समाचारमा बालबालिका

भारत लैजाँदै गरेका १९ बालकको उद्दार

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२९ मङ्सिर,नेपालगन्ज ।

जुम्लाको सिँजा गाउँपालिका ३ नराकोटका १९ जना बालकलाई भारत लैजाँदै गरेको अवस्थामा उद्दार गरिएको छ ।  उनीहरुलाई नराकोटकै २० वर्षका रणबहादुर सार्की र २४ वर्षका विवेक सार्कीले दुईवटा अटो रिक्सामा भारत लैजाँदै गर्दा शनिबार राति जमुनाहा नाकाबाट उद्दार गरिएको सिविन नेपालगन्जका संयोजक सिद्धराज पनेरुले जानकारी दिए।

Read More

शिक्षकद्वारा विद्यार्थीमाथि अभद्र व्यवहार

नागरिक न्युजमा प्रकाशित,२९ मङ्सिर, रोल्पा ।

शैक्षिक भ्रमणमा गएको समयमा शिक्षकहरुले विद्यार्थीमाथि अभद्र व्यवहार गर्दै लैङ्गीक हिंसा गरेको गुनासो आएको छ। केहि समय अगाडि कक्षा १० का विद्यार्थी लिएर दार्जिलिङसम्म भ्रमण गएको रामेश्वरी माध्यमिक विद्यालय घोडागाउँका शिक्षकले मदिरा सेवन गरि विद्यार्थीमाथि अभद्र व्यवहार गरेका थिए।

Read More

बलात्कार आरोपमा युवक पक्राउ

नागरिक न्युजमा प्रकाशित,२८ मङ्सिर,डोल्पा।

डोल्पाको मुड्केचुला गाउँपालिकामा १४ वर्षिया एक किशोरी बलात्कृत भएकी छन्। तल्लो डोल्पा अन्तर्गत पर्ने मुड्केचुला गाउँपालिका ७ की एक १४ वर्षिया किशोरी बलात्कृत भएकी हुन्। उनी २५ गते राती साढे आठ बजेतीर बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।

Read More

दश बालश्रमिकलाई बिहारबाट उद्धार गरी नेपाल ल्याइयो

सेतोपाटीमा प्रकाशित,२७ मङ्सिर,सर्लाही ।

भारतको विहार राज्यको सीतामढीको बालगृहमा एक महिनादेखि बस्दै आएका नेपालका १० बालश्रमिकलाई उद्धार गरी बिहीबार नेपाल ल्याइएको छ। सामाजिक अभियन्ता सरोज रायले अपहरित तथा श्रमिक बालबालिकालाई उद्धार गरी जिल्ला प्रशासन कार्यालय सर्लाहीको रोहबरमा परिवारलाई जिम्मा लगाएका हुन्।

Read More

बालबिबाह आरोपमा १९ बर्षीया बेहुली र २४ बर्षीय बेहुला पक्राउ

थाहा खबरमा प्रकाशित,२६ मङ्सिर, उदयपुर ।

बाल बिबाह गरेको आरोपमा प्रहरीले १९ बर्षीया बेहुली, २४ बर्षीय बेहुला र उनीहरुका अभिभावकलाई पक्राउ गरेको छ। बालबिबाह भईरहेको भन्ने उजुरी आएपछि जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको टोलीले बुधबार बेहुला–बेहुली र उनीहरुका अभिभावकलाई नियन्त्रणमा लिएको हो।

Read More

बालिका वेश्यावृत्तिमा लगाउने पक्राउ परेनन्

नयाँ पत्रिकामा प्रकाशित,२६ मङ्सिर, चितवन।

काममा लगाइदिने प्रलोभन देखाई १५ वर्षीया बालिकालाई वेश्यावृत्तिमा लगाउने होटेल सञ्चालकलाई सात दिन बित्दा पनि प्रहरीले पक्राउ गरेको छैन । खैरहनी नगरपालिकाको खुरखुरे बजारनजिक रहेको शर्मिला होटेलका सञ्चालक सुरज पाठक र शर्मिला पाठकले आफूलाई जबर्जस्ती वेश्यावृत्तिमा लगाएको भन्दै बालिकाले एक साताअघि प्रहरीमा उजुरी दर्ता गराएकी थिइन्।

