समाचारमा बालबालिका

ट्रकको ठक्करबाट बालकको मृत्यु

नागरिक न्युजमा प्रकाशित,१२ फागुन, भक्तपुर ।

भक्तपुरको च्यामासिंहमा भएको दुर्घटनामा परी एकजना बालकको मृत्य भएको छ। भक्तपुर नगरपालिका वडा नं ९ च्यामासिंहबाट ब्रम्हायणीतर्फ जादै गरेको बा ३ क ३५८८ नं को निशान ट्रकले ठक्कर दिई घाइते भएका पैदल यात्री बर्ष ११ को तिलक मकाजूको मृत्यु भएको प्रहरीले जनाएको छ।

Read More

बालिका बलात्कार गरी फरार

कान्तिपुरमा प्रकाशित,११ फागुन, नेपालगन्ज ।

बाँकेको कोहलपुरमा बालिकालाई जबर्जस्ती करणी गरेर एकजना आरोपी फरार भएका छन् । १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेर स्थानीय ३० वर्षीय भोजबहादुर थापा फरार भएको इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी कुलदिप चन्दले बताए।

Read More

विद्यालय सुधार्दै व्यवस्थापन समिति

नागरिक न्युजमा प्रकाशित,१० फागुन, रोल्पा ।

जिल्लाको एक सामुदायिक विद्यालय आँट गरे सुधार्न गर्न सकिन्छ भन्ने उदाहरण बन्न थालेको छ। चाहेमा शैक्षिक सुधार गर्न सकिने प्रमाण देखाएको बालकल्याण नमुना माध्यमिक विद्यालयमा यतिबेला विद्यालय ब्यबस्थापन समिति थप सकृय बनेको छ। स्थानीय, प्रदेश र केन्द्र सरकारले वास्ता नगर्दा नगर्दै पनि विद्यालयले सुधारका लागि बिभिन्न उदाहरािीय कामको थालनी गरेको हो।

Read More

नबुझेको सोध्दा शिक्षकबाट कुटाइ

कान्तिपुरमा प्रकाशित,८ फागुन, रौतहट ।

नबुझेको सोध्दा मैले के गल्ती गरेँ रु गल्ती गरिहाले पनि माफ दिनुपर्नेमा उल्टै अपराधीलाई जस्तै कुटपिट गरे ।’ यति भन्दै गर्दा चन्द्रपुर–१० बालचनपुरस्थित एभरग्रीन बोर्डिङ स्कुलको कक्षा ७ मा अध्ययनरत १६ वर्षीय राजनकुमार ठाकुरको आँखा रसायो । आफूलाई शिक्षा दिने गुरुको हातबाट बुधबार कक्षाकोठामै उनी नराम्ररी कुटिए।

Read More

खोलामा गाडेको शव निकालेर पोस्टमार्टम गर्न पठाइयो

नयाँ पत्रिकामा प्रकाशित,७ फागुन, नवलपरासी ।

रामग्राम नगरपालिका–७ उजैनीका ९ वर्षीय एक बालकको शंकास्पद मृत्यु भएको छ । स्थानीय बैजनाथ पासवानका छोरा विवेक पासवानको मृत्यु शंकास्पद देखिएपछि गाडेको ठाउँबाट शव उत्खनन गरेर प्रहरीले पोस्टमार्टमका लागि शिक्षण अस्पताल काठमाडौं पठाएको छ ।

Read More

चिया बगानमा १४ वर्षीया किशोरी मृत फेला

थाहा खबरमा प्रकाशित,७ फागुन, झापा ।

दक्षिणी झापाको कचनकवलमा एक बालिका झुन्डिएको अवस्थामा मृत फेला परेको छ। उनको शव शंकास्पद अवस्थामा भेटिएको हो। कचनकवल गाउँपालिका १ स्थित झापा हर्दसभिट्टा गाउँमा बस्ने १४ वर्षीया विष्णुमाया कार्की भुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

Read More

छोरी बलात्कारीलाई ३७ वर्ष कैद

कान्तिपुरमा प्रकाशित,६ फागुन, हेटौंडा ।

छोरीलाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले बाबुलाई ३७ वर्ष कैदको फैसला गरेको छ । एक लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति स्वरुप पीडकबाट उपलब्ध गराउन आदेश जारी गरेको छ ।

Read More

यौन दुर्व्यवहार आरोपमा शिक्षकविरुद्ध उजुरी

कान्तिपुरमा प्रकाशित,६ फागुन, काठमाडौँ ।

ललितपुरको चांगाथलीस्थित नारायण आधारभूत विद्यालयका छात्राहरूले फागुन १ मा प्रधानाध्यापक सविता सिलवाललाई ‘केटीहरूमाथि अन्याय भएकोले छानबिन गर्न’ हस्तलिखित सामूहिक उजुरी दिए।

Read More

विद्यार्थीद्वारा आत्महत्या, विद्यालयको यातनाका कारण आत्महत्या गरेको परिवारको आरोप

नयाँ पत्रिकामा प्रकाशित,६ फागुन, सर्लाही ।

सोमबार लालबन्दी नगरपालिका–२ स्थित लर्ड ब्राइट विज्डम इङ्लिस स्कुलको निर्माणाधीन होस्टल भवनमा तन्नाको पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेका अमन चौधरीले यातना सहन नसकेर आत्महत्या गरेको परिवारजनले दावी गरेका छन् ।

Read More

महायज्ञमा गएकी किशोरीमाथि सामूहिक बलात्कार

नागरिक न्युजमा प्रकाशित,५ फागुन, रुपन्देही ।

रुपन्देहीको सम्मरीमाई गाउँपालिका ३ थुम्वामा सामूहिक बलात्कारको घटना भएको छ। आइतबार राति स्थानीय एक १६ वर्षीया किशोरीलाई तीन जना युवाहरुले जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ। पीडितले प्रहरीमा जाहेरी दिएपछि घटना बाहिर आएको हो।

Read More

महिना दिन यौन शोषण गरे अनि कुटेर निकाले

राजधानी दैनिकमा प्रकाशित,५ फागुन, तुलसीपुर ।

बलात्कारपछि फरार तुलसीपुरका एक युवकलाई प्रहरीले पक्राउ गरेकोे छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–४ रक्षाचौर निबासी शमिर वली रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक तथा प्रवक्ता चक्र डम्बर पालले जानकारी दिए।

Read More

माया नदिँदा बालबिज्याइँ

कान्तिपुरमा प्रकाशित,५ फागुन, बाँके ।

विचार पसलमा चोरी गर्ने थियो । घरमा कुखुरा देखेपछि उनीहरूको मन उतै तानियो । बुवालाई छक्याएर मोटरसाइकल कुदाउन सडकमा निकालेपछि टायर पन्चर भयो । पन्चर टाल्न पैसा थिएन । डरले घरमा माग्न नसकेपछि नेपालगन्जका १४ वर्षीय एक बालकले साथीसँग मिलेर पसल चोर्न बनाएको योजना फेरियो र कुखुरा चोरी भयो ।

Read More

कालीगण्डकी नदीले बगाएका नौ वर्षीय बालकको उद्धार

सेतोपाटीमा प्रकाशित,४ फागुन, पर्वत ।

कालीगण्डकी नदीले बगाउँदा घाइते भएका एक नौ वर्षीय बालकलाई प्रहरीले उद्धार गरेको छ। पर्वत बेनीमा आयोजित महोत्सव अवलोकनका लागि गएका म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जाका नौ वर्षीय शिशिर छन्त्याललाई आज दिउँसो कालीगण्डकी नदीले बगाएको थियो।

Read More

दुई वर्षपछि छोरो भेटिँदा

कान्तिपुरमा प्रकाशित,३ फागुन, कपिलवस्तु ।

दुई वर्षसम्म छोराको खोजी गरिन् । चिन्ताले हाडछाला भइन् । आस मारेर बसिन् । एकातिर श्रीमान्को अपहेलना । त्यसमाथि छोरो हराएपछि बिरक्तिएकी थिइन् । अहिले खुसी फर्किएको छ । उद्धारकर्ता भूमिराज भट्टराईले फोन गरेर घोराही उपमहानगरपालिका–१५ की शोभा केसीलाई छोरो फेला परेको सुनाए।

