A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session1viqi710me6vef4hijpkil64e1orjhpl): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

भावुक सुसाइट नोट लेखेर आत्महत्या गरे ११ वर्षीय बालकले

नागरिक न्युजमा प्रकाशित,९ असार, ललितपुर।

ललितपुरको माल्टास्थित कालीदेवी माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत ११ वर्षीय समिर लुुङ्वाले सुसाइट नोट लेखेर आत्महत्या गरेका छन्। असार ७ गते राती ९ बजेतिर घरभित्रै उनी झुन्डिएको अवस्थामा उनको शव फेला परेको थियो। बेलुकीको खाना खाइसकेर आमा र दिदी पल्लो घरमा टिभी हेर्न गएको र बुबा पनि माथिल्लो गाउँमा गएको बेला बालकले हत्या गरेको पारिवारिक स्रोतले जनाएको छ।

Read More

सहयोगीकै भरमा विद्यालय

कान्तिपुरमा प्रकाशित,९ असार, सल्यान।

कालीमाटी गाउँपालिका ७, आम्बासमा रहेको मनकामना आधारभूत विद्यालय शिक्षकविहीन अवस्थामा छ । १ देखि ३ कक्षासम्म सञ्चालित विद्यालयमा २ शिक्षकको दरबन्दी रहे पनि शिक्षक नहुँदा कार्यालय सहयोगी र बालविकास केन्द्रकी सहयोगी कार्यकर्ताको भरमा विद्यालय चलिरहेको छ।

Read More

जबरजस्ती करणी गरेको अभियोगमा तीन जना पक्राउ

रातोपाटीमा प्रकाशित,८ असार, कैलाली ।

धनगढी बस्ने १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनगढी उपमहानगरपालिका-१५ उर्मागाउँ बस्नेहरु २५ वर्षीय फट्टुलाल चौधरी, २३ वर्षीय बिजय चौधरी र सोही उपमहानगरपालिका-७ मनेहरा बस्ने २५ वर्षीय झगरु चौधरी रहेका छन्।

Read More

दाम्लोेमा बालबालिका

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,८ असार, पाल्पा।

कोही ओछ्यानबाट उठ्नै सक्दैनन्। कसैको आँखा त कसैको कानमा समस्या छ। कसैको मानसिक अवस्था ठिक छैन। कोही बोल्न सक्दैनन्। कसैको कम्मरमुनिको भाग चल्दैन।

Read More

निर्दयी सानीआमा

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,८ असार, बुटवल।

बालगायक अशोक दर्जीको गीत, ‘आमा जस्तो ठूलो कोही छैन संसारमा’ भन्ने गीत खुबै चर्चामा छ। तर रुपन्देहीको देवदहमा भने तीनै आमाबाट दुई बालबालिका प्रताडित बनेका छन्। आमा गुमाएपछि आएकी सौतेनी सानीआमाको कुटपिटले आठ वर्षीया सिर्जना सारु र १२ वर्षीया शुशिल सारु प्रताडित बनेका हुन्। छोराछोरीलाई पशु व्यवहार गर्ने आमा डिलमाया सारुलाई प्रहरीले पक्राउ गरेको छ।

Read More

पढाउने भन्दै बालबालिका बेपत्ता पारिँदै

कान्तिपुरमा प्रकाशित,८ असार, कालिकोट।

बूढानीलकण्ठ स्कुलमा १० कक्षासम्म पढाउने आश्वासन पाएपछि पचालझरना–५ का ठोसे नेपालीले ७ वर्षीय छोरालाई १ लाख २५ हजार रुपैयाँ ऋण काढेर काठमाडौं पठाए । उनलाई लागेको थियो– धूलोमाटोसँग खेल्ने छोरो राजाका छोराछोरी पढ्ने स्कुलमा गएपछि भविष्य चम्किनेछ।