Read More

चिसो बढेसँगै माथिल्लो मनाङका सबै विद्यालय बन्द

कान्तिपुरमा प्रकाशित,२५ मङ्सिर, मनाङ ।

अत्याधिक चिसो बढेसँगै हिमाली जिल्ला मनाङका विद्यालय बन्द हुन थालेका छन् । मनाङको ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकाका सबै विद्यालय बन्द भएका छन्।

Read More

स्कुल बसले किचेर २२ महिने बालकको मृत्यु

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२५ मङ्सिर, विराटनगर ।

मोरङको बेलबारी नगरपालिका-५ रामपुरमास्कुलको बसले किचेर २२ महिने बालकको मृत्यु भएको छ। विद्यार्थी बोकेर दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको कसेनी मोडल इङ्लिस बोर्डिङ स्कुलको बसले बुधबार विहान यसराज साहको मृत्यु भएको हो।

Read More

चुरे क्षेत्रका गाउँमा जंगली हात्ती आतंक, हात्तीको आक्रमणमा एक बालकको मृत्यु, एक घाइते

नयाँ पत्रिकामा प्रकाशित, २४ मङ्सिर, लहान।

पछिल्लो दुई दिन यता सिरहाको चुरे क्षेत्रका गाउँमा जंगली हात्तीले आतंक मच्चाएको छ । सोमबार राती मिर्चैया नगरपालिका ९ पैनघट्टामा हात्ती आक्रमणमा एक बालकको मृत्यु भएपछि गाउँलेहरु त्रसित बनेका छन् ।  मिर्चैया ९ का श्रवण महतोका छोरा ८ वर्षीय रविन्द्र महतोको हात्ती आक्रमणमा परेर मृत्यु भएको हो।

Read More

अनि समातिए अमेरिकी बालयौन दुराचारी

कान्तिपुरमा प्रकाशित,२३ मङ्सिर, काठमाडौँ ।

बालअधिकारका लागि राष्ट्रिय अभियानका एक सदस्य तिलगंगा आँखा अस्पताल छेवैको मैदानमा साँझतिर टहलिन्थे । धुले चौरमा फुटबल र क्रिकेट खेल्ने वाग्मती तीरमा बस्ने सुकुम्बासी समुदायका बालबालिकासँग प्रत्येक दिन नयाँ फुटबल हुन्थ्यो । कहिलेकाहीँ त नयाँ जुत्ता र नयाँ ब्याट पनि हुन्थे।

Read More

अपहरणमा परेका बालक भारतीय सीमाजनिकै भेटिए

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२३ मङ्सिर,सप्तरी।

आइतबार दिउँसो साढे दुई बजे जिल्ला प्रहरी कार्यालय सप्तरीमा एउटा खबर आयो। ‘सप्तरीको छिन्नमस्ता गाउँपालिकाबाट आमाबुवाकै आँखा अगाडिबाट एक तीन वर्षीय बालक अपहरणमा पर्‍यो। बालकलाई अपहरणकारीबाट मुक्त गरिदिनु पर्‍यो।

Read More

आमाछोरी हत्याका अभियुक्त चेल चलान

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२३ मङ्सिर,गुल्मी ।

दुई छोरीसहित आमाको हत्या गर्ने अभियुक्त पुर्पक्षका लागि कारागार चलान भएका छन्। जिल्ला अदालत गुल्मीले मोरङ जिल्ला कानेपोखरी-३ की शिवमायाँ लिम्बु र उनका जुम्ल्याहा छोरी गंगा र जमुना मगरको हत्या अभियोग लागेका बाग्लुङ गल्कोट नगरपालिका-८ ज्यामिरेका पुर्णबहादुर सुनार र माधव सुनारलाई पुर्पक्षका लागि थुनामा पठाएको हो।

Read More

उमेर नपुग्दै विवाह गर्दा पढाइमा बाधा

गोरखापत्र अनलाइनमा प्रकाशित,२३ मङ्सि, अछाम ।

कमलबजा र नगरपालिकास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बहेलामा कक्षा ७ मा अध्ययनरत एक छात्राको बिहे भयो । बिहेपछि उनको पढाइ वञ्चित नहोस् भनेर विद्यालयले श्रीमान्सित प्रमाणपत्र पठाइदियो । त्यसको केही दिनपछि छात्राका बुवा रामबहादु र भुलले मे री छो रीलाई विद्यालयले किन पोइल पठाइदिएको भने र झगडा नै गर्नुभयो।

