जिपले किचेर बालकको मृत्यु
कान्तिपुरमा प्रकाशित, ५ साउन, बागलुङ।
बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–१ मनाङडाँडामा शनिबार राति ८ बजे जिपले किच्दा सात वर्षीय बालकको मृत्यु भएको छ ।
Read Moreकान्तिपुरमा प्रकाशित, ५ साउन, बागलुङ।
बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–१ मनाङडाँडामा शनिबार राति ८ बजे जिपले किच्दा सात वर्षीय बालकको मृत्यु भएको छ ।
Read Moreथाहा खबरमा प्रकाशित,४ साउन, बारा ।
बारामा बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेकार छन्। बाराको जितपुरसिमरा उपमहानगरपालिका १६ टाङियावस्तिकी ११ वर्षीया किशोरिमाथि मितेरी मामा पर्ने ३१ वर्षीय हिरामान मोक्तानले जबरजस्ती करणी गरेको आरोप किशोरीले लगाएकी छन।
Read Moreअन्नपूर्ण पोस्ट्मा प्रकाशित,४ साउन,नवलपरासी ।
नवलपरासीको मदार डाँडाको जंगलबाट वेपत्ता भएका बर्दघाट नगरपालिका–१५ तेलहा बस्तीका १० बालक सम्पर्कमा आएका छन्।
Read More
रातोापाटीमा प्रकाशित,३ साउन, सर्लाही।
महोत्तरीमा गत आर्थिक वर्ष २०७५/७६ मा डुबेर मृत्यु हुनेमा बालबालिकाको सङ्ख्या कहालीलाग्दो देखिन्छ । बितेको वर्ष दिनको अवधिमा १० महीनादेखि १२ वर्ष उमेरभित्रका १८ को डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको हो।
Read Moreकान्तिपुरमा प्रकाशित,३ साउन, धनगढी।
कैलालीमा कुपोषित बालबालिकाको संख्या बर्षेनी बढ्दै गएको छ । सेती अञ्चल अस्पतालको पोषण गृहका अनुसार कतिपय अभिभावकले दुब्लाउँदै कमजोर भएका नानीलाई सुरुमा उपचारका लागि झाँक्रीकोमा लैजाने गर्छन्।
Read Moreसेतोपाटीमा प्रकाशित,२ साउन, दाङ।
दाङको घोराही उपमहानगरपालिका–४ का वडाध्यक्ष भीमबहादुर सार्कीले एक बालकलाई कुटपिट गरेका छन्। आफ्नो घर अगाडिको फूल टिपेको भन्दै वडाध्यक्ष सार्कीले घोराही उपमहानगरपालिका–४ गोग्ली शान्तिनगरका नौ वर्षीय बालक भरत घर्तीमाथि कुटपिट गरेका हुन्।
Read Moreअनलाइनखबरमा प्रकाशित,१ साउन, पर्सा।
खोलामा डुबेर वीरगञ्ज महानगरपालिकामा एक बालकको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–२८ का कृष्ण ठाकुरको ५ वर्षीय छोरा अकलेशको भेडाहा खोलामा डुबेर ज्यान गएको हो।
Read Moreकान्तिपुरमा प्रकाशित,३१ असार, विराटनगर।
सुनसरीको दुहबी नगरपालिका २ मा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । खेल्ने क्रममा घरनजिकैको पोखरीमा डुबेर स्थानीय ४ वर्षीय जुगेर मियाको मृत्यु भएको प्रहरीले जनाएको छ।
Read Moreथाहा खबरमा प्रकाशित,३० असार, झापा।
फुलवासा खोलामा डुबेर झापामा एक बालकको मृत्यु भएको छ। डुबेर मृत्यु हुनेमा मेचीनगर नगरपालिका १२ स्थित माता पाथीभरा टोल बस्ने गङ्गाराम प्रसाईँको ३ वर्षीय छोरा अजित प्रसाईँ रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।
Read Moreथाहा खबरमा प्रकाशित,३० असार, रुकुम।
आफ्नै छोरीलाई बलात्कार गर्ने रुकुम पश्चिमका एक ब्यक्तिलाई जिल्ला अदालतले जन्मकैदको फैसला गरेको छ। जिल्लाको सानीभेरी गाउँपालिकाका ३४ वर्षीय एक ब्यक्तिले आफ्नै १७ वर्षीय छोरीलाई बलात्कार गरेको आरोपमा गत चैत चार गते पक्राउ गरिएको थियो।
Read Moreअन्नपूर्ण पोस्ट्मा प्रकाशित,३० असार, अछाम।
