समाचारमा बालबालिका

८ वर्षदेखि बाँख्रासँगै दाम्लोमा, आमा भन्छिन् : मुटुमाथि ढुंगा राख्नु परेको छ

उज्यालो अनलाइनमा प्रकाशित,२९ कार्तिक, दोलखा ।

घर नजिकै बाख्राका लागि बनाइएको खोर, खोरमा बाख्रा मात्रै बाँधिनु कुनै नौलो कुरो पनि भएन । बाख्रालाई दाम्लाले बाँधेर खोरमै राखिन्छ । 

Read More

अरिङ्गालको टोकाइबाट दैलेखमा बालकको मृत्यु

अनलाइनखबरमा प्रकाशित,२९ कार्तिक, दैलेख ।

दैलेखको दुल्लु नगरपालिका–८ दुवारीचाखामा अरिङ्गालको टोकाइबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय तीन वर्षीय मनिष नेपाली रहेको दुल्लु अस्पतालका वरिष्ठ अहेव खड्ग शाहीले जानकारी दिए।

Read More

एल्जिना बलात्कार र हत्या : सहपाठी साथीले नै बालात्कार गरी हत्या गरेको खुलासा

थाहा खबरमा प्रकाशित,२९ कार्तिक, उदयपुर ।

६ दिनअघि सामूहिक बलात्कारपछि हत्या गरिएकी १३ वर्षिय किशोरी एल्जिना खड्काका दुई अभियुक्तलाई प्रहरीले सार्वजानिक गरेको छ। एल्जिनाका आफ्नै साथीहरुले सामूहिक बलात्कारपछि हत्या गरेको पुष्टि गर्दै बिहीबार बिहान जिल्ला प्रहरी उदयपुरले पत्रकार सम्मेलन गरेर सार्वजानिक गरेको हो।

Read More

फोइमहादेव बालमैत्री गाउँ

कान्तिपुरमा प्रकाशित,२९ कार्तिक, कालिकोट ।

तिलागुफा नगरपालिका–१, नाग्म र वडा नं.३ फोइमहादेव बालमैत्री स्थानीय शासन अवलम्बन गरिएको गाउँ बनेको छ । नगरपालिकाका दुई वडाले बालमैत्री स्थानीय शासनका ३९ सूचक पूरा गरेपछि एक साताअघि बालमैत्री गाउँ घोषणा गरिएको हो। 

Read More

बाघको आक्रमणबाट बालिकाको मृत्यु

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२९ कार्तिक, दमौली ।

बाघको आक्रमणबाट तनहुँको भानु नगरपालिका-४, जोखानीकी एक बालिकाको ज्यान गएको छ।घरनजिकै खेल्दै गरेकी स्थानीय चार वर्षीया अस्मिता लम्सालको उपचारका लागि ल्याउने क्रममा रत्नहरि अस्पताल दमौलीमा ज्यान गएको डीएसपी श्यामु अर्यालले जानकारी दिए।

Read More

एम्बुलेन्सको ठक्करबाट बालकको मृत्यु

अनलाइनखबरमा प्रकाशित,२८ कार्तिक, डोटी ।

डोटीको दिपायल सिलगढी नगरपालिका–४, पिपल्लामा एम्बुलेन्सले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । शैलेश्वरी अस्पतालको से १ च १९७८ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा आठ वर्षीय इशान कुँवरको मृत्यु भएको हो।

Read More

जिल्ला बाल भेलाः न्यूनतम २० प्रतिशत बजेट छुट्याऊ

कान्तिपुरमा प्रकाशित,२८ कार्तिक, कालिकोट ।

बालबालिकाविरुद्ध हुने सबैखाले हिंसा अन्त्यको माग गर्दै कालीकोटका बालबालिकाले १५ बुँदे कालीकोट घोषणापत्र जारी गरेका छन । छैंटौ जिल्ला बाल भेलाले बालअधिकारका लागि कालीकोट घोषणापत्र जारी गरेको हो।

Read More

ट्याक्टरको ठक्करबाट बालकको मृत्यु

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२८ कार्तिक, कैलाली ।

कैलालीको टीकापुर नगरपालिका वडा नं‍‍.१ मा ट्याक्टरले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । टीकापुर पार्कबाट मंगलबार साँझ पिकनिक खाएर फर्किदै गरेको से १ त ८३३७ नम्बरको ट्याक्टरले ठक्कर दिँदा टीकापुरका १३ वर्षका युवराज खनालको मृत्यु भएको हो।

Read More

ठमेलका डान्सबारबाट ३५ बालबालिकाको उद्धार, तीन संहचालक पक्राउ

थाहा खबरमा प्रकाशित,२८ कार्तिक, काठमाडौं ।

महानगरीय प्रहरी वृत्त लैनचौरले ठमेल क्षेत्रका विभिन्न रेष्टुरेन्ट तथा डान्सबारबाट ३५ बालबालिकाको उद्धार गरेको छ। महानगरीय प्रहरी परिसर टेकुको सक्रियतामा एक हप्तासम्म चलाइएको ‘बालबालिकाको उद्धार विशेष कार्यक्रम’अन्तर्गत उनीहरुको उद्दार गरिएको हो।

Read More

नहरमा डुबेर बालिकाको मृत्यु

नयाँ पत्रिकामा प्रकाशित,२८ कार्तिक, कञ्चनपुर ।

नहरमा डुबेर कञ्चनपुरमा बालिकाको मृत्यु भएको छ । बुधबार महाकाली सिँचाई प्रथम चरणको नहरमा डुबेर भीमदत्त नगरपालिका–१६ मझगाउँकी दुई वर्षीय सिडिया शाहीको मृत्यु भएको हो।

