समाचारमा बालबालिका

ट्याक्टरको ठक्‍करबाट स्कुल जाँदै गरेकी बालिकाको मृत्यु, अर्की घाइते

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,३ पुष, दाङ ।

ट्रयाक्टरको ठक्‍करबाट एक बालिकाको मृत्यु भएको छ।राप्ती राजमार्गअन्तर्गत तुलसीपुर कपुरबोट सडकखण्डको गोदामघर नजिक बिहीबार बिहान ट्याक्टरले ठक्‍कर दिँदा स्कुल जाँदै गरेकी १३ वर्षीय विजिता केसीको मृत्यु भएको प्रहरीले जनाएको छ। उनी तुलसीपुरस्थित तुलसी आवासीय मावि कक्षा ८ की छात्रा हुन्।

Read More

पढ्न जाँदैनन् बालबालिका

कान्तिपुरमा प्रकाशित,३ पुष, रौतहट।

बृन्दावन–७ का सञ्जय मली (डोम) ले आफ्नो छोरालाई नजिकको धमौरा बिद्यालयमा भर्ना गराए पनि नियमित पढ्न पठाउँदैनन् ।आर्थिक अभावकै कारणले उनले छोरालाई पढाउने चासो नदेखाएका हुन् । उनी जस्ता थुप्रै दलितका बालबालिका विद्यालयमा भर्ना भए पनिघरमै बस्छन् ।आर्थिक अभावकै कारणले उनले छोरालाई पढाउने चासो नदेखाएका हुन् । उनी जस्ता थुप्रै दलितका बालबालिका विद्यालयमा भर्ना भए पनिघरमै बस्छन्।

Read More

पाँच वर्षीया बालिका बलात्कार गर्नेलाई जन्मकैद

रातोपाटीमा प्रकाशित,३ पुष, तनहुँ ।

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षको लागि थुनामा रहेका तनहुँको व्यास नगरपालिका–७ का नवीन थापालाई जिल्ला अदालत तनहुँले जन्मकैदको फैसला गरेको छ।

Read More

पाल्पामा घटेन बाल मृत्युदर

कान्तिपुरमा प्रकाशित,३ पुष, पाल्पा ।

रैनादेवी छहरा–२, सोमादी ताङसियल गाउँका चन्द्रबहादुर र लक्ष्मी नेपालीका छोरा प्रेमबहादुरको जन्मेको ४९ दिनमै मृत्यु भयो । मंसिर १३ मा उनको मृत्यु भएको हो ।पहिलो खोप लगाई पोलियो थोपा खुवाएर घर ल्याएको राति नै छोराको मृत्यु भएको आमा लक्ष्मीले बताइन् । लक्ष्मीले सात महिना नपुग्दै मिसन अस्पतालमा छोरा जन्माएकी थिइन्।

Read More

बाटोमा कपाल कोर्दै स्कुल पुग्छन् छात्रा

नागरिक न्युजमा प्रकाशित,३ पुष, रोल्पा ।

रोल्पा नगरपालिका ९ फाल्जाकी १४ वर्षिया फुलमाया परियार बिहान साढे सात बजे विद्यालय जानका लागि दौडन्छिन्। उनलाई बिहानको खाना खान सधै हतार हुन्छ। करिब ३ घण्टा पैदल हिडेपछि बिद्यालय पुग्छिन्। विद्यालय टाढा हुँदा उनी जस्तै रोल्पाका धेरै विद्यार्थीले अहिले पनि  सास्ती भोग्दै आएका छन्।

Read More

बालबालिकाद्वारा सडकबत्ती जडान

नयाँ पत्रिकामा प्रकाशित,३ पुष, लमजुङ।

बेँसीसहर नगरपालिका–६ स्थित चनौटे गाउँका बालबालिकाले गाउँका चोक र गल्लीहरूमा सडक बत्ती जडान गरेका छन् । स्काई क्लबमा आबद्ध बालबालिकाले सडक बत्ती जडान गरेका हुन्।

Read More

बालविवाह न्यूनीकरण अभियान :साढे ४ हजार घरमा स्टिकर

कान्तिपुरमा प्रकाशित,३ पुष, सल्यान ।

सल्यानको छत्रेश्वरी गाउँपालिकाले बालविवाह न्यूनीकरण अभियानअन्तर्गत सबै वडाका चार हजार सात सय घरमा स्टिकर टाँस्ने भएको छ । स्टिकरमा बालविवाह विरुद्धका सन्देश, कानुनी व्यवस्था र विभिन्न निकायको सम्पर्क नम्बरलगायत समावेश गरिएको छ।

