समाचारमा बालबालिका

काँक्रो खान गएकी बालिका गोली खाएर फर्किन्

उज्यालो अनलाइनमा प्रकाशित,११ कार्तिक, जुम्ला ।

अदानचुली गाउँपालिका–४ बिगुठी हुम्लाकी १० वर्षीया बालिका रमिला बुमी गएको असोज पहिलो साता आफ्नै कोदोबारीमा लगाएको काँक्रो खान गएकी थिइन् । दुर्भाग्यवशः काँक्रो खान गएकी उनी मिनेटभरमै गोली खाएर फर्किन् ।

Read More

दुर्गम पहाडी क्षेत्रका विद्यालयमा शिक्षकको अभाव

रातोपाटीमा प्रकाशित,११ कार्तिक, उदयपुर ।

उदयपुरको पहाडी क्षेत्रका सरकारी तथा सामुदायिक विद्यालयमा विषयगत शिक्षकको अभाव हुँदा पठनपाठनमा समस्या भएको छ । जिल्ला शिक्षा एकाई समितिका अनुसार जिल्लाको आठ स्थानीय तहमध्ये पहाडी क्षेत्रका मुख्य चार स्थानीय तहका विद्यालयमा विषयगत शिक्षक नहुँदा विद्यार्थी पठनपाठनमा समस्या हुँदै आएको छ । 

Read More

बालविवाहले लुट्यो खुसी

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,११ कार्तिक, सुर्खेत ।

सिम्ता– ६ का १५ वर्षीय लोकेन्द्र खत्री र गुर्भाकोट नगरपालिका–४ की १४ वर्षीया पद्मा वलीले भागीविवाह गरे। कक्षा ८ मा पढ्दै गर्दा उनीहरूले सँगै जिउने कसम खाएका थिए। प्रेम सम्बन्धमा जोडिएको केही महिनामै बिहे गरेको तीन वर्ष बित्न नपाउँदै जोडी अलग भयो।

Read More

शंकास्पद रोगले दुई बालकको मृत्यु

कान्तिपुरमा प्रकाशित,११ कार्तिक, सप्तरी ।

सप्तरीको कञ्चनरूप नगरपालिकामा शंकास्पद रोगका कारण दुई बालकको मृत्यु भएको छ । ज्वरो आउने, बान्ता हुने, टाउको दुख्ने तथा रगत बान्ता हुने लक्षण देखिएर दुई बालकको मृत्यु भएको कञ्चनरूप नगरपालिकाका स्वास्थ्य संयोजक सिअहेब डम्बरप्रसाद गुप्ताले जानकारी दिए ।

Read More

श्रीमानसँगको रिसले छोरालाई विष खुवाएँ

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,११ कार्तिक, दैलेख ।

महाबु गाउँपालिका १ की २५ वर्षीया कल्पना नेपालीले श्रीमानसँगको रिसले दुई सन्तानलाई विष खुवाएको स्वीकार गरेकी छन्।  शनिबार बिहान श्रीमानसँग सामान्य विवाद भएपछि कल्पनाले ६ महिना र ७ वर्षीय छोरा अंकित र आयुषलाई विष खुवाएर आफूले खाएको स्वीकार गरेकी हुन्। 

Read More

बाटो काट्ने क्रममा बसको ठक्करबाट ६ बर्षीय बालकको मृत्यु

रातोपाटीमा प्रकाशित, १० कार्तिक, सप्तरी ।

विद्यालय बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी पाँचकिलोका गुनानन्दन यादवको ६ बर्षीय छोरा शिवमकुमार यादव रहेको प्रहरीले जनाएको छ । 

Read More

घाँटीमा बेलौती अड्किएर ५ वर्षीय बालकको ज्यान गयो

उज्यालो अनलाइनमा प्रकाशित,९ कार्तिक, स्याङ्जा ।

घाँटीमा बेलौती(अम्बा) अड्किँदा स्याङ्जाको वालिङमा ५ वर्षीय बालकको ज्यान गएको छ । वालिङ नगरपालिका–१३, का प्रकाश नेपालीका ५  वर्षीय छोरा प्रिन्स नेपालीको घाँटीमा बेलौती अड्किएर ज्यान गएको वडा प्रहरी कार्यालय वालिङका प्रमुख शंकर आचार्यले जानकारी दिनुभयो ।

Read More

१३ वर्षीया बालिका बलात्कार गर्ने युवा पक्राउ

उज्यालो अनलाइनमा प्रकाशित,८ कार्तिक, पाल्पा ।

१३ वर्षीया बालिका बलात्कार गरेको अरोपमा पाल्पामा एक यूवक पक्राउ गरेका छन् ।

Read More

काममा लगाइदिने भन्दै बालिका भगाउने युवती पक्राउ

उज्यालो अनलाइनमा प्रकाशित,८ कार्तिक, पाल्पा ।

कम्पनीमा काम लगाइदिने भन्दै तीनजना बालिका भगाउने एक महिला पाल्पामा पक्राउ परेकी छिन् । बुटवल उपमहानगरपालिका १३ देवीनगरमा भाडामा बस्दै आएकी शर्मिला खत्री तानसेन–७ बाट पक्राउ परेकी हुन् ।

