A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionj0qcl8n6t607rdge2rqf05b1dsciun96): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बजेटअनुसार भएन काम, बालबालिकाले पाएनन् दिवा खाजा

जिल्ला शिक्षा कार्यालयले चलाएको दिवा खाजा कार्यक्रम टुंगोमा पुग्न सकेको छैन। शिक्षाका क्षेत्रमा राज्यको ठूलो लगानी भए पनि यसको उपयुक्तरूपमा उपयोग भएको छैन। काठमाडौं जिल्ला शिक्षा कार्यालयले २०७४ सालबाट काठमाडौंभित्रका २६ विद्यालयमा दिवा खाजाको व्यवस्थालाई लागू गरेको थियो। तर, अहिलेसम्म पनि ती विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि दिवा खाजाको व्यवस्था हुन सकेको छैन। विद्यालयमा विद्यार्थीको नियमित सहभागीता र उपस्थिति होस् भन्ने उद्देश्यले सरकारले दिवा खाजा प्रयोजनलाई सञ्चालन ल्याएको थियो। कार्यालयले यसका लागि पहिला नै विभिन्न २२ सीमान्तकृत जातीका विद्यार्थी तोकेको थियो। प्रत्येक विद्यार्थीलाई प्रत्येक दिन १५ रुपैयाँ र वर्षभरिमा १८० दिनको लागि खाजाको रकम दिनेगरी बजेट विनियोजनसमेत गरेको थियो। जिल्ला शिक्षा कार्यालयले २६ विद्यालयमा दिवा खाजाको लागि तीन लाख ६७ हजार रुपैयाँ पठायो तर धेरैजसो विद्यालयमा रकम नै पुगेन। टोखास्थित मनोहर माध्यमिक विद्यालयका प्राचार्य वासुदेव अधिकारीले दिवा खाजाका लागि अहिलेसम्म पैसा उपलब्ध नभएको बताए। ‘विद्यालयमा सरकारले दिवा खाजाको व्यवस्था गरिदिने भनेको पहिलेदेखि नै सुन्नमा आएको छ,’ उनले भने, ‘अहिलेसम्म सरकारले हामीलाई कुनै रकम उपलब्ध गराएको छैन, केही समयपछि एउटा संस्थाले व्यवस्था गर्ने भन्ने पनि सुन्नमा आएको छ, तर के,कुन संस्था भन्ने थाहा छैन, यसलाई आधिकारिक मान्न सकिँदैन।’ तर रकम विनियोजन गर्दा  यस विद्यालयमा १ कक्षादेखि ५ कक्षासम्मका पाँच विद्यार्थीलाई दैनिक १५ रुपैयाँको दरले खाजाको व्यवस्था गर्ने भन्दै  १३ हजार पाँच सय रकम निकासा भएको छ। खाजाका लागि एक रुपैयाँ पनि आएको छैन दिवा खाजाको व्यवस्थामा छनोट भएको लैनचौरस्थित शान्ति विद्यागृह माध्यमिक विद्यालयमा पनि जिल्ला शिक्षा कार्यालयले निकासा गरेको १० हजार आठ सय रुपैयाँ अझै पुगेको छैन। ‘सरकारका कुनै ठाउँबाट पनि दिवा खाजाका लागि भन्दै विद्यालयमा रकम आएको छैन,’ विद्यालयका शिक्षक कमल काफ्लेले भने, ‘हामीले कक्षा पाँचसम्मका विद्यार्थीको लागि विद्यालयमार्फत दिवा खाजाको व्यवस्था गरेका छौं।’ सरकारले दिवा खाजाको व्यवस्था गर्ने भन्दै आए पनि विद्यालयमा एक रुपैयाँ रकम उपलब्ध नगराएको उनले बताए। बालाजुस्थित तरुण माध्यमिक विद्यालयमा दिवा खाजाको व्यवस्थाका लागि कार्यालयले पाँच विद्यार्थीका लागि १३ हजार पाँच सय रुपैयाँ रकम निकासा गरेको छ तर विद्यालयमा रकम भने पुग्न सकेको छैन। प्राचार्य प्रमिला काफ्ले भन्छिन्, ‘सरकारले पाँच कक्षासम्मका विद्यार्थीको लागि दिवा खाजाको व्यवस्था गर्ने भनेको छ, तर रकम आजसम्म आएको छैन।’ जिल्ला शिक्षा कार्यालयले दिवा खाजाको व्यवस्था गर्ने भन्दै बजेट विनियोजन गर्यो, २६ सामुदायिक विद्यालय पनि छनोट गर्यो तर उल्लेख गरेअनुसार काम भने पूरा गर्न सकेन। शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नन्दलाल पौडेलले २०७४र७५ मा २२ जातिका विद्यार्थीको छनोट गरी ७५६ विद्यार्थीलाई खाजाको व्यवस्था गर्ने निर्णय भएको बताए। ‘जिल्ला शिक्षा कार्यालयले ७५६ विद्यार्थीको विवरण निकालेको थियो’ उनले भने ‘अहिलेसम्म दिवा खाजाको व्यवस्था पाएका १३६ विद्यार्थीको विवरण आएको छ, बाँकी विवरण अझै उपलब्ध भएको छैन।’ उनले कुन–कुन विद्यालयमा खाजाको व्यवस्था भयोरु कुन–कुनमा भएन भन्ने विषयको विवरण नगरपालिकाले हेर्ने गरेको र आफूलाई थाहा नभएको बताए। गोकर्णेश्वर नगरपालिका–६ मा रहेको अरुणोदय माध्यमिक विद्यालयम दिवा खाजाको व्यवस्थाका लागि जिल्ला शिक्षा कार्यालयले १२ विद्यार्थीको लागि ३२ हजार ४ सय रुपैयाँ छुट्टाएको छ। तर, विद्यालयका प्रध्यानध्यापक कृष्णप्रसाद नेपालका अनुसार जिल्ला शिक्षा कार्यालयबाट दिवा खाजाको नाममा विद्यालयमा अझै रकम उपलब्ध भएको छैन।

२०७६ जेठ २४ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: