समाचारमा बालबालिका

बुबाबाटै आठ महिनाकी छोरी बलात्कृत

महिला खबरमा प्रकाशित,२३ चैत्र, नवलपरासी ।

सुन्दै आङ जिरिङ्ग हुने । पत्याउनै मुस्किल घटना । तर पनि पत्याउनै पर्ने । सबैभन्दा संरक्षक मानिने बुबाले आठ महिनाकी छोरी बलात्कार गरेको घटनाले फेरी एकपटक हाम्रो समाज कहाँ जादैछ ? भन्ने प्रश्न गर्न बाध्य बनाएको छ ।

Read More

यौन दुव्र्यवहारको आरोपमा स्वास्थ्यकर्मी पक्राउ

महिला खबरमा प्रकाशित,२३ चैत्र, रामेछाप ।

बिरामी भएर स्वास्थ्यकर्मीकोमा उपचार गर्न गएकी एक युवतीले स्वास्थ्यकर्मीबाटै यौन दुव्र्यवहार भएको भन्दै जवर्जस्ती करणी अन्तर्गत उजुरी दर्ता गराएकी छन् । उजुरी दर्ता पछि स्वास्थ्यकर्मी पक्राउ परेका छन् ।

Read More

खाल्डोमा डुबेर बालकको मृत्यु

न्युज २४ मा प्रकाशित,२२ चैत्र, मोरङ ।

मोरङको कटहरी गाउँपालिका–२ स्थित एसिसी इँटाभट्टामा पानी जमेको खाल्डोमा डुबेर गएराति एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही इँटा उद्योगमा काम गर्ने भारत घर भएका फैदुल मियाँका एक वर्षीय छोरा अलमान मियाँ रहेका छन् ।

Read More

खोलामा डुबेर दुई किशोरको मृत्यु

थाहा खबरमा प्रकाशित,२२ चैत्र, संखुवासभा ।

सिलिचोङ गाँउपालिका–१ मा खोलामा डुबेर दुई किशोरको मृत्यु भएको छ। सोही वडाको रियाम्मा गाउँका १४ वर्षीय छोरा धर्मेन्द्र राई र १३ वर्षीय बालकुमार राईको मृत्यु भएको प्रहरीले जनाएको छ।

Read More

डोल्पामा विद्यार्थीको पढाइ परीक्षण गरिने

कान्तिपुरमा प्रकाशित,२२ चैत्र, डोल्पा ।

डोल्पाका सामुदायिक विद्यालयहरुमा पढाइ सीप परीक्षण गरिने भएको छ । कक्षा २ र ३ का विद्यार्थीहरुमा प्रारम्भिक कक्षा पढाई सीप परीक्षण गर्न लागिएको हो । विकासमा मात्र नभएर शिक्षामा समेत पछाडि परेको जनाउदै जिल्ला शिक्षा कार्यालय डोल्पाले अबको केही महिनाभित्र विद्यालयहरुमा नेपाली भाषा पढाई सीप परीक्षण गर्न लागेको छ।

Read More

किशोरी बलात्कृत

कान्तिपुरमा प्रकाशित,२१ चैत्र ,महोत्तरी ।

सोनमा गाउँपालिका ७ सुन्दरपुरकी १४ वर्षीया किशोरी बलात्कृत भएकी छन् । आरोपी सोनमा २ का २० वर्षीय चाँद अहमदविरुद्ध प्रहरीमा उजुरी परेको छ । 

Read More

दुई बालिका बलात्कृत, पैसा दिने प्रलोभन दिई छिमेकीबाटै बलात्कार

कान्तिपुरमा प्रकाशित,२१ चैत्र, कञ्चनपुर ।

कञ्चनपुरको भीमदत्त नगरपालिका १० जिमुवामा एक व्यक्तिले दुई बालिका बलात्कार गरेका छन् । स्थानीय २१ वर्षिय किसन नाथले पैसा दिने प्रलोभन देखाई ७/८ वर्षकी दुई बालिकालाई सोमबार सॉझ बलात्कार गरेको प्रहरीले जनाएको छ । 

Read More

दुई विद्यार्थीको डुबेर मृत्यु

उज्यालो अनलाइनमा प्रकाशित,२१ चैत्र, धादिङ ।

बुढीगण्डकी नदीमा नुहाउन गएका दुई जना विद्यार्थीको मंगलबार साँझ नदीमा डुबेर ज्यान गएको छ । त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर – २ सल्यानटार निवासी १५ वर्षीय कुशल हमाल र १३ वर्षीय कस्मिक हमाललाई बुढीगण्डकीमा डुबेपछि उद्धार गरिएको थियो ।

 

Read More

नातिनीलाई करणी गरेको आरोपमा पक्राउ

थाहा खबरमा प्रकाशित,२१ चैत्र, पाँचथर ।

नातिनीलाई करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पाँचथरका ५८ वर्षीय एक व्यक्तिले आफ्नी १२ वर्षीया नातिनीलाई २०७४ पुस १ गतेदेखि करणी गर्दै आएको अभियोगमा प्रहरीले पक्राउ गरेको हो।

 

Read More

परीक्षा दिएर फर्कंदा बलात्कृत

कान्तिपुरमा प्रकाशित,२१ चैत्र, हेटौंडा ।

एसईई परीक्षा दिएर घरतर्फ फर्कने क्रममा एक किशोरी बलात्कृत भएकी छन् । मकवानपुरगढी गाउँपालिकाकी १८ वर्षीय सुस्तमनस्थितिकी किशोरीलाई चितवन राप्ती नगरपालिका घर भई हेटौंडा १० मा बस्ने २५ वर्षीय नवराज सुनारले बलात्कार गरेको किशोरीका आफन्तले दाबी गरेका छन् ।

