समाचारमा बालबालिका

बालिकालाई यौनजन्य हिंसा गर्ने शिक्षक पक्राउ

https://ekantipur.com/pradesh-4/2021/02/17/161356279907978975.html  फाल्गुन ५, २०७७

म्याग्दी — मालिका गाउँपालिकाकी १० वर्षीया बालिकालाई यौनजन्य हिंसा गरेको आरोपमा सोही ठाउँमा कार्यरत ५५ वर्षका शिक्षक पक्राउ परेका छन् ।

भारतको दार्जिलिङ घर भइ दरबाङको एक निजी विद्यालयमा पढाउँदै आएका प्रकाश लामामाथि माघ २४ मा बाटोमा खेल्दै गरेकी बालिकालाई आफ्नै कोठामा बोलाएर बालिकाको यौनांग औंलाले चलाई अनुचित यौन हिंसा गरेको आरोप लागेको हो ।

Read More

विद्यार्थीमाथि निर्घात कुटपिट गर्ने शिक्षक पक्राउ

https://www.setopati.com/social/229748  फागुन ६

कम नम्बर ल्याएको भन्दै निर्घात रूपमा विद्यार्थी कुटपिट गर्ने शिक्षक पक्राउ परेका छन्।

जिल्लाको राजपुर गाउँपालिका वडा नं. ७ स्थित माध्यामिक विद्यालय सिक्टामा गणित र विज्ञान विषय पढाउँदै आएका राहात कोटाका शिक्षक हेमराज बिक पक्राउ परेका हुन्। 

Read More

'मेरी छोरीलाई शिक्षकले कुटेजसरी त हामी पशुलाई पनि चुट्दैनौं'

https://www.setopati.com/social/229325  फागुन २

केही दिनअघि दाङको लमही नगरपालिका-९ तेलियाकी शर्मिला कुमालले आमासँग पैसा मागिन्। राजपुर गाउँपालिका-७ स्थित माध्यमिक विद्यालय सिक्टाकामा १० कक्षामा पढ्ने शर्मिलाले आमासँग जरूरी काम परेको भनेर पैसा मागेकी थिइन्।

उनको कुनै जरूरी काम परेको थिएन बरू विद्यालयमा शिक्षकले पिटेको चोटको पिडा सहन नसकेपछि बहाना बनाएर आमासँग पैसा मागेकी थिइन्। 

गणित र विज्ञान पढाउने शिक्षक हेमराज विकको कुटाइले बजार गएर उनले ७ सय ५५ रुपैयाँका औषधी किनेर खाएकी थिइन्। 

Read More

बलात्कृत बालिकाले मानसिक सन्तुलन गुमाइन्

https://ratopati.com/story/167943/2021/2/14/child-rape फागुन २, २०७७

गुल्मी । केहीदिन अघि गुल्मीमा बलात्कृत १२ वर्षीया बालिकाले मानसिक सन्तुलन गुमाएकी छन् । गत माग २६ गते साँझ गुल्मीको मदाने गाउँपालिका वडा नम्बर ४, म्यालपोखरीमा मालिका गाउँपालिका वडा नम्बर ४, अर्खबाङ्ग निवासी २९ वर्षीय जगतबहादुर रानाले ती बालिकालाई बलात्कार गरेका थिए । राना हाल प्रहरीको नियन्त्रणमा छन् ।

 

Read More

मोरङमा परीक्षा दिन गएकी किशोरी सम्पर्कविहीन

https://www.onlinekhabar.com/2021/02/931160  २०७७ फागुन २

२ फागुन, विराटनगर । परीक्षा दिन गएकी एक किशोरी एक सातायता सम्पर्कविहीन भएकी छन् । मोरङको सुन्दरहरैचा नगरपालिका–४ कि १५ वर्षीया सविना दर्जी माघ २५ मा परीक्षा दिन गएपछि घर फर्किएकी छैनन् ।

स्थानीय साजिलाल माध्यमिक विद्यालयमा १० कक्षामा पढ्ने उनी विहान करिब साढे १० बजे परीक्षा दिन गएकी थिइन् । बुबा सुबास दर्जीका अनुसार सविनाले मोबाइल बोक्दिनन् । सामाजिक सञ्जाल पनि चलाउदिनन् । विद्यालयमा गएर साथी र आफन्तसँग सोधीखोजी गर्दा केही कतै नभेटिएको उनले बताए ।

