समाचारमा बालबालिका

सुध्रिँदै सहरका स्कुल

कान्तिपुरमा प्रकाशित,२५ चैत, लमजुङ।

कुनै बेला सामुदायिक स्कुलमा घण्टी बजेको १०र१५ मिनेटमा शिक्षक आउँथे । कालोपाटीमा सेतो चकले लेख्थे । एकजना विद्यार्थीको किताब लिन्थे। सरसर्ती पढाउँथे । घण्टी नबज्दै कक्षाकोठाबाट बाहिरिन्थे।

Read More

तनाव भुल्दै एसईईमा

कान्तिपुरमा प्रकाशित,२४ चैत, सिमरा।

बस्न घर छैन । खान अन्न छैन । हावाहुरीले मच्चाएको वितण्डा दिमागमा ताजै छ । जसोतसो सम्हालिँदै हावाहुरी प्रभावित क्षेत्रका विद्यार्थीले एसईई परीक्षा लेख्दै छन्।

Read More

मोरङमा चट्याङ लागेर १० वर्षीया बालिकाको मृत्यु

रातोपाटीमा प्रकाशित,२३ चैत, उर्लाबारी।

चट्याङ लागेर मोरङको बूढीगङ्गा गाउँपालिका–३ बाँसबारीमा आज एक बालिकाको मृत्यु भएको छ । खेतमा बाँधेको गाई घरतिर लिएर आउँदै गर्दा चट्याङ लागेर १० वर्षीया आराधना राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Read More

खेल्दै गरेका बालकको माटोको ढिस्कोले पुरिएर मृत्यु

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२१ चैत, झापा।

झापाको गौरादह नगरपालिका-१ मा माटोको ढिस्कोले पुरिएर एक बालकको मृत्यु भएको छ। निर्माणाधिन अवस्थामा रहेको नालीमा खेल्ने क्रममा माटोको ढिस्कोले पुरिएर सोही स्थानका सात वर्षीय  सुमन कर्मकारको मृत्यु भएको हो।

Read More

घर भत्काउने क्रममा दुई बालिकाको मृत्यु स् दुई घाइते

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२१ चैत, परासी।

घर भत्काउने क्रममा खसेको पर्खालले थिचेर पश्चिम नवलपरासीको सुनवलमा दुई बालिकाको बिहीबार मृत्यु भएको छ।  दुईजना घाइते छन्।  एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

Read More

सुनौलो हजार दिनका परिवारको घरमा झण्डा

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२१ चैत, बैतडी ।

जिल्लाको शिवनाथ गाउँपालिका-३ का अधिकांश घरको छाना तथा घर नजिकैको आगनमा झण्डा गाडिएका छन्। गाउँमा पुग्ने नयाँ मानिसले कसैको घरमा पहेलो तथा कसैको घरमा हरियो झण्डा गाडेको देख्न पाउँछन्।

Read More

हावाहुरीपछि पाँच महिने बालिकाको दर्दनाक कथा

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२१ चैत, बारा।

कीर्ति पटेल अन्योलमा छिन्।कसैलाई रोइरहेको देखे, रोइदिन्छिन्।कसैलाई हाँसिरहेको देखे, हाँसिदिन्छिन्।तर, उनलाई थाहा छैन, किन रुनुपर्छ भन्ने कुरा।प्रकृतिको भयानक उदण्डतासँग कीर्ति पनि जुधिन्। सायद, भविश्यमा उनलाई यो वितण्डा याद नहोला।  किनकी कीर्ति मात्र ५ महिनाकी भएकी छन्।

Read More

नुहाउने क्रममा करेन्ट लागेर दुई बालकको मृत्यु

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२० चैत, धनगढी।

धनगढी उप–महानगरपालिकामा करेन्ट लागेर दुई बालकको मुत्यु भएको छ। उपमहानगरको वडा नम्बर ३ मिलन चोकमा रहेको पर्शुराम बानियाको घरमा नुहाउने क्रममा बुधबार करेन्ट लागेर दुई बालकको ज्यान गएको हो।

Read More

फोहोरमैला बोक्ने ट्रिपरको ठक्करले एक बालकको मृत्यु

नागरिक न्युजमा प्रकाशित,२० चैत, सिसडोल।

फोहोरमैला बोकेको ट्रिपर गाडीको ठक्करले सिसडोलमा एक बालकको ज्यान गरेको छ। ललितपुरको नेपाल विकास अभियानको फोहोरमैला बोक्ने बा४ख ९६४७ नम्बरको ट्रिपरको ठक्करले ककनी गाउँपालिका वडा नं २ का १३ वर्षीया सञ्जोक नेपालीलाई मंगलबार बिहान ठक्कर दिएर गम्भीर घाइते भएका थिए।

Read More

बालिका यौन दुर्व्यवहारको आरोपमा एकजना पक्राउ

उज्यालो अनलाइनमा प्रकाशित,२० चैत, जुम्ला।

चार वर्षीया एक बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । जुम्ला चन्दननाथ नगरपालिका, ४ का ४८ वर्षीय श्यामराज भारतीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सिताराम रिजालले जानकारी दिनुभयो।

