समाचारमा बालबालिका

कर्णालीमा ८ जना बालबालिकासहित थप ३१ जनामा कोरोना संक्रमण

https://www.onlinekhabar.com/2020/07/884990

अनलाइनखबर, 

१२ साउन, सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ८ जना बालबालिकासहित ३१ जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपिएका छन् ।

सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, दैलेख अस्पतालको प्रयोगशाला र चौरजहारी नगरपालिकाको प्रयोगशाला रुकुम पश्चिममा गरिएको परीक्षणबाट सोमबार थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 

Read More

जाजरकोटमा जंगली च्याउ खाँदा बालिकाको मृत्यु, ७ जना बिरामी

https://www.onlinekhabar.com/2020/07/884983

१२ साउन, जाजरकोट । जाजरकोटको कुसे गाउँपालिका –१ स्याँक्रीमा जंगली च्याउ खाँदा आइतबार राति तीन वर्षीया अञ्जना चलाउनेको मृत्यु भएको छ ।

उनीसँगै च्याउ खाएका ५० वर्षीय टेकबहादुर चलाउने, ३० वर्षीय ललित चलाउने, ३० वर्षीया कल्पना चलाउने, १४ वर्षीय पशुपति चलाउने, नौ वर्षीया निरुता सिंह, १२ वर्षीया धन्सरा चलाउने र १४ वर्षीया औसरा चलाउने गम्भीर बिरामी भएको कुशे गाउँपालिका –१ का वडाध्यक्ष गोपाल नेपालीले बताए ।

Read More

मुस्ताङमा घर भत्किँदा एकजनाको मृत्यु

https://www.onlinekhabar.com/2020/07/884939

१२ साउन, मुस्ताङ । मुस्ताङको थासाङ गाउँपालिका–२ नाउरीकोटमा घर भत्किँदा आइतबार राति एकजनाको मृत्यु भएको छ । मृत्युहुनेमा १८ वर्षीय निशान तुलाचन रहेको प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए ।

Read More

विषालु च्याउ खाँदा बालकको मृत्यु

https://www.setopati.com/social/212290

सेतोपाटी संवाददाता, धनगढी, साउन १२

विषालु च्याउ खाँदा डडेल्धुरामा एक बालकको ज्यान गएको छ। नवदुर्गा गाउँपालिका वडा नम्बर ३ का ८ वर्षीय बालक ललित धामीको ज्यान गएको हो।

परिवारका अन्य चार जना सदस्य बिरामी छन्।

Read More

१० रुपैयाँ दिएर बालिकामाथि बलात्कार, वृद्ध पक्राउ

http://annapurnapost.com/news/161965,  ०९ साउन २०७७ १२:४६:००

विराटनगर  : मोरङको केराबारी गाउँपालिकामा फरक क्षमता (अपांगता) भएकी बालिका बलात्कृत भएकी छन् ।बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले एक वृद्धलाई बिहीबार राति पक्राउ गरेको छ । शारीरिक रुपमा अपांगता रहेकी १५ वर्षीया बालिकालाई बलात्कार गरेको घटनामा संलग्न रहेको पाइएपछि केराबारी–५ का ६३ वर्षीय रामकुमार लिम्बूलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए ।

Read More

६ वर्षीया बालिका बलात्कारको आरोपमा एक पक्राउ

https://www.nayapatrikadaily.com/news-details/47826/2020-07-23, हेटौंडा, २०७७ श्रावण ८ बिहीबार १९:०१:००

मकवानपुरको विकट कैलाश गाउँपालिका– ८ मा ६ वर्षीया बालिका बलात्कार आरोपमा एक किशोर पक्राउ परेका छन् । बालिका खेलिरहेको अवस्थामा मकैबारीमा लगेर ४ साउनमा बलात्कार गरेको आरोपमा १६ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । 

Read More

कालिकोटमा एक वर्षीय बालकमा कोरोना पुष्टि

https://www.nayapatrikadaily.com/news-details/47876/2020-07-24, २०७७ श्रावण ९ शुक्रबार १३:४३:००

कालिकोटमा एक वर्षीय बालकसहित दुईजनामा कोरोना पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा एक वर्षीय बालक र अर्काे एकजनामा कोरोना पुष्टि भएको हो । 

जिल्ला स्वास्थ्य सेवा कार्यालय कालिकोटका सूचना अधिकारी कटकबहादुर महतका अनुसार नरहरिनाथ गाउँपालिका– १ का एक वर्षीय बालक र खाँडाचक्र नगरपालिका– २ को पञ्चदेव माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका २५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । 

Read More

छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ

https://www.nayapatrikadaily.com/news-details/47877/2020-07-24, कञ्चनपुर, २०७७ श्रावण ९ शुक्रबार १३:५०:००