Read More

आगलागीमा घाइते बालकको मृत्यु

https://ekantipur.com/pradesh-6/2021/02/12/161313901305379194.html माघ ३०, २०७७

मुगु — सोरु गाउँपालिका–२ नार्थपु गाउँमा आगलागीमा परेर घाइते भएका एक बालकको मृत्यु भएको छ ।

गत माघ २७ गते घर नजिकै धानको परालमा सल्किएको आगोमा परेर सोही वडाका देविलाल बुढाको ५ वर्षीय छोरो कविराज बुढाको मृत्यु भएको छ भने हरिबहादुर शाहीका छोरो ४ वर्षीय डिल्ली शाही घाइते भएका थिए ।

Read More

धनुषामा बालिका बलात्कार आरोपमा २ पक्राउ

https://ekantipur.com/pradesh-2/2021/02/12/161313174719099193.html  माघ ३०, २०७७

जनकपुरधाम — धनुषामा बालिका बलात्कारको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । १३ वर्षीया बालिकालाई पटक-पटक बलात्कार गरी गर्भवती बनाएको आरोपमा शम्भु भनिने ओमनारायण यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

बालिका बलात्कार गर्न यादवलाई सहयोग गर्ने मुस्कान खातुनलाई समेत प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार मुस्कान खातुनले बालिकालाई आफ्नै कोठामा बोलाएर विभिन्न प्रलोभन र डर देखाएर यादवबाट बलात्कार गर्न लगाएका थिए । खातुन लक्ष्मीनियाँमा कोठा भाडामा लिएर बस्दै आएकी थिइन् ।

Read More

पिसाब फेर्न निस्कँदा किशोरी बलात्कृत

https://ekantipur.com/news/2021/02/11/161300752255119882.html  माघ २९, २०७७

मोरङ — जहदा गाउँपालिका–१ की १४ वर्षीया किशोरीलाई दुई युवाले अपहरण गरी बलात्कार गरेका छन् ।

किशोरी पिसाब फेर्न सोमबार राति ९ः३० बजेतिर घरबाट बाहिर निस्केको मौका छोपी मोटरसाइकलमा छिमेकी टोलबाट आएका जितेश यादव र अजय बैठाले नियन्त्रणमा लिई भेडियारी नजिक मकैबारीमा पुर्‍याएर बलात्कार गरेको प्रहरीले जनाएको छ । ‘उनीहरूले मुख थुनेर मकैबारीमा पुर्‍याए,’ पीडित किशोरीले प्रहरीलाई भनेकी छन्, ‘मार्ने धम्की दिँदै जबर्जस्ती गरे ।’

 

Read More

बेपत्ता दुई बालक भेटिएनन्

https://ekantipur.com/pradesh-1/2021/02/11/161301088006072683.html माघ २९, २०७७

सुनसरी — धरान–८ बरगाछीस्थित सहिद स्मृति माविमा कक्षा ५ मा पढ्ने १२ र ११ वर्षीय दुई बालक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा धरान–१५ दशरथपथका संकल्प लिम्बू र बरगाछीका सुन्दर तामाङ छन् । माघ २६ गते दिउँसो करिब ३ बजेदेखि उनीहरू सम्पर्कविहीन भएको संकल्पका बाबु जितबहादुर लिम्बूले बताए ।

 

Read More

क्याम्पस हिँडेका किशोर दुई दिनदेखि बेपत्ता

https://www.onlinekhabar.com/2021/02/930089 २०७७ माघ २८

२८ माघ, तनहुँ । तनहुँको व्यास नगरपालिका–४ सिमलटार बस्दै आएका १७ वर्षीय ईश्वर क्षेत्री सोमबार बिहान क्याम्पस जान भनेर घरबाट निस्किए। आदिकवि भानुभक्त क्याम्पसमा कक्षा ११ मा अध्ययनरत ईश्वरको मङ्गलबार परीक्षा थियो । क्याम्पस जान हिँडेका उनी क्याम्पस पुगेनन् ।

सिमलटारस्थित मामाघर बसेर पढ्दै आएका ईश्वर बेलुका अबेरसम्म घर फर्किएनन् । घर नफर्किएपछि ईश्वरका दाजु सन्तोषले साथीभाइलाई सम्पर्क गरे । बिहान क्याम्पस पनि नगएको र साथीभाइको सम्पर्कमा पनि नरहेको पत्ता लागेपछि सन्तोषले भाइ हराएको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा खबर गरे ।

