समाचारमा बालबालिका

डुबेर बालकको ज्यान गयो

रातोपाटीमा प्रकाशित,९ साउन, सिरहा।

सिरहाको गोलबजार नपा ६ मा एक बालकको पानीमा डुवेर ज्यान गएको छ । गोलबजार नपा २ घर भाई ६ नम्वरमा बाख्रा फारम संचालन गरी बस्ने सन्तोष साहको २ वर्षिय छोरा घर नजीककैको खाल्डोमा अ डुवेर ज्यान गएको हो।

Read More

बालविवाहलाई वैधानिकता दिन्छन् स्थानीय निकाय

रातोपाटीमा प्रकाशित,९ साउन, हुम्ला।

हुम्लाका ग्रामीण बस्तीहरुमा अझै बालविवाह हुने गरेको छ। उमेर नपुग्दै सानै उमेरमा बालबालिका प्रेममा परेर विवाह गर्ने पाइएको छ। जिल्लाको दक्षिण क्षेत्रमा रहेको सर्केघाड गाउँपालिका–८ का वडाध्यक्ष ट्यारे रोकायाले बालविवाहलाई वैधानिकता दिएका छन्।

Read More

वेपत्ता बालिकाको शव गाडेको अवस्थामा भेटियो

कान्तिपुरमा प्रकाशित,९ साउन, बैतडी।

गत असार १७ गतेदेखि हराइरहेकी ८ वर्षीया बालिका कलावती सार्कीको शव दशरथचन्द नगरपालिका–४ को डोबरा भन्ने स्थानमा फेला परेको छ।उनी १७ गते आफू अध्ययनरत ईश्वर आधारभूत विद्यालयको गेट नजिकैबाट बेपत्ता भएकी थिइन्।

Read More

पोखरीमा डुबेर दुई बालकको मृत्यु

रातोपाटीमा प्रकाशित,८ साउन, धनुषा।

गणेशमान चारनाथ नगरपालिका–२ वीरेन्द्र बजारस्थित पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ । पोखरीमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु भएको प्रहरीले जनाएको छ।

Read More

बालिकामाथि जर्बजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

रातोपाटीमा प्रकाशित,८ साउन, पोखरा ।

चौध वर्षीय बालिकालाई बन्धक बनाई जर्बजस्ती करणी गरेको अभियोगमा पोखराबाट १ जना पक्राउ परेका छन् । मोरङको विराटनगर घर भई उदयपुरको चौदण्डी नगरपालिका ७ बस्दै आएका २८ वर्षीय राकेशकुमार कानोडियालाई प्रहरीले पक्राउ गरेको हो।

Read More

विद्यार्थीलाई कुटपिट गर्ने शिक्षक पक्राउ

नागरिक न्युजमा प्रकाशित,७ साउन, पोखरा।

गृहकार्य नगरेको आरोपमा  विद्यार्थीलाई कुटपिट गर्ने पोखराका एक शिक्षक आज पक्राउ परेका छन्। विद्यार्थीलाई कुटपिट गरेको आरोपमा पोखरा–२५ स्थित हेम्जा आवासीय विद्यालयका शिक्षक श्रीराम त्रिपाठीलाई पक्राउ गरिएको कास्की जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Read More

छोरीमाथिको बलात्कारमा आमाकै सहयोग

नागरिक न्युजमा प्रकाशित,६ साउन, धनुषा।

महोत्तरीकी एउटी महिलाले आफ्नै छोरीमाथि बलात्कार गर्न स्थानीय एक पुरुषलाई साथ दिएको घटना सार्वजनिक भएको छ। भंगहा नागरपालिकी एक आमाले आफैंले जन्म दिएकी १२ वर्षीया बालिका छोरीमा बलात्कार गर्न स्थानीय ४० वर्षीय सीताराम महतोलाई साथ दिएको घटना बाहिरिएसँगै सबैको होस उडेको छ।

Read More

पाहुना आएकी किशोरी कालिगण्डकीमा बेपत्ता

रातोपाटीमा प्रकाशित,६ साउन, बु्टवल।

स्याङ्गजाबाट गुल्मीमा पाहुना आएकी एक युवती कालिगण्डीकी नदीमा बगेर बेपत्ता भएकी छन् । जिल्लाको रुरु गाउँपालिका–६, रिमुवामा पाह्न बस्न आएकी स्याङ्गजाको कालिगण्डकी गाउँपालिकाकी–२ की १४ वर्षीया कमला विक कालीगण्डकीमा नुहाउने क्रममा बगेर बेपत्ता भएकी हुन।

Read More

मोबाइल चोरीमा बालकको संलग्नता

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,६ साउन, दैलेख।

दैलेख सदरमुकाममा रहेको एक पसलमा भएको चोरीमा दुईजना बालकको संलग्नता रहेको पाइएको छ। नारायण नगरपालिका-१ पुरानो बजारमा रहेको युनिर्भसल मोबाइल पसलमा ताला फोडेर चोरी गर्नेमा दुईजना बालक रहेको प्रहरीले जनाएको छ।

Read More

सुत्केरीमध्ये १२% किशोरी

कान्तिपुरमा प्रकाशित,६ साउन, हेटौंडा।

हेटौंडा उपमहानगरपालिकाभित्र किशोरीहरू आमा बन्ने क्रम बढेको छ । हेटौंडा अस्पतालका अनुसार आव ०७५/७६ मा २० वर्षमुनिका २९७ किशोरी आमा बनेका छन् । उक्त वर्ष हेटौंडा अस्पतालमा २ हजार ४ सय ४२ जना सुत्केरी भएका थिए।

Read More

एकै दिन छुट्टाछुटै घटनामा तीन बालबालिकासहित पाँचको मृत्यु

रातोपाटीमा प्रकाशित,५ साउन, सिरहा ।

सिरहाको छुट्टाछुटै स्थानमा शनिबार एकै दिन भएको विभिन्न घटनामा तीन बालबालिकासहित पाँच जनाको मृत्यु भएको छ । विषालु सर्पदंशबाट सिरहा नगरपालिका–१२ सारश्वर निवासी प्रमोदकुमार साहको पाँच वर्षीया छोरी सन्ध्याकुमारी साहको मृत्यु भएको छ।
 

Read More

जिपले किचेर बालकको मृत्यु

कान्तिपुरमा प्रकाशित, ५ साउन, बागलुङ।

बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–१ मनाङडाँडामा शनिबार राति ८ बजे जिपले किच्दा सात वर्षीय बालकको मृत्यु भएको छ ।

Read More

११ वर्षीया किशोरी बलात्कार आरोपमा एकजना पक्राउ

थाहा खबरमा प्रकाशित,४ साउन, बारा ।

बारामा बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेकार छन्। बाराको जितपुरसिमरा उपमहानगरपालिका १६ टाङियावस्तिकी ११ वर्षीया किशोरिमाथि मितेरी मामा पर्ने ३१ वर्षीय हिरामान मोक्तानले जबरजस्ती करणी गरेको आरोप किशोरीले लगाएकी छन।

Read More

नवलपरासीको जंगलबाट वेपत्ता भएका १० बालक सम्पर्कमा आए

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,४ साउन,नवलपरासी ।

नवलपरासीको मदार डाँडाको जंगलबाट वेपत्ता भएका बर्दघाट नगरपालिका–१५ तेलहा बस्तीका १० बालक सम्पर्कमा आएका छन्।

 

Read More

पानीमा डुबेर मृत्यु हुनेमा बालबालिका सङ्ख्या कहालीलाग्दो

रातोापाटीमा प्रकाशित,३ साउन, सर्लाही।

महोत्तरीमा गत आर्थिक वर्ष २०७५/७६ मा डुबेर मृत्यु हुनेमा बालबालिकाको सङ्ख्या कहालीलाग्दो देखिन्छ । बितेको वर्ष दिनको अवधिमा १० महीनादेखि १२ वर्ष उमेरभित्रका १८ को डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको हो।

Read More

बालबालिकामा कुपोषण बढ्दै

कान्तिपुरमा प्रकाशित,३ साउन, धनगढी।

कैलालीमा कुपोषित बालबालिकाको संख्या बर्षेनी बढ्दै गएको छ । सेती अञ्चल अस्पतालको पोषण गृहका अनुसार कतिपय अभिभावकले दुब्लाउँदै कमजोर भएका नानीलाई सुरुमा उपचारका लागि झाँक्रीकोमा लैजाने गर्छन्।

Read More

वडाध्यक्षको कुटाइबाट बालक घाइते, उल्टै मागे पाँच हजार

सेतोपाटीमा प्रकाशित,२ साउन, दाङ।

दाङको घोराही उपमहानगरपालिका–४ का वडाध्यक्ष भीमबहादुर सार्कीले एक बालकलाई कुटपिट गरेका छन्। आफ्नो घर अगाडिको फूल टिपेको भन्दै वडाध्यक्ष सार्कीले घोराही उपमहानगरपालिका–४ गोग्ली शान्तिनगरका नौ वर्षीय बालक भरत घर्तीमाथि कुटपिट गरेका हुन्।

Read More

भेडाहा खोलामा डुबेर बालकको मृत्यु

अनलाइनखबरमा प्रकाशित,१ साउन, पर्सा।

खोलामा डुबेर वीरगञ्ज महानगरपालिकामा एक बालकको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–२८ का कृष्ण ठाकुरको ५ वर्षीय छोरा अकलेशको भेडाहा खोलामा डुबेर ज्यान गएको हो।

Read More

डुबेर बालकको मृत्यु

कान्तिपुरमा प्रकाशित,३१ असार, विराटनगर।

सुनसरीको दुहबी नगरपालिका २ मा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । खेल्ने क्रममा घरनजिकैको पोखरीमा डुबेर स्थानीय ४ वर्षीय जुगेर मियाको मृत्यु भएको प्रहरीले जनाएको छ।

Read More

खोलामा डुबेर झापामा बालकको मृत्यु

थाहा खबरमा प्रकाशित,३० असार, झापा।

फुलवासा खोलामा डुबेर झापामा एक बालकको मृत्यु भएको छ। डुबेर मृत्यु हुनेमा मेचीनगर नगरपालिका १२ स्थित माता पाथीभरा टोल बस्ने गङ्गाराम प्रसाईँको ३ वर्षीय छोरा अजित प्रसाईँ रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

Read More