न वीरगंज महानगरपलिका(१ छप्कैयाटोल बस्ने २९ वर्षीय संजय सरार्फ भन्ने संजय कुमार साह सोनारलाई प्रहरीले पक्राउ गरेको छ ।

Read More

आधारभूत स्वास्थ्य सेवा अवरुद्ध

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,८ बैशाख, काठमाडौं ।

कोरोना भाइरसका कारण आधारभूत स्वास्थ्य सेवा प्रभावित भएको छ। लकडाउनका कारण ५० हजार बालबालिका नियमित खोप सेवाबाट वञ्चित भएका छन्। जन्मिएको १५ महिनामा १२ किसिमको खोप दिइन्छ।

Read More

र्‍यापिड टेस्ट पोजिटिभ देखिएका बालकको पीसीआर टेस्ट निगेटिभ

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,७ बैशाख, मलंगवा ।

तीन दिन अगाडि र्‍यापिड टेस्टमा पोजिटिभ देखिएका सर्लाहीको धनकौल गाउँपालिका ५ का १४ वर्षीय बालकको पीसीआर टेस्ट रिपोर्ट निगेटिभ देखिएको छ । चैत्र २३ गते भारतको राजधानी दिल्लीबाट घर आएका बालकको टेकुमा आइतबार स्वाब परीक्षण गरिएको हो। स्वाब परीक्षणमा बालकको रिपोर्ट निगेटिभ आएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक विश्वमणी पोखरेलले जानकारी दिए।

Read More

अन्योलमा छोरीको खाता

कान्तिपुरमा प्रकाशित,२३ फागुन, सुर्खेत ।

कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षदेखि सुरु गरेको ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रम कार्यान्वयनमा सुस्तता देखिएको छ । स्थानीय तह अलमलमा पर्दा र कतिपयले चासो नदिँदा यस्तो अवस्था आएको हो।

Read More

कहिले आउँछ सेनिटरी प्याड

कान्तिपुरमा प्रकाशित,२३ फागुन, ताप्लेजुङ ।

सिनाम माध्यमिक विद्यालयका प्रधानाध्यापक महेन्द्रप्रकाश गौतमले बुधबार गाउँपालिकामा सम्पर्क गरेर छात्राहरूका लागि सेनिटरी प्याड आए, नआएको सोधे । जवाफ पाए, ‘आएको छैन प्रक्रियामा छौं।

Read More

चार बालबालिका फेला

नागरिक न्युजमा प्रकाशित,२२ फागुन, प्यूठान ।

प्युठानमा दुई दिनको अवधिमा चार बालबालिका हराएको अवस्थामा फेला परेका छन्। विभिन्न कारणले बालबालिका घरबाट बाहिर आउने गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बुधबार दिउँसो २ बजे प्युठान नगरपालिका–४ बिजुवार बजारमा अन्दाजी १३ वर्षीय बोल्न नसक्ने बालक फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पोषण ढकालले बताए।

Read More

बलात्कारको आरोपमा १६ वर्षीय किशोर पक्राउ

कान्तिपुरमा प्रकाशित,२२ फागुन, सल्यान ।

शारदा नगरपालिकाकी एक १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले १६ वर्षीय किशोरलाई पक्राउ गरेको छ । बलात्कार गरेको उजुरी परेपछि प्रहरीले मंगलबार राति किशोरलाई घर नजिकैबाट पक्राउ गरेको हो ।

Read More

बालविवाहविरुद्ध घुर्नी

कान्तिपुरमा प्रकाशित,२२ फागुन, सिरहा ।

चौध वर्षको उमेरमै उनको विवाह भयो । माइतीघर सप्तरी हरिपुरबाट घलेटोल अन्माएर पठाउँदा उनलाई दुलही बनेको हेक्कै भएन । अर्काको घरमा कलिलै उमेरमा जब बुहार्तन सहनुपर्‍यो, बल्ल थाहा भयो विवाह भनेको के रहेछ भन्ने । जनवन (ज्याला मजदुरी) मा खटिनु, घरधन्दा अनि पति, सासु, जेठाजुको खटपटनमा बस्नुपर्दा निरक्षर उनलाई समस्या भयो।

Read More

बालिका झुन्डिएको अवस्थामा फेला : प्रहरीले गर्‍यो उद्धार

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२२ फागुन, दोलखा ।

उत्तरी दोलखाको विगु गाउँपालिका-२, ओराङको चामटाङमा १३ वर्षीय बालिका झुन्डिएको अवस्थामा जिवितै फेला परेकी छन्। विगु गाउँपालिका–२, ओराङककी कुमारी मगरलाई रुखमा झुन्डिएको अवस्थामा बुधबार अपरान्ह करिब ३ बजे फेला पारिएको सिंगटी प्रहरीले जनाएको छ।

Read More

बैतडीमा फेरि चितुवा आतंक, १५ बर्षीय बालकमाथि आक्रमण

थाहा खबरमा प्रकाशित,२२ फागुन, बैतडी ।

गएको ८ बर्षमा २४ जनाको ज्यान लिइसकेको चितुवाले बैतडीको तल्लोस्वराडमा फेरि आतंक मच्चाउन सुरू गरेको छ। चितुवाको आक्रमणबाट गएराती एक बालक घाइते भएका छन्। शिवनाथ गाउँपालिका ४ खडितका १५ वर्षीय हर्कबहादुर साउद चितुवाको आक्रमणमा परि घाइते भएका हुन्।