Read More

बलात्कारपछि १३ वर्षीया बालिकाको हत्या : पक्राउ परेका ६ जनामध्ये ४ जना छुटे

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२८ कार्तिक, गाईघाट ।

उदयपुरको रौतामाई गाउँपालिका ३ लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्काको बलात्कारपछि हत्याको आशंकामा पक्राउ परेका ६ जनामध्ये प्रहरीले ४ जनालाई छाडेको छ।

Read More

मामाघर आएका किशोरको पर्सामा शंकास्पद मृत्यु

अनलाइनखबरमा प्रकाशित,२८ कार्तिक, पर्सा ।

मामाघर आएका एक किशोरको पर्सामा शंकास्पद मृत्यु भएको छ ।पर्सागढी नगरपालिका–३, बढनिहार बजारमा रहेको मामाघरमा आएका १३ वर्षीय आर्यन तामाङको मंगलबार बिहान मृत्यु भएको हो । प्रहरीका अनुसार मृतक तामाङको निधारमा चोट लागेको छ।

Read More

चिसो बढेसँगै हुम्लामा निमोनियाका बिरामी बढे

थाहा खबरमा प्रकाशित,२७ कार्तिक, हुम्ला ।

चिसो बढेसँगै हुम्लाका बालबालिकामा निमोनिया देखा परेको छ। मंसिर महिना लाग्न नपाउँदै जिल्लाको तापक्रम माइनस ८ डिग्री सेन्टीग्रेटमा झरेका कारण बालबालिका तथा वृद्धवृद्धामा निमोनियालगायत समस्या देखिएको जिल्ला अस्पताल हुम्लाका डा. टसी लामाले बताए ।

Read More

छठ मनाउन हिडेँकी बालिकाको दुर्घटनामा मृत्यु

कान्तिपुरमा प्रकाशित,२७ कार्तिक, दमक ।

परिवारसँग छठ पूजा गर्न नदीतर्फ जाँदै गर्दा मंगलबार बेलुका झापाको भद्रपुरमा ट्रयाक्टरले किचेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका ५ पोखरीटोलका धिरज यादवकी ६ वर्षीया छोरी राशी रहेकी छन् ।

Read More

११ वर्षीया नेपाली बालिका भारतीय नागरिकबाट सामूहिक बलात्कृत, दुर्इजना पक्राउ

उज्यालो अनलाइनमा प्रकाशित,२६ कार्तिक, बर्दिया ।

भारतीय नागरिकले ११ वर्षीया बालिकालाई भारतीय नागरिकले सामूहिक बलात्कार गरेका छन् । बर्दियाको बढैयाताल गाउँपालिकामा भारतीय नागरिकले सामूहिक रुपमा बालिका बलात्कार गरेको प्रहरीले जनाएको छ।

Read More

कञ्चनपुरमा भ्यानले किचेर ५ वर्षीया बालिकाको मृत्यु

रातोपाटीमा प्रकाशित,२६ कार्तिक, कञ्चनपुर ।

म्याजिक भ्यानले किचेर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ शान्तिपुरका पाँच वर्षीया निशा जोशीको आज मृत्यु भएको छ । झलारी बजारबाट शान्तिपुर जाँदै गरेको से१ज ९०२ नंको भ्यानले झण्डाबोझ चोकमा किचेर बालिकाको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए।

Read More

छोरी बलात्कारको आरोपमा युवक पक्राउ

अनलाइनखबरमा प्रकाशित,२६ कार्तिक, मोरङ ।

कानेपोखरी गाउँपालिकामा छोरी बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् । १४ बर्षकी छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा कानेपोखरी गाउँपालिका –५ का ३९ बर्षका युवक पक्राउ परेका हुन्।

Read More

नालामा डुबेर चार वर्षीया बालिकाको मृत्यु

थाहा खबरमा प्रकाशित,२६ कार्तिक, झापा ।

झापाको दमकमा चार वर्षीया बालिकाको नालामा डुबेर सोमबार दिउँसो मृत्यु भएको छ। मृत्यु हुनेमा दमक नगरपालिका ९ घर भई हाल सोही नगरपालिका ५ स्थित कामाक्षी होटल छेउमा डेरा गरी बस्ने शनि साहकी चार वर्षीया छोरी शञ्चलाकुमारी साह रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

Read More

पूजा गर्न गएकी किशोरी दश दिनपछि मृत भेटिइन्

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२६ कार्तिक, स्याङ्जा ।

स्याङ्जा र पर्वतको संगमस्थल सेतीवेणीस्थित शिलामा पूजा गर्न गएकी १६ वर्षीय किशोरीको शव १० दिनपछि फेला परेको छ । कात्तिक १७ गते पूजा गर्न गएकी गल्याङ नगरपालिका–५ सालबुट्टाकी निशा भुसालको शव सोमबार फेला परेको हो ।

Read More

बलात्कारपछि १३ वर्षीया बालिकाको हत्या : चार युवा पक्राउ परे

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२६ कार्तिक, गाईघाट ।

उदयपुरको रौतामाई गाउँपालिका–३ लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्काको बलात्कारपछि हत्या गरेको आशंकामा प्रहरीले सोमबार चारजनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । 

Read More