Read More

बोरा ओछ्याएर पढ्दै विद्यार्थी

गोरखापत्र अनलाइनमा प्रकाशित,२३ मङ्सिर, गौशाला ।

चिसो बढ्दै गएकोले महोत्तरीको गौशाला नगरपालिकाका दुई विद्यालयका विद्यार्थी बोरा ओछ्याएर पढ्न बाध्य भएका छन् । विद्यालयको कक्षाकोठाभित्र आवश्यक मात्रामा बेन्च–डेक्सको व्यवस्था नभएपछि विद्यार्थीह घरबाटै ल्याएको बोरा भुइँमा बिछ्याएर पढ्नुपर्ने बाध्यता रहेको छ।

Read More

सडकमै छुटे जुत्ता

कान्तिपुरमा प्रकाशित,२३ मङ्सिर, बाँके ।

कक्षा ७ की छात्रा हुन् प्रकृति चन्द । बाँकेकी यी ११ वर्षेको स्कुल ९त्रिभुवन नमुना मावि० कोहलपुर चोक नजिक राजमार्ग छेवैमा छ । आइतबार पनि उनी सधैंझैं स्कुल पुग्ने तर्खरमा थिइन् । उनलाई स्कुटरमा पुर्‍याउन आएका थिए बुबा नगेन्द्रबहादुर।

Read More

आगो निभाउन गएका किशोरको जलेर मृत्यु

अन्नपूर्ण पोस्ट्मा प्रकाशित, २२ मङ्सिर,बाजुरा ।

सामुदायिक वनमा लागेको आगो नियन्त्रण गर्न खोज्दा जलेर १ जना १५ वर्षीय किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा जगन्नाथ गाउँपलिका १ ढाडाकोटका रति विक रहेको जगन्नाथ गाउँपालिकाका प्रवक्ता डबल विकले जानकारी दिए ।

Read More

दुई बालिका हजुरबुवा र ठुलोबुवाबाटै बलात्कृत

नागरिक न्युजमा प्रकाशित,२२ मङ्सिर, ओखलढुंगा ।

ओखलढुंगामा आफन्तबाटै दुई बालिका बालित्कृत भएको घटना सार्वजनिक भएको छ। लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहँदा दुई बालिका आफन्तबाटै बलात्कृत भएको घटना बाहिरिएको हो। जिल्लाको मोलुङ गाउँपालिकाकी १४ वर्षीय बालिका उनकै ठुलोबुवा पर्ने करिब ४७ वर्षीय पुरुषबाट बलात्कृत भएकी हुन्।

Read More

बलात्कृत ६ बर्षीया बालिका डिस्चार्ज

अनलाइनखबरमा प्रकाशित, २२ मङ्सिर, बारा ।

बाराको कलैयामा बलात्कृत ६ बर्षकी बालिकाको स्वास्थ्यमा सुधार आएको छ । हाँस्न बोल्न सक्ने भएपछि वीरगञ्ज हेल्थ केयर अस्पतालले आइतबार डिस्चार्ज गरिदिएको छ । अभिभावकसँगै गढीमाई मेला हेर्न आएकी बालिका बलात्कृत भएकी थिइन्।

Read More

बालिका बलात्कार आरोपमा फरार युवक पक्राउ

नागरिक न्युजमा प्रकाशित,२२ मङ्सिर, मकवानपुर ।

बालिकालाई जवर्जस्ती करणी (बलात्कार) गरेको आरोपमा फरार एक युवकलाई प्रहरीले पाँच महिनापछि पक्राउ गरेको छ। मकवानपुरको पुर्वी क्षेत्र बागमती गाउँपालिका–६ का २२ वर्षीय मुन्ना स्याङ्तानलाई प्रहरीले पक्राउ गरेको हो।

Read More

छाउ बसेकी किशोरी हराइन्

कान्तिपुरमा प्रकाशित,१८ मङ्सिर, लमजुङ।

रजस्वलाका बेला छाउ बार्ने चलन कर्णाली र सुदूरपश्चिममा मात्र होइन, गण्डकी प्रदेशमा पनि छ । मुख लुकाउनुपर्ने, अरूसँग बोल्न, छोइन नहुने, आफ्नो घरधुरी अनि दाजुभाइ देख्न नहुने भन्दै रजस्वला हुँदा किशोरीलाई कोठाभित्र राख्ने चलन यहाँका केही गाउँमा छ । पहिले छुट्टै ‘कटेरो’ बनाई राख्ने गरिएको थियो । अहिले छिमेकमा लुकाइन्छ।

Read More