Read More

महिनावारी भएका छात्रालाई घर फर्काउनुपर्ने बाध्यता

नागरिक न्युजमा प्रकाशित,३ पुष, काठमाडौं ।

अझै पनि सामुदायिक विद्यालयका छात्राका लागि महिनावारीको समयमा प्याड र शौचालयको व्यवस्था हुन नसक्दा उनीहरू विद्यालय छाडेर घर फर्कन बाध्य छन्। मधेसका सबैजसो जिल्लाका विद्यालयमा यस्तो समस्या देखिएको हो। यस्तो अवस्थामा पनि न केन्द्र सरकार संवेदनशील बनेको छ न त स्थानीय सरकार नै। यो समस्या छात्रामा मात्र होइन, मधेसका महिला शिक्षकमा पनि रहेको पाइएको छ।

Read More

विद्यालयको हाजिरी रजिष्टरमा डेढ सय विद्यार्थी, आउँछन् १० जना

सेतोपाटीमा प्रकाशित,३ पुष, जनकपुरधाम ।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ मा रहेको मिथिला विहारी राष्ट्रिय प्राथमिक विद्यालयको भौतिक संरचना जीर्ण अवस्थामा छ। कुनै कक्षामा झ्याल ढोका छैन भने कुनै कक्षा कोठाको पर्खाल नै भत्किएको छ।

Read More

सेनेटरी प्याड राखेपछि छात्रा नियमित विद्यालय

नयाँ पत्रिकामा प्रकाशित,३ पुष, रोल्पा ।

विद्यालयका शौचालयमा सेनेटरी प्याड राखेपछि छात्राहरू नियमित  विद्यालय जान थालेका छन् । महिनावारीको समयमा तीन–चार दिन विद्यालय छाड्ने छात्राहरू शौचालयमा प्याड राख्न थालेपछि नियमित भएका हुन्।

Read More

२७ प्रतिशत बालबालिका दादुरा खोपबाट छुटे

नागरिक न्युजमा प्रकाशित,२ पुष, काठमाडौं ।

बालबालिका १५ महिना पुगेपछि दिइने दादुरा–रुबेला खोपबाट २७ प्रतिशत बालबालिका छुटेका छन्। सोमबार परिवार स्वास्थ्य महाशाखा, बाल स्वास्थ्य शाखाले अन्य नियमित खोपको तुलनामा यो खोपबाट बढी बालबालिका छुटेको जनाएको छ। नेपालमा प्रति वर्ष ६ लाख २० हजार बालबालिका नियमित खोप लिने उमेर समूहका बालबालिका रहेका छन्।

Read More

चेपाङ विद्यार्थीको बाध्यता : दोहोर्‍याएर पढ्नु कि छाड्नु

कान्तिपुरमा प्रकाशित,२ पुष, हेटौंडा/चितवन ।

शक्ति चेपाङ १० वर्षका भए । उनी चितवनको चेपाङ बहुल पहाडी क्षेत्र राप्ती नगरपालिका–१२ को विकट गाउँ थन्द्राङमा बस्छन् । नजिकैको ग्लाउथोक राष्ट्रिय आधारभूत विद्यालयमा उनी तीन कक्षामा पढ्छन् । दुई वर्षदेखि उनी सोही कक्षामा छन् । तर, उत्तीर्ण नभएर होइन । चार कक्षा पढ्ने चाहना हुँदाहुँदै नजिकै विद्यालय नहुँदा तीनमै बस्नुपर्ने उनको बाध्यता छ।

Read More

छोरी सुरक्षा कार्यक्रम शुभारम्भ

गोरखापत्रमा प्रकाशित,२ पुष, कालीकोट ।

छोरीको भ्रूण हत्या गर्ने, आमालाई हिंसामा पार्ने तथा छोरी भएर जन्मेकोमा आत्मग्लानि गर्ने संस्कृति अन्त्य गराउन छोरी सुरक्षा कार्यक्रम सुरु गरिएको छ । यसबाट समाजमा छोराछोरी बराबरी हुन् भन्ने सन्देश प्रवाह हुने सरकारी अधिकारीहरूले बताउनुभएको छ।

Read More

जुम्लाका सिडिओलाई गृहको निर्देशन– महिनावारी हुँदा कोठाबाहिरै किन पढाइयो, लिखित जवाफ पठाउनू

