समाचारमा बालबालिका

प्रहरीद्वारा बालक कुटिएका परिवार भन्छन् : हामी पनि असुरक्षित भयौँ

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१६ माघ, विर्तामोड  ।

सादा पोशाकका प्रहरद्वारा कुटिएका विर्तामोडका बालकका परिवारले कुटपिटमा संलग्न प्रहरीलाई विभागीय कारवाही मात्र नभई प्रहरी सेवाबाट नै बरखास्त गर्नुपर्ने माग गरेका छन् ।

Read More

सल्यानका बालबालिकामा कुपोषणको समस्या

उज्यालो अनलाइनमा प्रकशित,१६ माघ, सल्यान ।

सल्यानमा अधिकांश बालबालिका कुपोषणको सिकारमा परेका छन् । ग्रामीण तहमा रहेका विद्यालयमा गरिएको परिक्षणले यस्तो तथ्य देखाएको हो । विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम अन्तर्गत अध्ययन गर्ने ५ देखि १९ वर्षका विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गर्दा अधिकांश विद्यार्थीमा उमेर अनुसार तौल नबढ्ने, दुब्ला पातला बढी हुने समस्या देखिएको हो । 

Read More

मृत फेला परेकी बालिकालाई बलात्कारपछि हत्या गरेको पुष्टि

अनलाइनखबरमा प्रकाशित,१५ माघ, खोटाङ ।

खोलाको बगरमा गाडिएको अवस्थामा फेलापरेको रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाकी आठ वर्षीया बालिका लुमणी भनिने ब्रिस्मा राईलाई बलात्कारपछि हत्या गरेको पुष्टि भएको छ । 

Read More

देशभरका ३६५ बालबालिका पुड्कोपनको शिकार बन्दै, प्रदेश ६ सबैभन्दा पीडित

रातोपाटीमा प्रकाशित,१४ माघ, काठमाडौं ।

नेपालमा ५ वर्ष मुनिका बालबालिका करिब २७ लाख रहेका छन् । यो तथ्याङ्क अनुसार नेपालमा ५ वर्ष मुनिका ३६ प्रतिशत बालबालिकामा दीर्घ कुपोषण तथा पुड्कोपनको समस्या देखिएको छ ।  

Read More

प्रहरीद्वारा बालक कुटपिट

नयाँ पत्रिकामा प्रकाशित,१४ माघ, झापा ।

सादा पोसाकमा खटिएका प्रहरीले एक बालकमाथि कुटपिट गरेका छन् । इलाका प्रहरी कार्यालय बिर्तामोडबाट ड्युटीमा खटिएका प्रहरी जवानद्वय सुजन श्रेष्ठ र श्याम यादवले बिर्तामोड–४ का १३ वर्षीय सन्दीप प्रसाइँलाई बिहीबार राति कुटपिट गरेका हुन् ।

Read More

रोल्पामा आगलागीबाट २० लाखको क्षति, बालक घाइते

अनलाइनखबरमा प्रकाशित,१४ माघ, रोल्पा ।

रोल्पाको सुवर्णावती गाउँपालिका–१ घोडागाउँमा शनिबार भएको आगलागीबाट सात घर जलेर नष्ट हुँदा लाखौंको क्षति भएको छ । आगलागीबाट नरेन्द्र पुन, नरिमा घर्ती, मनबहादुर पुन, किशोर घर्ती, अमर घर्ती र पवि घर्तीको घर तथा घरसँगै रहेको गोठ जलेर नष्ट भएको छ भने कृष्णबहादुर घर्तीको भान्सा कोठा जलेर नष्ट भएको छ ।

 

Read More

लम्कीका दुई बालक ४ दिनदेखि बेपत्ता

थाहा खबरमा प्रकाशित,१४ माघ, कैलाली ।

घरबाट खेल्न भनी निस्केका कैलाली लम्कीका दुईजना बालक चार दिनसम्म घर नफर्केपछि अभिभावक चिन्तित भएका छन्। लम्कीचुहा नगरपालिका-१ पूर्व लम्कीमा बस्ने स्थानीय धनमल टमट्टाका १० वर्षीय छोरा वीरेन्द्र टमट्टा र सोही ठाउँका अन्दाजी १२र१४ वर्षीय शंकर दर्जी ४ दिनदेखि बेपत्ता भएका छन् ।

