बाल सञ्जाल र प्रहरीको सक्रियतामा बालविवाह रोकिए
नयाँ पत्रिकामा प्रकाशित, २ मङ्सिर, प्युठान।
बाल सञ्जाल र प्रहरीको सक्रियतामा प्युठानमा एक सातामा चार बालविवाह रोकिएका छन् । उमेर नपुगेका, तर विवाह गर्न लागेका जोडीको विवाह रोकिएको हो।
Read Moreनयाँ पत्रिकामा प्रकाशित, २ मङ्सिर, प्युठान।
बाल सञ्जाल र प्रहरीको सक्रियतामा प्युठानमा एक सातामा चार बालविवाह रोकिएका छन् । उमेर नपुगेका, तर विवाह गर्न लागेका जोडीको विवाह रोकिएको हो।
Read Moreनागरिक न्युजमा प्रकाशित,१ मङ्सिर, रोल्पा ।
जिल्लामा रहेका अधिकांश विद्यालयहरु विभिन्न शिर्षकमा विद्यार्थीसंग पैसा उठाएर चलिरहेका छन्। करिब ६० प्रतिसत दरबन्दी कम भएका कारण यहाँका विद्यालयहरुले निजी श्रोतका शिक्षकलाई तलब खुवाउन पैसा उठाउनु परिरहेको हो। पुर्वाधार र जनशक्तिको अभावमा जबरजस्त खोलिएका विद्यालयहरुमा बर्सेनी विद्यार्थी घट्ने क्रम पनि चलिरहेको छ।
Read Moreकान्तिपुरमा प्रकाशित, १ मङ्सिर, काठमाडौं।
पश्चिमा नागरिकबाट नेपाली बालबालिकामाथि भइरहेको यौन दुराचारबारे जुन तथ्य र प्रवृत्ति उजागर भएको छ, त्यो अत्यन्त डरलाग्दो छ । बालहितका लागि खुलेका भनिएका बालगृहमै बालबालिकाले उचित रेखदेख, शिक्षादीक्षा र पालनपोषण नपाइरहेको स्थितिमा त्यसकै लागि सघाउने बहानामा आएका कतिपय विदेशीमा यौन शोषणको उद्देश्य भेटिनु चिन्ताको विषय हो।
Read Moreकान्तिपुरमा प्रकाशित,१ मङ्सिर, हेटौंडा ।
दिवाखाजाको व्यवस्था गरिएपछि मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा शतप्रतिशत बालबालिका स्कुल जान थालेका छन् । भर्ना भएर नियमित स्कुल आउन थालेपछि प्राथमिक तहका विद्यालयमा ‘ड्रपआउट’ शून्यमा झरेको छ।
Read Moreनयाँ पत्रिकामा प्रकाशित,३० कात्तिक, मोरङ ।
मोरङ र सुनसरीमा करेन्ट लागेर दुई बालकको मृत्यु भएको छ । मोरङ सुन्दरहरैचा नगरपालिका(५ सुनौलीचोकका ८ बर्षीय रोहन मगर र सुनसरीको बर्जु गाउँपालिका-३ अमडुवा दुर्गाटोल बस्ने ९ बर्षीय आचल रायको करेन्ट लागेर शुक्रबार मृत्यु भएको हो।
Read Moreनयाँ पत्रिकामा प्रकाशित,२९ कात्तिक, उदयपुर ।
उदयपुर जिल्लाको कटारी नगरपालिका–६ मा १४ वर्षीय किशोरी भगाएर विवाह गरेको भन्दै एक किशोरलाई प्रहरीले बालविवाहको आरोपमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा २० वर्षीय सरोज गिरी रहेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ।
Read Moreकान्तिपुरमा प्रकाशित,२९ कात्तिक, म्याग्दी।
ज्यानै जोखिममा राखेर अनिच्छुक गर्भपतन गराउने किसोरीको संख्या यस जिल्लामा वर्षेनी बढ्दो छ । कानुनले २० वर्षमुनीका युवतीलाई विवाहमा रोक लगाएको भए पनि गर्भपतन गराउनेमा किशोरी नै बढी छन्।