रामारोशन गाउँपालिकामा जंगली निउरो खाँदा दाजुबहिनीको मृत्यु भएको छ। वडा नम्बर ५ तल्लोपाटनका ५ वर्षिया मनिषा बोहरा र ११ वर्षीया रमेश बोहराको जंगली निउरोको तरकारी खाँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख डीएसपी जनक शाहीले जानकारी दिए। शाहीका अनुसार मनिषाको घरमै र रमेशको न्याय हेल्थ बयलपाटा अस्पतालमा उपचारको क्रममा आइतबार मृत्यु भएको हो।
Read Moreअनलाइनमा प्रकाशित,२९ असार, म्याग्दी।
म्याग्दीमा जङ्गली च्याउ खाएर सिकिस्त बिरामी भएका एक बालकको मृत्यु भएको छ । जिल्लाको मङ्गला गाउँपालिका–१ पूर्णगाउँमा बस्ने जमुना कुँवरका छोरा ऋषि कुँवरको उपचारको क्रममा पोखराको मणिपाल अस्प्तालमा मृत्यु भएको हो।
Read Moreरातोपाटीमा प्रकाशित,२८ असार, झापा।
खोलाले बगाउँदा झापामा आज एक बालकको मृत्य भएको छ । खोलाले बगाउँदा शिवसताक्षी नगरपालिका–५ का नौ वर्षीय सौगात चापागाईंको मृत्यु भएको प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।
Read Moreअन्नपूर्ण पोस्ट्मा प्रकाशित,२८ असार, दाङ।
अविरल वर्षापछि आएको बाढीका कारण दाङमा पनि एकजनाको मृत्यु भएको छ । स्थानीय खहरे खोलामा आएको बाढीले बगाउँदा बंगलाचुली गाउँपालिका–८ कैनपानीका ९ वर्षीय भक्तसिंह बैजालीको मृत्यु भएको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले बताए।
Read Moreकान्तिपुरमा प्रकाशित,२८ असार, पाल्पा।
लुम्बिनी मेडिकल कलेजबाट शुक्रबार हराएको नवजात शिशु शनिबार भेटिएको छ । अस्पतालमा जन्मिएको चार घण्टामै गायव भएको शिशु स्याङ्जा जिल्लाको मिर्मीमा भेटिएको हो । प्रहरीले बच्चा र चोरी गर्ने महिलालाई शनिबार बिहान ८ बजे कोठाबाटै नियन्त्रणमा लिएको जनाएको छ।
Read Moreकान्तिपुरमा प्रकाशित,२७ असार, सल्यान ।
प्रहरीले शारदा नगरपालिका–४ पिपलनेटामा विवाह भइरहेको अवस्थामा दुलहा-दुलही सहित ४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानले बाल विवाह गरिरेहको जोडी सहित चार जनालाई मण्डपबाटै पक्राउ गरेको हो।
Read Moreअन्नपूर्ण पोस्ट्मा प्रकाशित,२७ असार, रोल्पा।
बाल विवाह अन्त्य गर्न रोल्पाको माडी गाउँपालिका–२ वडा कार्यालयले बाल विवाह गर्ने जोडीलाई अलग्याउने रणनीति अपनाएको छ। बाल विवाह गरेका चार जोडीलाई २० वर्ष नपुगेसम्म सँगै बस्न नपाउने गरी आ–आफ्नो घर पठाइएको छ।
Read Moreरातोपाटीमा प्रकाशित,२७ असार, कञ्चनपुर।
कञ्चनपुरको भीमदत्तनगरपालिका–१७ मझँगाउँस्थित महाकाली बाल विद्यालयका विद्यार्थी माधव कलौनीको मृत्युका विषयलाई लिएर उनका अभिभावकले पाँच जनाविरुद्ध मुद्दा दायर गरेका छन् ।
Read Moreथाहा खबरमा प्रकाशित,२६ असार, पर्सा ।
घर नजिकैको नहरको पानीमा डुबेर पर्सामा एक बालकको मृत्यु भएको छ। यो वर्षको मनसुन सुरु भएसँगै घर नजिकै रहेको नहरमा आएको पानीमा डुबेर पर्सामा एक बालकको मृत्यु भएको हो। मृत्यु हुने बालक वीरगन्ज महानगरपालिका-२२ जगरनाथपुर बस्ने दीपेन्द्र साह तुराहका ६ वर्षीय छोरा रोशन साह तुराह रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
Read Moreअन्नपूर्ण पोस्ट्मा प्रकाशित,२५ असार, बर्दिया।
बर्दियाको गुलरिया नगरपालिका–३ मा पानीमा डुबेर दुई बालकको ज्यान गएको छ । घरदेखि केही पर रहेको नालामा पौडी खेल्ने क्रममा १० वर्षीय विकास बञ्जारा र ५ वर्षीय अनिल बञ्जाराको मंगलबार अपरान्ह् मृत्यु भएको प्रहरीले जनाएको छ।
Read More