 

Read More

फुलचोकी हाइकिङ गएका विद्यार्थी बेपत्ता

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१३ माघ, काठमाडौं ।

ललितपुरको थसिखेलस्थित अजय शिक्षा सदनमा अध्ययनरत एक विद्यार्थी हाइकिङ गएर फर्कने क्रममा तीन दिनदेखि बेपत्ता भएका छन् । फुलचोकी डाँडामा गत बिहीबार हाइकिङ गएका कक्षा ५ र ६ का ११ जना विद्यार्थीमध्ये कक्षा ६ मा अध्ययनरत जोन तामाङ हराएका हुन्। फुलचोकी शिखरमा पुगेर ओरालो झर्दा उनी हराएका हुन् । 

Read More

भारतको जेलबाट बालिकाको उद्धार

रातोपाटीमा प्रकाशित,१३ माघ, रुकुम ।

पाँच वर्षदेखि भारतको बहराइज जेलमा रहेकी एक नेपाली बालिकाको उद्धार गरिएको छ । जिल्ला बालकल्याण समितिले आठबीसकोट नगरपालिका– १ की छ वर्षीया करिष्मा विकलाई उद्धार गरेर नेपाल ल्याइएको हो ।

 

 

Read More

झापामा कुपोषित बालबालिकालाई पोषणयुक्त लिटो दिने

साझा सावालमा प्रकाशित,१२ माघ, झापा ।

तीनवटा नगरपालिकाबाहेक झापाका सबै स्थानीय निकाय पूर्ण खोपयुक्त भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । आठ नगरपालिका र सात गाउँपालिका रहेको झापामा गाउँपालिका सबै पूर्णखोप घोषणा भइसकेको र नगरपालिकामा विर्तामोड, दमक र मेचीनगर नगरपालिका मात्र घोषणा हुन बाँकी रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख मधुसुदन कोइरालाले बताउनुभयो । 

Read More

पानी भरेर राखेको बाल्टिनमा डुबेर बालिकाको मृत्यु

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१२ माघ, कपिलवस्तु ।

एक बालिकाको बिहीबार बाल्टिनमा डुबेर मृत्यु भएको छ। बुद्धभूमि नगरपालिका–६, मौवा कटौरया निवासी अब्दुल अजिजकी दुई वर्षीया छोरी इकार मोनीहरको आफ्नै घरमा खेल्नेक्रममा धारा नजिक पानी भरेर राखेको बाल्टीनमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय, गोरुसिंगेका प्रहरी निरीक्षक मनोहरराज श्रेष्ठले जानकारी दिए।

 

Read More

बालिकालाई बलात्कार गरेको अभियोगमा युवक पक्राउ

थाहा खबरमा प्रकाशित,१२ माघ, सिरहा ।

सिरहाको गोलबजार नगरपालिका–९ बाट प्रहरीले बालिकालाई बलात्कार गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्ने गोलबजार नगरपालिका– ९ डण्डाटोलका १८ वर्षीय लाले पासवान रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

 

Read More

एक सातामा सीमाबाट तीन बालिकाको उद्धार

रातोपाटीमा प्रकाशित,११ माघ, कपिलवस्तु ।

कपिलस्तुको कृष्णनगर नाकाबाट एक सातामा तीन बालिकाको उद्धार गरेको छ । सीमा निगरानीका क्रममा प्रहरीको सहयोगमा  शान्ति पुनस्र्थापना गृहले कपिलवस्तुको कृष्णनगर सीमा नाकाबाट प्यूठान घर भएका ती बालिकाहरुको उद्धार गरेको हो । 