Read Moreकान्तिपुरमा प्रकाशित,२८ कात्तिक, काठमाडौँ।
सरकारले वार्षिक ४ अर्ब खर्चिए पनि अझै बालबालिकाले निमोनियाबाट ज्यान गुमाइरहेका छन् । गत वर्ष मात्र ३ सय बालबालिकाको निधन भएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार गत वर्ष देशभरका स्वास्थ्य संस्थामा १ हजार २ सय बालबालिकाको उपचारकै क्रममा ज्यान गएको थियो। तीमध्ये ३ सयको मृत्युको कारण निमोनिया हो।
Read Moreसेतोापाटीमा प्रकाशित,२८ कात्तिक, नेपालगञ्ज।
एक सातादेखि घरबाट हराएका चारजना बालकको बाँकेको इलाका प्रहरी कार्यालय कोहलपुरले बुधबार उद्धार गरेको छ। गत कात्तिक २० गतेदेखि कोहलपुर नगरपालिकाबाट हराएका १२ वर्षीय प्रकाश बिक, ११ वर्षीय दीपक तिरुवा, १३ वर्षीय श्याम बिक र बिक्की विकलाई फेला पारी आजै घरपरिवारलाई बुझाएको कोहलपुर प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए।
Read Moreहिमाल खबरपत्रिकामा प्रकाशित,२७ कात्तिक, नुवाकोट।
मानव बेचबिखन अनुसन्धान ब्यूरोले २७ कात्तिकमा उक्त घटनाबारे विवरण सार्वजनिक गर्दै नेपाली बालिकाहरुलाई भारतका विभिन्न स्थानमा लगेर बिक्री गर्ने क्रममा सुई र अन्य औषधिहरु प्रयोग गरेर युवती बनाउने गरिएको खुल्न आएको हो।
Read Moreअन्नपूर्ण पोस्ट्मा प्रकाशित,२७ कात्तिक, विराटनगर ।
विराटनगरमा एक निजी स्कुलका शिक्षकले सोही विद्यालयमा अध्ययनरत १४ वर्षीया छात्रामाथि निर्घात कुटपिट गरेका छन् । विराटनगर महानगरपालिका ४ राजवंशी चोकमा रहेमा अर्पण स्कुल शिक्षक निमेष बस्नेतले कक्षा ८ मा अध्ययनरत बूढीगंगा गाउँपालिका २ टंकीसिनवारी घर भएकी रोश्नी भण्डारीलाई पाइपले कुटपिट गरेका हुन्।
Read Moreथाहा खबरमा प्रकाशित,२७ कात्तिक, सर्लाही ।
सर्लाहीको बागमतिानगरपालिका–९ निर्माणचोकमा मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ। निर्माणचोक हुँदै सोल्टी बजार जाने क्रममा बा ३५ प ५५१२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा मंगलवार दिउँसो बागमति नगरपालिका–९ शंकरपुरका चैनकुमार रायका ८ वर्षीय छोरा शुसिल राय गम्भिर घाइते भई उपचारको लागि विरगञ्ज हेल्थ केयर विरगञ्जमा उपाचारकोे क्रममा मंगलवार राति उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
Read Moreअन्नपूर्ण पोस्ट्मा प्रकाशित,२६ कात्तिक, ललितपुर।
गोदावरी नगरपालिका डुकुछाप-८ मा सञ्चालित श्री गणेश माध्यमिक विद्यालयले ‘बालमैत्री’ लागू भएको ६ महिना नबित्दै १२ जना विद्यार्थीको जथाभावी मुण्डन गरिदिएको छ। विद्यार्थीलाई कपाल काटेर आउन पटक-पटक अनुरोध गर्दा पनि बेवास्ता गरी ड्रेससमेत नलगाएको विद्यालयको आरोप छ।
