समाचारमा बालबालिका

काभ्रेमा १६ वर्षीय किशोर मृत फेला

रातोपाटीमा प्रकाशित,१९ माघ, काभ्रे ।

काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–९ ज्याम्दीका सौरव पराजुली मृत फेला परेको प्रहरीले जनाएको छ । शनिबार बिहान घरबाट खेल्न भनेर निस्केका सौरव आज दिउँसो नदीमा मृत अवस्थामा फेला परेका हुन् ।

Read More

पूजाको प्रसाद खाँदा ६७ बालबालिका बिरामी

रातोपाटीमा प्रकाशित,१९ माघ, सप्तरी ।

सप्तरीको सुरुङ्गा नगरपालिका–७ हरिपुरमा सरस्वती पूजाको प्रसाद खाँदा आज ६७ जना बालबालिका बिरामी परेका छन् । त्यहाँ रहेको राष्ट्रिय प्राथमिक विद्यालयका बालबालिकाहरुले सरस्वती पूजाका प्रसाद खाँदा बिरामी परेको सुरुङगा नगरपालिकाका प्रमुख मुक्तिनाथ चौधरीले बताए ।

Read More

बाल स्वास्थ्य कार्डको महत्व बुझ्दै अभिभावक

नागरिक न्युजमा प्रकाशित,१९ माघ, रसुवा ।

गोसाइँकुण्ड गाउँपालिका–६, धुन्चेका प्रमोदकुमार तितुङको बच्चा १६ महिना पूरा भइसकेको छ । उनले बच्चालाई लगाउनुपर्ने सबै खोप लगाइसके । बच्चाले पूर्ण खोप पाएसँगै विभिन्न रोगबाट बच्नेमा उनी ढुक्क छन् । उनले आफ्नो बच्चाको स्वास्थ्य अवस्थाबारे बाल स्वास्थ्य कार्डबाट थाहा पाएको बताए । ‘बच्चाको नियमित जाँच गर्न तथा खोप लगाउन परिवारका अरू सदस्य पनि जान्छन्,’ उनले भने, ‘यो कार्ड हेरेपछि बच्चाको अवस्था थाहा हुन्छ ।

Read More

खाजाले बढे विद्यार्थी

कान्तिपुरमा प्रकाशित,१८ माघ, टिकापुर ।

विद्यालयमा खाजा कार्यक्रमले विद्यार्थी नियमित रुपमा आउन थालेका छन् । हरेक दिन फरकफरक खाजा खान पाउने भएपछि सामुदायिक विद्यालयमा विद्यार्थीहरू नियमित आउन थालेका हुन् ।

Read More

चिसो भुइँमै पढाइ

कान्तिपुरमा प्रकाशित,१७ माघ,महोत्तरी ।

बिहानको ११ बजेपछि विद्यार्थीहरू एक हातमा किताब र अर्कोमा बोरा वा चकटी झुण्ड्याउँदै विद्यालय पुग्छन् । घाम लागे चौरमा र शीतलहर भए कक्षाकोठामा बोरा ओछ्याएर पढ्छन् । कोही त बोरा पनि नभएर चिसो भुइँमा नै बस्छन् ।

Read More

छोरी बलात्कार गर्ने बाबुलाई जन्मकैद सजाय

नयाँ पत्रिकामा प्रकाशित,१७ माघ, अर्घाखाँची ।

जिल्ला अदालतले ९ वर्षीया छोरीलाई जबर्जस्ती बलात्कार गर्ने बाबुलाई जन्मकैदको फैसला सुनाएको छ । अर्घाखाँची जिल्ला शीतगङ्गा नगरपालिका–४ का एक व्यक्तिले आफ्नै छोरीलाई जबर्जस्ती करणी तथा हाडनाता करुणी गरेको अभियोगमा सो फैसला गरेको हो।

Read More

बलात्कारपछि ११ वर्षीया बालिका हत्या प्रकरण : दुई अभियुक्तलाई आजीवन कैद सजाय

नयाँ पत्रिकामा प्रकाशित,१७ माघ, विराटनगर ।

११ वर्षीया बालिकालाई बलात्कार गरेर हत्या गर्ने दुई अभियुक्तलाई जिल्ला अदालत मोरङले आजीवन (बाँचुन्जेल)काराबास सजाय हुने फैसला गरेको छ । एक वर्षअघि विराटनगर महानगरपालिका ८ की  ११ वर्षीया बालिका रूपमती दासको बलात्कारपछि हत्या भएको थियो।