Read More

जबर्जस्ती करणी मुद्दामा सेनानी विक्रम शाह जेल चलान

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,११ माघ, काठमाडौं ।

काठमाडौं जिल्ला अदालतले नेपाली सेनाका सेनानी प्रभवविक्रम शाहलाई जेल चलान गरेको छ। यौन दुराचारको आरोप लागेका मेजर शाहलाई बिहीबार जबरजस्ती करणी मुद्दाको थुनछेक बहसपछि पुर्पक्षका लागि जेल चलान गरेको काठमाडौं जिल्ला अदालतको मुद्दा फाटका शाखा अधिकृत टीकासिंह खत्रीले जानकारी दिए ।

Read More

जाजरकोटमा ज्वरोले शिशुको मृत्यु

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,११ माघ, जाजरकोट ।

जुनीचाँदे गाउँपालिका–३ डाँडाकोटमा रुघाखोकी र ज्वरोको कारण जयबहादुर विकका छ महिने शिशु रोशनको आज मृत्यु भएको छ । तीन दिनदेखि रुघाखोकी र ज्वरोबाट थला परेका रोशनको उपचारका क्रममा मजकोटको सानाखोलास्थित निजी क्लिनिकमा मृत्यु भएको वडाध्यक्ष रामबहादुर नेपालीले बताए ।

Read More

लागुऔषध र बालविवाह रोक्न प्रहरी अभियान

नयाँ पत्रिकामा प्रकाशित,११ माघ, लमजुङ ।

लागुऔषध र बालविवाह रोक्ने जिल्ला प्रहरी कार्यालय लमजुङले विद्यालय तहमा अध्ययनरत बालबालिकालाई प्रयोग गरी अभियान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय लमजुङले जिल्लाका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सचेत गराई उनीहरूमार्फत बस्तीमा लागुऔषध र बालविवाहविरुद्ध सूचना प्रवाह गरिरहेको छ ।

Read More

हराएकी बालिकाको गाडिएको अवस्थामा शव फेला

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,११ माघ, खोटाङ ।

खोलाको बगरमा गाडिएको अवस्थामा खोटाङमा एक बालिकाको शव फेला परेको छ। रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका नौमणि राईको आठ वर्षीया छोरी लुमणिको शव चिम्चिमा खोलाको बगरमा गाडिएको अवस्थामा बुधबार राति फेला परेको हो ।

Read More

कालिकोट भाइरल - १६ विद्यालय ४ दिन बन्द

कान्तिपुरमा प्रकाशित,१० माघ, कालिकोट ।

भाइरल ज्वरो नियन्त्रणमा नआएपछि प्रभावित क्षेत्रका १६ विद्यालय ४ दिनका लागि बन्द गरिएको छ । जिल्ला शिक्षा कार्यालयले खाडाचक्र नगरपालिका र सान्नी त्रिवेणी गाउँपालिकाका विद्यालय ४ दिनका लागि बन्द गर्ने निर्णय गरेको हो ।

Read More

छोराको पर्खाइमा छोरीलाई गर्भमै ‘त्याग’

कान्तिपुरमा प्रकाशित,१० माघ, काठमाडौँ ।

छोरा पर्खंदापर्खंदै उनले ९ वटी छोरी जन्माइन् । ४५ वर्षको उमेरमा उनी १६ पटक गर्भवती भइसकिन् । भन्छिन्, ‘भिडियो एक्सरे गर्दा छोरी भन्ने थाहा पाएपछि कति गर्भ अस्पतालमा तुहाएँ, कति खानपान र आराम नपुगेर खेर गए ।

Read More

पौडी खेल्ने क्रममा एकैघरका दुई बालकको डुबेर मृत्यु

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१० माघ, तुलसीपुर ।

पौडी खेल्ने क्रममा बुधबार दिउँसो तुलसीपुर उपमहानगरपालिका–५ नयाँ बसपार्क नजिक रहेको पातुखोलामा डुबेर एकैघरका दुई बालकको मृत्यु भएको छ ।

Read More