Read More

बालगृहबाट उद्धार गरिएका २४ बालबालिकालाई अभिभावकको जिम्मा लगाइयो

उज्यालो अनलाइनमा प्रकाशित,८ असार, हुम्ला।

काठमाण्डौको सुकेधारामा रहेको ऐश्वर्य बालगृहमा राखिएका हुम्लाका २४ जना बालबालिकाको उद्धार गरी अभिभावकको जिम्मा लगाइएको छ।

Read More

६ वर्षीया बालिकालाई जबरजस्ती गर्ने पक्राउ

नागरिक न्युजमा प्रकाशित,७ असार, इटहरी ।

इटहरी ९ मा ससुराली घरमा आएका बेला बालिकालाईं जबरजस्ती गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीले सुनसरी बराहक्षेत्र वडा नं. ६ घर भएका देवेन्द्र गौतमलाई पक्राउ गरेको हो।

Read More

असुरक्षित बालगृहबाट ८ बालबालिकाको उद्धार

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,७ असार,कालिकोट ।

कालिकोट जिल्लाका ८ जना बालबालिकालाई बालगृहबाट उद्धार गरी अभिभावकको जिम्मा लगाइएको छ। नेपाल प्रहरी र केन्द्रीय बालकल्याण समितिले बालबालिकाको उद्धार गरेका हुन्। उद्धार गरिएका ८ जना बालबालिका मध्ये ४ जना पलाँता गाउँपालिकाका, १ जना पचालझरना गाउँपालिकाका र ३ जना तिलागुफा नगरपालिकाका रहेका छन्।

Read More

अस्पताल परिसरमै डाक्टरको कारले ठक्कर दिँदा बालकको मृत्यु

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,७ असार, पोेखरा ।

पोखराको मणिपाल शिक्षण अस्पतालकै परिसरमा कारको ठक्करबाट एक बालकको मृत्यु भएको छ । अस्पतालकै डा. विश्व तिमिल्सिनाले हाँकेको ग ३ च ४३६ नम्बरको कारले ठक्कर दिँदा पोखरा २८ माझठानाका ४ वर्षे संस्कार कँडेलको मृत्यु भएको हो । शनिबार बिहान साढे ८ बजे पार्किङस्थलमा डा. विश्व तिमिल्सिनाको कारले कँडेललाई किचेको थियो।

Read More

आमा मारिइन्, बाबु फरार, सन्तानलाई कुपोषण

कान्तिपुरमा प्रकाशित,६ असार, पर्सा।

सरकारले बालबालिकामा हुने कुपोषण रोक्न ठूलो लगानी गरेको छ तर सम्बद्ध व्यक्तिमा त्यो पुग्न नसक्दा लगानी प्रभावकारी बन्न सकेको छैन । वीरगन्ज महानगर २३ प्रसौनीकी डेढ वर्षीया बालिका कुपोषित भेटिनु त्यसैको उदाहरण हो । आमा गुमाएकी सुन्दरमाला दासमा चरम कुपोषण रहेको पाइएको छ।

Read More

कुपोषणले ग्रस्त दलित बालबालिकामा

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,६ असार, बाजुरा।

जिल्लाका दलित बालबालिका कुपोषणले ग्रस्त बनेका छन् । कमजोर आर्थिक अवस्थाका कारण आवश्यकताअनुसारको पोषणयुक्त खानाबाट वञ्चित अधिकांश बालबालिका कुपोषणको चपेटामा छन् । जिल्ला स्वास्थ्य कार्यालय र ब्रह्मतोला स्वास्थ्य चौकीको तथ्यांकमा बुढिगंगा नगरपालिका–१ अम्कोटमा ३ वर्षकी फुलचना नेपाली मात्र कुपोषित छन्।

