समाचारमा बालबालिका

साढे तीन लाख बालबालिकाको छैन विद्यालयसम्म पहुँच

नयाँ पत्रिकामा प्रकाशित,१४ चैत्र, काठमाडौं ।

नयाँ विद्यालय भर्ना, कक्षा थालनी र विद्यालय परिवर्तन गर्ने समयको आगमनसँगै अभिभावक आफ्ना छोराछोरीलाई गुणस्तरीय शिक्षा दिन राम्रा शैक्षिक संस्थाको खोजीमा छन् । तर, नेपालमा लाखौँ यस्ता बालबालिका छन्, जसको पहुँच कुनै विद्यालयसम्म पनि छैन ।

Read More

६ वर्षीया बालिकालाई गोबर खुवाइयो

कान्तिपुरमा प्रकाशित,१३ चैत्र, नेपालगन्ज ।

 पानी तान्ने मोटर बिगारेको भन्दै छ वर्षीया बालिकालाई रांगाको गोबर खुवाएको आरोपमा एक महिला पक्राउ परेकी छन् । कोहलपुर नगरपालिका ४ की ५० वर्षीया गीता परियारले ६ वर्षीया सरिता बुढालाई गोबर खुवाएको आरोप छ । परियारलाई कोहलपुर ईलाका प्रहरीले पक्राउ गरेको छ ।

Read More

खोटाङमा बढ्यो बालविवाह

नागरिक न्युजमा प्रकाशित,१३ चैत्र, खोटाङ ।

दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खाकी कक्षा ९ मा अध्ययनरत १७ वर्षीया फूलमाया भुजेल (परिवर्तित नाम) को फागुन २६ गते विवाह भयो। विद्यार्थीबाटै विरोध आएपछि छात्राको पढाइलाई निरन्तरता दिने र उमेर नपुगेसम्म बच्चा नजन्माउने सर्तमा वैवाहिक कार्यक्रम अघि बढेको थियो।

Read More

गुल्मीमा आठ महिनामा ९८ महिला तथा बालबालिका हराए

नयाँ पत्रिकामा प्रकाशित,१३ चैत्र, गुल्मी ।

रेसुंगा नगरपालिका १२ की २७ वर्षीया सकुन्तला घर्तीका श्रीमान् रोजगारीका लागि विदेशमा छन् । घरको जिम्मेवारी सम्हालेर बसेकी सकुन्तला १४ फागुनबाट परिवारको सम्पर्कमा छैनन् । एउटा छोरा घरमै छाडेर हिँडेकी सकुन्तलाको अहिलेसम्म अत्तोपत्तो छैन ।

Read More

सुधार गृहबाट भागेका किशोर पक्राउ

कान्तिपुरमा प्रकाशित,१३ चैत्र, पोखरा ।

सराङकोटस्थित बालसुधार गृहबाट भागेका एक किशोर १० दिनपछि पक्राउ परेका छन् । जबर्जस्तीकरणी मुद्दामा दाङबाट पोखराको सराङकोटस्थित सुधारगृह ल्याएका १४ वर्षीय किशोर मंगलबार स्याङ्जाको आँधीखोला गाँउपालिका–५ जुग्लेबाट पक्राउ परेका हुन। 

Read More

सुर्खेतमा एसईईको परीक्षा दिन आएकी छात्रा मृत फेला

उज्यालो अनलाइनमा प्रकाशित,१३ चैत्र, सुर्खेत ।

सुर्खेतमा एसईई परीक्षा दिइरहेकी एक छात्रा मृत फेला परेकी छन् । पञ्चपुरी नगरपालिका – ३ की गौरीकला रोकाय मंगलबार बिहान मृत अवस्थामा फेला परेकी हुन् ।

Read More

५ वर्षीय बालिकाको हत्या

कान्तिपुरमा प्रकाशित,१२ चैत्र, पोखरा ।

पोखराको सभागृह टोलमा मृत भेटिएकी ५ वर्षीया बालिकाको हत्या भएको खुलेको छ । नजिकै रहेको एक ग्यारेजमा कार्यरत १४ वर्षीय बालकले पाल्पा घर भई पोखरामा खाजाघर संचालन गर्दै आएकी आमासंग बस्ने ५ वर्षीय बिहानी थापामगरको हत्या गरेको प्रहरीले जनाएको छ ।

Read More

आगलागीबाट एक बालकको मृत्यु

नागरिक न्युजमा प्रकाशित,१२ चैत्र, इनरुवा ।

सुनसरीको कोशी गाउँपालिका–१ लौकहीमा गएराति आगलागीमा परी एक बालकको मृत्यु भएको छ। स्थानीय विन्देश्वर मरिकको घरमा आगलागी हुँदा उनका १२ वर्षीय छोरा सुरज मरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। 

Read More

कक्षा एकमा भर्ना हुने घटे

नागरिक न्युजमा प्रकाशित,१२ चैत्र, काठमाडौं ।

सरकारले विद्यालय उमेरका सबै बालबालिकालाई विद्यालयभित्र ल्याउने उद्देश्यसाथ बर्सेनि वैशाख १ गतेदेखि भर्ना अभियानै सुरु गर्छ। अभियानअन्तर्गत स्कुलहरूले विभिन्न कार्यक्रम गरी नानीहरूलाई सकेसम्म स्कुलमा भर्ना गराएर पढाउने लक्ष्य हुन्छ।

Read More

छात्रालाई दुर्व्यवहार गर्ने शिक्षक पक्राउ

कान्तिपुरमा प्रकाशित,१२ चैत्र, म्याग्दी ।

छात्रालाई दुर्व्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा रघुगंगा गाउँपालिका ७ चिमखोलाको अमर माद्यमिक विद्यालयका शिक्षक गंगाधर आचार्य रहेको प्रहरीले जनाएको छ।