 

Read More

पुल नहुँदा चेपाङ विद्यार्थी शिक्षाबाट वञ्चित

नागरिक न्युजमा प्रकाशित,२१ चैत्र, मलेखु ।

माथिल्लो कक्षा पढ्ने ठाउँ नै नभएपछि चेपाङ बालबालिकाले पढेनन् भनेर कसरी भन्ने ? घैराङ आधारभूत विद्यालयका शिक्षक मानबहादुर चेपाङको यो प्रश्नले गाउँमा शिक्षाको कुरा गर्न आउने सबैलाई एक पटक झस्काउँछ।

Read More

बालिका बलात्कारको आरोपमा एक युवक पक्राउ

उज्यालो अनलाइनमा प्रकाशित,२१ चैत्र, काभ्रे ।

जबरजस्ती करणीको आरोपमा एक युवा  पोखराबाट पक्राउ परेका छन् । बनेपा नगरपालिका वडा नम्बर–१४, का २० वर्षीय वीरेन भन्ने सुबिन तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

Read More

बञ्चरो प्रहार गरी दुई बालबालिकाको हत्या

कान्तिपुरमा प्रकाशित,२० चैत्र, रोल्पा ।

पश्चिमी रोल्पाको त्रिवेणी गाँउपालिका–२ नुवागाँउका २१ वर्षीय खर्कबहादुर विश्वकर्माले छिमेकी दाजु नाता पर्ने गणेश विकका एक छोरा र छोरीको बञ्चरो प्रहार गरी हत्या गरेका छन् । 

Read More

बीस वर्ष नपुगेका किशोरीको दुई घरबार, दुई श्रीमान्बाट दुई सन्तान

कान्तिपुरमा प्रकाशित,१९ चैत्र, रोल्पा । 

एकातिर रोल्पा जिल्लालाई बालविवाह मुक्त जिल्ला घोषणाका लागि अभियान थालिएको छ भने अर्कोतिर बालविवाह न्यूनीकरण हुन सकिराखेको अवस्था छैन ।

Read More

पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

अनलाइनखबरमा प्रकाशित,१८ चैत्र, नवलपरासी ।

नवलपरासी बर्दघाट सुस्ता पूर्व विनयी त्रिवेणी गाउँपालिका-२ निवासी लक्ष्मण सुनारका छोरा ८ वर्षीय अनिल सुनारको खोलामा डुबेर मृत्यु भएको छ ।

Read More

बलात्कारमा चिनजानकै संलग्नता

कान्तिपुरमा प्रकाशित,१८ चैत्र, धनुषा ।

अधिकांश बलात्कारको घटनामा ‘चिनजान’ कै संलग्नता रहेको प्रहरीको अनुसन्धानले देखाएको छ । धनुषामा भएको घटनामा चिनजानकै व्यक्तिले प्रलोभन र कब्जामा पारेर बालिकालाई बलात्कार गरेको प्रहरी अनुसन्धानले पुष्टि गरेको छ ।

 

Read More

माटो खन्दा पुरिएर किशोरीको ज्यान गयो

उज्यालो अनलाइनमा प्रकाशित,१८ चैत्र, बैतडी ।

बैतडीमा माटोको ढिस्कोमा पुरिएर एक किशोरीको ज्यान गएको छ । बैतडीको शिवनाथ गाउँपालिका – ६, बसेडीकी लक्ष्मी सुतारको माटो खन्ने क्रममा ढिस्कोले पुरिएर ज्यान गएको हो ।

Read More

सुस्तमनस्थितिकी बालिका सामूहिक बलात्कारको शिकार, एक पक्राउ

कान्तिपुरमा प्रकाशित,१६ चैत्र, सुनसरी ।

सामूहिक बलात्कार घटनामा संलग्न मध्ये एक युवकलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । पक्राउ परेका अविनाश सरदारसहित तीनजनाले सुनसरीको इटहरी उपमहानगरपालिका– १३ खनार बस्ने सुस्तमनस्थितिकी १२ वर्षीया एक बालिकालाई गत १३ गते बेलुका गहुँ खेतमा लगेर सामूहिक बलात्कार गरेका थिए ।

 

Read More

५ सय रुपैयाँ दिएर बालिका बलात्कार गर्ने प्रहरी पक्राउ

उज्यालो अनलाइनमा प्रकाशित,१४ चैत्र, पाँचथर ।

बालिकालाई फकाएर पटक–पटक बलात्कार गरेको रहस्य सार्वजनिक भएपछि पाँचथरको नवमीडाँडा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक बलबहादुर ठटाल पक्राउ परेका छन् । १४ वर्षीया बालिकालाई बलात्कर गर्ने झापा भद्रपुरका ठटाललाई जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले पक्राउ गरेको हो ।

Read More

नौ महिनामा दुई दर्जन बलात्कृत

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१४ चैत्र, ललितपुर ।

चैत ८ गते सातदोबाटो प्रहरी वृत्तनजिकै राजेश बराइलीले ५ वर्षीया बालिकालाई बलात्कार प्रयास गरे। घटनाको केही बेरमा प्रहरीले पीडकलाई घरैबाट समात्यो। अहिले उनी प्रहरी हिरासतमा छन् ।

Read More