Read More

प्रेम गर्छु भन्दै बलात्कार

कान्तिपुरमा प्रकाशित, १५ माघ, बाँके।

उनलाई प्रेममा जबर्जस्ती हुँदैन भन्ने विश्वास थियो । तीन महिनाअघि भारतदेखि पुर्ख्यौर्ली घर आउँदा उनका छिमेकी नवीन रोकायसँग चिनजान भयो । भेट भएको एक सातामै युवकले प्रेम प्रस्ताव राखे । आफू दलित समुदायकी भएकाले विवाह सम्भव नहुने भन्दै प्रेम अस्वीकार गर्दै आइन् ।

Read More

सात वर्षीया छोरीलाई करणी गर्ने पक्राउ

थाहा खबरमा प्रकाशित,१५ माघ, झापा ।

आफ्नै सात वर्षीया छोरीलाई करणी गरेको अभियोगमा प्रहरीले कानकाई नगरपालिका–१ निवासी एक व्यक्तिलाई पक्राउ गरेको छ।  मादक पदार्थ सेवन गरी छोरीलाई करणी गर्ने ३० वर्षीय बुबालाई पक्राउ गर्दै मङ्गलबार हाडनाता करणी मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

Read More

बालबालिकाले रोके बालविवाह

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१४ माघ, दार्चुला ।

दार्चुलाको मालिकार्जुन गाउँपालिका ८ मा एक १५ वर्षीया बालिकाको विवाह रोकिएको छ। जिल्लाको मालिकार्जुन गाउँपालिका ८ शंकरपुरस्थित शंकरपुर बाल क्लबले उमेर नपुगि गर्न लागिएको विवाह रोक्न मालिकार्जुन गाउँपालिकालाई निवेदन दिएपछि उक्त विवाह रोकिएको हो ।

Read More

हटेन बालविवाह : २० वर्ष नपुग्दै दुई छोराछोरी

कान्तिपुरमा प्रकाशित,१४ माघ, पाल्पा ।

भर्खर २० वर्ष पुग्दै गरेकी अनिता घर्तीमगरका काखमा दुई छोराछोरी छन् । चार र डेढ वर्षका छोराछोरी बोकेरै हिँड्छिन् । माथागढी गाउँपालिका–६, गोठादीकी उनलाई यति छिटो आमा बनेकामा अहिले असहज लागिरहेको छ । त्यसैले उनलाई छिटो विवाह गरेकामा पछुतो लागेको हो ।

Read More

विद्यालयमै अन्धविश्वासको पराकाष्ठ : विद्यार्थी मुर्छा पर्दा डाक्टर होइन, धामीझाँक्री देखाएर पुराण लाउने तयारी

नयाँ पत्रिकामा प्रकाशित,१३ माघ, झापा ।

मेचीनगर नगरपालिका–४ बाहुनडाँगीस्थित पशुपति माध्यमिक विद्यालयका कक्षा आठदेखि १० सम्मका २४ छात्रामा मास हिस्टेरिया (कन्भर्जन डिसअर्डर) देखिन थालेको डेढ महिना बितेको छ । तर, शिक्षक र अभिभावक उनीहरूलाई डाक्टरकहाँ लैजानुको सट्टा विद्यालयमै धामीझाँक्री लगाइरहेका छन्।

Read More

इँटा उद्योगको पोखरीमा डुबेर बालिकाको मृत्यु

सेतोपाटीमा प्रकाशित,१२ माघ, पनौति।

पनौती नगरपालिका–९ जाइडोलस्थित जागेश्वरी इँटा उद्योगको पोखरीमा डुबेर अपराह्न एक बालिकाको मत्यु भएको छ। उद्योगले शौचालय बनाउन खनेको खाडलमा जमेको पानीमा डुबेर स्थानीय सुमन तामाङको २२ महिनाकी छोरी कृष्टिनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

Read More

छोरी जन्मिएको २० बर्षसम्म गाउँपालिकाले खाता खोलेर रकम जम्मा गरिदिने

थाहा खबरमा प्रकाशित,१२ माघ, म्याग्दी ।

यहाँको एक गाउँपालिकाले गाउँघरमा छोरीलाई हेरिने सामाजिक दृष्टिकोण अझै पनि गलत रहेको भन्दै परिवर्तन गर्न थालनी गरेको छ। गाउँपालिकाले ‘उज्यालो भविष्य बाल बचत’ कार्यक्रम सञ्चालन गरेर छोरीलाई हुने विभेदको अन्त्य गर्न थालेको हो।