Read More

दुई जिल्लामा एकै नाम गरेका दुई पुरुषबाट दुई किशोरी बलात्कृत

https://ratopati.com/story/167314/2021/2/10/rape-gulmi-and-palpa- माघ २८, २०७७

गुल्मी र पाल्पामा दुई जना किशोरी एउटै नाम भएका दुई पुरुषबाट बलात्कारको शिकार भएको खुलासा भएको छ । गुल्मीको ईस्मा गाउँपालिका वडा नम्वर ४ दोहली घर भएका २३ वर्षीय दीपक नेपालीले १६ वर्षीया किशोरीलाई माघ १८ गते जवरजस्ती करणी गरेको गुल्मीका प्रहरी प्रवक्ता डिएसपी पुरुषोतमप्रसाद पाण्डेले जानकारी दिए ।

Read More

स्कुलबाट फर्कँदै गरेकी छात्रालाई चक्कु देखाएर होटल लगेर बलात्कार प्रयास !

http://annapurnapost.com/news/174793 २७ माघ २०७७

नेपालगन्ज : बाँकेमा एक १५ वर्षीया छात्रामाथि विद्यालयबाट फर्कँदै गर्दा होटलमा लगेर बलात्कारको प्रयास भएको छ। 

नेपालगन्ज उपमहानगरपालिकाको एक सामुदायिक विद्यालयको ९ कक्षामा पढ्ने छात्रा घर फर्कंदै गर्दा स्थानीय युवाले आफूसँग नगए चक्कु देखाएर मार्ने धम्की दिँदै नेपालगन्ज बसपार्कस्थित एक होटलमा लगेर बलात्कारको प्रयास गरेकोपीडित परिवारले जनाएको छ। 

Read More

अनि उनले मृत्यु रोजिन्

http://annapurnapost.com/news/174753  २७ माघ २०७७

सिन्धुली : दुई सन्तानसहित घरबाट निस्केकी एक महिला चार दिनपछि सुनकोसी नदीकिनारमा मृत भेटिएकी छन्। उनले सँगै लगेका १३ वर्षीया छोरी र ८ वर्षीय छोरा भने अझै बेपत्ता छन्।

यही घटनाले सिन्धुलीको गोलन्जोर गाउँपालिका—१ डुँडभन्ज्याङ गाउँ शोकमा डुबेको छ। चरम गरिबी सहन नसकेर स्थानीय देवकी नेपाली छोरी सुस्मिता र छोरा सुजनसहित घरबाट बाहिरिएकी थिइन्। मजदुरी गरेर सन्तानको हेरचाह र हातमुख जोर्दै आएकी ३३ वर्षीया देवकीको शव सुनकोसी नदीमा डुबेर मृत अवस्थामा भेटिएको हो। 

Read More

एकैसाथ दुई बालिकालाई जबर्जस्ती गरेको आरोपमा पक्राउ

https://ratopati.com/story/166955/2021/2/7/arrest माघ २५, २०७७

महोत्तरी । महोत्तरीको एकडारा गाउँपालिका–४ चकवा गाउँमा एकैसाथ दुई बालिकामाथि जबर्जस्ती करणी उद्योग गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एकडारा–४ बस्ने ४७ वर्षीय पुरन राउत रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश बिष्टले बताए ।

Read More

बलात्कारपछि किशोरी बेहोस

http://annapurnapost.com/news/174754 २७ माघ २०७७

विराटनगर : नसालु पदार्थ खुवाएर बलात्कार गरिएका कारण बेहोस अवस्थामा बाटोमा भेटिएकी युवतीको कोसी अस्पताल विराटनगरमा उपचार भइरहेको छ। १७ वर्षीया ती किशोरीलाई शुक्रबार बेलुकी कोसीमा भर्ना गरिएको हो।  उपचारमा संलग्न चिकित्सकले पनि मदिरासँगै नसालु पदार्थ खुवाएर लठ्याउँदै बलात्कार गरिएका कारण किशोरीको स्वास्थ्यमा समस्या आएको जानकारी प्रहरीलाई दिएका छन्। बलात्कारका कारण लागेको चोटसँगै किशोरीको अत्यधिक रक्तस्राव भएको पाइएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