कञ्चनपुरको बेलौरीका एक पुरुष आफ्नै छोरी बलात्कारको आरोपमा पक्राउ परेका छन् । बेलौरी नगरपालिका– ५ कञ्चनपुरका ४० वर्षीय पुरुषलाई गएराति प्रहरीले पक्राउ गरेको हो ।  

घटनाबारे प्रहरीलाई खबर आएपछि आरोपीलाई घरबाटै पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलौरीका इन्चार्ज रणबहादुर चन्दले  बताए । 

Read More

काठे पुलबाट खसेर बालकको मृत्यु

https://www.setopati.com/social/211974, सिमकोट, साउन ८

जिल्लाको तल्लो क्षेत्रमा रहेको अदानचुली गाउँपालिकामा बुधबार काठे पुलबाट खसेर एक जना बालकको मृत्यु भएको छ। पुलबाट खसेर खोलामा परेर मृत्यु हुनेमा अदानचुली–५ करगाईका १५ वर्षीय गोपाल रोकाया रहेको अदानचुली–४ का वडा सदस्य देवखर जैसीले जानकारी दिए।     

सिमकोट, साउन ८

 

Read More

झापाको सिमसार क्षेत्रमा तीन बालक मृत भेटिए

https://www.onlinekhabar.com/2020/07/883939

८ साउन, झापा । केही दिनदेखि बेपत्ता तीन जना बालक मृत अवस्थामा भेटिएका छन् । भद्रपुर नगरपालिका–२ मा रहेको सिमसार क्षेत्रमा उनीहरु मृत भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय, झापाका डीएसपी राकेश थापाका अनुसार मृत्यु हुनेमा १० वर्षीय अंकुश तामाङ, १४/१५ वर्षका करण थामी र उनका भाइ ११/१२ वर्षका अर्जुन थामी छन् ।

Read More

पत्रिकाको ग्राहक बनिदिन्छु भन्दै बलात्कारः बच्चा जन्मिएपछि घटना सार्वजनिक

https://ratopati.com/story/139671/2020/7/22/rape-case, काठमाडौं access_timeसाउन ७, २०७७

भक्तपुर । रामेछाप खाँडादेवी गाउँपालिका–९ स्थायी घर भएका २२ वर्षीय राजेश भन्ने सुरेश भण्डारी मध्यपुरथिमिमा मासु पसल चलाउँथे ।  मध्यपुर थिमि नगरपालिका–४ मध्यपुर अस्पताल अगाडी रहेको पसलमा २०७६ जेठ २७ गते एक किशोरी आइन् । उनी पत्रिकाको ग्राहक बनाउँदै हिँड्थिन् । 

Read More

बलात्कार अभियुक्त वर्षदिनपछि पक्राउ

http://annapurnapost.com/news/161855

भक्तपुर : १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेर गर्भवती बनाएको एक वर्षपछि एक युवालाई भक्तपुर प्रहरीले नियन्त्रणमा लिएको छ।

भक्तपुर प्रहरीले रामेछापको खाँडादेवी गाउँपालिका ९ घर भई भक्तपुरको मध्यपुर थिमि नगरपालिका ४ मध्यपुर अस्पताल अगाडि मासुपसल गर्दै आएका २२ वर्षीय राजेश भन्ने सुरेश भण्डारीलाई नियन्त्रणमा लिएको हो।

Read More

अपाङ्ग बालिका बलात्कृत

https://www.newsofnepal.com/2020/07/22/337909/, ७ श्रावण २०७७, बुधबार

१६ वर्षीया अपाङ्ग बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्वतले १२ वर्ष र १४ वर्ष उमेरका दुई बालकलाई नियन्त्रणमा लिएको छ । अपाङ्गताको फाइदा उठाउँदै बालिकालाई जबर्जस्ती करणी गरेको पीडित बालिकाका आफन्तहरूले प्रहरीलाई जानकारी दिएपछि दुई बालकलाई पक्राउ गरेको हो ।

Read More

कर्णालीमा ३ बालबालिकासहित थप २२ जनामा कोरोना संक्रमण

https://www.onlinekhabar.com/2020/07/883719

७ साउन, सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा तीनजना बालबालिकासहित २२ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला र दैलेख अस्पतालको प्रयोगशालामा भएको परीक्षणबाट बुधबार थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Read More

यौन दुर्व्यवहारको आरोपी प्रअलाई हदैसम्मको कारबाही माग गर्दै अदालत बाहिर प्रदर्शन

https://ekantipur.com/pradesh-1/2020/07/21/159533196800242924.html, श्रावण ६, २०७७