Read Moreनागरिक न्युजमा प्रकाशित,२६ कात्तिक, दोलखा।
बिहान गेट खुलेलगत्तै विद्यार्थी विद्यालय प्रवेश गर्न सुरु गर्छन्। तामाकोसी सदनका १० कक्षामा पढ्ने एक हुल विद्यार्थी गेटमा बसेर हाताभित्र प्रवेश गर्नेहरूको झोलामा ल्याइएको खाजा निरीक्षण गर्दै छन्। ‘जंक फुड’ हुनेहरूको सामान गेटमै जफत हुन्छ र घरमा पकाइएको ताजा खानेकुराले मात्र विद्यालयमा प्रवेश पाउँछ।
Read Moreकान्तिपुरमा प्रकाशित,२६ कात्तिक, मकवानपुर ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले बालिका बलात्कार गरेको आरोपमा मंगलबार एकजनालाई पक्राउ गरेको छ । १४ वर्षीया बालिकालाई जवरजस्ती करणी गरको अभियोगमा कैलाश गाउँपालिकाबाट प्रहरीले एकजना पक्राउ गरेको हो।
Read Moreअन्नपूर्ण पोस्ट्मा प्रकाशित,२६ कात्तिक, बाँके ।
२१ कात्तिक २ बजे। बेतहनी-होलिया सडक खण्डमा एक हुल विद्यार्थी भेटिए। उनीहरूले टिसर्ट र हाफ पाइन्ट लगाएका थिए। टिसर्ट च्यातिएको थियो। हाफपाइन्ट ठाउँठाउँमा सिलाएको स्पष्टै देखिन्थ्यो। लामबाहुले लगाउने निकै कम थिए। तीनदेखि पाँच वर्ष उमेर नकटेका उनीहरू सबै हतारमै देखिन्थे।
Read Moreकान्तिुरमा प्रकाशित,२४ कात्तिक, नेपालगन्ज ।
नेपालगन्ज–२० मनिकापुर थपुवाका चार बालक सात दिनदेखि बेपत्ता छन् । मनिकापुर थपुवाका १५ वर्षीय दिनेश बुढा क्षेत्री, दिनेश बुढा, १३ वर्षीय रमेश अधिकारी र १२ वर्षीय महेश बुढा बेपत्ता भएको प्रहरीले जनाएको छ।
Read Moreअन्नपूर्ण पोस्ट्मा प्रकाशित,२५ कात्तिक, काठमाडौं ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा अछामकी १२ वर्षीया बालिका भेट्न थापाथलीस्थित प्रसूतिगृह पुगेकी छन्। अविवाहित बालिका पाँच महिनाकी गर्भवती थिइन्। बौद्धिक अपांगसमेत रहेकी बालिकाको शुक्रबार गर्भपतन गरिएको छ।
Read Moreकान्तिपुरमा प्रकाशित,२५ कात्तिक, काठमाडौं।
नेत्रविक्रम चन्द समूहको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले काठमाडौंका केही सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई जबर्जस्ती प्रदर्शनमा सहभागी गराएको छ । भारतले अतिक्रमण गरेको भूमि कालापानीलगायत फिर्ताका लागि दबाब दिन भन्दै क्रान्तिकारीले आइतबार प्रदर्शन गरेको थियो।
Read Moreअन्नपूर्ण पोस्ट्मा प्रकाशित,२४ कात्तिक, जनकपुरधाम ।
अति विपन्न र दलित परिवारका ३ सय बढी बालबालिका अध्ययनरत महोत्तरीको मधवा विद्यालय मात्र २ शिक्षकको भरमा सञ्चालित छ। मनरा सिसवा नगरपालिका १० मधवा गाउँमा सञ्चालित हनुमानदत्त विश्वनाथ जनता सरकारी प्राथमिक विद्यालय नेपालकै पुरानो शैक्षिक संस्था मध्येको एक हो।
Read More