Read More

शिक्षकको कुटाईबाट बालकको हात भाँचियो

अनलाइनखबरमा प्रकाशित,१२ माघ, सिरहा ।

गृहकार्य नगरेको भन्दै सिरहाको मिर्चेया नगरपालिका ६ स्थित स्वस्तिक पाठशालामा अध्ययनरत बालकलाई शिक्षकले कुट्दा हात भाँचिएको छ । पाठशालाको छात्रावासमा रहेर अध्ययन गर्दै आएका सिरहा नगरपालिका वडा नम्बर २ का १३ बर्षीय बालक ऋतिक यादवको हात भाँचिएको हो।

Read More

बालविवाहले बिचल्ली : घरबार न पढाइ

कान्तिपुरमा प्रकाशित,१० माघ, बझाङ/बैतडी ।

बैतडीको पुर्चौडी नगरपालिका–९ तल्लादेहीकी जानकी सार्की अहिले २२ वर्ष पुग्नै लागिन् । १६ वर्षको हुँदा विवाह गरेकी उनका ४ वर्ष र ३ वर्षका २ छोरा छन् । ९ कक्षामा पढ्दै गर्दा परिवारले विवाह गरिदियो । घरको दबाबले विवाहपछि पढाइ छोडिन् । घरबार सुधार्नकै लागि पढाइ छाडे पनि जानकीले सोचे जस्तो भएन । रक्सी र गाँजाको कुलतमा फसेका श्रीमान्ले यातना दिइरहन्थे ।

Read More

विद्यार्थीको गुनासो- ‘सार्वजनिक बसले चढाउनै मान्दैनन्

कान्तिपुरमा प्रकाशित,१० माघ, काभ्रे ।

धुलिखेलस्थित सञ्जीवनी नमुना माध्यमिक विद्यालयमा बालबालिकाले नगरप्रमुखसँग प्रश्न गर्ने कार्यक्रम चलिरहेको थियो । नगरपालिका आफैंले आयोजना गरेको ‘मेयरसँग विद्यार्थी’ कार्यक्रममा सहभागी उक्त विद्यालयको बाल क्लबकी अध्यक्ष प्रशंसा श्रेष्ठले प्रश्न गरिन्, ‘नगरका सबै विद्यालय बालमैत्री छन् त मेयर सा’प रु बालमैत्री बनाउन तपाईंका योजना के–के छन् ?

Read More

सुतिरहेको वेला मिटर बक्स सर्ट भई लागेको आगलागीमा परी १४ वर्षीया किशोरीको मृत्यु

नयाँ पत्रिकामा प्रकाशित,१० माघ, सिरहा ।

सिरहाको कर्जन्हा नपा ४ बस्तीपुरमा गएराति आगलागीमा परी १४ वर्षीया किशोरीको मृत्यु भएको छ ।  स्थानीय सुशान्त नायककी छोरी चुनचुन भनिने सलोनीको घरको पहिलो तलामा आमासँग सुतिरहेको वेला आगलागीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Read More

स्कुले बालिका आत्मरक्षाको सीप सिक्दै

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१० माघ, धनगढी ।

कैलालीको धनगढी उपमहानगरपालिकाको दुर्गम मानिने उर्माको पथरी गाउँकी निर्मला कुमारी चौधरी १४ वर्षकी भइन्। स्थानीय भानु माविमा कक्षा ९ मा अध्ययनरत उनी, हरेक दिन विहान ७ बजे विद्यालयको प्रांगणमा हुने ुसेल्फ डिफेन्सु (आत्मरक्षा) तालिममा सहभागी हुन्छिन्।

Read More

आफ्नै साथीको छुरा प्रहारबाट भक्तपुरका रोहन सुवालको मृत्यु

ईमेजखबरमा प्रकाशित,९ माघ, भक्तपुर ।

मदिरा सेवन गरी सामान्य विवाद हुँदा आफ्नै साथीको छुरा प्रहारबाट एक किशोरको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–६ भोलाछेंमा भएको विवादमा छुरा प्रहार गर्दा भक्तपुर–१० चोखा कमलविनायक बस्ने १५ वर्षीय रोहन सुवालको बुधबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ।

Read More