Read More

यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

थाहा खबरमा प्रकाशित,२० चैत, फिदिम।

१३ वर्षीया छात्रालाई ललाइफकाइ यौन दुर्व्यवहार गरेको आरोपमा पाँचथरमा प्रहरीले एकजना शिक्षकलाई पक्राउ गरेको छ। कक्षा ८ मा अध्ययनरत आफ्नै विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पाँचथरको हिलिहाङ गाउँपालिकामा कार्यरत सप्तरीको शम्भुनाथ गाउँपालिका घर भएका शिक्षक उपेन्द्र चौधरी मंगलबार पक्राउ परेका हुन्।

Read More

छोरीलाई करणी गरेको आरोपमा बुवा पक्राउ

अनलाइन खबरमा प्रकाशित,१९ चैत, हेटौंडा।

आफ्नै छोरीलाई करणी गरेको आरोपमा बुवा पक्राउ परेका छन् । १७ वर्षकी छोरीलाई बलात्कार गरेको आरोपमा हेटौंडा उपमहानगरपालिकाका ४७ बर्षका एक व्यक्ति पक्राउ परेका हुन्।

Read More

धेरैको मृत्यु टाउकाको चोटले

कान्तिपुरमा प्रकाशित,१९ चैत, बारा।

बारामा आइतबार साँझको शक्तिशाली हुरीका कारण ज्यान गुमाएकामध्ये अधिकांशको टाउकामा चोट देखिएको छ । मृतकहरूको मुचुल्का विवरण संकलनमा खटिएका प्रहरी अधिकारीहरूका अनुसार वयस्क र अधबैंसेहरू भाग्दा टाउकाको पछाडि वा अगाडिको भागमा चोट लागेको देखिएको छ । बालबालिकाको मृत्यु भने गुम्सिएर भएको छ।

Read More

बलात्कृत बालिका बनिन् आमा

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१९ चैत, राजविराज।

सप्तरीमा १४ वर्षीया बलात्कृत बालिका आमा बनेकी छन्। राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उनले साँझ ४ बजेर १० मिनेटमा कम तौल भएकी छोरीलाई जन्म दिएको अस्पतालले जानकारी दिएको छ।

Read More

बारामा हुरीले घाइते भएका एक बालकको मृत्यु

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१९ चैत, बारा।

गत आइतबार साँझ आएको विनशकारी आँधीहुरीले घाइते भइ उपचार गराइरहेका एक बालकको मङगलबार मृत्यु भएको छ। योसँगै आँधीहुरीले ज्यान गुमाउनेको स‌ंख्या २८ पुगेको छ । यसअघि बारामा २६ र  पर्सामा एक जना गरी २७ जनाको मृत्यु भएको थियो।

Read More

प्रदेश २ मा एसईई परीक्षा चैत्र २२ देखि २९ सम्म

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१८ चैत, काठमाडौं ।

स्थगित गरिएको प्रदेश २ एसइर्ई परीक्षाको नयाँ तालिका सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा वोर्डले सोमबार सूचना जारी गरी बाँकी परीक्षाहरु यही चैत्र २२ गतेदेखि २९ गते गर्ने निर्णय गरेको  हो।

Read More

बेपत्ता बालक भेटिए

कान्तिपुरमा प्रकाशित,१८ चैत, पर्सा ।

घरबाट हराएर भारतको बिहार राज्यस्थित दरभंगा पुगेका एक १२ वर्षीय बालकलाई जिल्ला बालकल्याण समिति सप्तरीको पहलमा त्यहाँबाट सकुशल ल्याई आइतबार परिवारको जिम्मा लगाइएको छ।

Read More

मेसिनबाट सेनेटरी प्याड

कान्तिपुरमा प्रकाशित,१८ चैत, स्याङ्जा।

बैंकको एटीएम मेसिनबाट ग्राहकले आफ्नो खाता भएको पैसा निकाल्न पाउने सुविधा अब सहरबजारका लागि नौलो रहेन । त्यस्तै मेसिनबाट सेनेटरी प्याड निकाल्न पाइने सुविधा पनि स्याङ्जामा भित्रिएको छ।

Read More

तरकारी खेतीमा किशोरी

कान्तिपुरमा प्रकाशित,१७ चैत, पर्सा।

१६ वर्षीया रामोपति कुमारी मण्डल १० कक्षामा पढ्छन् । वीरगन्ज महानगर २९ की यी किशोरी ५ महिनायता करेसाबारीमा तरकारी खेती गर्छिन् । उनको करेसाबारीमा अहिले कोभी, भान्टा, आलु, चम्सुर, पालुंगो, मुला आदि लहलह छ।

Read More

एसईई : प्रदेश २ को समाजिक विषयको प्रश्नपत्र आउट भएको पुष्टि, आजको परीक्षा रद्द

कान्तिपुरमा प्रकाशित,१५ चैत, प्रदेश २

एसईई परीक्षामा प्रदेश २ को समाजिक विषयको प्रश्नपत्र आउट भएको पुष्टि भएको छ । बिहीबार रातिदेखि नै सामाजिक सञ्जालमा प्रश्नपत्र भाइरल भएको थियो । सामाजिक सञ्जालमा भाइरल भएपछि परीक्षा नियन्त्रण कार्यालयले आकस्मिक बोर्ड बैठक डाकेको थियो।

Read More