नयाँ पत्रिकामा प्रकाशित,२ पुष, जुम्ला ।

महिनावारी हुँदा कोठाबाहिरै कक्षा’ शीर्षकमा मंगलबार नयाँ पत्रिकामा समाचार आएपछि गृह मन्त्रालयले जुम्लाका निमित्त प्रमुख जिल्ला अधिकारी देवेन्द्रप्रसाद श्रेष्ठलाई फोन गरेर लिखित जवाफ मागेको छ । महिनावारी हुँदा विद्यालयले आँगनमै कक्षा लिनुको कारण बुझेर जवाफ पठाउन भनेको हो।

Read More

बाल विवाह गर्ने जेल चलान

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२ पुष, राजविराज ।

बालविवाह गर्ने एक भारतीय नागरिकलाई सप्तरी जिल्ला अदालतले एक महिना कैद र १० हजार जरिवानाको सजाय तोकेको छ। सप्तरी जिल्ला अदालतका न्यायाधीश सुदर्शन लामिछानेको इजलाशले भारत बिहार कर्जाइन ग्रामपञ्चायत कर्जाइन ७ वाइसीका १८ वर्षीय रामकुमार मुखियालाई कैद र जरिवानाको फैसला गरेको हो।

Read More

बिहेको प्रलोभन देखाएर बलात्कार गर्ने पक्राउ

अन्नपूर्ण पोस्ट्मा प्रकाशित, २ पुष, राजविराज ।

विवाह गर्ने झुठो आश्वासन दिएर १७ वर्षीया किशोरीमाथि बलात्कार गर्ने एक युवकलाई सप्तरी प्रहरीले मङ्गलबार पक्राउ गरेको छ । किशोरीमाथि बलात्कार गरेको आरोपमा सप्तरीको डाकनेश्वरी नगरपालिका–५ का २० वर्षीय सियाराम मण्डल खत्वेलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

Read More

नदीले बगाएर किशोरी बेपत्ता

थाहा खबरमा प्रकाशित,१ पुष, सोलुखुम्बु ।

हुङ्गा खोलाले बगाएर सोताङकी एक किशोरी बेपत्ता बनेकी छिन्। बुबासँग उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र सोताङ गइरहेका बेला चिप्लिएर लड्दा नदीमा परी किशोरी बेपत्ता भएको सोलुखुम्बु प्रहरीले जनाएको छ।

Read More

कोइला बालेर सुतेका आमाछोराको मृत्यु

नागरिक न्युजमा प्रकाशित,३० मङ्सिर,काठमाण्डौ ।

कोठा तातो बनाउन कोइला बालेर सुतेका आमाछोराको ज्यान गएको छ। कीर्तिपुर नगरपालिका ८ को पाँगा बसपार्क नजिकै डेरा गरी बस्ने शर्मिला रञ्जितकार र उनको दुई महिनाको छोराको ज्यान गएको महानगरीय प्रहरी वृत कीर्तिपुरका डिएसपी क्षदिलाल कामतीले जानकारी दिए।

Read More

छाउपडी प्रथा : विद्यालय जान घरबाटै रोक

कान्तिपुरमा प्रकाशित,३० मङ्सिर, डोल्पा।

केआईसिंह गाउँपालिका ५ स्थित भुवनेश्वरी माविमा कक्षा ८ देखि १० सम्म पढ्ने ३३ छात्रा छन् । तीमध्ये २७ छात्रा महिनाको ३ दिन विद्यालय जाँदैनन् । १० अध्ययनरत १६ वर्षीया इन्दिरा जोशी महिनावारी भएका बेला विद्यालय जान घरबाट निषेध गरेको बताउँछिन्।

Read More

प्याड नहुँदा पढाइ छुट्छ

कान्तिपुरमा प्रकाशित,२९ मङ्सिर, भरतपुर।

१४ वर्षकी सविता सुनार चितवनको दिवानगर माडीस्थित राष्ट्रिय आधारभूत प्राथमिक विद्यालयमा पाँच कक्षामा पढ्छिन् । अघिल्लो महिना उनी कक्षाकोठामै छँदा महिनावारी भइन् । उनको पोसाकमा रगत देखेपछि शिक्षिकाले खुसुक्क बोलाइन् र घर जान भनिन् । करिब २० मिनेटको बाटो हिँडेर जान गाह्रो मानेपछि उनै शिक्षिकाले घरसम्म पुर्‍याइदिइन्।

Read More