A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessioncu4bfk0rm41vrfdfblor2mgnfof2rpg8): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

तीन महिना बन्धक बनाएर सामूहिक बलात्कार

 धनुषा बटेश्वरकी कक्षा ९ मा पढ्ने दलित किशोरी फागुन ११ गते साँझ बहिनीसँग खेतबाट घर फर्कंदै थिइन्। दिदीबहिनी आफ्नै सुरमा हिँडिरहेका थिए। अकस्मात् उनीहरूका अगाडि तीनजना चढेको मोटरसाइकल रोकियो। बहिनी डराएर घरतिर भाग्न सफल भइन्। ‘साँझ चौरीमा नशालु पदार्थ नाकमा सुँघाएर बेहोस बनायो। आँखामा कालोपट्टी बाँधी अपहरण गर्‍यो’, पीडित किशोरीले भनिन्, ‘हातखुट्टा डोरीले बाँधिदियो। एउटा सुई लगाइदियो। त्यसपछि के भयो थाहा छैन। अनि त्यो समूहले उनलाई रातारात भारतको मझपरपुर पुर्‍यायो। किशोरीलाई तीन महिनासम्म बन्धक बनाइयो र उनीमाथि सामूहिक बलात्कार भयो। किशोरीको हातखुट्टामा दाम्लोले बाँधेको डाम छ। शरीरभर पोलेका फोका छन्। कुटपिटको नीलडाम छन्। ‘घरमा बन्धक बनाएर राखे, रड र लठ्ठीले कुटे,’ पीडित किशोरीले भनिन्, ‘हातखुट्टा बाँधेर सुई लगाइदिन्थ्यो अनि बेहोस बनाएर राख्थ्यो।’राम्रोसँग खाना र सुत्न नपाएकी ती किशोरीले भनिन्, ‘होसमा आउँदा रुन्थें। मुखमा कपडा कोचिदिन्थे। कञ्चटमा पेस्तोल राखेर मारिदिन्छु भन्थे। फेरि सुई लगाएर बेहोस बनाइदिन्थे।’ सकिला खातुन भन्ने महिला र तीनजना केटाले मदिरामा लठ्ठ भएर आफूलाई सताउने गरेको उनले बताइन्। उनले भनिन्, ‘शौचालय जाँदा खुट्टामा बाँधेको डोरी अलि खुकुलो परिदिन्थे। तर बाटामा रड र लठ्ठी बोकका केटाहरू निगरानीमा हुन्थे।’ जेठ ५ गते उनी पापीको चंगुलबाट भागेर जनकपुर आउन सफल भएकी छन्। अहिले उनी जनकपुर अञ्चल अस्पतालमा उपचार गराइरहेकी छन्। उनी राम्ररी बोल्न र हिँड्न सक्दिनन्। खर्च अभावमा पोसिलो आहार खुवाउन नसकिएको पीडितकी आमा बताउँछिन्। उनले भनिन्, ‘साथीहरूसँग सापटी मागेर दबाई खरिद गरिरहेको छु।’ किशोरीको आर्थिक अवस्था कमजोर छ। उनको जीवन रक्षाका लागि जनकपुरका पत्रकार शैलेन्द्र महतो ९क्रान्ति० ले एक पिन्ट रगत दिएका छन्।

‘ती दिदी भगवान्’

‘सकिलाले एक दिन केटाहरूसँग यो केटी धेरै हल्ला गर्छे, अब छिट्टै तह लगाउनुपर्छ भन्नेर कुरा गरेको सुनें,’ किशोरीले भनिन्। त्यसपछि बिक्री गर्न लागे भनेर उनी निकै डराइन्। अनि रातको समयमा उनले झ्यालको दुलोबाट एक महिलालाई दुःख सुनाइन्। ती महिलाको सहयोगमा उनी नेपाल फर्कन सफल भएकी हुन्। ‘ती दिदीले बिहानै अटोवाला काकालाई बोलाउनुभयो। मलाई दुई हजार रुपैयाँ पनि दिनुभयो। ती दिदी मेरा लागि भगवान् नै हो।’ केहीबेर अटोमा यात्रापछि उनी भिठ्ठामोडको बस चढेर नेपाल आएकी हुन्। अनि जनकपुरको रामान्दचोकमा आएर प्रहरीमा उजुरी दिइन्।

‘नर्स बन्छु’

उनका बुवाआमा गरिब छन्। त्यसैले उनलाई कसले उपचार गरिदिन्छ भन्ने चिन्ता छ। उनले भनिन्, ‘कक्षा ९ मा पढ्दै गर्दा ममाथि घटना भयो। अब पढेर नर्स बन्छु।’ उनकी आमा अरूको खेत अधियाँमा लिएर काम गर्छिन्। त्यहींबाट हुने आम्दानीले उनीसहित दुई बहिनीलाई लालनपालन हुँदै आएको छ। ती किशोरीले भनिन्, ‘पापीहरूलाई सरकारले सजाय देओस्, म पहिला पढ्छु अनि बेटीहरूको रक्षाका लागि लड्छु।

एकजनाविरुद्ध मुद्दा

महोत्तरी लोहारपट्टी नगरपालिका–२ सुखैनियाका २२ वर्षीय रवानी राईन कवारीविरुद्ध किशोरी अपहरण, शरीर बन्धक र जबरजस्ती करणीको मुद्दा दर्ता भएको डिएसपी रामेश्वर कार्कीले बताए। रवानीसहित चार जनाले भारतमा बन्धक बनाई बलात्कार गरेको उजुरी परेको छ। चारैजना फरार छन्। कार्कीले भने, ‘पीडित बालिकाको मेडिकल गराएका छौं। करणी भएको पुष्टि भयो।’सबै तथ्य संकलन गरेर अनुसन्धान सुरु गरिएको उनले बताए। ‘भारतीय प्रहरीसँग दोषी पक्राउ गर्न समन्वय भइरहेको छ,’ कार्कीले भने।

२०७६ जेठ २२ गते ५:५७ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: