A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionp3a1tp5r5f5kgefddhad2k8328l8lo87): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

१७ प्रतिशत किशोरी १० देखि १९ वर्षमा नै आमा

रातोपाटीमा प्रकाशित,१६ जेठ, काठमाडौं ।

नेपालमा अझैसम्म पनि १७ प्रतिशत किशोरीहरू सानै उमेरमा आमा बन्ने गरेको देखाएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय किशोरकिशोरी तथा विकास रणनीति २०७५ ले १० देखि १९ वर्षमा नै आमा बन्ने किशोरीहरु १७ प्रतिशत रहेको उल्लेख गरेको छ।

Read More

आमाले गरिन् नवजात शिशुको हत्या

कान्तिपुरमा प्रकाशित,१६ जेठ, सल्यान ।

दार्मा गाउँपालिका ३ बेरुखेत घर भएकी २५ वर्षीया आशा विकले परपुरुषसँगको सम्बन्धबाट जन्मिएको नवजात शिशुको हत्या गरेकी छिन्। विकले बुधबार राति घरमै बच्चा जन्माई छिमेकीले थाहा नपाउन भनि हत्या गरेर घर नजिकैको पाखोबारीमा गाडेकी थिइन्।

 

Read More

ढुंगाले किचेर एक बालकको मृत्यु, एक गम्भीर घाइते

कान्तिपुरमा प्रकाशित,१६ जेठ, गोरखा ।

भीरबाट खसेको ढुंगाले लागेर धार्चे गाउँपालिका वडा नं ३ लाक्पालका एक बालकको मृत्यु भएको छ। बुधबार बिहान ११ बजेतिर खोलामा साथीहरुसँग खेलिरहेका पाँच वर्षीय आकास गुरुङको मृत्यु भएको स्थानीय विशाल घलेले जानकारी दिए।

Read More

दैवीय शक्ति पाउने अन्धविश्वासले छिमेकी बालकको बलि

कान्तिपुरमा प्रकाशित,१६ जेठ, जनकपुर ।

धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरमा शक्तिशालीु हुने अन्धविश्वासले अढाई वर्षीय बालकको बलि दिएको खुलेको छ । ढल्केवरका शम्भु साहका छोरा आर्यनको शव वैशाख २४ को बिहान घरनजिकैको बाँसघारीमा भेटिएको थियो । उक्त शव बलि दिएर फालेको प्रहरी अनुसन्धानमा पुष्टि भएको हो।

Read More

भोको पेट विद्यालय जान्छन् बालबालिका

रातोपाटीमा प्रकाशित,१६ जेठ, वीरेन्द्रनगर ।

सानो झुपडी । एकातिर भित्ता चर्किएको छ । कतै बोराले बारेको छ । भाँडाहरु असरल्ल छरिएका छन् । वरिपरि झिँगा भन्किएका छन् । विद्यालयको घण्टी बजेको आवाज झुपडी भित्रै सुन्ने बित्तिकै सुर्खेतको वीरेन्द्रनगर–२ कोलडाँडाकी नौ वर्षीया अञ्जली विकलाई विद्यालय जान हतार भयो ।

Read More

अझै सुरु भएनन् दिवा खाजा

नागरिक न्युजमा प्रकाशित,१५ जेठ, धनुषा ।

धनुषाको सामुदायिक विद्यालयहरुमा दिवा खाजा कार्यक्रम अझै सुरु भएको छैन्। प्राथमिक तहको बालबालिकालाई विद्यालयमा आकषर्ण गर्न सरकारले लागु गरेको दिवा खाजा कार्यक्रम कतिपय सामुदायिक विद्यालयमा अझै लागु हुन सकेको छैन्।

Read More

अपहरित ७ वर्षीय बालकको हत्या

कान्तिपुरमा प्रकाशित,१५ जेठ, वीगन्ज ।

वीरगन्ज महानगरपालिका–३ छपकैयाबाट ५ दिन अगाडि अपहरणमा परेका ७ वर्षीय बालक करण कुमार तुरहाको हत्या गरिएको छ । बाराको कलैया उपमहानगरपालिका–२५ स्थित खौराही खोलामा बुधबार राति २ बजे उनको शव फेला परेको प्रहरीले जनाएको छ।

Read More

करेन्ट लागेर बालकको मृत्यु

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१५ जेठ, दैलेख ।

नारायण नगरपालिका-१० भवानीमा बुधबार बिहान करेन्ट लागेर ७ वर्षीय समीर रावतको ज्यान गएको छ। बिहान करिब १० :३० बजे घरमै खेलिरहेका बेला एक्‍कासी बिजुलीको तार छुन पुग्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

Read More

कलिलै उमेरमा आमा

कान्तिपुरमा प्रकाशित,१५ जेठ, हेटौंडा ।

मकवानपुरको दुर्गम क्षेत्रमा मात्र होइन, हेटौंडा उपमहानगरपालिकाभित्र पनि किशोरी अवस्थामा नै आमा बनेका छन् । हेटौंडा अस्पतालमा चालु आवको ९ महिनामा २० वर्षमुनिका २ सय किशोरी आमा बनेका छन् ।

Read More

पढाई छोडेर यार्सा खोज्न हिँडे विद्यार्थी, गाउँहरू रित्तिए

नागरिक न्युजमा प्रकाशित,१५ जेठ, जाजरकोट ।

वारेकोट गाउँपालिका १ तलीआगरकी शारदा बुढा दुई तीन वर्षयता यार्सा खोज्न स्कुलको पढाइ छोडेर डोल्पा जाने गरेकी छिन्। स्कुलको पढाइभन्दा उनी यार्सा गुम्बा खोजेर मोटो रकम कमाउने दौडमा छिन्। परिवारको गरिबीका कारण वैशाख लाग्ने वित्तिकै उनको ध्यान डोल्पाको यार्सा गुम्बातिर जान्छ।

