समाचारमा बालबालिका

विद्यालय गाभिएपछि बालबालिकालाई सकस

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१० मंसिर, सुर्खेत ।

विद्यालय मर्ज हुन थालेपछि बालबालिकालाई सकस भएको छ। अधिकांश बालबालिकालाई हिँडेर विद्यालय पुग्न समस्या हुने गरेको हो। शिक्षकको अनुपातमा विद्यार्थी संख्या न्यून भएको भन्दै स्थानीय तहले कर्णालीका अधिकांश विद्यालय मर्ज गरिरहेका छन्। सुर्खेतमा दर्जनभन्दा बढी विद्यालय गाभिएका छन्।

Read More

आमाले छाडेपछि दाम्लोमा

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,९ मंसिर, पाँचथर ।

पाँचथरको मिक्लाजुङ–५ पाङ्तुवाकी शिला चेम्जोङले दोस्रो बिहे गरेपछि उनका नाबालक छोरा दाम्लोले बाँधेर राखिएका छन्। हजुरबुवा भुवनसिंह सम्बाहाम्फे र हजुरआमाले पाँच वर्षीय मित्रहाङलाई दुई वर्षदेखि ओखलीमा बाँधेर राखेका हुन्। उनका बुवा बुवा आशिकराम वैदेशिक रोजगारीमा छन्।

Read More

घरबाट बेपत्ता भएकी बालिका मृत फेला

उज्यालो अनलाइनमा प्रकाशित,९ मंसिर, बझाङ ।

गएको कात्तिक २८ गते घरबाट बेपत्ता भएकी एक बालिका मृत अवस्थामा फेला परेकी छिन् । जयपृथ्वी नगरपालिका वडा नम्बर ७ सुबेडा कि १५ वर्षीया सपना बम मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय बझाङले जनाएको छ।

Read More

ट्रकको ठक्करबाट बालिकाको मृत्यु

कान्तिपुरमा प्रकाशित,९  मंसिर, लमजुङ ।

डुम्रे–बेंसीसहर सडक खण्डमा पर्ने लमजुङको सुन्दरबजार नगरपालिका(८ डुँढकुला नजिकै ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ।आइतबार बेंसीसहरबाट पाउँदीतर्फ जाँदै गरेको बा २ क १९७६ नम्बरको मालबहाक ट्रकले ठक्कर दिँदा स्थानीय ७ वर्षीया करुणा गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

Read More

मुटु कलेजो जोडिएका जुम्ल्याहाको मृत्यु

उज्यालो अनलाइनमा प्रकाशित,९ मंसिर, सुर्खेत ।

शरीर जोडिएका जुम्ल्याहा छोरीहरुको आइतबार मृत्यु भएको छ । प्रदेश अस्पताल सुर्खेतमा यही मंसिर २ गते राष्कोट नगरपालिका–५, की ललिता बुढाले शरीर जोडिएका छोरीहरुलाई जन्म दिनुभएको थियो। 

Read More

शिक्षकको कुटाइबाट जाजरकोटमा विद्यार्थी घाइते

अनलाइनखबरमा प्रकाशित,९ मंसिर जाजरकोट ।

जाजरकोटको छेडागाड नगरपालिका-११ मा रहेको बाल माध्यामिक विद्यालय झाप्राका शिक्षक पृथ्वीबहादुर सिंहले विद्यार्थीलाई कुटेर घाइते बनाएका छन् । रजिस्टेशन र्फमको विषमा शिक्षक सिंहले कक्षा ९ मा अध्ययनरत छात्र शेरबहादुर बस्नेतलाई कुटपिट गरी रक्ताम्य बनाएका हुन्।

Read More

६ महिनाका लागि बन्द भए डोल्पाका विद्यालय

उज्यालो अनलाइनमा प्रकाशित,८ मंसिर, डोल्पा ।

चिसो बढेसँगै डोल्पाको उत्तरी क्षेत्रका विद्यालयहरु बन्द भएका छन् । यस वर्षको शैक्षिक सत्र सकिएसँगै फोक्सुण्डो, डोल्पो बुद्ध र छार्कातासोङ् गाउँपालिकामा एक माध्यमिक, तीन आधारभूत ९६–८० र २० वटा प्राथमिक गरी २४ वटा विद्यालय बन्द भएका हुन्। 

Read More

जुम्लामा ६ वर्षीया बालिका बलात्कारको आरोपमा एक जना पक्राउ

उज्यालो अनलाइनमा प्रकाशित,८ मंसिर, जुम्ला ।

जुम्लामा ६ वर्षीया बालिका बलात्कृत भएकी छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार जुम्लाको तातोपानी गाउँपालिका–७ की  नाम परिवर्तित (मुना) बलात्कृत भएकी हुन्।

Read More

बाल विवाह गर्ने नुवाकोटबाट पक्राउ

अनलाइनखबरमा प्रकाशित,८ मंसिर, नुवाकोट ।

बालिका विवाह गरेको अभियोगमा नुवाकोट प्रहरीले प्यूठानको स्वर्गद्वारी नगरपालिका–२ का पवन घर्तीलाई शुक्रबार पक्राउ गरेको छ ।
गाउँकै १३ वर्षीया बालिकालाई विवाह गरी नुवाकोटको बेलकोटगढी नगरपालिका–७ रातमाटेमा ल्याएर राखेको अवस्थामा २२ वर्षीय घर्तीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिए।