Read More

घरबाट सबै सामान निकालियो, बालक आगोमै डढे

थाहा खबरमा प्रकाशित,२१ फागुन, सल्यान ।

आगोले जलेर सल्यानमा एक बालकको ज्यान गएको छ। जिल्लाको शिद्धकुमाख गाउपालिका वडा नं. १ बाँझकाँडाका रत्नलाल बुढाथोकीका ११ बर्षीय छोरा दुर्गा बहादुर बुढाथोकीको ज्यान गएको हो।

Read More

प्रधानाध्यापक नै सधैं गयल

कान्तिपुरमा प्रकाशित,२१ फागुन,बागलुङ ।

ढोरपाटन–८ सेरावाङस्थित नमुना प्राविमा दुई वर्षअघिसम्म डेढ सयभन्दा बढी विद्यार्थी पढ्थे । बालविकास केन्द्रमा अरू २५ जना थिए । एक मात्र शिक्षक भएकाले बालविकासकी सहयोगी कार्यकर्तासहित निजी स्रोतका शिक्षक राखेर पढाइन्थ्यो।

Read More

अज्ञात रोगले गाउँ नै थला

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२० फागुन, डोल्पा ।

अज्ञात रोगले गाउँ नै थला परेको छ। त्रिपुरासुन्दरी नगरपालिका–१ स्थित करेलीकाँडा गाँउमा अज्ञात रोगको संक्रमण फैलिएको हो। गाउँका ४० जनाभन्दा बढी बिरामी भएका छन्। गाउँका सबै परिवारमा एक जना बिरामी रहेको स्थानीय सुवास लामाले जानकारी दिए।

Read More

भर्ना अभियानमा गएका विद्यार्थीको लडेर हात भाँचियो

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२० फागुन, डोल्पा ।

विद्यार्थी भर्ना अभियानको र्‍यालीमा गएका एकजना विद्यार्थीको लडेर हात भाँचिएको छ।मुड्केचुला गाउँपालिका ५ मा रहेको डाँफे आधारभूत विद्यालयले नयाँ शैक्षिक सत्रको भर्ना अभियानमा लिएका एक विद्यार्थीको लडेर हात भाँचिएको हो।

Read More

कुपोषणबाट जोगाउन बच्चालाई अन्डा

नागरिक न्युजमा प्रकाशित,१९ फागुन, रसुवा ।

रसुवाको उत्तरगया गाउँपालिका–५ कैदलटारकी लक्ष्मी पौडेल आफू र आफ्नो बच्चाको स्वास्थ्यप्रति निकै सचेत छिन्। उनले आफ्नो बच्चालाई ६ महिना स्तनपान मात्र गराइन्। त्यसपछि दूधसँगै खाना थपेर अन्डासमेत मिसाएर खुवाउन थालिन्। ‘बच्चाले दिनहुँ अन्डाको एकैखालको परिकार खान मान्दैन,’ उनले भनिन्, ‘त्यसकारण विभिन्न परिकार बनाएर खुवाउँछु।’ कहिलेकाहीं बच्चालाई अमलेट खुवाउने उनले कहिलेकाहीं भने केराको खीरमा उसिनेको अन्डा मिसाएर दिने गरेकी छन्।

Read More

निजी स्कुल छाडेर सरकारीतिर

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१९ माघ, भोजपुर ।

सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइँदैन। अभिभावकहरू केही भए पनि बालबालिका अंग्रेजी जानोस्, सिकोस्, बोलोस् भन्ने चाहन्छन्। अंग्रेजी माध्यम र पाठ्यक्रमअनुरूप सीप सिकाइ अभावले बर्सेनि सरकारी विद्यालयको शैक्षिक गुणस्तर पनि खस्किँदो छ। जसले अभिभावक र विद्यार्थीलाई वितृष्णा जगाएको छ। पछिल्ला वर्षयता अंकभारले सरकारीभन्दा राम्रै नतिजा ल्याउन् भनेर महँगो खर्चेर बालबालिकालाई बोर्डिङ स्कुलमा पठाउने प्रचलनजस्तै बनेको छ।

Read More

रोकिएन बालविवाह, बढ्दै किशोरी आमा

नागरिक न्युजमा प्रकाशित,१९ फागुन, रोल्पा ।

फगाम स्वास्थ्य चौकीमा भेटिएकी तिर्सना विक २० वर्ष पुग्न लागिन्। १६ वर्षकै उमेरमा बिहे गरेकी तिर्सनाको काखमा डेढ वर्षको बच्चा छ। झट्ट हेर्दा उनलाई आमा भनेर पत्याउन मुस्किल पर्छ। ‘हाम्रो यतातिरको चलन यस्तै छ। पढेर ठूलो मान्छे बनेको कोही छैन। पढ्नुपर्छ भनेर पनि कसैले भनेनन्,’ उनले भनिन्, ‘सानैमा बिहे गर्नुहुँदैन भनेर कसले सम्झाउने ?

Read More