Read More

भलिबलको पोलले लागेर ७ वर्षीय बालकको मृत्यु

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१५ जेठ, बागलुङ ।

जिल्लाको वडिगाड गाउँपालिका- १ दगामा भलिबलको पोलले च्यापिएर एक बालकको ज्यान गएको छ। स्थानीय जंगबहादुर पुनका ७ वर्षीय छोरा निर्मल पुनको सोमबार साँझ स्थानीय युवाले बलको नेट तानिरहेको समयमा पोल ढल्दा टाउकोमा गम्भीर चोट लागेको थियो।

Read More

सात महिने छोरीको हत्या आरोपमा आमा पक्राउ

अनलाइनखबरमा प्रकाशित,१५ जेठ, सल्यान।

भोजपुरमा एक आमाले २२ महिने छोराको हत्या गरेको समाचार सेलाउन नपाउँदै सात महिने छोरी हत्या आरोपमा सल्यानबाट एक महिला पक्राउ परेकी छन् । छत्रेश्वरी–६, रानागाउँकी २८ वर्षीया सपना भण्डारीलाई इलाका प्रहरी कार्यालय, लुहामले मङ्गलबार बेलुका ७ महिने छोरी हत्या आरोपमा पक्राउ गरेको हो।

 

Read More

आँधीखोलामा डुबेर बालिकाको मृत्यु

कान्तिपुरमा प्रकाशित,१४ जेठ, स्याङ्जा ।

वालिङ् नगरपालिका–९ स्थित आँधीखोला नदीमा डुबेर ६ वर्षीय बालिकाको ज्यान गएको छ । वडा प्रहरी कार्यालय वालिङ्का अनुसार आँधीखोलामा डुबेर गल्याङ् नगरपालिका–२ घर भई हाल वालिङ–९ भकुण्डेमा डेरा गरी बस्दै आएकी ६ वर्षीया आइश्मा गुरुङको ज्यान गएको हो।

Read More

खुकुरीले रेटेर तीन वर्षीय छोराको हत्या

कान्तिपुरमा प्रकाशित,१४ जेठ, भोजपुर।

भोजपुरमा आमाले तीन वर्षीय छोराको हत्या गरेकी छिन् । भोजपुरको रामप्रसाद राई गाउँपालकिाको बासीखोरा घर भई भोजपुर नगरपालिका –९ पानीट्याङकी बस्ने सूर्य थापाकी २५ वर्षीया श्रीमती सम्झना थापाले आफ्नै तीन वर्षीय छोरा सम्बोधन थापाको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।

Read More

जनप्रतिनिधिका सन्तानकै बालविवाह

कान्तिपुरमा प्रकाशित,१४ जेठ, बाजुरा ।

बुढीनन्दा नगरपालिका ३ सिराडीकी रिउली ल्वार वडा सदस्य हुन् । उनकी छोरी रुपसरा ल्वार १७ वर्षकी भइन् । ९ मा अध्ययनरत रूपसराले हालै वडाकै ८ कक्षा पढ्दै गरेका १८ वर्षीय पूर्ण कामीसँग विवाह गरिन् । पूर्ण पनि स्थानीय निर्वाचनमा पराजित दलित महिला वडा सदस्य हिरू कामीका छोरा हुन्।

Read More

बाल विवाहक रोक्दै आमा समूह

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१४ जेठ, मुगु ।

कार्मारोङ गाउँपालिका–८ माँग्री गाउँका महिलाहरू बाल विवाहविरुद्धको अभियानमा सक्रिय भएका छन्। आमा समूहका उनीहरू एकजुट भएर अभियानमा लागेका हुन्।

Read More

सुस्त मनस्थितिकी किशोरीलाई बलात्कार गर्ने ६५ वर्षे बृद्धलाई जेल सजाय

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१४ जेठ, उदयपुर ।

सुस्त मनस्थिति भएकी १८ वर्षीया एक किशोरीलाई बलात्कार गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका उदयपुरका एकजनालाई ३ वर्ष ४ महिना कैद सजाय सुनाइएको छ।

Read More

खेल्दै गरेका बालकको करेन्ट लागेर मृत्यु

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१३ जेठ, रुकुमपश्चिम ।

जिल्लाको मुसीकोट १३, छिबाङ्गमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ। सानीभेरी गाउँपालिका- १० घर भएका ११ वर्षीय केशव परियारको बिजुलीको पोलबाट जमिनमा गाडिएको अर्थिङमा आएको करेन्ट लागेर मृत्यु भएको प्रहरीले बताएको छ।

Read More

डोटीमा ४ बालश्रमिकको उद्धार

अनलाइनखबरमा प्रकाशित,१३ जेठ, डोटी ।

बालश्रम मुक्त नगर’ बनाउने अभियानमा लागेको दिपायल सिलगढी नगरपालिकाले वडानम्बर ६ बाट ४ जना बालश्रमिकको उद्धार गरेको छ ।

Read More

निःशुल्क सेनेटरी प्याडको व्यवस्थापछि विद्यालयमा छात्रा नियमित

थाहाखबरमा प्रकाशित,१३ जेठ, डडेल्धुरा ।

प्रमिला राई अमरगढी नगरपालिका–३, नुवाकोटमा रहेको घटाल माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्रा हुन्। उनी महिनावारी भएको बेला विद्यालय प्रायः आउँदैनथिन्। विद्यालयमै महिनावारी भए बिदा लिएर घर फर्कन्थिन्। यसबारे खुलेर कुरा राख्न पनि सक्दिनन् थिए। डराउने, लजाउने गर्थिन्।

Read More

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: