A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionugr3th5f6v0pjbsuag9qmgt3569jk5kd): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

आत्मरक्षा सिक्दै किशोरी

आत्मरक्षा कला जानिसकेकी भोटेकोसी गाउँपालिका मार्मिङगाउँकी डोल्मा लामा आफ्नो सुरक्षाप्रति सचेत छिन् । मार्मिङ आधारभूत विद्यालयको कक्षा ९ मा अध्ययनरत १४ वर्षीया डोल्माले ‘किक बक्सिङ र ब्लक प्रहार’ रोक्ने जानकारी लिएपछि उत्साहित छिन् । आत्मविश्वास झनै थपिएको छ, आफ्नो सुरक्षाबारे एकदमै ढुक्क बनेकी छु, आक्रमण कसरी रोक्ने भन्नबारेमा प्रस्ट जानिसकेकी छु,’ आक्रमण रोक्ने दुई ‘स्टेप’ देखाउँदै उनले भनिन् । त्रिपुरासुन्दरी गाउँपालिका २ की १५ वर्षीया सविता थामीले आक्रमण रोक्दै उल्टै प्रहार गर्नेबारेमा जानिसकेपछि अभ्यास झनै बढाइन् । ‘कसैले नराम्रो नियतले आक्रमण गरे कसरी नियन्त्रण गर्ने जानेकी छु,’ बिहानबेलुकी अभ्यासरत उनले भनिन् । आक्रमण रोक्दै रक्षा गर्ने कसरत जानेपछि आफूलाई धेरै बलियो महसुस गरेको लिसंखुपाखर गाउँपालिका १ की अनिता श्रेष्ठको अनभुव छ । ‘कसरी नदेखिने गरी हिंसा हुन्छ भन्ने कुरा पनि जानेँ, अब सबै कुरालाई गहिरिएर बुझ्ने भएकी छु,’ उनले भनिन् । करातेका प्रशिक्षक गोपाल महर्जनबाट ‘सुन्दर भविष्य  सुन्दर बालापन परियोजना’ अन्तर्गत २६ किशोरीले आत्मरक्षासम्बन्धी अनेक विधि सिके । कम्फु, तेक्वान्दो, करातेदेखि मार्सलआर्टजस्ता विभिन्न खेलको मुभ्सलाई जानिसकेपछि किशोरीले अभ्यास नियमित बनाएका हुन् । जोहानिटरको आर्थिक र ग्रामीण महिला सिर्जनशील परिवारको आयोजनामा आत्मरक्षा तालिम दिइएको हो । परिवारकी अध्यक्ष नानुमैया थापाले आफूमाथि हुने अप्रत्यक्ष र प्रत्यक्ष यौनहिंसा, दुर्व्यवहारबारे सचेतना परामर्श लिएपछि किशोरीलाई आत्मरक्षाका लागि तयार गराएको उनले सुनाइन् । उनका अनुसार बढदो बलात्कार र यौन दुर्व्यवहारको घटनाबाट बच्नका लागि विभिन्न शारीरिक अभ्यास सिकाइएको छ । सुरुवाती चरणमा आक्रमण कसरी बच्ने, संवेदनशील अंगमा बचावट गर्नेदेखि उल्टै प्रहार गर्नेलगायतका गतिविधि प्रशिक्षण दिइएकोउनले प्रस्ट्याइन् ।

स्थानीय तहमा आत्मरक्षा अभियान
बालिका, किशोरीदेखि महिलामाथि हुने दुर्व्यवहारलाई अन्त्य गर्न तीन नगर र नौ गाउँपालिकाले अभियानका रूपमा लैजाने जनाएका छन् । सामाजिक रूपमा मौलाएको कुरीति, अन्धविश्वासलाई चिर्न पनि महिला, किशोरीलाई विद्यालयस्तरबाट आत्मरक्षा तालिम दिइने १२ वटै स्थानीय सरकारले बताएका छन् । ‘साना बालबालिका हुन् या महिलामा यो आत्मरक्षा तालिम एकदमै जरुरी छ, त्यसैले यसलाई प्राथामिकतामा राखेर अभियान चाल्दै छौँ,’ इन्द्रावती गाउँपालिकाका प्रमुख र गाउँपालिका महासंघ महासचिव रहेका वंशलाल तामाङले भने ।

२०७६ जेठ २३ गते ७:२९ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: