समाचारमा बालबालिका

प्लाष्टिकको झोलामा शिशुको शव फेला

लाजिम्पाटमा अन्दाजी १० महिनाको शिशुको शव भेटिएको छ । सांग्रिला होटल अगाडि सडक किनारमा घाटी रेटेर हत्या गरेको अवस्थामा बुधबार राति शिशुको शव भेटिएको प्रहरीले जनाएको छ । शव प्लाष्टिकको झोलामा राखिएको अवस्थामा भेटिएको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

२०७६ जेठ ३० गते ७:५५ मा प्रकाशित