Read More

करणी आरोपी श्रेष्ठलाई कारबाही माग गर्दै कपिलवस्तुमा प्रदर्शन

अनलाइनखबरमा प्रकाशित,२ फागुन, कपिलवस्तु ।

आफ्नै उद्योगमा कार्यरत एक बालिकालाई जबरजस्ती करणीको आरोप लागेका आरोपीलाई कारवाहीको माग गर्दै महिलाहरुले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा प्रदर्शन गरेका छन्।

Read More

बालविवाह रोक्न कन्या मुद्दती खाता

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२ फागुन, बाँके ।

बाँकेका दुई स्थानीय तहले बालविवाह रोक्न मुद्दती खाता र बिमा योजना ल्याएका छन्। २० वर्ष उमेर भएपछि मात्र विवाह गर्नुपर्ने कानुनी व्यवस्थालाई मूर्त रूप दिन डुडुवा गाउँपालिकाले चालु आर्थिक वर्षदेखि कन्या मुद्दती शिक्षा कोषको व्यवस्था गरेको हो।

Read More

२० वर्ष नपुग्दै गर्भवती

कान्तिपुरमा प्रकाशित,१ फागुन, भरतपुर ।

भरतपुर महानगरपालिका–२२ पटिहानीकी आशिमा चौधरी १८ वर्षकी भइन् । १० कक्षा पढ्दै गरेकी उनको बिहे भएको आठ महिना भयो । उनी हाल गर्भवती छिन् । गर्भ रहेको थाहा पाएर पनि स्वास्थ्यचौकी जान लाज मानेकी उनलाई स्वास्थ्य स्वयंसेविकाले घरमै पुगेर जाँच गरे ।

Read More

२० वर्ष नपुग्दै विवाह : अधिकांश बच्चा कुपोषित

रातोपाटीमा प्रकाशित,१ फागुन, सुर्खेत ।

सुर्खेतको गुर्भाकोट नगरपालिकाकी १७ वर्षीया सुनिता विक कलिलै उमेरमा विवाह बन्धनमा बाँधिइन् । उनी एक वर्षमै बच्चाको आमा बनिसकेकी छिन् । सुत्केरी हुन स्वास्थ्य संस्था पुग्नुभएकी उनलाई स्वास्थ्य संस्थाले थप उपचारको लागि प्रदेश अस्पताल सुर्खेतमा पठायो । प्रदेश अस्पताल सुर्खेतमा उनको बच्चा जन्मियो तर, बच्चा कम तौलको थियो।

Read More

पहिलो चरणको दादुरा-रुवेला खोप अभियान सुरु

रातोापाटीमा प्रकाशित,१ फागुन, काठमाडौं ।

सरकारले दादुरा-रुवेला खोप अभियान अन्तर्गत पहिलो चरणको खोप अभियान बिहिबारबाट सुरु गरेको छ । यस अभियानमा फागुन महिनाभर ३५ जिल्लाका १८ लाख २४ हजार ४ सय ३३ जना बालबालिकालाई खोप दिन लागिएको हो । दुई चरणमा सञ्चालन गरिने यो अभियान पहिलो चरणमा प्रदेश नम्बर एक, दुई र पाँचका ३५ जिल्लामा सुरुवात गरिएको हो ।

Read More

बुटवलमा एकै दिन तीन हजार बालबालिकालाई दादुरा रुबेलाको खोप

अनलाइनखबरमा प्रकाशित,१ फागुन, बुटवल ।

बुटवलमा एकै दिन तीन हजार जना बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइएको छ । बुटवल उपमहानगरपालिकाका शिक्षा, स्वास्थ्य तथा जनसंख्या महाशाखाले दिएको जानकारी अनुसार बिहीबार तीन हजार सात सय जना बालबालिकालाई दादुरा–रुवेलाको खोप लगाइएको हो । साथै तीन हजार आठ सय जनालाई पोलियो थोपा खुवाइएको महाशाखाले जनाएको छ । पहिलो दिनको अभियानमा नै उत्साहजनक सहभागिता देखिएको महाशाखाले जनाएको छ।

Read More