Read More

राजधानीको सोल्टीमोडमा १४ वर्षीया किशोरी बलात्कृत

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,८ कार्तिक, काठमाडौं ।

काठमाडौं महानगरपालिका-१३ सोल्टीमोडमा एकजना १४ वर्षीया किशोरी बलात्कृत भएकी छन् । ती किशोरीलाई धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-३ का ३० वर्षीय समिर पुलामीले बलात्कार गरेको जानकारी प्रहरीले दिएको छ। 

Read More

सडकमै विद्यालय सञ्चालन

कान्तिपुरमा प्रकाशित,८ कार्तिक, धनुषा ।

जनकपुर उपमहानगरपालिका-२१ कुर्थास्थित राजर्षी जनक माविका विद्यार्थीहरुको पढाई सडकमै भइरहेको छ । गत बैशाख पहिलो साता वडाध्यक्ष रामेश्वर महासेठले सडक निर्माणका लागि भन्दै विद्यालयको कक्षाकोठा र कम्पाउण्ड भत्काए थिए। 

Read More

एसिड प्रहारबाट बालक सख्त घाइते

कान्तिपुरमा प्रकाशित,७ कार्तिक, सुनसरी ।

अज्ञात युवाहरुको एसिड प्रहारबाट १४ वर्षीय बालक घाइते भएका छन् । उनको उपचार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको छ । घाइते बालकले आफ्नो नाम दिपेन परियार बताएका छन्। एसिड प्रहारबाट चिन्ताजनक अवस्थामा सोमबार राति ९ बजे दुहवीमा लडिरहेको फेला पारेपछि प्रहरीले उपचार गर्न प्रतिष्ठानमा ल्याएको हो।

Read More

कालिकोटमा कुपोषणको समस्या घट्दै

नयाँ पत्रिकामा प्रकाशित,७ कार्तिक, कालिकोट ।

गत आर्थिक वर्षको तुलानामा यस वर्ष बालबालिका तथा महिलामा देखिने कुपोषणको समस्यामा कमी आएको छ । नेपाल सरकारको साझेदारीमा जिल्लामा स्वास्थ्य तथा पोषण सम्वन्धि विभिन्न कार्यक्रमहरु सञ्चालन भएपछि कुपोषणमा कमी आएको जिल्ला स्वास्थ्य कार्यालय कालिकोटले जनाएको छ ।

Read More

पैसा चोरेको भन्दै नाबालकको हात भाँचियो

नयाँ पत्रिकामा प्रकाशित,७ कार्तिक, दैलेख ।

दुल्लु नगरपालिका–३ सियालामा रहेको सागर होटेल सञ्चालकले पैसा चोरेको आरोपमा होटेलमा श्रमिकका रूपमा कार्यरत १२ वर्षीय बालकको हात भाँचिदिएका छन् । 

Read More

बालिका बलात्कारको प्रयासमा युवक पक्राउ

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,७ कार्तिक, गाईघाट ।

९ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा उदयपुरका एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा रौतामाइ गाउँपालिका-३ का २८  वर्षीय डम्बरबहादुर राई रहेका छन्। 

Read More

बालमैत्री मापदण्ड फेरिँदै

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,६ कार्तिक, काठमाडौं ।

कुनै पनि स्थानीय तहले आफूलाई बालमैत्री घोषणा गर्न सरकारले निर्धारण गरेको सूचकअनुसार न्यूनतम ८० अंक ल्याउनै पर्ने व्यवस्था गर्न लागिएको छ। बालबालिकाको सर्वोपरि विकासमा स्थानीय तह सक्रिय बनाउन सरकारले यस्तो व्यवस्था गर्न लागेको हो। 

Read More

बालिका करणी गरेको आरोपमा २८ वर्षीय युवक पक्राउ

उज्यालो अनलाइनमा प्रकाशित,६ कार्तिक, पाँचथर ।

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पाँचथरमा एक युवक पक्राउ परेका छन् । हिलिहाङ गाउँपालिका–७, का २८ वर्षीय रमेश तामाङलाई बालिका करणी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

Read More

बालिका बलात्कार गर्ने पक्राउ

अन्नपूर्ण पोष्ट्मा प्रकाशित,६ कार्तिक,राजविराज ।

पसलमा सामान किन्न गएकी १५ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय कल्याणपुरले बलात्कारको आरोपमा खड्ग नगरपालिका ९ लालपट्टीका ३५ वर्षीय दिलिपकुमार दासलाई सोमबार पक्राउ गरेको हो।

Read More

मेला हेर्न गएकी किशोरी सामूहिक बलात्कारको शिकार

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,६ कार्तिक, रौतहट ।

स् रौतहटको गुजरा नगरपालिकाको मनर्वाटोलमा मेला हेर्न गएकी एक किशोरीलाई तीनजना युवकले सामूहिक बलात्कार गरेका छन्। गुजरा नपाको मनर्वाटोलमा लागेको मेला हेर्न गएकी १७ वर्षीया किशोरीलाई तीनजना युवकले सामूहिकरुपमा बलात्कार गरेको भन्दै पीडित पक्षले प्रहरी कार्यालयमा उजुरी दिएका छन्।

Read More

तीन वर्षीया बालिका बलात्कृत

नागरिक न्युजमा प्रकाशित,५ कार्तिक, महेन्द्रनगर ।

कञ्चनपुरको भीमदत्त नगरपालिका १२ मा तीन वर्षीया बालिका बलात्कृत भएकी छिन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता डीएसपी कृष्णराज ओझाका अनुसार आइतबार बेलुका छिमेकी १२ वर्षीय बालकले ती बालिकालाई बलात्कार गरेका हुन्। 

Read More