समाचारमा बालबालिका

किशोरीको शव उत्खननपछि प्रहरीले भन्यो : हत्या होइन, आत्महत्या नै

अनलाइनखबरमा प्रकाशित,५ चैत्र, वीरगञ्ज ।

शव गाडिएको अवस्थामा फेला परेकी जिराभावनी गाउँपालिका १ कि १५ वर्षीया भुट्टी भनिने निधवा धाँगडले आत्महत्या गरेको प्रहरीले बताएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धान र शवको पोष्टमार्टम रिपोर्टले उनको कसैबाट हत्या नभएको देखाएको हो ।

Read More

ब्रासलेट लगाएको आरोपमा विद्यार्थी कुट्ने शिक्षकलाई कारवाही गर्न माग

उज्यालो अनलाइनमा प्रकाशित,५ चैत्र, धादिङ, ।

चाँदीको ब्रासलेट हातमा लगाएर विद्यालय आएको आरोपमा घाइते हुने गरी विद्यार्थी कुट्ने शिक्षकमाथि कारवाहीको माग गर्दै मानवअधिकार संस्था इन्सेकले सोमबार अपिल जारी गरेको छ ।

Read More

सात वर्षीय बालिकालाई बलात्कार गरी फरार रहेका व्यक्ति पक्राउ

उज्यालो अनलाइनमा प्रकाशित,५ चैत्र, नवलपरासी ।

 नवलपरासीको बर्दघाट नगरपालिकामा सात वर्षीय बालिकालाई बलात्कार गरी फरार रहेका ब्यक्तिलाई  प्रहरीले पक्राउ गरेको छ । बालिकालाई करणी गरेको आरोपमा प्रहरीले  बर्दघाट –१६ बस्ने ४७ वर्षका कमल चौधरीलाई पक्राउ गरेको हो ।

Read More

धनुषामा आठ वर्षीय बालकको हत्या

उज्यालो अनलाइनमा प्रकाशित,४ चैत्र, धनुषा ।

धनुषाको कमला नगरपालिकामा एक बालकको हत्या भएको छ । कमला नगरपालिका – ८ बस्ने प्रमोद साहको ८ वर्षका छोरा रमण साहको हत्या भएको हो । बालकको शव आइतबार बिहान गाउँ नजिकै कुलोमा हत्या गरेर फालिएको अवस्थामा फेला परेको हो ।

Read More

नेपालमा १५ वर्षमै १७ प्रतिशत किशोरी गर्भवती

नयाँ पत्रिकामा प्रकाशित,४ चैत्र, काठमाडौं ।

नेपालको मुलुकी ऐनको नयाँ व्यवस्थाले विवाह गर्ने उमेर महिला तथा पुरुष दुवैका लागि २० वर्ष हुनुपर्ने व्यवस्था गरेको छ । २० वर्षभन्दा कम उमेरमा विवाह गरे कानुनतः दण्डनीय हुनेछ । 

Read More

बालबचतमा गर्न थाले राउटे बालबालिका

उज्यालो अनलाइनमा प्रकाशित,४ चैत्र, डडेल्धुरा ।

डडेल्धुराको परशुराम नगरपालिकामा रहेका राउटे बस्तीका बालबालिकाले बालबचत गर्न सुरु गरेका छन् । केही समय अगाडि आमाबुबासँगै जंगली खाद्यवस्तु र जंगली जनावरको शिकार गर्दै आएका राउटेका बालबालिका बालबचततर्फ आकर्षित भएका हुन् । 

Read More

छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ

कान्तिपुरमा प्रकाशित,३ चैत्र, काठमाडौं ।

महानगरीय प्रहरी वृत सातदोबाटोले ज्ञानकुञ्ज बोर्डिङ स्कुल ताल्छीखेलका प्रधानाध्यापक शिव कार्कीलाई पक्राउ गरेको छ ।छात्रामाथि दुब्र्यवहार गरेको आरोपमा उजुरी गरेपछि शुक्रबार राति १० बजे उनलाई प्रहरीले पक्राउ गरेको हो ।

Read More

सहोदर काकाद्वारा बलात्कृत

कान्तिपुरमा प्रकाशित,३ चैत्र, स्याङ्जा ।

आँधीखोला गाउँपालिका निवासी ११ वर्षीया बालिका सहोदर काकाबाट बलात्कृत भएकी छन् । गत फागुन ४ गते काकाद्वारा बलात्कृत बनेकी बालिकालाई हाल कास्कीस्थित बाल सेवा केन्द्रमा राखिएको पीडितका आफन्तले बताएका छन् ।

Read More

करेन्ट लागेर बालकको मृत्यु

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२ चैत्र, चितवन ।

भरतपुर महानगरपालिका– २१ रतनपुरमा शुक्रबार बिहान करेन्ट लागेर एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीयवासी सोमबहादुर तामाङका सात वर्षीय छोरा हिम तामाङ रहेको प्रहरीले जनाएको छ।

Read More

दुई बालकको उद्धार

राजधानीमा दैनिकमा प्रकाशित,२ चैत्र, नेपालगन्ज ।

भारतको लखनउबाट उद्धार गरी नेपालगन्ज ल्याइपु¥याइएका झापाका दुईजना बालक आवश्यक प्रक्रिया पूरा गरी बिहीबार उनीहरूको घर परिवारमा पुनःमिलनका लागि पठाइएको छ ।

Read More

सामुदायिक स्कुलमा शिक्षकको मनोमानी, दुई घण्टी पढाएर विदा

अनलाइनखबरमा प्रकाशित,२ चैत्र, सप्तरी ।

एक चैतको मध्यान्ह १२:३० बजे । यो समयमा विद्यालय आफ्नो गतिमा संचालन भएर चार घण्टीसम्म पढाई भइसक्नुपर्ने हो । तर सप्तरीको बिष्णुपुर गाउँपालिका १ स्थित जनता प्रावि जमुनी मधेपुरा ठ्याक्कै त्यहीं समयमा पुग्दा विद्यालयमा एक जना शिक्षिका र एक जना कार्यालय सहयोगीबाहेक कोही थिएनन् ।

Read More

जबर्जस्ती करणी गरेको अभियोगमा १३ वर्षीय बालक प्रहरी नियन्त्रणमा

न्युज २४ मा प्रकाशित,१ चैत्र, रोल्पा ।

छ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा १३ वर्षीय बालकलाई जिल्ला प्रहरी कार्यालय रोल्पाले आफ्नो नियन्त्रणमा लिएको छ ।

Read More

विद्यार्थी कुट्ने शिक्षक बर्खास्त

उज्यालो अनलाइनमा प्रकाशित,१ चैत्र, ओखलढुंगा ।

ओखलढुंगाको एक निजी विद्यालयले विद्यार्थीलाई मरणासन्न हुने गरी दुईजना विद्यार्थी कुट्ने शिक्षकलाई बर्र्खास्त गरेको छ । सोब्रु इङ्गिल स्कुलका शिक्षक भूपाल राईले ट्यूशन पढाउने क्रममा दुईजना विद्यार्थीलाई कुटपीट गरेपछि विद्यालयले उनलाई बर्खास्त गरेको जनाएको छ ।

 

Read More

आगलागीमा बालिकाको मृत्यु

नागरिक न्युजमा प्रकाशित,३० फागुन, सुर्खेत ।

पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–९ मा मंगलबार दिउँसो भएको आगलागीमा एक बालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीका अनुसार दिउँसो साढे तीन बजेतिर स्थानीय जगत नेपालीको तीन तले खरले छाएको घरमा आगलागी हुँदा बलबहादुर ढोलीका चार वर्षीया छोरी अनुषा ढोलीको जलेर मृत्यु भएको हो।

 

Read More

छ वर्षीय बालिका बलात्कृत

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,३० फागुन, गुल्मी ।

गुल्मीमा १६ वर्षको युवकद्वारा ६ वर्षकी बालिकालाई बलात्कार गरेका छन् । जिल्लाको ईस्मा गाउँपालिका ३ दर्लामचौरस्थित नयाँ पोखरामा १६ वर्षीय हिमाल दमाईले ६ वर्षीय वालिकामाथी बलात्कार गरेका हुन् ।

Read More

मृत अवस्थामा शिशु फेला

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,३० फागुन, रुकुम ।

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा एक शिशु मृत अवस्थामा फेला परेको छ।नगरपालिका– ११ गिजागाड नजिकै बुधबार बिहान ६ बजेतिर एक शिशु फोहोरमा फालेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए।

Read More

झापाका ३९२ बालबालिकामा कडा कुपोषण

लोकान्तरमा प्रकाशित,२९ फागुन, झापा ।

 झापाका करीव चार सय बालबालिका कडा कुपोषणको शिकार भएको पाइएको छ । जिल्लाका पाँच स्थानीय तहमा रहेका बालबालिकाको स्वास्थ्य परीक्षण गर्दा १७९ बालक र २१३ बालिकामा कडा कुपोषण भएको भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका कार्यक्रम अधिकृत कुलबहादुर पौडेलले जानकारी दिनुभयो ।

Read More

टाउको काटिएको अवस्थामा शिशुको शव

न्युज २४ मा प्रकाशित,२९ फागुन, बैतडी । 

बैतडीमा बेवारिसे अवस्थामा शिशुको शव फेला परेको छ । प्रहरीका अनुसार दशरथचन्द नगरपालिका– ४ मा सोमबार दिउँसो टाउको काटिएको अवस्थामा शिशुको शव फेला परेको हो । 

Read More

बलात्कारीलाई ६ वर्ष कैद

कान्तिपुरमा प्रकाशित,२९ फागुन, मकवानपुर ।

मकवानपुर जिल्ला अदालतले बालिकालाई बलात्कार गरेको ठहर गर्दै एक युवकलाई ६ वर्ष कैद सजाय तोकेको छ । जिल्ला न्यायाधीश स्वीकृत पराजुलीको सोमबार बसेको इजलासले काठमाडौं साँगा घर भएका २६ वर्षीय दिनेश अधिकारीलाई १५ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै १५ हजार रुपैयाँ क्षतिपूर्ति भराउनेसमेत आदेश दिएको छ ।

Read More

सुर्खेतमा ६ महिनामा ३ सय ३० बालबालिका कुपोषित

उज्यालो अनलाइनमा प्रकाशित,२९ फागुन, सुर्खेत ।

सुर्खेतमा कुपोषित बालबालिकाको संख्या बढ्दै गइरहकेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका अनुसार सुर्खेतमा यो वर्षमा ३ सय ३० जना बालबालिका कपोषणमा परेका छन् । 

Read More