Read More

बिहारमा नेपाली किशोरीको बलात्कारपछि हत्या

https://ekantipur.com/news/2021/02/09/16128334187023600.html  माघ २७, २०७७

नयाँदिल्ली, बर्दिया — भारतको बिहार राज्यस्थित पश्चिम चम्पारण जिल्लामा नेपाली किशोरीको बलात्कारपछि हत्या भएको छ । प्रमाण लुकाउन उनको शवसमेत जलाइएको घटना ढिलो गरी सार्वजनिक भएको हो ।

बर्दियाको बारबर्दिया नगरपालिका–३ की १२ वर्षीया सुमित्रा विकको ११ जनाले सामूहिक बलात्कारपछि हत्या गरेर जलाएको जानकारी पाएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी हेम शाहीले बताए । घटना नेपाल–भारत सीमानजिक कुन्डवा चैनपुरमा भएको हो । किशोरी चैनपुर बजारमा परिवारसँग बस्दै आएकी थिइन् । त्यहाँ उनका बाबु चौकीदारी गर्दै आएका थिए । किशोरीका भिनाजु नवलसिंह विकका अनुसार उक्त घटना २१ जनवरीको हो ।

Read More

बालिका विद्यालयमै बलात्कृत, किशाेर पक्राउ

https://ekantipur.com/pradesh-4/2021/02/08/161276329663753801.html  माघ २६, २०७७

गोरखा — एक कक्षामा पढ्ने ४ वर्षीया बालिकालाई बलात्कारको आरोपमा ६ कक्षामा पढ्ने १३ वर्षीय किशोर पक्राउ परेका छन् ।

गत मंगलबार विद्यालयको शौचालयमा बालिकालाई बलात्कार गरेको भन्दै पीडितका आफन्तले प्रहरीमा किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले बताए । सोही जाहेरीका आधारमा आरोपितलाई पक्राउ गरी जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको उनले बताए ।

Read More

रुखबाट लडेर बालिकाको मृत्यु

https://ekantipur.com/pradesh-6/2021/02/06/1612600061044689.html माघ २४, २०७७

सल्यान — शारदा नगरपालिका ४ साइलाकम्तमा रुखबाट लडेर १२ वर्षीया बालिका टीका रावतको मृत्यु भएको छ । घाँस काटने क्रमममा हाँगाबाट चिप्लिएर बालिका रावत रुखबाट लडेकी थिइन् ।

Read More

कैलालीमा माटोको ढिस्कोले पुरिएर तीन महिलाको मृत्यु

http://annapurnapost.com/news/174620 २४ माघ २०७७

टीकापुर : कैलालीको सुदूरपूर्वी जानकी गाउँ पालिका वडा नं. ९ पूर्वी खैरीफाँटामा माटोको ढिस्कोले पुरिएर तीन जनाको मृत्यु भएको छ। घर लिपपोतका लागि माटो लिन गएका पूर्वी खैरीफाँटाका २० वर्षीया भावना ओड, ३१ वर्षीया गंगा जैगडी र १७ वर्षीया धनसरी वि.क.को घटनास्थलमै मृत्यु भएको हो। 

Read More

निर्मला पन्त हत्या प्रकरण सम्झाउने बैतडीको विभत्स घटना

https://www.onlinekhabar.com/2021/02/929406 २०७७ माघ २४ 

२५ माघ, काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका-७ (कतोला) चडेपानीकी १७ वर्षीया भागरथी भट्ट सिर्कोटस्थित सनातल धर्म माध्यमिक विद्यालयमा वाणिज्य संकायमा कक्षा १२ मा पढि्थन् । घरबाट स्कुल पुग्न झण्डै एकघण्टा जंगलको बाटो हिँड्नुपर्छ । यद्यपि स्कुल जाँदा-आउँदा साथीहरु हुन्थे ।

बुधबार २ बजे पढाइ सकेर उनी स्कुलबाट हिँडिन् । तर, अरु दिनजस्तो उनी घर पुगिनन् । स्कुलबाट छुटेका साथीहरुले हामी कपाल काटेर आउँछौं, तिमी हिँड्दै गर भनेका थिए । हुन्छ भनेर हिँडेकी उनी घर नआएपछि आमा द्रोपतीले हारगुहार गरिन्, खोजीमा जुटिन् । तर, भागरथीको अत्तोपत्तो भएन ।

Read More