Read More

एघार महिनामा दुई र तीन वर्षीया ३३ नाबालिका बलात्कृत

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,७ मंसिर, सप्तरी ।

सप्तरीमा ११ महिनाको अवधिमा बलात्कार र बलात्कार प्रयासका ६० घटना भएको पाइएको छ। तथ्यांक अनुसार बलात्कारका ३२ घटनामा दुई र तीन वर्षीया ३३ नाबालिका पनि यौनहिंसाको शिकार भएका छन्।

Read More

बाह्र वर्षीय गर्भवती

नागरिक न्युजमा प्रकाशित, ७ मंसिर, काठमाडौं ।

दुवै नारीभरि चुरा, निधारमा रातो टीका, गुलाफी रंङको ज्याकेट लगाएकी १२ वर्षीया गंगामाया चेपाङ पेटमा ३४ हप्ताको बच्चा चलिरहेको छ। उनको व्यवहार पनि उनको उमेर जस्तै कलिलो छ।

Read More

अपांगता भएकी बालिका बलात्कृत

कान्तिपुरमा प्रकाशित,६ मंसिर, दमक ।

अपांगता भएकी १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा झापाको गौरादह नगरपालिकाबाट बाबु–छोरासहित चार जना पक्राउ परेका छन् । उनीहरूलाई पीडित बालिकाकी आमाले दिएको जाहेरीका आधारमा पक्राउ गरेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक अमरबहादुर थापाले जानकारी दिए।

Read More

ट्याक्टरबाट लडेर बालिकाको मृत्यु

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,६ मंसिर, राजविराज ।

ट्याक्टरबाट लडेर बिहीबार सप्तरीमा एक बालिकाको मृत्यु भएको छ। घरनजिकै रहेको कञ्चनरुप नगरपालिका ६ जमुवा घोघनपुरस्थित मामाघरमा बिग्रेर राखिएको स १ त १९९३ नम्बरको ट्याक्टरमा खेलिरहेकी बालिकाको लडेर मृत्यु भएको परिवारका सदस्यले बताएका छन्। 

Read More

घरमा आगो लाग्दा जलेर बालकको मृत्यु

सेतोपाटीमा प्रकाशित,५ मंसिर, रोल्पा ।

रोल्पा जिल्लास्थित एक घरमा आगो लाग्दा एक जना बालकको जलेर मृत्यु भएको छ। जिल्लाको रून्टिगढी गाउँपालिका वडा नं. ४ मसिना निवासी भिमबहादुर पुनको घरमा आगो लाग्दा उनका ३ वर्षीय छोरा विशला पुनको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ।

Read More

बलात्कारको आरोपी दिल्लीबाट पक्राउ

कान्तिपुरमा प्रकाशित,५ मंसिर, चितवन ।

१२ वर्षकी किशोरीलाई बलात्कार आरोप लगेका एक युवकलाई भारतको दिल्ली गुडगाउँबाट गिरफ्तार गरिएको छ । भरतपुर महानगरपालिका १३ का २७ वर्षीय राजन विकलाई चितवन प्रहरीले मंसिर १ गते शनिबार पक्राउ गरेको हो।

Read More

बालविवाह गरी जबर्जस्ती करणी गर्नेलाई आठ वर्ष जेल

थाहा खबरमा प्रकाशित,५ मंसिर, गाईघाट ।

उदयपुरको कटारीस्थित त्रिवेणीका एक युवकलाई बालविवाह गरी जबर्जस्ती करणी गरेको अभियोगमा जिल्ला अदालतले आठ वर्ष जेल सजाय फैसला गरेको छ। जिल्ला अदालतले कटारी नगरपालिका–२ त्रिवेणीका २५ वर्षीय रविलाल तामाङलाई जेल सजायको फैसला गरेको हो।

Read More

विद्यार्थी आकर्षित गर्न खाजा

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,५ मंसिर, दमौली ।

म्याग्दे गाउँपालिकाले सबै आधारभूत तहका विद्यालयमा दिवा खाजाको व्यवस्था गरेको छ । गाउँपालिकाको ग्रामीण क्षेत्रका कक्षा ५ सम्म पढाइ हुने विद्यालयमा विद्यार्थी अभाव हुने गरेको छ।

Read More

१२ वर्षीया गर्भवतीलार्इ प्रसुति गराउन प्रधानमन्त्रीले काठमाडौं बोलाए

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,४ मंसिर, हेटौंडा ।

१२ वर्षकै उमेरमा आमा बन्न लागेकी एक चेपाङ बालिकाको स्वास्थ्यमा प्रधानमन्त्री कार्यालयले चासो देखाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि मकवानपुरको राक्सिराङ गाउँपालिका–३ सरिखेतकी १२ वर्षीया गर्भवती बालिका गंगामाया चेपाङलाई सुरक्षित प्रसुति गराउन मंगलबार काठमाडौं लगिएको हो।

Read More

कक्षा ६ पढ्न डेढ घण्टा हिँडाइ

नागरिक न्युजमा प्रकाशित,४ मंसिर, धादिङ ।

धादिङको बेनिघाट रोराङ गाउँपालिका–१, जरुङका शुभमाया तामाङका ६ छोराछोरी छन् । तीमध्ये उनीसँग अहिले एक छोरी मात्र छिन् । किनकि अन्य सन्तान अध्ययनका लागि गाउँदेखि टाढा गएका छन्।

Read More

रमाउँदै बाल फुटबलर

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,४ मंसिर, नेपालगन्ज ।

नेपालगन्जमा १२ वर्षीय आर्यान भट्टराईको सपना भविष्यमा सिभिल इन्जिनियर बन्नेछ । पाँच वर्षको उमेरदेखि फुटबल खेल्न थालेको बताउने उनी आपूmलाई स्ट्राइगर भन्न रुचाउँछन्।

Read More