Read More

गोरखा लैजाँदै गरेका ४१ चेपाङ बालबालिकाको उद्धार

कान्तिपुरमा प्रकाशित,६ असार, चितवन।

विकट पहाडी क्षेत्र राप्ती नगरपालिका–१३ का ४१ जना चेपाङ बालबालिकाहरुलाई बिहीबार दिउँसो चितवन प्रहरीले भरतपुरबाट उद्धार गरेको छ । उनीहरुलाई दुईवटा गाडीमा राखेर गोरखा लैजाँदै गरेको अवस्थामा उद्धार गरेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्लले बताए । स्कुल पढाउन भनेर गाउँबाट ल्याए पनि कुनै प्रक्रिया नपुर्‍याएको मल्लले जानकारी दिए।

Read More

जन्मदिने आमाले बाँसघारीमा फालिन् : नक्कली आमा बन्नेको हानाथाप

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,५ असार, जनकपुरधाम।

नौं महिनासम्म कोखमा राखेर जन्मेपछि आमाले शिशुलाई बाँसघारीमा फाल्न थालेका छन्। धनुषाको तारा पट्टीमा आमाले नवजात शिशु फालेको भेटिएको छ।

Read More

श्रवण शक्ति नभएको भन्दै विद्यालयले लिएन बालिकाको भर्ना

अनलाइनखबरमा प्रकाशित,५ असार, बर्दिया।

बढैयाताल गाउँपालिका–४, खैरेनीकी १० वर्षीया राधा पासी विद्यालय भर्ना हुन नपाउँदा शिक्षा लिनबाट वञ्चित भएकी छन् । घर नजिकको विद्यालयले सुस्त श्रणव शक्ति भएको भन्दै भर्ना लिन इन्कार गरेपछि उनी पठनपाठनबाट वञ्चित भएकी हुन्।

Read More

अपांग बालिकालाई करणी गरेको अभियोगमा दुई पक्राउ

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,४ असार, काभ्रे।

बौद्धिक अपांगता भएकी बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा काभ्रे प्रहरीले दुईजना पक्राउ गरेको छ । काभ्रे जिल्ला चौंरीदेउराली गाउँपालिका ५ का वर्ष ३३ का राजकुमार ढुंगेल र अर्का १७ वर्षका एक युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी दिपक गिरीले बताए।

Read More

अपांगता भएका ७८ बढी बालबालिका पढाइबाट वञ्चित

थाहा खबरमा प्रकाशित,४ असार, काठमाडौं ।

समुदायमा आधारित पुनस्स्थापन (सीबीआर) संस्थामा २०६३ सालमा बहिरा अपांग शिक्षकको एक कोटा थियो। २०६६ जेठ १९ मा शिक्षा विभागबाट थप ६ वटा राहत शिक्षक कोटासहित संस्थाले सातवटा शिक्षक दरबन्दी प्राप्त गरेको छ।

Read More

करेन्ट लागेर बालकको मृत्यु

नागरिक न्युजमा प्रकाशित,४ असार, सर्लाही।

रामनगर गाउँपालिका–१, चमार टोलका ५ वर्षीय रवि रामको करेन्ट लागेर मृत्यु भएको छ।

Read More

कोसीमा डुबेर दुइ बालक बेपत्ता

नागरिक न्युजमा प्रकाशित,४ असार, उदयपुर ।

उदयपुर र खोटाङको सीमा भएर बग्ने दुधकोसीमा डुबेर उदयपुरका दुई बालक बेपत्ता भएका छन्। बुधबार बिहान पौडी खेल्न कोसी पसेका जिल्लाको लिमचुङबुङ गाउँपालिका–१ बाँसबोटेबुत्कुका १४ वर्षीय प्रविण राई र १६ वर्षीय आसन राई डुबेर बेपत्ता भएको स्थानीयले बताएका छन्।

Read More

जबरजस्ती करणी गरेको आरोपमा पक्राउ

नागरिक न्युजमा प्रकाशित,४ असार, स्याङ्जा।

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । कक्षा ७ मा अध्ययनरत बालिकालाई हाडनाताभित्र कै व्यक्तिले जबरजस्ती करणी गरेको आरोपमा ५१ वर्षीय व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी नवीनकृष्ण भण्डारीले बताए।

Read More

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: