समाचारमा बालबालिका

जीपको ठक्करबाट एक स्कुले बालकको मृत्यु

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१६ फागुन, बैतडी ।

बैतडीको देहीमाण्डौंमा जीपले ठक्कर दिँदा एक बालकको ज्यान गएको छ। सतबाँझबाट गोठलापानीतर्फ गइरहेको से १ ज ३८९ नम्बरको जीपले ठक्कर दिँदा दशरथचन्द नगरपालिका २ देहीमाण्डौंका हर्कबहादुर बोहराका ७ वर्षीय छोरा विवेक बोहराको ज्यान गएको हो।

 

Read More

बलात्कारीलाई १४ वर्ष जेल

नागरिक न्युजमा प्रकाशित,१६ फागुन, भोजपुर ।

जिल्ला अदालत भोजपुरले याकु र दुम्मानामा जबरजस्ती करणी गर्ने दुई जनालाई सजाय तोकेको छ। अदालतले  आमचोक गाउँपालिका – ९ दुम्मानामा १५ वर्षिय वालिकाको बलात्कारपछि हत्याको प्रयास गर्ने १८ वर्षीय सन्तोष श्रेष्ठलाई जबरजस्तीकरणी तर्फ १० वर्ष र अंगभंग गरेको तर्फ ४ वर्ष गरि १४ वर्षको कैद सजाय सुनाएको हो । 

Read More

चितुवाको आक्रमणबाट बैतडीमा बालक घाइते

अनलाइनखबरमा प्रकाशित,१५ फागुन, बैतडी ।

बैतडीमा सोमबार राति नरभक्षी चितुवाले एक बालकलाई आक्रमण गरेको छ । आक्रमणमा परी मेलौली नगरपालिका–९, रोकटाका मानबहादुर चन्दका डेढ वर्षीय छोरा गणेशबहादुर चन्द गम्भीर घाइते भएका बैतडीका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले जानकारी दिए ।

 

Read More

नेपालमा निमोनियाको प्रकोप बढी : यी हुन् बालबालिकामा देखिने शीर्ष १० रोग

रातोपाटीमा प्रकाशित,१५ फागुन, काठमाडौं ।

बालबालिकामा लाग्ने विभिन्न रोगहरूमध्ये पहिलो नम्बरमा निमोनिया रहेको छ । बाल चिकित्सकहरूको भनाइअनुसार पनि नेपालमा बालबालिका मुत्यु गराउने प्रमुख रोग निमोनिया नै हो ।

Read More

ट्याक्टरको ठक्करबाट ४ वर्षिय बालकको मृत्यु

सेतोपाटीमा प्रकाशित,१४ फागुन, म्याग्दी ।

म्याग्दीको अन्नपूर्ण गाँउपालिका ९ राम्चेमा ट्याक्टरको ठक्करबाट ४ वर्षिय बालकको मृत्यु भएको छ। आइतबार साँझ ग १ त २९३८ नम्बरको ट्याक्टरले ठक्कर दिँदा स्थानीय शिव प्रसाद खोर्जाका छोरा सेमियलको मृत्यु भएको प्रहरीले जनाएको छ।

 

 

 

Read More

पानीमा डुबेर दुई वर्षीय बालकको मृत्यु

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१४ फागुन, मोरङ ।

मोरङको सुनवर्षी नगरपालिकामा आइतबार बेलुका पानीमा डुबेर दुई वर्षीय बालकको मृत्यु भएको छ। घर नजिकै रहेको खाल्डोमा डुबेर सुनवर्षी नगरपालिका–९ चन्द्रखाडी बस्ने फागुला शर्माका छोरा सुभाष शर्माको मृत्यु भएको हो।

Read More

बलात्कार आरोपमा थुना आदेश

कान्तिपुरमा प्रकाशित,१४ फागुन, महोत्तरी ।

नाबालिका बलात्कार गरेको आरोपमा एक बृद्धलाई महोत्तरी जिल्ला अदालतले पुर्पक्षको लागि थुना आदेश गरेको छ । पिपरा गाउँपालिका-३ का ७५ वर्षीय कुमार पाण्डेलाई अदालतले थुनामा पठाएको हो ।
 

 

Read More

बालिकामाथि हातपात गरेको आरोपमा सेनाका हवल्दार पक्राउ

उज्यालो अनलाइनमा प्रकाशित,१३ फागुन, इलाम ।

इलाममा  ५ वर्षीय बालिकलाई हातपात गरेको भन्दै नेपाल सेनाका हवल्दार पक्राउ परेका छन् । ड्यूटीमा रहेका बेला रक्सी खाएर बालिकामाथि हातपात गरेको भन्दै हवल्दार सुशिल पौड्याललाई इलाम नगरपालिका–७, बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय  इलामले जनाएको छ ।

 

 

Read More

भिरबाट लडेर बालकको मृत्यु

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१३ फागुन, ताप्लेजुङ ।

ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका–३ तिरिङ्गेमा एक बालकको लडेर मृत्यु भएको छ । वीरबहादुर इजमका १४ वर्षीय छोरा राजकुमार इजमको गाउँकै सयपत्री सामुदायिक वनमा लडेर मुत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