 

Read More

१२ वर्षीया गर्भवती छोरीको जीवन बचाइदिन आग्रह

नागरिक न्युजमा प्रकाशित,११ चैत्र, ताप्लेजुङ ।

१२ वर्षीया आफ्नी छोरीको पेटमा जबरजस्ती करणीका कारण गर्भ रहेपछि चिन्तित ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा अस्थायी बसोबास गर्ने सरस्वती राई९नाम परिवर्तन०ले छोरीको सहज उपचार गरी जीवन बचाइदिन याचना गरेकी छिन् ।

Read More

रुखले च्यापिएर बालकको मृत्यु

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,११ चैत्र, अछाम ।

अछाममा आइतबार रुखले च्यापिएर एक बालकको मृत्यु भएको छ । जिल्लाको मेल्लेख गाउँपालिका ४ कुस्कोटको तोलीगाउँका करन साउदका १२ वर्षीय छोरा विवेक साउदको रुखले च्यापिएर मृत्यु भएको हो ।

Read More

बालविवाहले विद्यालय छाड्दै

कान्तिपुरमा प्रकाशित,१० चैत्र, पाल्पा ।

सदरमुकामबाट ४० किलोमिटर पश्चिमको महाकाली मावि मेहल्ढापमा चालु शैक्षिक वर्षमा चार छात्र र पाँच छात्राले विवाह गरे । कक्षा ९ र १० मा पढ्दै गरेका उनीहरूको उमेर १५ र १६ वर्षमात्रै छ । उनीहरूमध्ये एक मात्र विद्यार्थीले पुनस् अध्ययन गर्न आएकी छन् ।

 

Read More

एकैसाथ दुई बालक बेपत्ता, खोजीका लागि आग्रह

उज्यालो अनलाइनमा प्रकाशित,९ चैत्र, नवलपरासी ।

नवलपरासीको मध्यविन्दु नगरपालिकाबाट दुई जना बालक वेपत्ता भएका छन् । मध्यविन्दु नगरपालिका- १३ मैनाघाट घर भएका १४ वर्षका तुलविर वयम्बु र टेक बहादुर राना गएको फागनु १५ गतेबाट वेपत्ता भएका हुन् ।

Read More

किशोरी बलात्कार गर्ने ट्यांकर चालक पक्राउ

थाहा खबरमा प्रकाशित,९ चैत्र, तेह्रथुम ।

तेह्रथुमको आठराई गाउँपालिकामा एक किशोरीलाई बलात्कार गरेको आरोपमा ट्यांकर चालक पक्राउ परेका छन् । सुस्तः मनस्थिति भएकी १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा सुर्खेत जिल्ला गुर्वाकोट नगरपालिका–३ का १९ वर्षीय प्रेम खड्कालाई पक्राउ गरिएको होे। 

Read More

छात्रामैत्री छैनन् शौचालय

कान्तिपुरमा प्रकाशित,९ चैत्र, लमजुङ ।

एसईई परीक्षामा सहभागी परीक्षार्थीका लागि हरेक केन्द्रमा २ अस्थायी शौचालय बनाइएको छ । महिला, पुरुष वा छात्रा, छात्राका छुट्टा–छुट्टै कच्ची शौचालय छन् । जिल्लाका १८ वटै केन्द्रमा पुराना बाँसका घोचा गाढेर पुराना जस्ता प्रयोग गरी बोरा तथा कागजका कार्टुनले बारेर अस्थायी शौचालय बनाइएको छ । 

Read More

बालविवाह रोक्दै बालबालिका

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,९ चैत्र, जाजरकोट / रुकुम ।

२८ फागुनमा जाजरकोटको भेरी नगरपालिका–११ जगतीपुरकी १४ वर्षीया विमला विश्वकर्मा र सोही गाउँपालिका–८ भुरका १७ वर्षीय सन्देश विश्वकर्माको बिहे स्थानीय बालबालिकाकै पहलमा रोकियो।

Read More

साथीलाई बचाउन खोज्दा मृत्यु

कान्तिपुरमा प्रकाशित,९ चैत्र, सल्यान ।

बन्गाडकुपिण्डे नगरपालिका १२ का १७ वर्षीय प्रकाश परियारको शारदा खोलामा बगेर मृत्यु भएको छ । उनी कालिमाटी गाउँपालिका–३ राजीगाउँ नजिकैबाट खोलामा बगेका हुन् ।

Read More

१२ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

उज्यालो अनलाइनमा प्रकाशित,८ चैत्र, ताप्लेजुङ ।

ताप्लेजुङमा १२ वर्षकी बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरी एक युवकलाई पक्राउ गरेको छ । पाँचथरको हिलिहाङ गाउँपालिका–७, स्थायी घर भएर ताप्लेजुङको फुङलिङ नगरपालिका–२, मा बस्दै आएका ३३ वर्षीय रामकुमार राईले १२ वर्षकी बालिका (नाम परिवर्त सविना) लाई जवरजस्ती करणी गरेको जाहेरीका आधारमा पक्राउ गरेको प्रहरी प्रमुख डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिनुभयो ।

Read More

आजबाट एसईई

कान्तिपुरमा प्रकाशित,८ चैत्र, काठमाडौँ ।

आजबाट देशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षामा ७७ वटै जिल्लाका एक हजार ९ सय ५६ केन्द्रमा ४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थी सहभागी हुँदैछन् । जसमा नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ र एक्जाम्टेडतर्फ २४ हजार ७१ छन् ।

Read More