मोरङ — दुई छात्रालाई यौन दुर्व्यवहार आरोपमा पक्राउ परेका प्रधानाध्यापकलाई हदैसम्मको कारबाही माग गर्दै पीडितका आफन्तले मंगलबार जिल्ला अदालत मोरङ परिसर बाहिर प्रदर्शन गरेका छन् ।

उनीहरुले बालयौन दुर्व्यहार गर्नेलाई कडा कारबाही गर, दोषिलाई उन्मुक्ति दिन पाइँदैन, पीडित बालिकालाई न्याय देऊ लगायतको नारा लेखिएका प्लेकार्डसहित अदालत बाहिर प्रर्दशन गरेका थिए ।

Read More

विश्वमा बालबालिका हेरचाहको अवस्था नाजुक : युुनिसेफ

http://annapurnapost.com/news/161821, ०७ साउन २०७७ १३:४०:००

संयुक्त राष्ट्रसंघीय बालकोष युनिसेफले विश्वमा बालबालिकाको हेरचाहको अवस्था नाजुक बन्दै गएको बताएको छ । विश्वमा जारी रहेको कोरोना भाइरसको संकटका कारण यस्तो अवस्था रहेको मंगलबार युनिसेफले जनाएको हो । बालबालिकाले प्रारम्भिक शिक्षा लिने र उनीहरुको राम्रो हेरचाह र रेखदेख गर्नुपर्ने अवस्थामा ह्रास आएको युनिसेफको भनाई छ ।

संयुक्त राष्ट्रसंघले नै हालैमात्र विश्वका कम्तीमा पनि ४ करोड बालबालिकाले प्रारम्भिक शिक्षा लिने, विद्यालय जाने र खेल्ने लगायतको वातावरण नपाएको अथवा यस्ता कार्यबाट बालबालिका वञ्चित हुन पुगेका उक्त प्रतिवेदनमा जनाइएको थियो ।

Read More

टोखामा पहिरोले पुरिएर दुई बालबालिकाको मृत्यु

https://www.onlinekhabar.com/2020/07/883430

६ साउन, काठमाडौं । काठमाडौंको टोखा नगरपालिका-१ टाँसी डाँडामा पहिरोले पुरिएर दुई बालबालिकाको मृत्यु भएको छ ।

मंगलबार खाना खाने समयमा आएको पहिरोले पुरिएर स्थानीय ३/३ वर्षका सचिन राना र सन्धा रानाको मृत्यु भएको महानगरीय प्रहरी बृत्त महाराजगञ्जका डीएसपी रोशन खड्काले जानकारी दिए ।

Read More

सुस्त मनस्थितिकी किशोरी बलात्कारपछि गर्भवती, तीनजना पक्राउ

https://thahakhabar.com/news/103394

साउन ६, २०७७ पर्वत : महाशीला गाउँपालिका–५ लुँखुदेउरालीकी अपाङ्गता भएकी एक किशोरी बलात्कारपछि गर्भवती रहेको पाइएको छ। सुस्त मनस्थितिकी १६ वर्षीया किशोरीमाथि चार महिनाअघि बलात्कार भएको पाइएको हो। घटनाबारे यसअघि थाहा नभए पनि उनको पेट बढ्दै जान थालेपछि उनकी आमाले सोधपुछ गर्दा बलात्कृत भएको खुलेको हो। 

Read More

पहिरोमा पुरिएर दार्चुलामा आमा–छोरीको मृत्यु

https://www.onlinekhabar.com/2020/07/883032

५ साउन, कैलाली । पहिरोमा पुरिएर दार्चुलामा आमा–छोरीको मृत्यु भएको छ ।

जिल्लाको नौगाड गाउँपालिका ६ मा पहिरो जाँदा ४२ वर्षीया मानमतीदेवी ठगुन्ना र उनकी ६ वर्षीया छोरी आरतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

‘घटना अविरल वर्षाका कारण पहिरोले घर भत्किदा भएको हो,’ सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी मुकेश सिंहले भने, ‘परिवारका अन्य सदस्य सकुशल छन् ।’

गएराति घरमाथिबाट आएको पहिरोले घर भत्किएपछि उनीहरु पुरिएका उनले बताए ।

सोही क्षेत्रमा केही घाइतेसमेत भएको उनले जानकारी दिए ।

 

Read More

बाल विवाहमा संलग्न चार जना पक्राउ

https://www.onlinekhabar.com/2020/07/882990

रासस

२०७७ साउन ५ गते ७:५४ मा प्रकाशित

स्याङ्जा । बाल विवाहमा संलग्न भएका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । स्याङ्जाको आँधीखोला गाउँपालिका–१ बस्ने २४ वर्षीय नारायणप्रसाद तिवारीले १७ वर्षीया किशोरीलाई बिहे गरेको किटानी जाहेरी परेपछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले बताए।

 

Read More