Read More

सँगैका साथी स्कुल जान्छन्, मचाहिँ विधुवी भएँ

नागरिक दैनिकमा प्रकाशित,१३ फागुन, बझाङ ।

कालो अक्षर नचिनेकै बेला ९ वर्षको उमेरमा छिमेकी गाउँका १२ वर्षीय केटासँग कल्पना बोहोराको मागी बिहा भयो। १४ वर्षको उमेरमा पहिलो सन्तानकी आमा बनेकी उनी अहिले १८ वर्षकी हुँदा तेस्रो सन्तानकी आमा बनेकी छिन् । 

 

Read More

आगलागीमा १० महिने बालिकाको मृत्यु

राजधानी दैनिकमा प्रकाशित,१२ फागुन, बाजुरा ।

सदरमुकाम बडिमालिका वडा नम्बर ८ थापावाडाको एक घरमा आगलागी हुँदा १० महिनाकी बालिकाको मृत्यु भएको छ । दिउँसो घरमा कोही नभएका बेला बडिमालिका नगरपालिका ८ का अके थापाको घरमा आगलागी भएको प्रहरीले बताएको छ ।

Read More

मिलापत्र प्रयास विफल

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१३ फागुन, बर्दिबास ।

बर्दिबास नगरपालिकामा बाल यौन दुराचारको घटना मिलाउने प्रयास विफल भएको छ। बर्दिबासका अच्छुत्म रिसालले ११ वर्षीय बालकमाथि यौनजन्य क्रियाकलाप गरेको आरोप लागेको छ। 

Read More

शौच गर्न गएकी युवतीले सलको पासो लगाएपछि

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१२ फागुन, सप्तरी ।

शनिबार सप्तरीमा एक युवतीले आत्महत्या गरेकी छिन्। शौच गएकी शम्भुनाथ नगरपालिका ४ की १७ वर्षीया युवतीले बाँसमा पासो आत्महत्या गरेकी हुन् ।

Read More

संरक्षण बिहिन बालबालिकाको उद्दार

नागरिक दैनिकमा प्रकाशित,१२ फागुन, रुकुम ।

रुकुमको त्रिवेणी गाउँपालिका वडा नम्बर १० पेउघाकी केशरी ओलीले २०७० मा गरिबीका कारण आत्महत्या गरिन्। चार सन्तानलाई जन्म दिएकी केशरीले आत्माहत्या गरेपछि आर्थिक अवस्था निकै कमजोर भएका उनका पति सोविराम ओली रोजगारीका लागि चार वर्ष अघि भारत गए। भारत गएपछि उनको अत्तो पत्तो भएन् । 

Read More

१८ वर्षे किशोरीको स्थायी बन्ध्याकरण : १३ मा बिहे, १४ मा पहिलो र १७ वर्षमा दोस्रो सन्तान

नयाँ पत्रिकामा प्रकाशित,११ फागुन, डोटी ।

कानुनले विवाहका लागि न्यूनतम उमेर २० वर्ष तोकेको छ । तर, डोटीकी एक किशोरीले १८ वर्षमै दुई सन्तान जन्माएर स्थायी बन्ध्याकरण पनि गरेकी छिन् । बोगटान गाउँपालिका–१ सिमचौरकी मनीषा बोहराले ६ फागुनमा बन्ध्याकरण गराएकी हुन् । जिल्ला अस्पतालले उनकै गाउँमा शिविर चलाएको थियो ।

Read More

रोकिएनन् हिमालपारी महिला तथा बालबालिका हिंसा

सेतोपाटीमा प्रकाशित,११ फागुन, मुस्ताङ ।

करीब १३ हजार जनसंख्या मात्र भएको हिमालपारी मुस्ताङमा घरेलु महिला तथा बालबालिका हिंसाका घटना दिन प्रतिदिन बढ्दै गएको महिला तथा बालबालिका कार्यालय मुस्ताङले जनाएको छ।

Read More

४ वर्षीया बालिका बलात्कृत

कान्तिपुरमा प्रकाशित,१० फागुन, कञ्चनपुर ।

पुनर्वास नगरपालिकाको (ख) गाउँमा ४ वर्षीया बालिका बलात्कृत भएकी छन् । प्रहरीले बलात्कार आरोपमा पुनर्वास नगरपालिका–८ (क) गाउँका ३६ वर्षीय भीमबहादुर श्रीमाललाई पक्राउ गरेको छ ।

Read More

बलात्कारको घटना मिलाउने दुईजना पक्राउ

नागरिक न्युजमा प्रकाशित,१० फागुन, पाँचथर ।

पाँचथरको तुम्बेवा गाउँपालिका–३ मा भएको बलात्कारको घटना गाउँमै मिलाएको भन्दै प्रहरीमा पुगेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही अघि बढाएको छ। 

Read More

बलात्कारीलाई जन्मकैदको सजाय

थाहा खबरमा प्रकाशित,१० फागुन, बैतडी ।

जिल्ला अदालत बैतडीले सामूहिक बलात्कार गरी हत्या गरेको कसुरमा जन्मकैदसहित आठ वर्ष थप अर्थात् २८ वर्ष कैद सजायको फैसला गरेको छ ।

 

Read More

हुर्किनै सक्दैनन् राउटेका शिशु, ६ महिनामा आठको मृत्यु

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१० फागुन, काठमाडौँ ।

जंगलमा घुमन्ते जीवन विताउने लोपउन्मुख राउटेको अस्तित्व संकटमा परेको छ । राउटेका बच्चाको बालमृत्युदर अत्यधिक भएका कारण अस्तित्व संकटमा परेको हो । पछिल्लो ६ महिनायता जन्मिएका राउटेका ८ नवजात शिशुको मृत्यु भएको छ ।

 

Read More